भर्खरै :

के–के हुन् सन् २०२२ सामु प्रमुख अन्तर्राष्ट्रिय मुद्दा

विभिन्न भेरियन्टका कोरोना भाइरसको भयावह महामारीबाट प्रताडित सन् २०२१ ले धेरै नसुल्झिएका विश्वव्यापी समस्या छोडेर बिदा भयो ।
सन् २०२१ मा विश्व अर्थतन्त्रले मुद्रास्फीतिलगायत पुनःस्थापनाका गम्भीर चुनौती सामना ग¥यो । रुस र पश्चिमबीचको सम्बन्ध थप खस्कियो भने इरानको आणविक वार्ता गतिरोधमा अल्झियो ।
तथापि, नयाँ वर्ष सन् २०२२ यी नसुल्झिएला जस्तो लाग्ने समस्याका समाधानसहित सुरु भएको छ ।
कोभिड–१९ महामारी र विश्व अर्थतन्त्र
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभर कोभिड–१९ को कुल सङ्क्रमण र मर्नेको सङ्ख्या क्रमशः २८ करोड र ५४ लाख १० हजार नाघेको छ । ओमिक्रोन भेरियन्ट संसारभरका ११० भन्दा बढी देशमा फैलिसकेको छ ।
महामारी अन्त्य गर्न विश्वव्यापी खोप अभियानलाई तीव्रता दिनु नै प्रमुख हतियार हो । कोभिड–१९ खोप कार्यक्रम कार्यान्वयन योजनाको वितरण समूहले हालै सन् २०२२ को मध्यावधिसम्ममा संसारका सबै देशमा खोप लगाउने मानिसको सङ्ख्या ७० प्रतिशत पु¥याउन आह्वान गरेको छ । हालसम्म चीनले १२० भन्दा बढी देश र अन्तर्राष्ट्रिय सङ्गठनलाई झन्डै २ अर्ब मात्रा खोप वितरण गरिसकेको छ । चीनबाहिर बाँकी संसारमा हालसम्म भएको खोपमा चीनले दिएको खोपको हिस्सेदारी एकतिहाइ छ ।
चीनले संसारभर खोप वितरण गर्दै गर्दा संरा अमेरिकालगायत विकसित देशहरू खोप भण्डारणमा व्यस्त थिए । जसले संसारभर खोपको समतामूलक वितरणमा गम्भीर चुनौती थपिएको छ ।
रोग प्रतिरोध क्षमतामा दुरी (इम्युनिटी ग्याप) महामारीमाथि जीत हासिल गर्न सबभन्दा ठूलो अवरोध हो । न्यून आम्दानीका देशहरूमा हालसम्म ५ प्रतिशत मानिसले मात्र पूर्ण खोप पाएका छन् ।

सन् २०२२ मा अन्तर्राष्ट्रिय समुदाय महामारीविरुद्धको लडाइँमा सङ्गठित हुन र सहकार्य गर्नसक्छन् वा सक्दैनन् र संरा अमेरिका र अन्य देशहरूले बाँकी रहेका जिम्मेवारी बहन गर्न सक्छन् वा सक्दैनन् भन्ने कुराले धेरै हदसम्म मानव जातिले महामारीमाथि सकेसम्म चाँडो जीत हासिल गर्छ वा गर्दैन भन्ने कुरा निर्धारण हुनेछ ।
बेलायतको एउटा प्रमुख आर्थिक कन्सल्टेन्सी अर्थतन्त्र र व्यापार अनुसन्धान केन्द्रले सन् २०२२ मा पहिलो पटक विश्वको अर्थतन्त्र पहिलो पटक १ सय अमेरिकी डलर नाघ्ने पूर्वानुमान गरेको छ । उसले यसअघि गरेको पूर्वानुमानअनुसार त्यो अवस्था दुई वर्ष पछि मात्र आउने अनुमान गरिएको थियो ।
तथापि, महामारी अझ बढ्नु, आपूर्ति व्यवस्थामा समस्या, मुद्रास्फीति बढ्नु र विभेदको पुनःस्थापनाले सन् २०२ मा विश्वको अर्थतन्त्रलाई अझै प्रभावित बनाउने अपेक्षा गरिएको छ । संरा अमेरिका र अन्य विकसित देशहरूमा मौद्रिक नीतिमा गरिएको कडाइको प्रभावले संसारको अर्थतन्त्रमा थप जोखिम बढ्न सक्छ ।
उच्च मुद्रास्फीतिको कारण अमेरिकी रिजर्भ प्रणाली (फेड) ले सम्पत्ति खरिदमा कटौती गरेको छ । सन् २०२२ को मार्चमा ऋणपत्र खरिद बन्द गर्ने अपेक्षा गरिएको छ ।
