बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
राजनीतिक आचरण असल चरित्र र असल संस्कार भएका कारण आम जनताको सोच, संस्कार, नैतिकता, चरित्र, सभ्यता र जीवनपद्धति स्वतः विकसित हुँदै जाँदा कति देशहरू विश्वसमुदायमा शक्तिशाली भएका छन् । राजनीतिक संस्कार बसेको देशमा राजनीति, सुझबुझपूर्ण भई राष्ट्रसेवा–समाजसेवामा समर्पित भएर सार्थक बन्ने गरेको छ । त्यहाँका राजनेताहरूको पृष्ठभूमि नै समाजसेवा हुन्छ । नेतामा नैतिकता, त्याग, विद्वता, विज्ञता र प्रतिभाको प्रचुरता हुन्छ । यसका कारण तिनको राजनीतिक क्रियाकलापमा पनि नैतिकता, शिष्टता, संस्कार, नियम तथा अनुशासन झल्किन्छ । परिणामतः सामाजिक व्यवस्था असल र जनमुखी बन्छ । अनि सरकार असल भएपछि नागरिक पनि स्वतः सभ्य र कर्तव्यनिष्ठ बन्छन् । राजनीति भनेको राष्ट्रसेवा, सदाचार, परोपकारी र जनमुखी हुने स्थापित मान्यताका कारण, शासकहरू आफ्नो शासनकाल सकिएपछि कुनै पेसामा लागेर जीवन बिताउँछन् । न त तिनलाई फेरि जनताले नै नेतृत्वमा रहेको देख्न चाहन्छन् न त उनीहरू नै पदीय कुर्सीका लागि मरिहत्ते गर्छन् । त्यहाँ श्रम गर्नुलाई अनिवार्य र आदर्श मानिन्छ । आफ्नो कार्यकालमा देश र जनताका लागि कुनै विशेष काम गरेका भए ती पछिसम्म पनि स्वतः स्मरणीय र चर्चित नै हुन्छन् । नत्र शासनका लागि मात्र शासन गर्ने पूर्वशासकहरूको चर्चा, तिनको मृत्यु हुँदा अखबारको भित्री पानामा समेत हुँदैन ।
नेपालमा भने २००७ सालदेखि यता ७ वटा संविधान बने । प्रजातन्त्र, पञ्चायती व्यवस्था हुँदै लोकतन्त्र–गणतन्त्रजस्ता नयाँ नयाँ व्यवस्था आए । पछिल्लो संविधान पाउनका लागि त दसवर्षे ‘जनयुद्ध’ को क्रममा, १७ हजारभन्दा बढी नेपालीको बलिदानी र अर्बौँको भौतिक नोक्सानी व्यहोर्नुप¥यो । यति हुँदा पनि हाम्रो देशको राजनीतिक आचरण कहिल्यै राम्रो भएन । क्रूर र अन्यायी मानिएको पञ्चायतीकालमा कति प्रधानपञ्चले राजनीतिमा लागेर घरखेत सकेका थिए । तर, पछिल्लो समयमा राजनीति आकर्षक ‘कमाउ पेसा’ बन्दै आएको छ । संविधान तथा नियमकानुन—देश, जनता र सुशासनका पक्षमा प्रयोग गरिनुको साटो यसलाई आफू अनुकूलको काम गर्न÷गराउनमात्र प्रयोग गर्न थालिएको छ । अपवादबाहेक नेताहरूमा नैतिकता, विज्ञता, प्रतिभाजस्ता सद्गुण पाउन दुर्लभ भएको छ । तिनमा खालि ढाँटढुँट, हाटहुट, चाटचुट, टपर्टुय्याँ, धूत्र्याइँ र लाटलुटमिश्रित ‘गुण’ भने जताततै र जति पनि पाइन्छ । अझ त्यसमा जालझेल, धोका, कपट, षडयन्त्र नभई त सफल नेता बन्नै नसक्ने ¤ राजनीतिमा लागेर नेता हुनासाथ जसरी पनि ठूलो पदमा पुगेर पुस्तौँलाई पुग्ने सम्पत्ति कमाउनैपर्ने ¤ जथाभावी मन्त्रालय फुटाएर र मन्त्री थपेर भए पनि सत्तामा टिक्नैपर्ने ¤ कुनै बेला नेपालमा राज्य गर्ने राजाको जस्तो होइन, अठारौँ शताब्दीका फ्रान्सेली राजाको जस्तो जीवनशैली चाहिने ¤ सानोतिनोमात्र भए पनि काम गरेर होइन, चाहिने नचाहिने कुरा गरेर भए पनि चर्चामा आइरहनैपर्ने । यस्ता नेता भएको देशमा, देश र जनताले कसरी सुख पाउँछन् ?
कतिपटक प्रधानमन्त्री÷मन्त्रीको पदमा बसेर शारीरिक, मानसिक र चारित्रिक हिसाबले अयोग्य प्रमाणित भइसकेकालाई पनि फेरि कुर्सी नै चाहिएको छ– जसरी भए पनि, जे गरेर भए पनि । भूतपूर्व भइसकेका सबैका मनमा फेरि पनि ‘यो देशमा म नै हुनुपर्छ, म भएमात्र सबै थोक ठीक हुन्छ, अर्को भए केही पनि हुँदै हुँदैन’ भन्ने घोर अहङ्कारी भावनाले घर बनाएको देखिन्छ । उनीहरूलाई श्रम र समाजसेवाको अरू कुनै पनि काममा सोच, विचार र जाँगरै छैन । उनीहरूले देशलाई दिएको कथित ‘योगदान’ र ‘त्याग’ को ऋण कहिल्यै चुक्तै नहुने ¤ योग्यता निर्धारण र उमेरको हदबन्दी पनि उनीहरूलाई चाहिंदै नचाहिने ¤ हाम्रा पुर्खाको त्यत्रो त्याग र बलिदान भएको माटोमा, सन्तानको यो कस्तो घटिया, घृणित र अति नीच व्यवहार देख्नुपरेको होला ! आफूले आफ्ना पालामा राम्रो गर्न नसकेर देश र जनताका लागि पाप गरेको भए, अर्कालाई सहयोग गरेर÷सुधारेर प्रायश्चित गर्दा पनि त हुन्थ्यो ¤ त्यस्ता कुराको त मनको एकछेउमा पनि सोचाइ नै छैन ।
विदेशबाट हतियार ल्याएर नेपाली मार्ने, विदेशबाट पैसा ल्याएर चुनाव जित्ने अनि विदेशीको आज्ञाकारी बनेर देश हितविपरीत काम गर्ने राजनीतिक दलबाट हाम्रो कहिल्यै भलो हुँदैन । वर्षौँदेखि यस्तो दृश्य देखेका नेपाली जनताले बल्ल, नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र–यी सबै ‘गाँसेगुँसे एकैनासे’ हुन् भन्ने कुरा थाहा पाएका छन् ।
परिणामतः उनीहरूमध्ये कतिपय अब पुरानै व्यवस्था पो ठीक हो कि भन्ने लागेको छ । पुराना आए केही गर्लान् भन्ने आसले होइन, यिनले देश सके भन्ने पिरले । यस्तो सोच आउँदै गर्दा, नेमकिपा यो देशको सच्चा र देशभक्त राजनीतिक पार्टी हो भन्ने कुरा बुझ्न सकिन्छ । रु
Leave a Reply