भर्खरै :

नयाँ वर्षमा सी चिनफिङको सन्देश

(चीनका राष्ट्रपति सी चिनफिङले नयाँ वर्ष २०२२ को अवसरमा दिएको सन्देशको नेपाली अनुवाद)
सबैलाई मेरो नमस्कार । सन् २०२२ आउँदैछ । पेइचिङबाट म सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
बितेको वर्ष सन् २०२१ असामान्य हिसाबले उल्लेखनीय रह्यो । यो वर्ष हाम्रो पार्टी र हाम्रो देशको इतिहासमा कोशेढुङ्गासिद्ध अवसरहरू सम्पन्न भए । दुई शताब्दी लक्ष्यको ऐतिहासिक संयोगमा हामीले सबै हिसाबमा एउटा आधुनिक समाजवादी देश बनाउने नयाँ यात्रा थालनी गरेका छौँ । चिनियाँ राष्ट्रको महान पुनःजागरणतर्फको बाटोमा हामीले आत्मविश्वासपूर्ण फड्को मा¥यौँ ।
गएको वर्षको सुरुवातदेखि अन्त्यसम्म चिनियाँ जनताले खेतखलिहान, कार्यालय, समुदाय, विद्यालय, व्यारेक र अनुसन्धान निकायलगायत सबै क्षेत्रमा निकै मिहिनेतका साथ काम गरे । वर्षभरि हामी सबैले जोडबल लगायौँ, हाम्रोतर्फबाट सक्ने सबै योगदान ग¥यौँ र त्यसको फल पनि प्राप्त ग¥यौँ । समयक्रममा हामीले मैत्रीपूर्ण र सम्मानित जनताको क्षमतावान र गतिशील चीन देख्यौँ र अनुभव ग¥यौँ, जुन देश हरेक दिन तीव्र गतिमा विकास भइरहेको छ र सबै क्षेत्रमा लगातार प्रगति गरिरहेको छ ।
जुलाई १ मा हामीले चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) स्थापनाको १०० औँ दिवस भव्यताका साथ मनायौँ । तेनआनमेनको डबलीमा उभिएर कसैले पनि यो महान पार्टीले छिचोलेको विलक्षण यात्राबारे उद्बोधन गर्न सक्छ । बितेको शताब्दीमा सबैखाले अवरोध र चुनौती सामना गर्दै अथक सङ्घर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले लाखौँ जनताको नेतृत्व गरी गरेको यात्रा र हासिल गरेका प्रष्ट युगान्तकारी उपलब्धिलाई त्यो डबलीमा उभिएर अनुभव गर्न सकिन्छ । हाम्रो महान लक्ष्य हासिल गर्न हाम्रो मूल भावनाप्रति हामी सधैँ इमानदार रहनुपर्छ । घनिभूत र प्रतिबद्ध अध्ययनले मात्र हामीले इतिहासप्रति हाम्रो जिम्मेवारी पूरा गर्न सक्छौँ । हामी हाम्रो समयको निम्ति योग्य भएको पुष्टि गर्न सक्छौँ र जनताका अपेक्षा पूरा गर्न सक्छौँ ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको छैटाँै विस्तारित बैठकले ऐतिहासिक विषयमा पार्टीको तेस्रो प्रस्ताव पारित ग¥यो । चिनियाँ कम्युनिस्ट पार्टीले बितेका एक सय वर्षमा हासिल गरेका उपलब्धि प्रेरणाका स्रोत र एक सय वर्षको अनुभव उत्साहको मुहान बन्न सक्छ । येनानको गुफामा ह्वाङ यानपेइसँग अध्यक्ष माओले गर्नुभएको कुराकानी स्मरण गर्न चाहन्छु । त्यसमा उहाँले कुनै ऐतिहासिक काम थाल्नुअघि आफैभित्र फराकिलो परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । चिनियाँ राष्ट्रको महान पुनःजागरण हासिल गर्नु कुनै पार्कमा हिँड्नु जस्तो सजिलो काम होइन । त्यो एकैरात हुने काम पनि होइन । न त त्यो सस्तो लोकप्रियताबाट सम्भव हुन सक्छ । हामीले सधैँ दीर्घकालीन दृष्टिकोण बोकेर, सम्भावित खतराप्रति सावधान भएर, रणनीतिक लक्ष्य र प्रतिबद्धतामा दृढ रहेर ‘बृहत् र महान लक्ष्य हासिल गर्न स–साना सूक्ष्म काम’ मा पनि ध्यान पु¥याउनुपर्छ ।