त्यसका साथै सन् २०२२ मा फेडले सम्भवतः ब्याजदर तीन गुणाले बढाउने प्रबल सम्भावना छ । त्यसको अन्तरसीमा पुँजी प्रवाह, सम्पत्तिको मूल्य र सतही दरको स्थायित्वमा उल्लेखनीय प्रभाव पार्ने देखिन्छ । त्यही भएर केही उदयीमान बजार र विकासशील देशहरूमा पुँजीको बाहिर प्रवाह र मौद्रिक अवमूल्यन हुँदा आर्थिक पुनःस्थापनालाई अझ पछि धकेलेको छ ।
अस्थिरताबीच चीनको अर्थतन्त्रले भने लगातार प्रगति कायम राख्नु भने उत्साहप्रद छ । जसले संसारको आर्थिक पुनःस्थापनामा आत्मविश्वास र गतिशीलता जगाएको छ ।
रुस–पश्चिम सम्बन्धको भविष्य र फ्रान्स–जर्मनी ‘इन्जिन’
सन् २०२१ मा रुस र पश्चिमा देशहरूबीचको सम्बन्ध ‘वरफ युग’ मा प्रवेश ग¥यो । युक्रेनमा दुई पक्षबीच भयानक द्वन्द्व चल्यो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनबारे संरा अमेरिकासँगको द्वन्द्वमा रुस फर्किने कुनै बाटो नभएको र पश्चिमा देशहरूले आफ्नो ‘आक्रामक नीति’ नत्यागेसम्म रुसले आफ्नो कडा अडान नछोड्ने बताएका छन् ।
संरा अमेरिकाले हालै रुस र युक्रेनबीच युद्ध हुनसक्ने भनी प्रचारबाजी ग¥यो । रुस–युरोप सम्बन्धलाई थप कमजोर बनाउने र युरोपमा संरा अमेरिकाको प्रभाव बलियो बनाउने उसको मनसाय प्रस्ट छ ।
परिणामतः रुस–युरोपको सम्बन्ध थप जटिल बनेको छ । यदि युरोपेली सङ्घले भविष्यमा संरा अमेरिकासँग सहकार्य गरेर रुसी–जर्मन नोर्ड स्ट्रिम २ प्राकृतिक ग्यास पाइपलाइन परियोजनामाथि अथवा रुसी वित्तीय प्रणालीमाथि नाकाबन्दी थोपरे युरोपेली सङ्घको आफ्नो ऊर्जा सुरक्षा र वित्तीय स्थायित्व प्रभावित हुने पक्का छ ।
हालै बाल्टिक सागर र कृष्ण सागरमा उत्तर एटलान्टिक सन्धि सङ्गठन नाटोका सघन गतिविधिप्रति रुसले कडा आपत्ति जनाएको छ । यदि नाटोले रुसको ‘न्यूनतम बिन्दु’ परीक्षण गरिरहन्छ भने त्यसले विश्वको रणनीतिक स्थायित्वलाई प्रभावित बनाउन सक्ने गम्भीर परिणामको कारण बन्न सक्छ ।
सन् २०२२ को जनवरीमा रुस र संरा अमेरिकाबीच सुरक्षा वार्ता गर्ने टुङ्गो लागे पनि दुवै पक्षबीच आपसी विश्वास लामो समयदेखि कमजोर बन्दै गएको र भूराजनीतिक तहमा संरचनागत अन्तद्र्वन्द्व बढ्दै गएको अवस्थामा दुईपक्षीय सम्बन्धमा ¥हास आउन रोकिन्छ वा रोकिंदैन, त्यो भने हेर्नै बाँकी छ ।
सन् २०२१ को अन्त्यतिर जर्मनीमा नयाँ सरकार बनेको छ । सन् २०२२ मा फ्रान्समा चुनाव हुँदै छ । युरोपेली सङ्घका ‘जुम्ल्याहा इन्जिन’ मानिने जर्मनी र फ्रान्स अहिले सङ्क्रमणकालमा छन् ।
महामारीले थला परेको युरोपेली सङ्घ अहिले कठिन आर्थिक पुनःस्थापनाको चरणमा छ । उसको न्यून कार्बन रणनीति र विद्युत्तीय आर्थिक योजना केही हदसम्म प्रभावित बनेको छ ।
यसैबीच बेलायत र फ्रान्सबीच माछा मार्ने र शरणार्थीको विषयमा विवाद कायम नै छ । ब्रेक्जिटपछि पुराना र नयाँ युरोपेली सङ्घका सदस्यबीचको विवाद अझ फैलिएको छ । यी सबै जोखिम र चुनौती सामना गर्दै युरोपेली सङ्घका यी दुई ‘इन्जिन’ ले आपसीमा निकट भएर काम गर्न सक्छन् वा सक्दैनन् भन्ने कुराले युरोपेली सङ्घको आगामी प्रगतिको दिशा र गति निर्धारण गर्नेछ ।

युरोपले संरा अमेरिकाबाट आफ्नो निर्भरता कटौती गर्ने थप प्रयास थालेको छ । संरा अमेरिकाले युरोपेली साझेदार देशहरूको कान फुक्ने, अफगानिस्तानमा आफूखुसी फिर्ता हुने र अस्ट्रेलियासँग फ्रान्सको पण्डुबी निर्यात सम्झौता तोड्नेजस्ता धेरै घटनाले संरा अमेरिकालाई युरोपले पछिल्लो समय कममात्र विश्वास गर्ने गरेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंका अनुसार पालैपालो अध्यक्ष बन्ने युरोपेली सङ्घको प्रावधानअनुसार सन् २०२२ जनवरीदेखि अध्यक्ष बनेको फ्रान्सले ‘युरोपलाई संसारमा थप शक्तिशाली, पूर्ण सार्वभौम, आफ्नो छनोट गर्न स्वतन्त्र र आफ्नो भाग्यको आफै मालिक बनाउनेतिर लाग्ने’ बताएका छन् ।
तथापि, आन्तरिक मतभेद र सुरक्षाको लागि संरा अमेरिकाप्रतिको निर्भरताको कारण युरोपेली सङ्घको रणनीतिक स्वायत्तताको नीति अझै अनिश्चित छ ।
इरानी मुद्दाको भविष्य र संरा अमेरिकी जोखिम
गत वर्ष युरोपेली मध्यस्थकर्ताहरूमार्फत भएका सात चरणका प्रारम्भिक अप्रत्यक्ष वार्ताले संरा अमेरिका र इरानबीचको चिसो सम्बन्धमा कुनै परिवर्तन आएन ।
इरान प्रमाणिकरूपमा आफूमाथि संरा अमेरिका र युरोपेली सङ्घले थोपरेको नाकाबन्दी तत्काल हटाओस् भन्ने चाहन्छ ।
संरा अमेरिका भने इरान संयुक्त विस्तृत कार्ययोजना (जेसीपीओए)को कार्यान्वयनमा अडिग हुनुपर्ने र सबै आणविक गतिविधि रोक्नुपर्ने, त्यसो नभए सैनिक हमलासहित ‘अन्य विकल्प’ अपनाउने धम्की दिएको छ ।
संरा अमेरिकाले इरान आणविक सहमतिमा फर्कने इच्छा व्यक्त गरे पनि सँगै इरानविरुद्धको थप नाकाबन्दी पनि थोपरिरहेको छ । यस्तो अवस्थाले दुवै पक्षलाई अझ कडा स्थानमा पु¥याएको छ । जसले गर्दा सन् २०२२ मा वार्ताको राम्रो सङ्केत देखाएको छैन ।
धेरै विश्लेषकहरू संसार नयाँ वर्षमा प्रवेश गर्दै गर्दा फेरि पनि संरा अमेरिका नै अनिश्चितताको मूल स्रोत भएको बताउँछन् ।
संरा अमेरिकामा मध्यावधि चुनाव नजिकिँदै गर्दा दलगत झगडा अझ बढ्नेछ । जसले जातीय द्वन्द्व र आप्रवासीविरुद्धको भावना अझ उचाइमा पुग्नेछ । प्रभुत्ववाद कायम राख्न संरा अमेरिकाले आफ्नो ‘सानो गुट’ को कूटनीति कायम नै राख्ने देखिन्छ । उसले अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप रोक्ने छाँट छैन । विश्व शान्ति र विकासलाई अवरोध पु¥याउने गरी उसले थप नाकाबन्दी थोपर्ने क्रम चालु रहनेछ ।
विश्वको राजनीतिक जोखिमबारे अध्ययन गर्ने संसारकै प्रमुख निकाय युरोसिया ग्रुपले संरा अमेरिकालाई ‘सन् २०२१ मा संसारकै सबभन्दा खतरा’ को सूचीमा सबभन्दा माथि सूचिकृत गरेको छ ।
सन् २०२२ लाई नियाल्दा संरा अमेरिकाले संसारमा पार्ने जोखिम अझ सघन बन्दै जाने देखिन्छ ।
(सिन्ह्वाको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *