बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
यो पृथ्वी धेरै किसिमका प्राणीहरूको बासस्थान हो । ती प्राणीमध्ये कीराहरूको सङ्ख्या धेरै रहेको छ । मानवको फाइदाजनक कीराहरूमध्ये मौरी एक हो ।
मौरीका ६ ओटा खुट्टा, टाउकोको दुईपट्टि हजारौँ घनाकार लेन्स भएका कम्पाउन्ड आँखा ५ ओटा, २ जोडी पखेटा, लामो सुँड जत्रो जिव्रो, रस राख्ने छुट्टै थैली, विविध प्रकारका नाजिकता थाहा पाउने शरीर, भालेको अङ्ग १३ भाग, पोथीको अङ्ग १२ भागमा बाँडिएको गन्ध र स्वाद थाहा पाउने १७० ओटा रिसेप्टर जडित २ वटा एन्टिना हुन्छन् । यस्ता रिसेप्टरहरू झिङ्गामा ६२ ओटा र लामखुट्टेमा ७९ ओटा हुन्छन् । मौरी जाँगरिलो र समूहमा बस्ने मौरीले फूलबाट मह र कुट बनाउने काम गर्दछ ।
१) खानाको खोजीमा मौरीहरू प्रत्येक दिन १० किलोमिटर यात्रा गर्दछन् ।
२) एकपटक मह जम्मा गर्न यिनीहरूले ५०–१०० वटा फूल चुस्नु पर्दछ ।
३) आफ्नो जीवनकालमा एउटा मौरीले १ चिनी चम्चाको १२ भागको १ भागमात्र मह बनाउन सक्छ ।
४) मौरीको पखेटा १ सेकेन्डमा २ सय पटकसम्म फटफटाउँछन् ।
५) मौरी प्रतिघण्टा बढीमा २५ किलोमिटरसम्मको बेगले उड्न सक्छ ।
६) मौरी चरेको हरेक फूलमा एक प्रकारको गन्ध छाड्छ ।
७) जुन कुरा अन्य मौरीहरू ५ मिटर टाढाबाट थाहा पाई उक्त फूलमा जाँदैनन् ।
८) एक घार मौरीको समूहमा एपिस सेराना २५–३० हजार मेलीफेरा र ५५–६० हजार मौरी सङ्ख्या हुन्छन् ।
९) भाले मौरीहरू आफै खाना खाँदैनन्, कर्मी मौरीले खुवाउँछन् ।
१०) रानी मौरीले पनि आफै खाना खाँदैनन्, कर्मी मौरीले खुवाउँछन् ।
११) रानी मौरीले खाना रोयल जेलीमात्र खान्छन् ।
१२) भाले मौरीहरू अल्छी हुन्छन्, खाना जम्मा गर्न जाँदैनन् ।
१३) भालेले रानी मौरीलाई गर्भाधान गराउने काम गर्दछ, रानीसँग गर्भाधान गरिसकेपछि मर्छन् । यिनको सहवास खुला एपिस मेलीफेराको रानुले २००० अण्डा पार्दछन् ।
१४) मौरीको मस्तिक तीलको गेडा जत्रो हुन्छ ।
१५) ११०० जति मौरीको टोकाइले मान्छे मर्न सक्छ ।
१६) कर्मी मौरीको आयु ६ महिना, भालेको २ महिना रानी मौरीको साढे २ वर्ष हुन्छ ।
१७) मौरीको मह सङ्कलन गर्ने छुट्टै थैली हुन्छ, यसलाई मधुथैली भनिन्छ ।
१८) महमात्र एक यस्तो वस्तु हो, जुन कहिल्यै सड्दैन ।
१९) १ केजी मह बनाउन करिब ११ सय मौरीले काम गर्नुपर्दछ ।
२०) हाल संसारमा एकतिहाइ बिरुवाको गर्भाधान मौरीमार्फत हुन्छ ।
२१) मौरीले मह बनाउँदा फूलबाट रस चुस्दछन्, त्यसमा आफ्नो ¥याल चाकाको कोठामा हालेको महमा भएको करिब १७५ जति पानीको मात्रा सुकेर बाक्लो भएपछि कोठामा एक प्रकारको ढकनी लगाई सञ्चय गरिन्छ ।
२२) मौरीको समाजमा श्रम विभाजनको १–२ दिनको बच्चाले, आफू जन्मेको कोठा सफा गर्दछन्, तातोको लागि टाँसिएर बस्छन् । ३–५ दिनको मौरीले खुवाउने, ६–११ दिनकोले मैन बनाउने, १२–१७ दिनको मौरीले रस ओसार्ने, घारको सुरक्षा गर्ने, २२–४५ दिनकाले बाँचुञ्जेल खाना ल्याउनुपर्ने नियम बनाएका हुन्छन् ।
