ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
काठमाडौँ, ५ फागुन । युवा टीम भक्तपुरको आयोजनामा शुक्रबारदेखि भक्तपुर कप फूटबल प्रतियोगिता सुरू हुँदै छ । प्रतियोगिताको उदघाटन दिउँसो १ बजे हुनेछ । पहिलो उदघाटन खेल दिउँसो २ बजे गर्ने आयोजकले जनाएको छ ।
उद्घाटन खेल आयोजक युवा टीम भक्तपुर र नमस्ते फूटबल क्लव बनेपाबीच हुनेछ । प्रतियोगिता स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ ।
आयोजक युवा टीमका अध्यक्ष केशव त्वानाबासुुले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
प्रतियोगितामा पहिलो र दोस्रो हुने टीमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमलाई नगद रू. एक लाख १५ हजार र दोस्रो हुने टीमलाई नगद रू. ५५ हजार पुरस्कारको व्यवस्था रहेको छ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि वेस्ट अवार्ड दिने योजना रहेको छ ।
प्रतियोगितामा काठमाडाँै, भक्तपुर, लतिलपुर, काभ्रेलगायतबाट १६ वटा टीमहरूले सहभागिता जनाएको जनाइएको छ । शनिबार तीन वटा गेम हुने जनाइएको छ ।
Leave a Reply