भर्खरै :

देशमा अर्गानिक मल कारखाना खोल्नु आवश्यक

सन् १९९० ताका उत्तर अमेरिकी महादेशमा पर्ने देश क्युवाको कृषि क्षेत्र सङ्कटमा परेको कुरा इतिहासमा पढ्न पाइन्छ । पछि उसले जनवादी व्यवस्था स्थापना गरेपश्चात् कृषि उत्पादन बढ्यो । देशलाई आत्मनिर्भर बनाउन क्युवाको सरकार र जनता अहोरात्र खटे । तर, अमेरिकाले आर्थिक नाकाबन्दी ग¥यो । अहिलेसम्म अमेरिकाले नाकाबन्दी खोलेको छैन ।
परिवर्तनपछि क्युवामा ५५ वटा चिनी कारखाना भएकोमा १९९० भित्र १५० चिनी कारखाना स्थापना भयो । त्यहाँ उत्पादित चिनी सोभियत सङ्घमा बेच्न १५ वर्षे सम्झौता गरियो । सोभियत सङ्घको मागअनुसार चिनी आपूर्ति गराउन उखुको खेती बढाइयो । मेसिनबाट जमिन जोत्ने काम अगाडि बढाइयो । समुन्द्रको पानी तानेर उखु खेतीमा सिँचाइ गरियो । रासायनिक औषधि र मलको प्रयोग अधिकतम भयो । उखुले क्युवाको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । बाँझो जमिन, चौर र जङ्गल फाँडेर उखु खेती गरियो । चिनी बेचेर सरकारले आर्थिक उन्नति गरेको थियो ।
क्युवाले अर्थतन्त्रमा गरेको परिवर्तन अमेरिकालाई देखिनसक्नु भयो । सोभियत सङ्घमाथि उसले विभिन्न चालबाजी गरेर सन् १९९० मै अमेरिकाले सोभियत सङ्घको विघटन र पुँजीवादको स्थापना गराउन सफल भयो । सोभियत सङ्घको विघटनपछि क्युवासँगको व्यापार सम्झौता पनि समाप्त भयो । क्युवाको चिनी बिकेन । धेरै वर्ष लगातार रासायनिक मल, औषधि प्रयोग गरेका कारण जमिनमा उखु उत्पादन कम भयो । अर्काे कारण समुद्रको पानीले सिँचाइ गर्दा जमिनको उर्वरा शक्तिमा ¥हास भयो । मेसिनले हलो जोत्दा पेट्रोलियम पदार्थ आवश्यक पथ्र्याे । त्यो पनि सोभियत सङ्घबाट आउन छाड्यो । क्युवाली खेती प्रणाली सङ्कटमा प¥यो । सन् १९९० पछि क्युवामा आर्थिक सङ्कट सोभियत सङ्घको विघटनका कारण भएको थियो ।
आर्थिक सङ्कटलाई लिएर वैज्ञानिकहरूले सरकारसँग भेट गरेर भने, सरकार ¤ खाद्य सङ्कटबाट नआत्तिनुहोस् । यसको समाधानको लागि हामीले एउटा उपाय सोचेका छौँ । राष्ट्रपति फिडेल क्याष्ट्रोले वैज्ञानिकहरूको कुरा सुन्नुभयो । वैज्ञानिकहरूले भने, तत्काललाई मेसिनबाट गरिने खेती बन्द गरौँ, रासायनिक मल खेतीमा प्रयोग नगरौँ, समुद्रको पानीबाट सिँचाइ नगरौँ, अन्य कुनै रासायनिक वस्तु प्रयोग गर्नबाट रोकौँ । हामीले त्यसको विकल्पको रूपमा धेरै कुरा सोचेका छौंँ । राष्ट्रपति फिडेल क्याष्ट्रोले के सोच्नुभयो भनेर सोध्दा उनीहरूले भने, मेसिनले जमिन जोत्ने काम बन्द गरौँ, मेसिनलाई तेल चाहिन्छ, हाम्रो देशमा तेल छैन । त्यसको सट्टा गोरु जोतेर खेती लगाऔँ । राष्ट्रपति क्याष्ट्रोले सोध्नुभयो, पर्याप्त गोरू कहाँबाट ल्याउने ? वैज्ञानिकहरूले भने, अब गोरूको मासु खान बन्द गरौँ, अनि चीनबाट केही गाई खरिद गरेर ल्याऔँ । हाम्रो देशमा तेल छैन, साइकल चलाउनमा प्रोत्साहन देऔँ ।
