सरकारी निर्णय राहतभन्दा आहत
- बैशाख ९, २०८३
बेइजिङ चीने, ५ फेब्रुअरी (एएनआई) । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ ।
न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रूस सम्बन्ध र अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्रमुख मुद्दाहरूमा गहन विचार आदानप्रदान गर्नुभएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको जनाइएको छ । राष्ट्रपति सीले पुटिनको भ्रमणलाई ‘शीतकालीन ओलम्पिकका लागि गेट–टुगेदर’ गर्ने प्रतिबद्धताको रूपमा वर्णन गर्नुभएको हो । उहाँले शुक्रबारको ‘वसन्त पर्व बैठक’ ले चीन–रूस सम्बन्धमा नयाँ जीवन्तता थप्ने विश्वास व्यक्त समेत व्यक्त गर्नुभएको छ ।
गहिरो र जटिल विकासले भरिएको अन्तरराष्ट्रिय परिदृश्यको प्रतिक्रियास्वरूप चीन र रुसले पारस्परिक सहयोगको रणनीतिक समन्वयलाई अझ बाजबुद बनाउन र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायका लागि काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो ।
सीले रुससँगको द्विपक्षीय सम्बन्धको राजनीतिक लाभको पूर्ण फाइदा उठाउन र चौतर्फीरूपमा व्यावहारिक सहयोगलाई अझ फलदायी बनाउन चीनको तत्परतालाई जोड दिनुभएको छ ।
उहाँले दुवै पक्षले वस्तु तथा सेवा व्यापारको उच्च गुणस्तरीय विकासको रोडम्याप कार्यान्वयन गर्न, कृषि, हरित व्यापार, औषधि तथा स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन र रसदलाई निरन्तरता दिन यातायात पूर्वाधारको अन्तरसञ्जाल बढाउन आवश्यक रहेको बताउनुभएको छ । युरेशियन महादेश र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खला स्थिर बनाउन युरेशियन इकोनोमिक युनियनसँग बेल्ट एन्ड रोड सहकार्यलाई थप समन्वय गर्न जोड दिनुभएको बताइएको छ ।
विगत दुई दशकमा सांघाई सहयोग सङ्गठनले गरेको असाधारण यात्रा र अन्तर्राष्ट्रिय समुदायमा महत्वपूर्ण रचनात्मक शक्तिको रूपमा यसको भूमिकालाई स्मरण गर्दै सीले ब्रिक्स सहयोग संयन्त्रलाई अझ प्रभावकारी बनाउन रुससँग सञ्चार र समन्वय बढाउन चीनको तत्पर रहेको पनि पनि उल्लेख गर्नुभएको छ । सो अबसरमा दुई नेताबीच बहुपक्षीयतालाई कायम राख्न, कोभिड–१९ विरुद्धको सहयोगलाई सुदृढ गर्न र आर्थिक पुनरुत्थानलाई बढावा दिन भूमिका खेल्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, रुसका राट्ट्रपति पुटिनले ओलम्पिक शीतकालीन खेल बेइजिङ २०२२ को उद्घाटन समारोहमा निमन्त्रणामा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्नुभएको छ ।
पुटिनले भन्नुभयो, “मलाई विश्वास छ सावधानीपूर्वक तयारीका साथ, चिनियाँ जनताले विश्वलाई उत्कृष्ट शीतकालीन ओलम्पिक अनुभव प्रदान गर्नेछन् । म खेलहरूमा रूसी र चिनियाँ खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको लागि तत्पर छु ।”
राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले हासिल गरेको महान् विकासका उपलब्धिका लागि चीनलाई हार्दिक बधाइ दिनुभएको छ ।
सो अवसरमा राष्ट्राध्यक्ष सी र राष्ट्रपति पुटिनले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा आफ्ना खेलाडीहरूलाई खेलकुदमा राम्रो प्रदर्शनका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ ।
उद्घाटन समारोहमा राष्ट्रको परेडका लागि ९१ राष्ट्रिय ओलम्पिक समिति (एनओसी) का खेलाडीहरूले बेइजिङ राष्ट्रिय रङ्गशालामा मार्च गरेका थिए ।
बेइजिङ राष्ट्रिय रङ्गशाला वा बर्ड्स नेस्ट ओलम्पिक शीतकालीन र ग्रीष्मकालीन खेल दुवैको उद्घाटन समारोह आयोजना गर्ने पहिलो स्थान बनेको छ ।
Leave a Reply