भर्खरै :

देशको समृद्धि तथा विकास र जनताको स्वास्थ्यको निम्ति प्रयास गरौँ ! – २

कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महासचिव किम जङ उनले खानी उद्योग, वन, सूचना–प्रविधि उद्योग तथा अन्य क्षेत्रबाट व्यावहारिकरूपमा काममा परिमार्जन गरेर राष्ट्रिय आर्थिक विकास गर्ने कुरा निष्कर्षमा उल्लेख गर्नुभयो ।
भूमि प्रशासन तथा सहर व्यवस्थापन क्षेत्रले वृक्षरोपन, नदी सुधार र भूक्षय नियन्त्रण परियोजना वर्षभरि सञ्चालन गर्नु आवश्यक छ । यसबाट देशको जमिनको रक्षा गर्ने र जनताको जीवन तथा सम्पत्तिको सुरक्षा हुन्छ । यसले सडकको सुरक्षा तथा आधुनिकीकरण, पर्यावरणीय वातावरणमा सुधार तथा सुरक्षा र सडक र गाउँलाई हरियाली बनाउनेछ ।
राष्ट्रिय अर्थतन्त्रको सामग्री तथा प्राविधिक जग सुदृढ गर्न र समायोजन गर्ने काम अगाडि बढाउनु नै निष्कर्ष हो ।
महासचिव उनले योजना बनाउने परिपाटीमा सुधार, नियमित र स्तरीय जगमा आर्थिक गतिविधि अगाडि बढाएर मन्त्रिमण्डललाई आर्थिक व्यवस्थापकको रूपमा लिई त्यसको भूमिकालाई अझ बलियो बनाउने कुरामा जोड दिनुभयो ।
यसबाट विज्ञान, शिक्षा र जनस्वास्थ्यलगायत सांस्कृतिक क्षेत्रमा नयाँ आविष्कार गरी समाजवादी निर्माणको महत्वपूर्ण प्रगति गर्नेछ ।
सन्तुलित अर्थतन्त्रको विकासलगायत देशको सम्पूर्ण विषयमा वैज्ञानिक तथा प्राविधि विकासप्रति ध्यान दिनु नै आजको मुख्य काम हो ।
वैज्ञानिक र अनुसन्धान एकाइहरूले प्रविधिको विकास गर्ने मुख्य कामको रूपमा लिनु आवश्यक छ । उत्पादन र निर्माण कार्य गर्नुअगाडि वैज्ञानिक तथा प्राविधिक शक्तिलाई तालिम दिनु आवश्यक छ । यसले राज्यको अर्थतन्त्रलाई स्वतन्त्र बनाउन मद्दत गर्दछ । साथै, यसले जनताको जीवनस्तर सुधार हुन्छ ।
भविष्यको निम्ति सबभन्दा अग्रगामी र नमुना शिक्षाको विकास गरेर सबै विद्यालयका केटाकेटीलाई सच्चा क्रान्तिकारी, सक्षम तथा सृजनशील बनाउनुलाई शैक्षिक क्षेत्रले नयाँ शताब्दीमा शैक्षिक क्रान्तिको मुख्य उद्देश्यको रूपमा लिनुपर्छ ।
यसको निम्ति, योग्यलाई प्राथमिकता दिने शैक्षिक प्रणालीको विकास गर्ने र ठूलो सङ्ख्यामा वैज्ञानिक तथा प्राविधिक व्यक्तिहरूलाई तालिम दिने बन्दोबस्त गर्नु आवश्यक छ । तिनीहरू नै आर्थिक विकास र राष्ट्रिय रक्षालगायत धेरै क्षेत्रको विकासक आधार हुन् । साथै, यसबाट स्थानीय क्षेत्र र ग्रामीण क्षेत्रका शिक्षकको सङ्ख्यात्मक तथा गुणात्मक विकास हुन्छ । यसले शैक्षिक स्थिति र वातावरणलाई आधुनिकीकरण गरी देशको समग्र शैक्षिक तहलाई माथि पु¥याउँछ ।
अर्को वर्षको निम्ति जनताको चिकित्सा सेवाको गुणस्तर अझ वृद्धि गर्ने सुनिश्चित गर्नु जनस्वास्थ्यको मुख्य दिशा हुनुपर्छ । साथै स्रोतसाधन र प्रविधिका हिसाबमा अझ बलियो बनाउन सबै शक्ति जनस्वास्थ्यको विकासमा केन्द्रित गर्नु आवश्यक छ ।
साहित्य र कला क्षेत्रले वैचारिक दृष्टिकोण, सृजना मनोविज्ञान र सृजना विधिमा आधारभूत परिमार्जन आवश्यक छ । साहित्यिक तथा कला गतिविधिको राजनीतिक परिचय र चरित्र सुनिश्चित गर्दै सिद्धान्तलाई कायम गर्नु आवश्यक छ । नयाँ पुस्तालाई सृजनाका गतिविधिमा सहभागी गराउन तालिम दिनु आवश्यक छ ।
महासचिव उनले आदर्श तथा अत्यन्त उच्च सभ्य जीवनपद्धत्ति र सामूहिक सेवामा आधारित नैतिक धरातल नै हाम्रो आफ्नै खालको समाजवादको जग हो र विकासको निम्ति शक्तिशाली आधार हो भन्नुभयो । उहाँले यी सकारात्मक कुरा र उत्तम विशेषतालाई अगाडि बढाई सामाजिक तथा राष्ट्रिय विशेषता बनाउनु आवश्यक छ भन्नुभयो ।
महामारी रोकथामको कामलाई सबभन्दा बढी प्राथमिकतामा राखिनु पर्छ । यो नै सबभन्दा बढी महत्वपूर्ण काम हो । यसमा कुनै पनि कमजोरी तथा गल्ती हुनु हुँदैन ।
देशको महामारी रोकथाम वैज्ञानिक जगमा हुनुपर्छ । महामारी रोकथाम निकायले सामग्री तथा प्राविधिक आधार तयार गर्नुपर्छ । यसरी महामारी रोकथामलाई जनमुखी तथा आधुनिक बनाउन सकिन्छ ।
कानुन लागु गर्ने निकायहरूलाई अझ बलियो बनाएर, कानुनको परिपालनाको अनुगमन गरेर क्रान्तिकारी वातावरण तयार पारेर सामाजिक नियमन र जनताको सुरक्षाको बन्दोबस्त गर्नु आवश्यक छ । त्यस्तै पार्टी, समग्र देश र समाजमा देखिने समाजवादविरोधी तथा समाजवादविपरीत अभ्यासको विरुद्धको सङ्घर्षलाई अझ तीव्र बनाउनु आवश्यक छ ।
महासचिव उनले राष्ट्रिय सुरक्षा क्षेत्रको निम्ति सैन्य काम अगाडि बढाउनुभएको छ । कोरियाली प्रायद्वीपको सैन्य वातावरण र अन्तर्राष्ट्रिय वातावरण दिनप्रतिदिन अस्थिर भइरहेबाट राज्यको रक्षा क्षमतालाई एकक्षण पनि ढिलो नगरी बलियो बनाउनु समयले माग गरेको छ ।
जनसेनाले पार्टी केन्द्रीय समितिको क्रान्तिकारी विचारअनुसार परिमार्जित गर्ने कामलाई जोड दिनुपर्छ । यसबाट पार्टीको क्रान्तिकारी सेनाको विकास हुन्छ । तालिमप्रधान सिद्धान्त लागु हुन्छ र सदा तयार रहने स्रोतसाधन सम्पन्न तथा कडा अनुशासन भएको सेना गठन गर्नु आवश्यक छ ।
पार्टीको आठौँ महाधिवेशनको निर्णयअनुसार हतियार उद्योगको क्षेत्रले आधुनिक युद्ध लड्नसक्ने शक्तिशाली यन्त्रको विकास गर्नु आवश्यक छ । यसले राष्ट्रिय रक्षाको स्तरलाई उँचो बनाउनेछ । साथै जुछे सिद्धान्तअनुसार योजनाबद्धरूपमा रक्षा उद्योगलाई विकास गर्नु आवश्यक छ ।
आधुनिक युद्धको आवश्यकताअनुसार सैन्य रक्षा शक्तिको क्षमतालाई अझ बलियो बनाउन निर्णायक पाइला चाल्नु आवश्यक छ । साथै, मजदुर–किसान, लाल रक्षकहरूका अधिकारीहरूको आदेश क्षमता र सैन्य योग्यतामा वृद्धि गर्नु आवश्यक छ । त्यस्तै सैन्य शक्तिको व्यावहारिक क्षमता बढाउनु आवश्यक छ । यसको निम्ति तालिममा ठूलो परिमार्जन आवश्यक छ ।
तीव्र परिवर्तित अन्तर्राष्ट्रिय राजनीतिक स्थिति तथा वरिपरिको वातावरणसँग मेल खाने गरी उत्तर–दक्षिण सम्बन्ध तथा बाह्य मामिला हेर्नु आवश्यक छ ।
यसले पार्टी र सामान्य कर्मचारीलाई बलियो बनाउने कामलाई अझ विकसित गरेको छ । समाजवादी निर्माणको ताजा विजयको महत्वपूर्ण काम अगाडि बढाउन यसले नेतृत्वदायी भूमिका खेल्नु आवश्यक छ ।
हरेक हिसाबमा पार्टीको नेतृत्व तथा लड्ने क्षमतामा वृद्धि गर्नु नै हाल उठेको महत्वपूर्ण विषय हो । यसको निम्ति पार्टीको काममा सुधार ल्याउनु र सम्पूर्ण पार्टीलाई अध्ययनशील बनाउनु आवश्यक छ । यसले पार्टी केन्द्रीय समितिसँग विचार, योजना र कामको आदानप्रदान भई पार्टीलाई जिउँदो जीवमा परिणत गर्दछ । साथै, यसले पार्टीका अधिकारीहरूको तह तथा क्षमता अभिवृद्धि गर्दछ ।
सम्पूर्ण पार्टीले पार्टी कार्यमा देखिएको औपचारिकतावादविरुद्ध एक मुख्य वैचारिक युद्ध लड्नु पर्नेछ । साथै, पार्टीभित्र क्रान्तिकारी अनुशासन पूर्णतः स्थापना गर्नुपर्छ र कार्यकर्ताका तहहरू शुद्ध तथा छरितो बनाउनु आवश्यक छ ।
पार्टी सङ्गठनले आफ्नो प्रयासलाई पार्टीको आर्थिक नीति र राष्ट्रिय अर्थतन्त्रको योजनामा केन्द्रित गर्नु आवश्यक छ । पार्टीका नेतृत्वदायी अधिकारीहरूले योजना लागु गर्न सक्रिय हुनु आवश्यक छ ।
समाजवादी निर्माण, हाम्रो महान् जनता तथा नयाँ पुस्ताको समग्र विकासको निम्ति सन् २०२२ को सङ्घर्ष एउटा महान् जीवन–मरणको सङ्घर्ष हुनेछ र यसलाई सफलतापूर्वक लडिने निश्चित छ । महासचिव उनले पार्टी र जनताले गौरवमय विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस वर्षको कठिन परिस्थितिमा पनि सम्पूर्ण कठिनाइ पार लगाउन दृढ विश्वास र बलियो शक्तिको प्रदर्शन गर्दै एकमनले पार्टी वरिपरि गोलबन्द हुने महान जनता रहेको बताउनुभयो ।
मन्तव्यको अन्त्यमा, महासचिव उनले बडो जोशका साथ सम्पूर्ण पार्टी र सबै जनतालाई उच्च मनोबलका साथ समाजवादी निर्माणलाई तीव्ररूपमा अगाडि बढाउन आह्वान गर्नुभयो । साथै, देशको इतिहासमा अर्को वर्ष एक महान् क्रान्तिकारी वर्षको रूपमा परिणत गर्न उहाँले अनुरोध गर्नुभयो । उहाँले उज्यालो भविष्यको निम्ति यो एउटा महान् सङ्घर्ष प्रमाणित हुने आशा पनि व्यक्त गर्नुभयो ।

किम जङ उनको महत्वपूर्ण मन्तव्यपछि सहभागीले सहमतिस्वरूप तालिको गडगडाहटसाथ ‘हुर्ररे’ गरे । मन्तव्यले कोरियाली शैलीको समाजवादको निर्माणलाई नयाँ तहको विजयमा पु¥याउन निर्देशक नीतिको रूपमा काम गर्नेछ । साथै यसले अग्रगमन तथा आविष्कारको निम्ति एउटा व्यावहारिक हतियारको काम गर्नेछ ।
किम जङ उनको मन्तव्य एक महत्वपूर्ण व्यावहारिक कार्यक्रम र अपराजित कोरियाली सेनाको ब्यानर बनेको छ । यसले सन् २०२२ मा कोरियाली शैलीको समाजवाद र जनताको सुखको निम्तिको सङ्घर्षमा बल प्राप्त हुन्छ । किनभने, मन्तव्यले सन् २०२१ को गौरवको समीक्षा गरेको छ । पार्टीको महाधिवेशन भएको उक्त वर्ष देशको समृद्धिको इतिहासमा गौरवशाली प्रमाणित भयो । महासचिव उनको मन्तव्य देशको समृद्धिको निम्ति एउटा नयाँ निर्देशिका बनेको छ ।
