भर्खरै :

विदेशमा श्रमिक नेपालीको अवस्था

काठमाडौँ, ५ फागुन । ‘युरोप–अमेरिकाको मोहमा ठगिँदै युवा’ शीर्षकमा १ फागुनको २०७८ को ‘नागरिक’ दैनिकले लेख्यो – ७ वर्षमा ४ अर्ब १७ करोड रुपियाँ रकमसहित युवाहरू ठगिए भने क्षतिपूर्ति ७२ करोड ८१ लाखमात्रै देखियो । सरकार साँच्चै सचेत भएर खोजबिन गरेको खण्डमा वैदेशिक रोजगारी कम्पनीकै मिलेमतोमा युवाहरू र तिनका परिवारहरू ठगिएको प्रस्ट हुन्छ । मृत्युको गणना गर्ने हो भने स्थिति अझ कहालीलाग्दो छ –
२०७५÷७६ ३२१ पुरूष १२ महिला
२०७६÷०७७ ६६५ पुरूष १४ महिला
२०७७÷७८ २१३ पुरूष २९ महिला
जम्मा ११९९ पुरूष ५५ महिला
पुरूष र महिला गरेर तीन वर्षमा १,२५४ जना कामदारहरूको मृत्यु भएको देखिन्छ । वैदेशिक रोजगारीमा जानेहरूमा तीनचौथाइ कामदार ‘अदक्ष’ छन् । (मजदुर, ५ फागुन २०७८)
यी तथ्याङ्क हेर्दा म्यानपावर कम्पनीहरू धेरैजसो माथिल्ला वर्ग र शासक दलहरूकै मानिसहरू देखापर्छन् । वैदेशिक रोजगारले युवाहरूको घर–खेत र ज्यानसमेत गइरहेको छ भने म्यानपावर कम्पनीका ठगहरू मोटाइरहेका छन् । नेपाली समाज नै ‘ठगहरूको समाज’ होला भन्ने चिन्ता संवेदनशील समुदायमा छ । यसबारे गृह मन्त्रालयबाट राम्रो छानबिन गरेमा तस्बिर अझ प्रस्ट आउने निश्चित छ ।
‘भारतीय व्यापारीको अफवाहले नेपाली चियामा समस्या’
यस समाचार शीर्षकले ‘विश्व व्यापार सङ्गठन’ का दुई देश नेपाल र भारतबीचको व्यापार ‘सङ्गठन’ को नियमअनुसार भइरहेको छैन भन्ने प्रस्ट छ । नेपाल भारतभन्दा जनसङ्ख्या, पुँजी, उत्पादन र बजारमा समेत सानो छ । मानवीयरूपले पनि कमजोरलाई किच्ने होइन बरू सहयोग गरी उकास्ने हो । त्यसो नगरे पनि थिच्ने काम नगर्नुपर्ने हो ।
‘नयाँ पत्रिका’ (२ फागुन २०७८) ले बताउँछ – “नेपाली चिया गुणस्तरहीन भएको भन्दै भारतीय व्यापारीले अफवाह (झूठा हल्ला) फैलाएर नेपाली चियालाई प्रत्यक्ष असर परेको छ । सोही कारण नेपाली चियाको बजारीकरणदेखि निकासीसम्ममा समस्या भएको चिया उद्यमीहरूले बताएका छन् । भारतीय चियाभन्दा नेपाली चिया गुणस्तरीय भए पनि झूठा हल्ला फैलाइएको चिया उद्यमी उदय चापागार्इँले बताए ।
माथिको समाचारले भारतीय चिया उद्योगको व्यवहार विश्व व्यापार सङ्गठनको नियमअनुसार नभएको प्रस्ट हुन्छ । साथै ‘नेपाली हरियो पत्ती लगेर दार्जिलिङको ब्रान्डमा विश्व बजार’ मा लाने गरेका समाचार उपशीर्षकमा बताइएको छ ।
व्यापार दुई प्रकारका छन् – एउटा, शुद्ध र पारदर्शी । दोस्रो, अशुद्ध र अपारदर्शी ¤ नेपाल र भारत दुवै पक्ष छिमेकी भएको हुँदा व्यापार शुद्ध र पारदर्शी प्रतिस्पर्धा हुनु आवश्यक छ । तर, नेपालको उत्पादनले भारतीय उत्पादनलाई उछिन्न नसके पनि गुणस्तरीय नेपाली चियाले उपयुक्त मूल्य पाउन सक्षम छ । त्यसमा बाधा पु¥याउनुहुन्न । संसारमा अहिले संरा अमेरिकाले चीनको विरोधमा ‘व्यापार युद्ध’ सुरू गर्दा सबैलाई नोक्सान भएको बताइन्छ । नेपाल र भारतले त्यसो नगरौँ भन्ने इच्छा नेपाली चिया उद्यमीहरूको झल्किन्छ ।
३० टन क्षमताको पुल ६९ टन सामान तार्दातार्दै भाँचियो – नयाँ पत्रिका, १ फागुन २०७८
नेपालका सडक, पुल र नगरभित्र भारतमा निर्मित भीमकाय ट्रकहरू चल्छन् । ती ट्रकहरू नेपाली सडक, पुल तथा नगरका ढल, खानेपानीको पाइप आदिलाई ध्यान नदिई जनताको बारीमा साँढे पसेजस्तै गुड्छन् । भीमकाय ट्रकहरू गुड्दा सडक, पुल र नगरको ढल तथा खानेपानीको पाइपलाइनमा क्षति हुँदै छ ।
यसकारण, पुलको दायाँ–बायाँ, सडक सुरू र अन्त तथा बाटाका बीच–बीचमा सडकको भार क्षमताबारे जानकारी भएको लेखोट पाटी राख्नु मनासिव हुन्छ । संखुवासभाको एक पुलमा दोब्बर भारको ट्रक जाँदा पुल भत्केर बर्बाद भयो । उक्त भत्केको पुलको क्षतिपूर्ति सो ट्रक लाने साहु वा ठेकेदारबाट भराउने वा उक्त निर्माण गराउने काम छिट्टै गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *