शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
पालि– प्राकृत भाषामा चेतिय संस्कृति भाषामा चैत्य हो । पालि त्रिपिटकभित्र विशेष गरेर महापरिनिर्वाण सूत्तमा अनेक चेतियहरूको नाम उल्लेख भएको पाइन्छ । जस्तोः उदेन चेतिय, गोतम चेतिय, चापाल चेतिय, आनन्द चेतिय, बन्दना चेतिय अािद । बुद्धको जीवन कालमा नै तथागत बुद्धले विश्राम गरेको, धर्म देशना गरेको, पाइला टेकेको आदि स्मरणीय ठाउँहरू चेतिय भइसकेको छ । चेतियको विषयमा अनेक तर्क भए तापनि बुद्ध, धर्म रसङ्घसित सम्बन्ध भएको स्मारक अर्थात् चित्तमा झझल्को आइरहने विषयवस्तु नै चेतिय अर्थात् चैत्य हो । तथागत बुद्धको महापरिनिर्वाणपछि चेतियहरू निकै व्यापक भएर गएको देखिन्छ । बुद्धको जहाँ दाह संस्कार गरियो त्यसैलाई मुकुटबन्धन महाचैत्यको नामबाट प्रसिद्ध भयो । सो ठाउँको पुरातात्विक उत्खननमा माटोको शीलमा पनि मुकुटबन्धन महाचैत्य उल्लेख भएको छ ।
दिव्यावदानअनुसार बुद्ध जन्मस्थल लुम्बिनी उद्यानमा सबभन्दा पहिले बुद्ध जन्मभूमिको रूपमा सम्राट अशोकबाट चेतिय निर्माण गर्नुभयो । तथागत शाक्यमुनि बुद्धको नाममा निर्माण भएको प्रथम चैत्य लुम्बिनी जन्म स्मारक नै हो । जुन प्रमाणको रूपमा ‘मार्काेस्तोन’ देख्न पाइन्छ ।
चेतियको प्रकार
बौद्धहरूको चेतिय बन्दनाको पुरानो पालि गाथा छ ।–
“बन्दमि चेतिय सब्वं, सब्व ठानेसु पतिटिठतं ।
शारीरिक धातु महाबोधि, बुद्ध रूपं सकलं सदा ।।”
अर्थात् शारीरिक धातु महाबोधि वृक्ष र सबै बुद्धरूप सबै ठाउँमा
प्रतिष्ठापित चेतियहरूमा सधैँ म नमस्कार गर्दछु ।
महापरिनिर्वाण सूत्तअनुसार चेतिय (चैत्य) ३ मागमा वर्गीकरण गरिएको छ ।
१) शारीरिक धातु चैत्य
तथागत बुद्धको महापरिनिर्वाणपछि बुद्धको दाह संस्कार गरिएको बेला हड्डीबाहेक जम्मै जलेर खरानी भयो । जुन हड्डीहरू पग्लेर केराउको दाना, तोरीको दाना इत्यादिको रूपमा परिणत भयो । यसैलाई अस्थिधातु भनिन्छ । तथागत बुद्धजस्तै आश्रयक्षय भइसकेका र क्लेशबाट मुक्त भइसकेका भिक्षुहरूको पनि हड्डीहरू आगोले भष्म हुँदैन । अस्थिधातुको रूपमा परिवर्तन हुन्छ । अहिले पनि प्रमाणको रूपमा देख्न सक्छौँ ।
बुद्धलाई दाह संस्कार गरिएको ठाउँ कुशिनगरमा मुकुटबन्दन चैत्यको नामबाट प्रसिद्ध भयो । त्यसपछि चित्तामा यत्रतत्र मोतीको दानाजस्तै, हीराको दानाजस्तै टलक्क टल्किरहेका अस्थिधातुहरू जम्मै मल्ल राजाहरूले सुनको पात्रमा सङ्ग्रह गर्दै पानीले सफा गरिसकेपछि द्रोण ब्राह्मणद्वारा मगध नरेश अजातशत्रुलगायत उपस्थित ८ जनपदका राजा रजौताहरूलाई ८ भाग गरी दिएर पठायो । जसमा मगध, वैशाली, अलकप्प, कोलिय (रामग्राम) मल्ल, शाक्य (कपिलवस्तु), वेठदीप (ब्राह्मण), कुशिनगरको मल्लले एक एक भाग पाएका थिए । यी राजाहरूले आ–आफ्ना देशमा भगवान बुद्धको अस्थिधातु निधान गरेर भव्य धुप–स्तुप–चैत्य बनाए । यी चैत्यहरू नै बुद्धको शारीरिक धातु चैत्यमा सबभन्दा पुरानो हो ।