सरकारको सन् २०२१ को बजेटको सिंहावलोकन र सन् २०२२ को प्रस्तावित बजेट पार्टीको विस्तारित बैठकको दोस्रो विषय थियो । राज्यको बजेट मूल्याङ्कन समूहले बजेटको सिंहावलोकन गरेर सुझाव दिएको थियो । विस्तारित बैठकले प्रजग कोरियाको १४ औँ सर्वोच्च जनसभाको छैटौँ बैठकमा प्रस्तुत गर्ने निर्णय ग¥यो ।
कोमपाको विस्तारित बैठकको तेस्रो विषय थियो– ‘हाम्रो देशमा समाजवादी ग्रामीण प्रश्न समाधानको तत्काल कामबारे’ ।
महासचिव किम जङ उनले ‘हाम्रो शैलीको समाजवादी ग्रामीण विकासको नयाँ शताब्दीको सुरुआत गरौँ’ शीर्षकमा एउटा ऐतिहासिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
पार्टीको स्थापनादेखि महत्वसाथ लिइएको ग्रामीण प्रश्न र यसलाई सार्थक बनाउन लिइएको ऐतिहासिक बाटोबारे समीक्षा गर्दै महासचिव उनले आजको समाजवादी ग्रामीण प्रश्नको सही समाधानको महत्वबारे स्पष्ट पार्नुभयो ।
समाजवादको समग्र विकासको निम्ति आवश्यकीय पक्ष भनको ग्रामीण समुदायमा आमूल परिवर्तन गर्नु हो । देशको समृद्धि र जनताको हितको निम्ति यो एक अत्यन्तै महत्वपूर्ण क्रान्तिकारी काम हो ।
यसै कारणले पार्टीको आठौँ महाधिवेशनले कृषि मजदुरहरूलाई क्रान्तिकारी कृषि मजदुरमा रूपान्तरण गर्नु नै हालको ग्रामीण विकासको रणनीतिको मुख्य कार्यभार हो । यसबाट देशको खाद्य समस्या पूर्णरूपमा समाधान गर्नेछ र ग्रामीण क्षेत्रलाई दीगो विकासको धारमा ल्याएर ग्रामीण जनताको बस्ने वातावरणमा आमूल परिवर्तन ल्याउन सकिन्छ ।
महासचिव उनले समाजवादी ग्रामीण निर्माण र आजको मुख्य कार्यभारबारे प्रस्ट पार्नुभयो । उहाँले देशको कृषिलाई उच्च स्थानमा राख्न जोड दिनुभयो । उहाँले ‘समाजवादी ग्रामीण निर्माणको नयाँ विजयको निम्ति’ को नारा दिई ग्रामीण विकासलाई अगाडि बढाई हाम्रो आफ्नै शैलीको समाजवादी गाउँको निर्माण गर्न जोड दिनुभयो ।
जुछे विचारको ढाँचामा सम्पूर्ण देशका ग्रामीण समुदायलाई ढाल्नु र तिनीहरूलाई भौतिकरूपमा सम्पन्न बनाउनु हाम्रो पार्टीको समाजवादी ग्रामीण निर्माणको उद्देश्यमा भएको महासचिव किमले बताउनुभयो । उहाँले कृषि मजदुरहरूको वैचारिक चेतना अभिवृद्धि गर्नु नै हाम्रो शैलीको ग्रामीण विकासको लक्ष्य हो । यसले ग्रामीण क्षेत्रको जीवन शैलीमा आधारभूत परिवर्तन आउनेछ ।
प्रतिवेदनमा समाजवादी ग्रामीण निर्माण विशाल र गम्भीर क्रान्ति भएको लेखिएको छ । यसको निम्ति वैज्ञानिक आधारमा चरण र लक्ष्य निर्धारण गर्नु आवश्यक छ । लामो समयदेखिको र बहुपक्षीय प्रकृतिको ग्रामीण समस्या सफलतापूर्वक समाधानको निम्ति बर्सेनिको लक्ष्यसहितको सङ्घर्ष अगाडि बढाउनुपर्छ । भविष्यमा पार्टी र सरकारले मध्यकालीन र दीर्घकालीन ग्रामीण विकास रणनीति अगाडि बढाइने छ ।
वर्तमानमा ग्रामीण विकासको रणनीतिकको मुख्य काम सबै कृषि मजदुरलाई क्रान्तिकारी कृषि मजदुरमा परिणत गर्नु हो । यसबाट देशको खाद्य समस्या समाधान हुनेछ र ग्रामीण क्षेत्रको बसोबासको वातावरणमा आमूल परिवर्तन गर्न सकिन्छ ।
क्रमशः
अनुवाद ः सङ्कल्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *