रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
ली हैतोङ
सोभियत सङ्घ विघटन भएको तीस वर्ष भयो । तर, संरा अमेरिका कहिल्यै ‘विजेता’ बनेन । बरु, उसको पराजय ३० वर्षपछि मात्र देखियो । आजको संरा अमेरिका त्यत्तिबेलाको सोभियत सङ्घजस्तै छ । सोभियत सङ्घको पछ्याउँदै एक्काइसौँ शताब्दीमा संरा अमेरिका ‘सोभियत सङ्घ २.०’ बनेको छ ।
पहिलो, सोभियत सङ्घजस्तै संरा अमेरिकाले आफूलाई संसारभर अति–विस्तार गरेको छ । शीतयुद्धमा सोभियत सङ्घले आफ्नो क्षमताभन्दा बढी अन्धाधुन्ध फैलिने महत्वाकाङ्क्षा राख्यो । उसले जनताका आधारभूत आवश्यकतालाई बेवास्ता ग¥यो । आफूलाई पूर्णतः विश्वभर फैलिनेमा उसले तन–मन–धन लगायो । त्यसैकारण सोभियत सङ्घलाई विघटनमा पु¥यायो ।
संरा अमेरिका विघटनभन्दा अझै धेरै टाढा छ । तर, अहिले ऊ गृहयुद्धको निकट पुग्दैछ । संरा अमेरिकाले पनि अहिले आफुलाई विश्व विस्तारमा केन्द्रित गरेको छ । त्यसो गर्दैगर्दा उसले आफ्नै आन्तरिक मामिलालाई ध्यान दिन सकेको छैन । यसले संसारभर संरा अमेरिकाले विश्वसनीयता गुमाउनेछ । संरा अमेरिकी समाज र राजनीतिमा पनि उसको विश्वसनीयता गुम्दै जानेछ । संरा अमेरिकाको आजको अवस्था पनि उत्तिबेलाको सोभियत सङ्घकै जस्तो छ । समयान्तरमा सोभियत सङ्घ विघटन भयो । यदि संरा अमेरिकाले आजका घरेलु र बाह्य नीतिमा कुनै परिवर्तन गरेन भने उसको पनि विघटन अवश्यम्भवी छ ।
यद्यपि, सिङ्गो संरा अमेरिकी समाजले सोभियत सङ्घको विघटनबाट सिक्न सकेको छैन । यो कुरा पछिल्लो तीस वर्षमा संरा अमेरिकामा भएका घटनाक्रमबारे संरा अमेरिकी सञ्चारमाध्यमको समाचारले प्रस्ट पारेको छ । संरा अमेरिकाका मूलधारका सञ्चारमाध्यमले सोभियत सङ्घ विघटनबारे उति चासो दिएका छैनन् जति चिनियाँ सञ्चारमाध्यमले दिइरहेका छन् । अमेरिकी सञ्चारमाध्यमले मुख्यतः सोभियत सङ्घ विघटनको तीस वर्षमा चीनले के कुरा सिक्यो, कसरी रुसले ‘पुरानो शासन व्यवस्थाको स्मृतिको उपयोग ग¥यो’ र ‘रुस पनि सोभियत सङ्घजस्तै विघटन हुने’ चर्चा गरेका छन् ।
यी कुराले संरा अमेरिकाले आफूलाई इतिहासको ‘विजेता’ दाबी गरेको देखाउँछ र सोभियत सङ्घ विघटन भएको तीस वर्षपछि पनि संरा अमेरिकाले केही पाठ सिकेको देखिएन ।
संरा अमेरिकाले गम्भीर रूपमा आत्मसमीक्षा नगरे र आफ्नो व्यवहारमा सुधार नगरे सोभियत सङ्घजस्तै संरा अमेरिका पनि एक दिन ढल्नेछ । तीन जना सेवानिवृत्त सैनिक अधिकारीहरूले हालै सन् २०२४ को राष्ट्रपति निर्वाचनको नतिजा सेनामा केहीले नमाने विद्रोह वा गृहयुद्धसमेत हुन सक्ने चेतावनी दिएका थिए । यतिबेला संरा अमेरिकाले यसअघि कहिल्यै नदेखेको सङ्कट सामना गरिरहेको छ ।