यसरी नै पिफलि वनको मोरिय (मौर्य) राजाहरू अबेला पुगेकाले अस्थिधातु प्राप्त भएन । बाँकी भएको खरानी, गोल भगवानलाई चढाएको पुष्प आदि बटुलेर आफ्नो देशमा लगिसकेपछि जुन वस्तु निधान गरेर भव्य स्तुप बनायो त्यो स्तुप नै भारतको पिपरहवा स्तुप हो । जुन स्तुप सन् १८९८ मा विलियम पेपेले पत्ता लगाएका थिए ।
त्यसपछि ई.पू. तेस्रो शदिमा सम्राट अशोकले ७ स्थानमा अवस्थित ७ वटा स्तुपको अस्थिधातु निकालेका थिए । यही क्रममा हाम्रो नेपालको कोलिय शाक्यहरूले बनाइराखेका रामग्राम स्तुपको अस्थिधातु पनि निकाल्न खोजेका थिए । जुन बेला नाग जातिहरूले सम्राट अशोकलाई निकाल्न दिएनन् । त्यसकारण, भगवान बुद्धको शारीरिक धातु चैत्यमा सर्व प्राचीन रामग्राम स्तुपलाई मानिन्छ । त्यसपछि सम्राट अशोकले तत्कालीन जम्पुद्वीप भारत वर्षभरि ७ वटा महास्तुपकै अस्तुलाई ८४ हजार स्तुप बनाएर अस्तु निधान गरेको बौद्ध ग्रन्थहरूमा उल्लेख छ । यी महास्तुपहरू नै भगवान बुद्धको शारीरिक धातु चैत्य हो । उधारण भरहुत स्तुप, तक्षशिला स्तुप, गान्धारा स्तुप, स्वयम्भू महास्तुप खास्ती महास्तुप र साँची महास्तुप चैत्य आदि ।
२) परिभोगिय चैत्य
तथागत बुद्धले परिभोग गरिराखेको स्मारक नै परिभोगिय चैत्य हो । जस्तोः तथागत बुद्धको जन्म स्मारक लुम्बिनीको प्रथम चैत्य, बोधगयाको बोधीवृक्ष, सारनाथको प्रथम धर्मचक्र प्रवर्तन गरेको स्थानको चैत्य, कुशीनाराको महापरिनिर्वाण मुकुटबन्धन चैत्यलगायत बुद्धसित सम्बन्ध भएका तीर्थस्थलका चैत्यहरू नै परिभोगिय चैत्य हो । यसरी नै भगवान बुद्धद्वारा परिभोग गरिराखेको भिक्षा पात्र, चिवर, ओछ्यान, पलङ, चम्चा, सियो, धागो, आसन आदि गर्भमा राखेर बनाएका स्तुपहरूलाई पनि परिभोगिय चैत्य भनिन्थ्यो । जुन कुरा चिनियाँ यात्री भिक्षुहरू हवयन साँग, फाहियान, इत्सीङले वर्णन गरिराखेका छन् । भारतको तोपरा स्तुपमा उत्खनन गरेको बेला भगवान बुद्धको भिक्षा पात्र निदान गरी राखेको सुनको बट्टा प्राप्त भएको थियो ।
३) उद्देश्य चैत्य
बुद्ध, धर्म, सङ्घको स्मरणस्वरूप बनाएका स्तुपलाई उद्देश्य चैत्य भनिन्छ । यो उद्देश्य चैत्यहरू ई.सं. प्रथम शदिदेखि महायान, मन्त्रयान, तन्त्रयान, बज्रयान निकायहरूको विकास सँगसँगै तत्कालीन जम्बु द्वीपलगायत चीन, जापान, कोरिया आदि बौद्ध राष्ट्रहरूमा व्यापक विकास भएको पाइन्छ । नेपाल मण्डलमा पूर्व लिच्छविकालमा बनेको उद्देश्य चैत्यहरूमा बुद्धमूर्तिहरू देखिँदैन । जुन उद्देश्य चैत्य दत्तात्री भीमसेनको गाहिटीमा अवस्थित दुई चैत्य हो । ७ शदिपछि बनाएका उद्देश्य चैत्यहरूमा प्रतिकारात्मकरूपमा बुद्धमूर्तिहरू राखेको देख्न सकिन्छ । १२–१३ शदिदेखि पञ्चबुद्धहरू अङ्कित भएको उद्देश्य चैत्यहरू हुन् ।
नेपाल मण्डलको विहार, वही, चोक, गुम्बा, मन्दिर इत्यादि ठाउँमा अवस्थित स्तुपहरू नै उद्देश्य चैत्य हुन् । जुन प्राचीन स्तुपलाई संरक्षण गर्न, धर्म ग्रन्थहरू सरक्षण गर्न महत्वपूर्ण बौद्ध अभिलेखहरू संरक्षण गर्नको लागि पनि उद्देश्य चैत्यहरू निर्माण गर्ने परम्परा छ । दाताहरूले ठूलो दान, धर्म, उत्सव आदि गरेर स्मारकको रूपमा उद्देश्य चैत्य बनाउने परम्परा पहिलेदेखि चलिआएको हो । उदाहरणको लागि भ.पु. साकुलानमा मानन्धर सङ्घले लख चैत्य धलं (धर्म) पूरा गरिसकेपछि जुन चैत्यहरू निदान गरेर वाचु हिटीमा चैत्य निर्माण गरेका थिए । ती चैत्य उद्देश्य चैत्य हो । यसरी नै इतिहासमा अनेक कालखण्डसँगै नेपाल मण्डलमा श्रद्धालु बौद्धहरूले उद्देश्य चैत्यहरू निर्माणको वास्तुकलामा दार्शनिक अभिव्यञ्जन पनि अत्यन्तै व्यापक विकास गरेर लगेको थाहा हुन्छ । यसै सिलसिलामा चैत्यहरूको नाउँ पनि अभिवृद्धि हुँदै गयो । जस्तो ः चतुब्र्यूह चैत्य, शिखरकुट चैत्य, सुमेरु चैत्य, पध्म चैत्य, घण्ट चैत्य, धर्मधातु चैत्य, बज्रधातु चैत्य, मण्डलाकार र चैत्य रत्न चैत्य आदि ।
उपसंहार
दक्षिण पूर्व एसिया महादेशको प्रमाणसहितको लिखित इतिहास तथागत बुद्धको उदयसँगै सुरु भएको मानिन्छ । धर्मको प्रथम खुड्किला भनेको नै श्रद्धा, आस्था, विश्वास हो, अन्धविश्वास होइन । त्यसपछि मात्र क्रमशः आध्यामिकताको मार्गमा चढ्न सकिन्छ । स्तुप (चैत्य) परिक्रमा गर्ने भनेको पनि बुद्ध, धर्म, सङ्घको गुण स्मरण गरेर श्रद्धा उत्पन्न गर्ने, आस्था उत्पन्न गर्ने, विश्वास उत्पन्न गरेर आत्मबोध गर्ने हो । यही उद्देश्य लिएर नै तथागत बुद्धको महापरिनिर्वाणदेखि अहिलेसम्म स्तुप निर्माण गर्ने, पुनःनिर्माण गर्ने र जीर्णाेद्धार गर्ने परम्परा चलिआएको हो ।
कुनै पनि मानव निर्मित वस्तुहरू सधैँ स्थिर हुँदैनन् । कालक्रमअनुसार अनेक विपत् आएर पनि नाश भएर जाने हो । यसकारणले नै हाम्रो विहार, चैत्य, मन्दिर, पौवा, पाटीहरू बुसादान गर्ने भनेर मर्मत, सम्भार गर्न गुठी राखेको हो । आजभोलि यस्तो गुठी परम्पराको अर्थ नबुझेर भोज खानेमात्र बाँकी भयो । कुनै यस्ता गुठीहरू लोप भएको कारणले दाता अलपत्र भएर सम्पदा नास भएर जाने अवस्था आयो । यस्ता मौलिक सम्पदा र परम्पराको पहिचान बिर्सेर गएकोले कतिपय हाम्रा ऐतिहासिक धरोहरहरू लोप भए भने कति सम्पदाहरू लोपोन्मुख अवस्थामा परिरहेको देख्न सक्छौँ । नयाँ संरचना निर्माण गर्नेभन्दा पुरानोलाई मौलिकता नबिगारी जीर्णाेद्धार वा पुनःनिर्माण गरेर ऐतिहासिक सम्पदालाई जीवन्त बनाउनु नै ठूलो धर्म हो । यही परम्परालाई महत्व दिएर भक्तपुर नगरपालिकाले आफ्नो क्षमताअनुसार सम्पदा संरक्षण र संवद्र्धनको काममा लागिप पर्नु राम्रो मान्नुपर्छ ।
यसरी नै याथुरी विहार अर्थात् याथुरी गणेशको प्रवेशद्वार अगाडिको मल्लकालीन शिखरकुट चैत्य पनि जीर्ण अवस्थामा पुगेको छ । यसलाई मध्यनजर गरी स्थानीय टोलवासी, कमलविनायक मन्दिर सुधार समिति, बौद्ध सम्पदा सङ्घ, भक्तपुर नगरपालिका र पुरातत्व विभागको सहयोगमा स्तुप जीर्णाेद्धार गरिँदै छ । यो निकै खुसीको कुरा हो । हामीले कृतज्ञता व्यक्त गर्नुपर्छ ।
Leave a Reply