फिडेलको सरकारलाई त्यो कुरा चित्त बुझ्यो र चीनबाट २० हजार गाई र साइकल किनेर ल्यायो , त्यसपछि वैज्ञानिकहरूले गाईको बाच्छालाई गोरु जोत्नका लागि, गोबर, गहुँत अर्गानिक मल बनाउनका लागि, गोरूकै सहायताले गाडामा सामान ओसारपसार गर्नेमा प्रयोग गरे । गाईको दूध खान छोडेको, बाच्छा नब्याइसकेको कोलडीको गहुँत अध्ययन गरेर त्यो गहुँत राम्रो मल र किटनाशक हुन्छ भनेर पत्ता लगाइयो । त्यही गहुँत दक्षिण अमेरिकीलाई बेचेर करोडौँ डलर कमाए क्युवालीहरूले । वैज्ञानिकहरूले जैविक क्रान्ति गरे, मकै पेलेर डिजेल बनाए र ४० प्रतिशत गाडीहरू त्यही डिजेलबाट चलाए । गहुँत र डिजेल भेनेजुयलालगायतका देशहरूले किने । सन् २००० सम्ममा क्युवामा ३ लाख बढी गोरु भए । त्यहाँको कृषि क्षेत्र सुधारिँदै गयो । राष्ट्रपतिसमेतले साइकलमा यात्रा गरे ।
सन् २००० पछि खेती प्रविधिमा क्युवा विश्वकै समृद्ध देश बन्यो । अहिले क्युवा खेती प्रणालीमा विश्वको नमुना देश बनेको छ । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा उक्त खेती हेर्न क्युवा पुगेर प्रशंसा गरे ।
त्यस्तै नेपालमा ट्रयाक्टर, पावरटेलर, साना–साना हाते ट्रयाक्टरले गर्दा र जर्सी गाईपालन सुरु गर्दा स्थानीय गाईपालन छाड्दै र गोरु बेच्दै गरेको मधेसबाट थाहा भयो । रासायनिक मलको प्रयोग, ट्रयाक्टरको जोताइ आदिले गर्दा स्थानीय गाईगोरु सङ्कटमा परेका छन् ।
सप्तरी, रूपनी–६ का किसान हरिप्रसाद साहले भन्नुभयो, “देशका गाईगोरु सङ्कटमा छन् । हाम्रो गाउँमा गाईगोरु बेच्ने क्रम चलेको छ । मैले पनि एक हल गोरु बेच्दै छु ।” त्यस्तै वडा नं ३ हर्दिया गाउँका अर्का किसान तारा चौधरीले भन्नुभयो, “गोरु जोत्न छाड्दा गाईपालन घटिरहेछ । भोलिका दिनमा रासायनिक मलमात्र हुनेछ । कम्पोष्ट मल गाई नपाले हुनेछैन । अनि, खेती खत्तम हुनेछ र आयात झन् बढ्नेछ ।”
नेपालमा पनि सन् १९९० अघिको क्युवाको जस्तै गाईपालन घट्दै गयो, उत्पादन पनि घट्दै गयो । मेसिन र रासायनिक मल प्रयोगबाट जमिन मासिँदै गयोे र उत्पादन पनि घट्यो । यसलाई तत्काल रोक्न सरकारले जैविक मल बनाई गाई गोरूको संरक्षण गर्नुपर्छ । यसले अर्गानिक उत्पादन बढ्नेछ ।
कर्णाली सरकारले प्रदेशलाई अर्गानिक प्रदेश घोषणा गरेको छ तर कुनै नयाँ प्रविधि दिन सकेको छैन । तत्काल अर्गानिक मल कारखाना खोल्नु र गाई गोरू बचाउनु आवश्यक देखिन्छ । केही वर्षपहिले ट्रकका ट्रक गाई ल्याई नेपालगञ्ज उपमहानगरपालिकाले सुर्खेतका भिरहरूमा छोड्यो । ती गाई किसानका थिएनन् । भारतबाट धपाइएका छाडा गाईवस्तु थिए तर बदनाम नेपालगञ्ज उपमहानगरपालिकाको भयो । अब देशमा स्थानीय गाईपालन, अर्गानिक मलको प्रयोग, गोरूबाट हलो जोत्ने, गाईगोरुको संरक्षण गर्ने, गहुँतको व्यापार गरेर पशुपालनलाई व्यवसायमा परिणत गर्ने काम गर्नु आजको आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *