भर्खरै :

ल्याटिन अमेरिकाको परिवर्तित राजनीति

चिलीको राष्ट्रपति पदमा हालसम्मकै सबभन्दा कान्छो गाब्रिएल बोरिक भारी मतका साथ विजयी भएसँगै होन्डुरसमा पहिलोपटक एक जना महिला सिओमार क्यास्ट्रो निर्वाचित भएका छन् । उनी सिङ्गो मध्य अमेरिकाकै पहिलो महिला राष्ट्रपति हुन् । यी दुवै नवनिर्वाचित नेताहरूले आ–आफ्नै तरिकाबाट ल्याटिन अमेरिका क्षेत्रमा परिवर्तनको तेज प्रतिबिम्बित गरेका छन् । दक्षिणपन्थी सरकारहरू असफल भएपछि पेरु र बोलिभियामा फेरि वामपन्थीहरू सत्तामा आएका छन् । पछिल्ला मत सर्वेक्षणअनुसार आगामी मे महिनामा कोलोम्बियामा हुने राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता गुस्टाभो पेट्रो निर्वाचन हुने सम्भावना प्रबल छ । त्यस्तै अक्टोबर महिनामा ब्राजिलमा हुने निर्वाचनमा पनि वामपन्थी नेता लुइस इनासिओ लुला दा सिल्भा पनि निर्वाचन हुने सम्भावना बढ्दो छ । यसले ल्याटिन अमेरिकामा परिवर्तन भइरहेको सङ्केत गर्नुका साथै विश्व मामिलामा क्षेत्रीय भूमिकाको नयाँ सम्भावना उजागर गरेको छ । त्यस्तै विश्वको एउटा प्रमुख शक्तिको रूपमा चीनसँग सो क्षेत्रका देशहरूको सम्बन्ध विस्तारको नयाँ अवसर पनि खुलेको छ । सन् २०००–दशकमा उर्लेको ‘गुलाबी लहर’ जसरी वाशिङ्टन सहमतिविरुद्धको प्रतिक्रिया थियो, त्यसरी नै विद्यमान शासकहरूलाई सत्ताच्युत गर्ने अहिलेको घटनाक्रम सन् २०२० मा सो क्षेत्रले भोगेको दुई चुनौतीहरू–महामारी र आर्थिक मन्दी सम्हाल्न अयोग्यता प्रदर्शन गर्नुको प्रतिक्रिया हो ।
सन् १९९०–दशकमा ‘इतिहास अन्त्य’ को परिकल्पनाबाट प्रभावित भएर ल्याटिन अमेरिका र संसारका अन्य क्षेत्रका जनताले पनि विचारधाराको अन्त्यको निष्कर्ष निकाल्ने पर्यवेक्षकहरूले अनुमान गरेका थिए । त्यही भएर वाशिङ्टन सहमतिले ‘नवउदारवादी समाधानको कुनै विकल्प नभएको’ घोषणा गरेका थिए । तथापि, (पुँजीवादी) बजार नीतिको असफलताले फरक विकल्पको ढोका खुल्यो । फलतः दक्षिण तथा मध्य अमेरिकाभरि ‘गुलाबी लहर’ उठ्यो ।
सन् २००३ देखि २०१३ सम्म भएको वस्तुको मूल्यमा भएको वृद्धि (कमोडिटी बुम) को सहायतामा ब्राजिलमा लुला, अर्जेन्टिनामा केचनर, चिलीमा लागोस र बाचेलेट, उरुग्वेमा भाजक्वेज र मुजिकाका साथै इक्वेडरमा कोरेया र बोलिभियामा मोरालेसले सामाजिक र आर्थिक प्रगतिमा नयाँ गति दियो । यद्यपि, त्यो गति व्यवस्थित थिएन र सबैतिर समान ढङ्गको पनि थिएन । उनीहरूले आर्थिक एकता र राजनीतिक सहकार्यको क्षेत्रमा नयाँ क्षेत्रीय कार्यक्रम बनाउन मिलेर काम गरे । तीमध्ये युनासुर र सिलाक प्रमुख क्षेत्रीय सङ्गठन हुन् । त्यसको अर्थ ती वर्षका अनुभव मिश्रित भएको सत्य थियो । निर्यात वृद्धिको कारण वैदेशिक मुद्रा कमाए पनि ल्याटिन अमेरिकाको न्यून लगानीमा झिनो सुधार भयो । सन् १९९० को दशकमा लगानी दर १८ प्रतिशत थियो भने सन् २००० दसकमा त्यो बढेर १९ प्रतिशत पुग्यो । अर्कोतिर खानी र कृषि जस्ता उत्खननजन्य गतिविधिमा वृद्धिसँगै क्षेत्रीय कुल गार्हस्थ उत्पादनमा उत्पादन क्षेत्रको हिस्सेदारी घट्यो । ल्याटिन अमेरिकामा दिगो आयुको क्षेत्रीय सङ्गठन बनाउन नसकिने नियतिको अर्को उदाहरण युनासुर बन्यो । युनासुर अब अस्तित्वमा छैन । युनासुरको महासचिव पदको लागि कोही पनि उम्मेदवारमा सहमति नजुटेपछि त्यो सङ्गठनकै विघटन भयो ।
विश्वको उदयीमान शक्तिको रूपमा चीनको ल्याटिन अमेरिकाप्रतिको नीति राज्य–राज्यबीचको सम्बन्ध र आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तमा आधारित छ । यो नयाँ परिस्थितिमा ल्याटिन अमेरिकी देशहरूको आर्थिक वृद्धि र विकास प्रवद्र्धन गर्न चीनले ती देशहरूसँग कसरी काम गर्न सक्छन् भन्ने कुरा बुझ्न सकिन्छ । सन् २००० दशकमा चीन र ल्याटिन अमेरिकी देश व्यापार वृद्धि हुनाले उल्लेखनीय रहनेछ । सन् २०१० यता चीनको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) मा चुस्त वृद्धि भयो । साथै, चीनको लगानी उत्खननमूलक खानी र अन्य उत्खनन कार्यबाट भौतिक र विद्युत्तीय पूर्वाधारका साथै ऊर्जा क्षेत्रमा भएको छ । यो स्वागतयोग्य पक्ष भए पनि उत्पादनमूलक क्षेत्र र ल्याटिन अमेरिकामा बनेका वस्तुको मूल्य बढाउने प्रक्रियामा चीन–ल्याटिन अमेरिका संयुक्त लगानीले अनुदान दिएर पनि ती क्षेत्रलाई उकास्न जरुरी छ ।
नयाँ शताब्दीको ‘सेतो सुन’ मानिएको लिथियमको यसको उपयुक्त उदाहरण हुनसक्छ ।

अहिले उदाएका नयाँ सरकारहरूलाई विकास र आर्थिक वृद्धिको लागि औद्योगिक नीतिको आवश्यकता भएको कुरा आफ्ना पूर्ववर्तीहरूलाई भन्दा बढी थाहा छ । सन् २०२२ का लागि ल्याटिन अमेरिकी क्षेत्रको आर्थिक अवस्थाको पूर्वानुमान निराशाजनक छ । सो क्षेत्रको आर्थिक वृद्धि दर ३ प्रतिशतमात्र हुने पूर्वानुमान गरिएको छ । त्यो हालसम्मकै सबभन्दा न्यून आर्थिक वृद्धि दर हुनेछ । यो अवस्थाले वर्तमान सङ्कटको प्रभावमात्र झल्काएको छैन, बरु दक्षिणपन्थी सरकारहरूको असफलता पुष्टि गरेको छ ।

संसारको कुल लिथियममध्ये अर्जेन्टिना, बोलिभिया र चिलीको ‘लिथियम त्रिकोण’ सँग उल्लेखनीय परिमाणमा भएको बताइन्छ । लिथियमको त्यो भण्डार विद्युतीय चालक क्षेत्र (ई–मोबिलिटी) को अपरिहार्य छ । संसारमा इ–मोबिलिटीको क्षेत्रमा चीनले नेतृत्व गर्दै आएको छ । तर, लिथियम व्याट्री उत्पादनमा चिनियाँ लगानीले हालसम्म कुनै फल हासिल गरेको छैन । त्यसकारण दक्षिण अमेरिकी देशहरूले चीनमा मुख्यतः कच्चा वस्तु निर्यात गर्ने ढाँचालाई दिगो बनाउँदै लगेको छ । जब कि ल्याटिन अमेरिकी देशहरूले भने चीनबाट उत्पादित वस्तु आयात गर्दै आएका छन् । चीनबाट ल्याटिन अमेरिकी देशले आयात गर्ने अहिलेको अवस्थालाई कास्टिल्लो र मार्टिन्स नेटोले अर्जेन्टिना, ब्राजिल र चिलीजस्ता देशको ‘औद्योगिक क्षेत्रमा प्रतिगमन’ भनेका छन् । सन् १९५० मा अर्जेन्टिनामा २६ प्रतिशत रोजगारी उद्योग क्षेत्रमा थियो । सन् २०१० मा आइपुग्दा त्यो १० प्रतिशतमा झ¥यो । चिलीमा त्यही अवधिमा उद्योग क्षेत्रमा रोजगारी दर २० बाट ९ प्रतिशतमा झ¥यो ।
अहिले उदाएका नयाँ सरकारहरूलाई विकास र आर्थिक वृद्धिको लागि औद्योगिक नीतिको आवश्यकता भएको कुरा आफ्ना पूर्ववर्तीहरूलाई भन्दा बढी थाहा छ । सन् २०२२ का लागि ल्याटिन अमेरिकी क्षेत्रको आर्थिक अवस्थाको पूर्वानुमान निराशाजनक छ । सो क्षेत्रको आर्थिक वृद्धि दर ३ प्रतिशतमात्र हुने पूर्वानुमान गरिएको छ । त्यो हालसम्मकै सबभन्दा न्यून आर्थिक वृद्धि दर हुनेछ । यो अवस्थाले वर्तमान सङ्कटको प्रभावमात्र झल्काएको छैन, बरु दक्षिणपन्थी सरकारहरूको असफलता पुष्टि गरेको छ । ल्याटिन अमेरिकी क्षेत्र नयाँ राजनीतिक चक्रमा प्रवेश गरेसँगै ल्याटिन अमेरिकाले एउटा असफल दशकबाट अर्को असफल दशकसम्म भोग्दै आएको ‘आर्थिक वृद्धि र शिथिलता’ को दुष्चक्र तोड्ने अवसर सामुने आएको छ । यसमा संसारकै उदयीमान आर्थिक शक्तिको रूपमा चीन र चिनियाँ कम्पनीहरूले उल्लेखनीय भूमिका खेल्न सक्छन् ।
लेखक बोस्टन विश्वविद्यालयको विश्व अध्ययनको लागि पार्दी कलेजका अनुसन्धान प्राध्यापक हुनुहुन्छ ।
द ग्लोबल टाइम्सबाट नेपालीमा अनुदित सामग्री 

Leave a Reply

Your email address will not be published. Required fields are marked *