भर्खरै :

देशै बिर्सने कस्तो राजनीति !

देशमा पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाले देशमा केही गर्न सकेनन् । तर, त्यहीँ प्रम नाक फुलाउँदै कहिले भारतको उठबसमा त कहिले अमेरिकाको उठबसमा चलिरहे । आफ्नो देशको भन्दा अरू देशको स्वार्थमा अल्झेर नै कोशी गयो, गण्डक गयो,अपर कर्णाली गयो र महाकाली गयो । अहिले उनी जनताको कुरा कानमा तेल हालेर लाज पचाएर एमसीसी पास गर्न खोज्दै छन् । कृषिप्रधान देशमा रासायनिक मल छैन । यो देशको कस्तो विडम्बना ! जनता जहिल्यै मारै मारमा परेका छन् । शोषित पीडित जनता बाँच्न गा¥हो भइसकेको छ । पैसा भएर पनि मल किन्नै नपाउने ।
कृषिको लागि मल र जल मानिसको रगतको नाताजस्तै हो । स्वास्थ्यसम्बन्धी औषधिमा कमिसन अनि मास्कमा पनि कमिसन । जय सिं धामी मर्दा पनि सरकारले गहन तरिकाले हेरेको छैन । नेपालको भू–भाग मिचे पनि जहिल्यै मौन बसेर रैथाने प्रवृत्तिलाई जनताले धिक्कारिरहेका छन् । नेपालको घरको जग बलियो पार्नुको सट्टा भारत र अमेरिकालाई खुसी पार्न सिपालु छन् सत्तासीन दलका नेताहरू । काङ्ग्रेसको घोषणापत्रमा समाजवाद उल्लेख छ तर व्यवहारमा माछा माछा भ्यागुतो । नेपालको हावापानी मिल्दोजुल्दो राजनैतिक अभ्यासको कर्म र मर्म पनि नबुझ्ने । असक्षम प्रम भनी चिनिएका देउवादेखि प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ खनाल प्रम भए । तर, के गर्नु देशमा चण्डालहरूको हाबी छ । हो, राजनीति गर्नुपर्छ तर देशलाई बिर्सने कस्तो राजनीति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *