अव्यवहारिक र अपरिपक्व निर्णय : देशमा अन्योल
- बैशाख ६, २०८३
कार्ल माक्र्सले भन्नुभएको छ, “सामान्य अवस्थामा गरिने हजार निर्णत्र्न्दा निर्णायक समयमा चालिने एउटा कदमले ठूलो अर्थ राखेको हुन्छ ।”
एमसीसी सम्झौताबारे छलफल र बहस विगत केही वर्षदेखि देशको राजनीतिको झन्डै केन्द्रीय विषयजस्तै रह्यो । राजनीतिक दल र नेतृत्वबीच मात्र होइन, सर्वसाधारण जनता र बुद्धिजीवीबीच पनि यो तातो बहसको विषय बन्यो । पत्रपत्रिकामा एमसीसीबारे धेरै कोणबाट सयौँ लेख रचना छापिए, टेलिभिजन कार्यक्रममा सयौँ अन्तर्वार्ताहरू भए । सामाजिक सञ्जालमा धेरैले आ–आफ्नो कोणबाट तर्क र तथ्य प्रस्तुत गरे । राजनीतिक नेता र कार्यकर्ताहरूले कैयौँ ठाउँमा यसबारे आफ्ना विचार जनतासमक्ष राखे । नयाँ संविधान जारी भएयता यति सघन र व्यापक बहस अरू कमैमात्र विषयमा भयो ।
जनस्तरमा भएको यो बहसले एमसीसी सम्झौताबारे शासक दलहरूले लुकाएका कतिपय दस्तावेज र वास्तविकता बाहिर निकाल्न उनीहरू बाध्य भए । गुपचुप राखिएको यो सम्झौताको वास्तविकता जनतासामु ल्याउन केही बुद्धिजीवीहरूले ठूलै बौद्धिक कसरत गरे । ‘समृद्धि, विकास, रोजगारी, यातायात र विद्युत् विकास पूर्वाधार’ जस्ता आकर्षक शब्दको सुनौलो लेप लगाएर यो सम्झौताभित्रको कालो छाया लुकाउन खोजिएको थियो । तर, व्यापक बहस र वादविवादको कारण वास्तविकता सतहमा आएको छ । त्यसकारण, यो सम्झौताको वास्तविकता लुकाएर गुपचुप पारित गर्न खोज्ने मानिसहरू जनताले वास्तविकता बुझेपछि ‘अनावश्यकरूपमा गिजोलिएको’ भन्दै दुःख मनाउ गरिरहेका छन् । जनताले एमसीसी सम्झौताभित्र लुकेका खराब र देशहित विपरीतका पक्ष थाहा पाएपछि विरोध गर्न थाल्दा कतिपय ‘बुद्धिजीवी’हरूलाई असह्य भएको छ । उनीहरूले सार्वजनिकरूपमै एमसीसीको विरोधमा उभिने राजनीतिक नेतृत्व र बुद्धिजीवीहरूलाई जथानाम गाली गर्न थालेका छन् । कतिपय आफूलाई बुद्धिजीवी भन्न मन पराउने मानिसहरू भने यो सम्झौताको विरोध गर्दा अमेरिकी रेकर्डमा कालोसूचीमा परिने भयले चुपचाप बस्न थालेका छन् । उनीहरू यो सम्झौताको देश हितविपरीतका पक्षबारे न बोलिरहेका छन् न लेखिरहेका छन् । पानीमाथिको ओभानो बन्न सिपालु त्यस्ता बुद्धिजीवीहरू आज ‘माछा आए भित्र हात, सर्प आए बाहिर हात’ गरिरहेका छन् ।
एमसीसी सम्झौताको वास्तविकता लुकाएर गुपचुप पारित गर्न खोज्ने मानिसहरू जनताले वास्तविकता बुझेपछि ‘अनावश्यकरूपमा गिजोलिएको’ भन्दै दुःख मनाउ गरिरहेका छन् । जनताले एमसीसी सम्झौताभित्र लुकेका खराब र देशहित विपरीतका पक्ष थाहा पाएपछि विरोध गर्न थाल्दा कतिपय ‘बुद्धिजीवी’हरूलाई असह्य भएको छ । उनीहरूले सार्वजनिकरूपमै एमसीसीको विरोधमा उभिने राजनीतिक नेतृत्व र बुद्धिजीवीहरूलाई जथानाम गाली गर्न थालेका छन् । कतिपय आफूलाई बुद्धिजीवी भन्न मन पराउने मानिसहरू भने यो सम्झौताको विरोध गर्दा अमेरिकी रेकर्डमा कालोसूचीमा परिने भयले चुपचाप बस्न थालेका छन् । उनीहरू यो सम्झौताको देश हितविपरीतका पक्षबारे न बोलिरहेका छन् न लेखिरहेका छन् । पानीमाथिको ओभानो बन्न सिपालु त्यस्ता बुद्धिजीवीहरू आज ‘माछा आए भित्र हात, सर्प आए बाहिर हात’ गरिरहेका छन् ।
एमसीसी सम्झौताको विरोधमा देशभर आयोजित कोणसभा र विरोध प्रदर्शनहरू संरा अमेरिकी साम्राज्यवादको विरोधमा नेपाली जनताको ‘विश्वविद्यालय’ बनेका छन् । त्यस्ता कार्यक्रममार्फत नेपाली जनताले विश्व राजनीति र संरा अमेरिकाले संसारका विभिन्न देशमा थोपरेका युद्ध र अशान्तिबारे जानकारी पाइरहेका छन् । विश्वको बदलिँदो भूराजनीतिको कारण संरा अमेरिकी साम्राज्यवादसँग नेपाली जनताको मुठभेद आगामी दिनमा अझ चर्किंदै जानेछ । एमसीसी त्यो शिलशिलाको प्रारम्भिक खुड्किलोमात्र हो । साम्राज्यवादमाथि जित्न हातहतियारभन्दा बढी जनताको नैतिक बल आवश्यक भएको संसारको इतिहासले सिकाएको छ । नेपाली जनतालाई साम्राज्यवादविरूद्ध लड्न नैतिक बल प्रदान गर्न यस्ता सडक विश्वविद्यालयले ठूलो भूमिका खेल्ने निश्चित छ ।
एमसीसी पारित गरेर साम्राज्यवादको दास बन्न प्रतिस्पर्धा गरिरहेका शासक दलहरू अहिले यसलाई पारित गर्न हतारिरहेका छन् । संसद्मा पेश गरेर यसलाई वासिङ्टनले तोकेको मितिभित्र पारित गर्न दौडादौड गरिरहेका छन् । एमसीसी सम्झौताविरूद्ध पक्कै पनि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन् । तर, अहिले एउटा निर्णायक क्षण आएको छ । यसलाई विफल बनाउने यो समयमा जनता अझ रापिलो आगो बनेर उठ्न नसके शासक दलहरूले यो देशघात गर्न हौसिनेछन् । अब एमसीसीलाई रोक्न कुनै पनि तागत बाँकी छ भने त्यो जनताको एकता र सङ्घर्ष नै हो । आज त्यो समयमा आएको छ । संसद्बाट कुनै पनि हालतमा यो सम्झौता विफल बनाउन साम्राज्यवादविरोधी जनताले जहाँबाट जे जसरी सम्भव प्रहार गर्ने समय आएको छ ।
Leave a Reply