हाम्रो देश ठूलो भएकोले हाम्रा प्राथमिकताको सूची पनि लामै छ । सबै घर–परिवारलाई आवश्यक कुरा पकाउन हामीले धेरै कुरालाई उमाल्नुपर्ने हुन्छ । विभिन्न ठाउँमा स्थलगत भ्रमणको क्रममा मैले धेरै कुरा देखेको र सुनेको छु । धेरै कुरा मलाई प्रेरणादायी र फलदायी पनि लागेको छ । जहिल्यै पनि म जनताको घरमा पुग्दा उनीहरूका समस्याबारे सोध्छु । म जनताले मलाई भनेका कुरा सधैँ सम्झन्छु ।
मैले सधैँ ध्यान दिने विषय भनेको जनताको चासो र चिन्ताका विषय हुन् र मैले गर्ने काम तिनै जनताका चाहना पूरा गर्नु हो । म आफै ग्रामीण क्षेत्रमा काम गरेको हुनाले मलाई गरिबी कस्तो हुन्छ भन्ने कुरा राम्ररी थाहा छ । गरिबीमा बाँचेका चिनियाँ जनताले पुस्तौँ–पुस्ता लगातार गरेको मिहिनेतको लागि सलाम छ । अब उनीहरूले खाने खाना र लगाउने नानाबारे चिन्ता लिने दिन गए । शिक्षा, आवास र स्वास्थ्य सुरक्षाको लागि चिन्ता लिने दिन पनि गए । चिकपाले हाम्रा जनतालाई सबै हिसाबले मध्यम ढङ्गले समृद्ध समाज दियो र चरम गरिबी उन्मूलन ग¥यो । यो सिङ्गो संसारकै लागि पनि योगदान हो । सबैको लागि सुखी जीवन सुनिश्चित गर्न हामीले जे उपलब्धि हासिल ग¥यौँ, त्यत्तिमै सन्तोष मानेर बस्नु भने हुन्न । अझ लामो यात्रा त गर्नु नै छ

हङकङ र मकाउको समृद्धि र स्थायित्व सधैँ मातृभूमिको हृदयमा छ । एकता र दरिलो प्रयासले मात्र हामीले दीर्घकालसम्म ‘एक देश दुई व्यवस्था’ को कार्यान्वयन सुनिश्चित गर्न सक्छौँ । ताइवान जलडमरुका दुवै किनाराका जनताको साझा भावना भनेको हाम्रो मातृभूमिको पूर्ण एकीकरण हो । हाम्रो देशको उज्यालो भविष्य सिर्जना गर्न चिनियाँ राष्ट्रका सबै छोराछोरीले यो अभियानमा होस्टेमा हाइसे गर्नेमा म इमानदारीका साथ आशावादी छु ।

पहेँलो नदीलाई नियन्त्रण गर्ने चिनियाँ जनताको शताब्दियौंदेखिको सपना हो । बितेका केही वर्षमा म पहेँलो नदीका माथिल्लो, मध्य र तल्लो भेगका सबै नौ वटा प्रान्त वा स्वशासित क्षेत्रको भ्रमण गरेँ । पहेँलो नदी र याङ्जी नदी दुई वटा नदी चिनियाँ राष्ट्रको ‘आमा नदी’ हुन् । आज नक्सा हेर्दा ती दुई नदीदेखि कञ्चनछिङहाई ताल र विशाल यार्लुङ जाङ्बो नदीसम्म, शताब्दीको परियोजना मानिएको दक्षिण–उत्तर नदी डाइभर्जनदेखि सैहानबा जङ्गलसम्म हरियो देखिएको छ । युनान प्रान्तका हात्तीहरूको उत्तरतिरको यात्रा र घरफिर्ती तथा तिब्बती कस्तुरीहरूको बसाइसराइ र घरफिर्ती, यी सबैले हामीलाई ‘यदि हामीले प्रकृतिलाई विफल नबनाए, प्रकृतिले पनि हामीलाई विफल बनाउने छैन’ भन्ने कुरा सम्झाएको छ ।