२३) कतिपय मौरीले मरेका मौरीलगायत घार सफा गर्दछन्, कतिपयले पखेटाले हम्केर घारको तापक्रम ठीक ३३–३५ डिग्री सेल्सियस कायम राख्ने काम गर्दछन् ।
२४) मौरीले टोक्दा छाड्ने मेलटिन विषको प्रयोग गर्दा ज्क्ष्ख् खष्चगक लागेका कोषलाई पुरानै स्थितिमा फर्काउन सकिने तथ्यको नजिक ध्बकजष्लनतयल ग्लष्खभचकष्तथ का वैज्ञानिकहरूले बताएका छन् ।
२५) बाथ रोगले दुखेको ठाउँमा मौरीलाई टोकाउँदा शरीरमा ग्लुकोकोरटिकोइड ९न्गिअयअयचतष्अयष्म० नामक दुखाइ निको पार्ने हर्माेन बढ्न गई पीडा हुने कुरा पत्ता लगाएका छन् ।
२६) मौरीको चाकाको प्रयोगले हिउँले खाएको घाउ, अन्य घाउ खटिरा, एलर्जी, घाँटी दुखेको रोग आदिको उपचार हुनसक्नेछ ।
मह के हो ?
विभिन्न वनस्पति र फूलहरूमा पाइने पुष्परस तथा गुलिया पदार्थहरूलाई मौरीले सङ्कलन तथा प्रशोधन गरी चाकामा भण्डारण गरेको सुगन्धित, गुलियो चिपचिपे अर्ध तरल पदार्थ नै मह हो ।
महको प्रयोग ः
१) धार्मिकरूपमा ः पञ्चामृत मह–५ अमृतमध्ये एक हो । जन्मेदेखि मृत्युपर्यन्त सबै कर्म काण्डमा जरुरी छ ।
२) शक्तिवद्र्धक खाद्य वस्तुको रूपमा ः मह सेवन गर्नासाथै रगतमा मिल्ने हुनाले तुरुन्तै शक्ति प्रदान गर्दछ । १ किलो महले ५५०० क्यालारी शक्ति प्रदान गर्दछ । रक्त अल्पता भएमा प्रत्येक दिन १०० ग्राम मह, दूध वा चिसो पानीमा मिलाएर सेवन गर्नाले रगतको काम पूर्ति भई थकान नहुने र स्फूर्ति बढ्ने हुन्छ । खेलाडीहरूले वा ज्यादा परिश्रम गर्ने व्यक्तिले दैनिक मह सर्वत पिउने गरेमा थकाइ महसुस हुँदैन र स्फूर्ति बढ्छ । मानसिक कार्यको चापले गर्दा टाउको दुख्ने व्यक्तिहरूले २ चम्चा मह एक गिलास चिसो पानीमा मिलाएर पिउनाले फाइदा हुन्छ र शरीर ताजा रहन्छ ।
३) औषधिको रूपमा ः यसमा एन्टिमाइकोरियल गुण हुन्छ । यसमा रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि हुन्छ । पित, कफ आदिलाई सन्तुलित बनाइराख्छ । बच्चाहरूको रुघाखोकीमा १ भाग मह, अदुवाको रस मिसाएर दैनिक ३–४ पटक चटाएमा फाइदा हुन्छ । शरीरमा चोट पटकका लागि घाउ भएमा वा घाउ महले सफा गरेमा चाँडो निको हुन्छ । पोलेको घाउमा मह लगाउँदा चाँडो निको हुने र दागसमेत रहने छैन । महिलाहरूको महिनावारीमा पेट दुख्ने समस्या निको पार्न सहयोग गर्दछ ।
४) सौन्दर्य प्रशोधनको रूपमा ः अनुहारमा आउने चायाँ, पोतो, दाग आदिमा मह र दूध बराबर मिसाई दैनिक लगाएमा र आधा घण्टापछि पानीले सफा गर्ने गरेमा कम हुन्छ । साथै अनुहार चम्किलो र मुलायम हुने गर्दछ । महबाट बनेका साबुन, स्याम्पु, क्रिम आदिको प्रयोगबाट छाला, कपाल चम्किलो र नरम हुन्छ ।
Leave a Reply