सोभियत नेतृत्व त्यत्तिबेला निकै आक्रामक थियो । आजको अमेरिकी शासकहरू पनि त्यत्ति नै आक्रामक छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका समस्याको उनीहरूले सबै दोष अरूको टाउकोमा थोपर्ने गर्छ । यस्तो आक्रामकताले भविष्यमा संरा अमेरिकालाई निराशामा पु¥याउनेछ ।
सन् १९९२ मा फ्रान्सिस फुकुयामाले आफ्नो पुस्तक ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ प्रकाशित भएको थियो । त्यसमा संरा अमेरिका नेतृत्वको पश्चिमा देशहरूको स्वतन्त्र बजार पुँजीवाद नै मानव इतिहासको अन्तिम राजनीतिक व्यवस्था हुने दाबी गरिएको थियो ।
संरा अमेरिकी शासक वर्गको आक्रामक बुझाइ उजागर गर्ने यो विचारले सोभियत सङ्घको विघटन संरा अमेरिकासँगको प्रतिस्पर्धाको कारणले भन्दा आफ्नो आन्तरिक कारणले भएको कुरालाई छोप्न खोजेको छ । शीतयुद्धमा आफूलाई विजेता ठान्ने संरा अमेरिकाको गलत मनसायले सोभियत सङ्घको विघटन भएको तीस वर्षमा रुसप्रति संरा अमेरिकी नीति सधैँ पूर्णतः अन्योलपूर्ण रह्यो ।
फुकुयामाको ‘इतिहासको अन्त्य’ हुने असफल पूर्वानुमान आफ्नो पक्षमा अत्याधिक विजय संरा अमेरिकाको आक्रामक जुवाडे मानसिकताको अभिव्यक्ति मात्र थियो । संरा अमेरिकाले आफ्नो पक्षमा भारी विजयको विश्वासका साथ त्यो बोलेको थियो । त्यही भएर शीतयुद्धपछि संरा अमेरिकी राजनीतिक शासकहरूले बाह्य मामिलाको मूल्याङ्कन गर्ने विवेक र सौहाद्रत गुमाएको हो । उनीहरूले सबै देशमा अमेरिकी शैलीकै प्रजातन्त्र नै स्थापना हुने चाहना राखेका थिए ।
परिणामतः संरा अमेरिकाले संसारभर ‘स्वतन्त्रता र प्रजातन्त्र’ फैलाउने प्रयास ग¥यो । तर, त्यो कुरा अरू केही नभई विपत्तिबाहेक केही पनि भएन । त्यसले संरा अमेरिकामै पनि थप अराजकता पैmलायो ।
तथापि, सोभियत सङ्घको विघटनबाट संरा अमेरिकाले केही पनि सिक्न चाहेन । इतिहासको त्यो घटनाबाट संरा अमेरिकालाई संसारभर आफ्नो प्रभुत्ववाद फैलाउन आफूलाई विस्तार गर्नुभन्दा चीन र रुसप्रति थप सौहार्द र जिम्मेवार बन्न चेतावनी दिएको छ ।
संरा अमेरिका शीतयुद्धको विजेता कहिल्यै पनि थिएन, इतिहासले यही कुरा देखाएको छ । सोभियत सङ्घको विघटन भयो । संरा अमेरिका कतिबेलासम्म त्यसरी रहन सक्ला ?
(लेखक चीनको अन्तर्राष्ट्रिय मामिला विश्वविद्यालयअन्तर्गत वैदेशिक सम्बन्ध प्रतिष्ठानका प्राध्यापक हुनुहुन्छ ।)
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद :सुशिला
Leave a Reply