जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
काठमाडौँ, ११ माघ । प्रतिनिधिसभाको बैठक माघ १६ गते बस्ने गरी स्थगित गरिएको हो । पुस, ९, २२, २८ र माघ ३ गते बस्ने भनिएको यसअघिका बैठक स्थगित हुँदै आएको हो । यहीबीचमा कोरोना भाइरसको परिवर्तित रूप ओमिक्रोनको सङ्क्रमण पनि तीव्र भयो । यसकारण, माघ १६ गतेको बैठक हुने सम्भावना पनि छैन । एमालेले आफ्नो पार्टीको अनुशासनको कारबाहीमा परेका १४ सांसदको स्थान रिक्त हुनुपर्ने माग राखेर बैठक अवरोध गर्दै आएको छ ।
यतिबेला राजनीतिक रङ्गमञ्चमा एमसीसी सम्झौता संसद्मा पेश हुने भए एमालेले बैठक अवरोध नगर्ने भनी ओलीले देउवालाई जानकारी गराएको समाचार फैलियो । यसबारे एमालेले यथार्थ सार्वजनिक गरेको छैन ।
देउवा यतिखेर दुइटै हातमा लड्डु लिएर बसेका छन् । दाहाल र माधवकै समर्थनमा एमसीसी सम्झौता संसद्बाट पारित गराउने वा एमसीसी सम्झौतामा भए ओलीको साथ रहने देउवाको दाबी हो । आफ्ना १४ सांसदको स्थान रिक्त नभइकन संसद् बैठक खुला गरिए एमालेलाई भोलि उही माग उठाएर संसद् अवरोध गर्न कसरी मिल्छ ? यो प्रश्न पनि उठिरहेको छ ।
देउवाले दाहाल र माधवसँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन बनाई एमसीसी सम्झौता पारित गर्ने र स्थानीय तहको चुनाव आगामी वैशाख महिनाभित्र सम्पन्न गर्ने तयारी गरेको अर्को चर्चा छ । देउवालाई ओलीसँग मिल्न नदिन दाहाल र माधवले एमसीसी सम्झौता पास गर्ने तर स्थानीय तहको चुनावपछि सार्ने सर्तमा देउवालाई साथ दिने चर्चा पनि छ । एमालेले देउवालाई एमसीसी सम्झौता संसद्मा पेश गर्नू र पास गर्नू, संसद पनि अवरोध हुँदैन पक्कै नभनेको होला । तर, चर्चा यस्तै छ ।
एमालेले पार्टी फोड्ने माधवलाई बदला लिन एमसीसी सम्झौता पारित गर्न देउवालाई साथ दिनु र सरकारमा आफ्नो सहभागिता कायमै राख्न र गठबन्धन तोड्न नदिन दाहाल र माधवले एमसीसी सम्झौतामा देउवालाई साथ दिनु दुवै आत्मघाती हुन् ।
यतिखेर अमेरिकीहरूले एमसीसी सम्झौता संसदबाट पारित गर्न देउवा, दाहाल, माधवलगायतलाई दबाब दिएको पनि चर्चा छ । एमालेले साथ दिने भनेको बेला एमसीसी सम्झौता संसदमा पेश गर्नुपर्ने भनी देउवालाई अमेरिकीहरूको दबाब बढेको पनि चर्चा छ । तर, यसबारे एमाले र माओवादीले बोलेका छैनन् ।
Leave a Reply