यो वर्ष हामीले धेरै अविस्मरणीय चिनियाँ आवाज, चिनियाँ सफलता र चिनियाँ कथाहरू बुन्यौँ । ‘मेरो देशलाई बलियो बनाउन पार्टीलाई आग्रह’ भन्ने युवाहरूको भावना, ‘मातृभूमि जोगाउन पवित्र र शुद्ध प्रेम’ को ममतापूर्ण अभिव्यक्ति, मङ्गल ग्रहमा झुरोङको अवतरण, सिहे भूउपग्रहको सूर्य परिक्रमा, तियानहे अन्तरीक्ष स्टेशनले मूल भाग ताराहरूको बीचमा यात्रा गर्नु, खेल क्षेत्रमा खेलाडीहरूले हासिल गरेका विशेष उपलब्धि, कोभिड–१९ को प्रतिरोधमा सिङ्गो देश एक ढिक्का रहनु, विपद् क्षेत्रका जनता आफ्ना घर बनाउन एक साथ उभिनु, जनमुक्ति सेना र सशस्त्र प्रहरी बलियो सेना निर्माण र हाम्रो देशको रक्षाको लागि समर्पित हुनु यो वर्ष हामीले सुनेका र देखेका अविस्मरणीय चिनियाँ आवाज, चिनियाँ सफलता र चिनियाँ कथा हुन् । असङ्ख्य नेपथ्यका नायकहरूका कडा मिहिनेत र समर्पणले नयाँ युगतिरको चिनियाँ यात्रालाई अझ थप गतिशीलता थपेको छ ।
हङकङ र मकाउको समृद्धि र स्थायित्व सधैँ मातृभूमिको हृदयमा छ । एकता र दरिलो प्रयासले मात्र हामीले दीर्घकालसम्म ‘एक देश दुई व्यवस्था’ को कार्यान्वयन सुनिश्चित गर्न सक्छौँ । ताइवान जलडमरुका दुवै किनाराका जनताको साझा भावना भनेको हाम्रो मातृभूमिको पूर्ण एकीकरण हो । हाम्रो देशको उज्यालो भविष्य सिर्जना गर्न चिनियाँ राष्ट्रका सबै छोराछोरीले यो अभियानमा होस्टेमा हाइसे गर्नेमा म इमानदारीका साथ आशावादी छु ।
विभिन्न देशका नेता र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरूसँगको फोन वार्ता र भर्चुएल बैठकहरूमा मैले कोभिड–१९ विरुद्ध चीनको लडाइँको प्रशंसा सुन्ने गर्छु । चीनले विश्वव्यापी कोभिड–१९ रोकथाम र नियन्त्रणमा गरेको योगदानको कदर भएको सुन्छु । आजसम्म चीनले १२० भन्दा बढी देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई २० अर्ब मात्रा कोभिड–१९ को खोप प्रदान गरिसकेको छ । एकता, ऐक्यबद्धता र सहकार्यले मात्र संसारभरका देशहरूले मानव जातिको साझा भविष्यको समुदायको नयाँ अध्याय लेख्न सक्छन् ।
एक महिनामा पेइचिङ ओलम्पिक र पाराओलम्पिक शीतकालीन खेल सुरु हुँदैछ । शीतकालीन खेलमा व्यापक जनसहभागिताले पनि ओलम्पिक अभियानलाई योगदान गर्छ । हामीले संसारसमक्ष यो महान खेल प्रस्तुत गर्न सबै खालको प्रयास गरौँ । आज सिङ्गो संसार चीनतिर हेर्दैछ र चीन त्यसको निम्ति तयारी अवस्थामा छ ।
नयाँ वर्ष सुरुवातको घण्टी बजिसकेको छ । अन्तरीक्षमा तीन जना चिनियाँ अन्तरीक्षयात्रीहरू काममा छन् । विदेशमा हाम्रो देशबासीहरू निकै मिहिनेत गरिरहेका छन् । कूटनीतिक र व्यापारिक प्रयोजनका लागि विदेशमा रहेका हाम्रा जनताका साथै विदेशमा बसेर पढ्दै गरेको चिनियाँ विद्यार्थीहरूले पनि निडरताका साथ काममा लागिरहेका छन् । हाम्रा असङ्ख्य स्वप्नदर्शीहरू आफ्ना असल काममा लागिरहेका छन् । म उनीहरू सबैको मिहिनेतको कदर गर्न चाहन्छु र नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
साझा भविष्यको लागि हामी सबै मिलेर काम गरौँ । हाम्रो देशमा समृद्धि आओस् र हाम्रा जनता शान्ति र सद्भावका साथ बाँचून् ।
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *