भर्खरै :

महावीर वर्धमान र गौतम बुद्ध

महावीर वर्धमान
– प्रधान
१) महावीर वर्धमान र जैन धर्म
प्राचीन भारतमा आर्यहरूको विभिन्न शाखाहरूले इश्वरको विविध रुपका देवी–देवताहरू मान्न थाले र ईश्वरलाई एक सर्वोच्च शक्तिको रुपमा मान्न थाले । यज्ञले देवी देवताहरूको पूजाको रुप लियो र कर्मकाण्डहरू र अन्धविश्वासले झन् झन् जरा गाड्न थाल्यो । याज्ञिकहरू विविध कर्मकाण्डले स्वर्ग प्राप्त हुने र मोक्ष प्राप्त हुनेमा विश्वास गर्न लागे ।
१) ई.पू. ७०० वर्ष पहिले नै उत्तर भारतमा फलामका ज्यावलको प्रयोग हुन थालियो । कृषिमा फलामको प्रयोगको र आवश्यक वर्षाको कारण वर्षको तीन वालीसम्म भित्र्याउन थाले । ज·ल फडानी गरेर खेती हुन थालियो र उत्पादनको वृद्धि हुन थाल्यो । उत्पादनको वृद्धि र किसानहरूको जीवनस्तर उठ्नासाथ सहरहरूको विकास भयो, सहरहरूको विकासले कला–कौसल र व्यापारको विकास भयो । सडक र यातायातको विकासले समाजमा श्रम विभाजन भयो, त्यसले समाजमा विविध पेशागत समुदायको विकास भयो । मुद्राको प्रचलनमा विकास भयो ।
समाजमा भौतिक परिवर्तनले पुराना यज्ञ–यज्ञादी र कर्मकाण्डबारे आलोचनात्मक, दृष्टिकोणको पनि प्रादुर्भाव भयो । ई.पू. छैटौं शताब्दीमा भौतिकवादी दर्शन वा लोकायत (वृहस्पति त्यसका प्रधान प्रवर्तक) वा चार्वाक दर्शनको प्रचार हुन थालियो । ईश्वरको कुनै अस्तित्व छैन भनेको हुनाले त्यस दर्शनलाई ‘न र अस्ति’ भनिएको हुनाले ‘नास्तिक’ भनियो । चार्वाक दर्शनले इश्वर, स्वर्ग र नर्क र पूर्वजन्मलाई ईश्वर मान्नेहरूले स्वीकारेनन् । यसको प्रभाव जैन दर्शन र बौद्ध दर्शनमा देखा प¥यो ।
विहारको मुजफरपुर जिल्लाको बसाढ भन्ने क्षेत्रमा २६०० वर्ष पहिले लिच्छवि गणतन्त्रको राजधानी वैशाली थियो ।
त्यस गणतन्त्रका अध्यक्ष चेटक थिए र त्रिशाला नामकी एक छोरी थिइन् । वैशालीकै नजिक कुण्डाग्राममा एक क्षेत्रीय कुमारसँग उनको विवाह भयो । उक्त क्षेत्रीय कुमारको नाम सिद्धार्थ थियो ।
राजकुमार सिद्धार्थकी रात्री त्रिशालाको कोखबाट एक बालकको जन्म भयो – उनको नाम वद्र्धमान राखियो । अध्ययन, खेलकूल आदिमा उनी अगाडि थिए । उनी सबैसँग मिलिजुली बस्थे । बुद्ध भन्दा उनी ३० वर्षले जेठो मानिन्छ ।
गणतन्त्रमा देखा परेको अन्तरविरोधलाई निराकरण गर्न मानिसमा भएको लोभ–पापलाई हटाउन उनी आफ्नो ज्ञान वृद्धितिर लागे । उनी गरिबहरूको एकाकार भए । उनले हिंसा र लोभ–लालचबाट समाजलाई मुक्ति दिलाउन गाउँ गाउँ र जिल्ला–जिल्लामा गएर प्रचार गर्न थाले । उनी नै पछि महावीर वद्र्धमानको रुपमा चिनिए ।
उनको प्रचार अभियान विहार, उत्तर प्रदेश, वीरगञ्ज र सिन्धुसम्म पुग्यो ७२ वर्षको उमेरमा उनको देहान्त भयो ।
प्राचीन समयमा भारतको उत्तरी विहारमा धेरै गणराज्यहरू थिए । महावीर वर्धमान जातृक गणमा जन्मेका र बुद्ध शाक्य गणमा जन्मेका थिए । मगध साम्राज्यले पछि ती गणतन्त्रहरूलाई समाप्त पा¥यो । राजनीतिक र सैनिक रुपले ती गणराज्यहरू पराजित भए ।
तर मगध साम्राज्य धार्मिक क्षेत्रमा वृज्जि संघ र शाक्य गण र वृज्जि संघमा भिक्षुहरूको अगाडि झुक्यो । त्यसबेला मगध राजगद्दीको निम्ति सैन्य नेताहरूमाझ तँछाडमछाड भइरहेको बेला राजपुत्र कर्कट जस्तै आफ्नो पिता वा जनक समान मान्न तयार भए । त्यसैबेला भिक्षुहरू समाज शान्ति, प्रेम र सेवाबाट एक नयाँ किसिमको चातुरन्त स्थापना गर्न चाहन्थे ।
भारतमा आर्य जातिका विविध हाँगाविंगाले विविध प्रदेशमा आ–आफ्नो जनपद स्थापित गरेका थिए । सुरुमा सबै आर्यले एक ईश्वरलाई सर्वोच्च शक्तिको रुपमा मान्थे । पछि प्रकृतिलाई विविध शक्तिको रुपमा धेरै देवीदेवताको रुपमा मान्न लागे । तिनीहरू यज्ञलाई मुख्य पूजाको रुपमा मानथे । स्वर्गलाई प्राप्त गर्न र मोक्ष प्राप्त गर्न एकमात्र उपाय यज्ञलाई मान्न थाले । त्यस विचारको विरोध पनि त्यसबेला भएको थियो ।
शूरसेन देशको सातवतहरू भागवत–सम्प्रदाय महाभारतकालमै प्रचलित थियो, तिनीहरू यज्ञलाई महत्व दिंदैनथे । बासुदेव कृष्ण पनि त्यस मतका आचार्य थिए । आर्यहरूमा विचार स्वतन्त्रताको प्रवृत्ति थियो र याज्ञिक अनुष्ठानहरूको विरोधमा प्रचार चर्किंदै गयो र इशापूर्व छैटौं शताब्दीमा उत्तरी विहारका गणराज्यहरूमा यज्ञप्रधान वैदिक धर्मको विरोधमा आन्दोलनसँगै नयाँ धर्म सुरु भयो । ती धर्म याज्ञिक अनुष्ठान, वर्णभेद आदि विकृतिको विरोध थिए ।
विभिन्न जातिहरूसँगको संसर्गबाट आर्य रक्तशुद्धताको विषय पनि उठ्यो । आर्य र दास वा शुद्रको भेद वैदिक युगदेखि नै थियो । विस्तारै आर्यहरूमा पनि वर्ण या जातिभेद विकास भयो । याज्ञिक अनुष्ठानको विशेषताको कारण ब्राह्मणहरू अरु साधारण जातिभन्दा माथि ‘आर्यविशः’ भए ।
त्यस्तै क्षेत्रीयहरू पनि निरन्तर युद्धको कारण क्षेत्रीय सैनिकहरू पनि अन्य आर्यहरूभन्दा माथिका सम्झना थाले ।
उत्तर विहारमा ज्ञातृक गणका पूर्वजहरूका पनि महावीर वर्धमानको जैन धर्मका अनेक तीर्थङ्कर आचार्य थिए । तिनीहरू यज्ञिक कर्मकाण्ड मान्दैनथे ।
जैन धर्मको महावीर वर्धमानभन्दा अघिका अन्तिम तीर्थङ्कर राजा ऋषम थिए । उनी जुम्बूद्वीपमा प्रथम चक्रवर्ती सम्राट थिए । वृद्धावस्थामा आफ्नो छोरो भरतलाई राज्य सुम्पेर आफू तीर्थङ्कर भए ।
तीर्थङ्कर पाश्र्व
तीर्थङ्कर पाश्र्व महावीर वर्धमान भन्दा २५० वर्ष पहिलेका थिए । उनी बनारसका राजा अश्वसेनका छोरा थिए । सुरुमा उनको लालनपालन सामान्य थियो । कुरास्थल देशकी राजकुमारी प्रभावतीसँग युवाअवस्थामा उनको विवाह भएको थियो । ३० वर्षको उमेरमा राजा पाश्र्वनाथलाई वैराग भावना जाग्यो र राजपात छोडेर तपस्या गर्न गए । ८३ दिनपछि पाश्र्वनाथलाई ज्ञान प्राप्त भयो र पहिले आफ्ना माता र पत्नीलाई त्यस धर्मबाट दीक्षित गरे । ७० वर्षसम्म आफ्नो धर्मको प्रचारमा लागेर १०० वर्षको उमेरमा उनले एक पर्वतको टुप्पोमा मोक्ष प्राप्त गरे । त्यस ठाउँको नाम आज पनि पाश्र्वनाथ पर्वत भनी चिनिन्छ ।
पाश्र्वले जैन भिक्षुहरूलाई ४ नियम बताएका थिए – पहिलो– जीवित प्राणीलाई हिंसा नगर्नु, दुई– सधैं सत्य बोल्नु, तीन– चोरी नगर्नु र चार– कुनै सम्पत्ति नजोड्नु । तर भिक्षुहरूलाई लुगा लगाउन भने छुट थियो । महावीर वर्धमानले ती चार नियममा ‘ब्रम्हचर्य व्रत’ पनि जोडे । महावीरले भिक्षुहरूलाई कुनै वस्त्र नलाउने नियम पनि बनाए ।
महावीर वर्धमान
बल्जिराज्य संघमा ज्ञातृक गण रहन्थ्यो । ज्ञातृक गणको प्रमुख राजाको नाम सिद्धार्थ थियो । सिद्धार्थको विवाह वैशाली राजकुमारी त्रिशालासँग भयो । त्रिशाला लिच्छवी राजकुमारी थिइन् । उनी लिच्छवीहरूका राजा चेटककी बहिनी थिइन् । ज्ञातृक राजा सिद्धार्थ र लिच्छवि कुमारी त्रिशालाबाट तीन सन्तान जन्मे । तिनीहरूमध्ये एउटा छोरी र दुई छोरा थिए । सानो छोरोको नाम वर्धमान राखियो । पछि उनको नाममा महावीर जोडियो । वर्धमान, वीर, महावीर, जिन, अर्हत, भगवत आदि विशेषण उनको नाममा जोडियो ।
एक समृद्ध क्षेत्रीय सरदारको छोरोको रुपमा जन्मेका वर्धमानको लालनपालन राजकुमारहरूको जस्तै थियो । तर बज्जि राज्य संघमा वंशानुक्रमअनुसार राजा हुँदैनथ्यो र क्षेत्रीय घरानाका ठूल्ठूला सरदारहरूको प्रभाव गणराज्यमा हुन्थ्यो र ‘राजा’ एक प्रकारको पदवीको रुपमा मात्रै लिइन्थ्यो । सिद्धार्थ पनि त्यस्तै ‘राजा’ थिए र वर्धमानलाई सानैदेखि शिक्षा–दीक्षा दिइयो । उनी विद्या र शिल्पमा कुशल देखिए । ठीक उमेरमा उनको विवाह यशोदा नाउँकी कन्यासँग भयो । उनीबाट एक छोरी जन्मिइन्, उनको नाम ‘जमालि’ थियो । उनको विवाह एक क्षेत्रीसँग भयो र उनी पछि वर्धमानको प्रधान शिष्यमध्ये एक भए ।
महावीर वर्धमानको सुरुको जीवन सामान्य थियो । उनी सजिलो र सुखी जीवनभन्दा ‘परिणाममुखी’ (श्रेयष्कर) जीवन चाहन्थे । सुरुमा उनी पाश्र्वनाथबाट प्रतिपादित जैन धर्मको अनुयायी भइ केश मुण्डन गरी १३ वर्षसम्म अध्ययन (तपस्या) गरी ‘पूर्ण सत्य ज्ञान’ अर्थात् ‘केबलिन’ प्राप्त गरे । संसारको सुख–दुःख अरु वस्तुबाट निर्लिप्त सबैलाई खाली ‘केवलरुप’ को दृष्टिले मात्रै ग्रहण गर्ने आचरण गर्नेलाई ‘केवलिन्’ को स्थिति मान्थे । त्यसपछि उनको सत्य ज्ञानको व्यापक प्रचार सुरु भयो र उनको सम्प्रदायलाई ‘निथ्र्रन्थ’ भनियो । जसको अर्थ हो –‘बन्धनहरूबाट मुक्त’ । उनका शिष्यहरूलाई ‘नर्थन्थ’ वा ‘निगन्थ’ जैन पनि भनिए । वर्धमानलाई केवलिन् पद प्राप्त गरेपछि वीर, महावीर, अर्हत आदि सम्मानजनक शब्दहरूबाट सम्बोधित व्यक्तित्वको शिष्यलाई ‘जिन’ वा ‘जैन’ भनियो ।
महावीरका एक शिष्य गौतम इन्द्रभूति थिए र उनले पनि ‘केवलिन्’ प्राप्त गरे । महावीरको प्रचारको शैली एक ठाउँलाई केन्द्र बनाएर प्रचार गर्नुभन्दा शिष्यहरूसँग एक ठाउँबाट अर्को ठाउँमा सन्देश पु¥याउनु हो ।
सबभन्दा पहिले उनले आफ्नो जाति, ज्ञातृक क्षत्रीहरूको माझमा आफ्नो शिक्षा प्रचार गरे तथा धेरै अनुयायी बनाए । पछि लिच्छवी र विदेश राज्यहरूमा पनि प्रचार कार्य गरे तथा मगधको राजधानी राजगृहमा पनि गए । त्यहाँ त्यसबेला प्रसिद्ध सम्राट श्रेणिकले राज्य गर्थे । सम्राट श्रेणिक महावीरको उपदेशबाट प्रभावित भएर उनलाई भव्य स्वागत गरे ।
महावीर ७२ वर्षको उमेरमा राजगृह नजिक पावा नगरमा उसले प्राण त्याग गरे । त्यो ठाउँ जैन अनुयायीहरूको ठूलो तीर्थस्थल बन्यो । आज पनि त्यो ठाउँ विहारको शरिफ स्टेशनभन्दा ६ माइल टाढा पोखरपुर नाउँबाट चर्चित छ ।
जैन धर्मको नियम र शिक्षा
भिक्षु र गृहस्थहरूलाई फरक शिक्षा र नियम प्रतिवाद गरियो । गृहस्थहरूको निम्ति निम्न पाँच नियम बताइएको छ –
पाँच नियम ः
क) मन, वचन, शरीर र कर्मले हिंसा नगर्नु ।
ख) सधैं सत्य बोल्नु ।
ग) अरुको सम्पत्तिमाथि लोभ नगर्नु, त्यसै राखिएको कुनै वस्तुलाई पनि मालिकले नदिएसम्म नलिनु ।
घ) मन, वचन र कार्यले अरुको स्त्रीमाथि पापसमेत नचिताउनु ।
ङ) आवश्यक नभएसम्म बढी धन जम्मा गर्नु ।
तीन शिक्षा
क) धेरै टाढा–टाढा नजानु ।
ख) आफूलाई नचाहिने विषयमा हात नहाल्नु ।
ग) आवश्यकताभन्दा बढी नखानु र धेरै उपयोग नगर्नु ।
अन्य चार निर्देशन ः
क) निश्चित स्थान र सीमाभित्र व्यवहार गर्नु ।
ख) बिहान, दिउँसो र सन्ध्याकालमा सांसारिक गतिविधिबाट मुक्त भएर शुद्ध भावबाट आत्मालाई शुद्ध गर्नु ।
ग) प्रत्येक अष्टमी र चतुदर्शीको दिन घरको कामबाट निवृत्त भई ‘मुनि’ वा भिक्षुहरूले जस्तै केही समय व्रत बस्नु ।
घ) अतिथिहरूको स्वागत र सत्कार गर्नु ।
भिक्षुहरूको निम्ति पाँच नियम
साधारण गृहस्थीहरूले कडा नियम पालन गर्न नसक्ने र समाज चल्न गा¥हो हुने भएकोले मुनि वा भिक्षुहरूको नियम कठोर देखिन्छ ।
पाँच महाव्रत –
१) अहिंसा व्रत– हिंडडुल गर्दा समेत कुनै प्राणी या किट–पतंगको हिंसा नहोस् भनी ध्यान दिनुपर्छ ।
२) बोली वचन सदा मधुर र नरम हुनुपर्छ । कडा बोलीकै कारण बोलीको हिंसा हुनसक्छ
३) भोजन प्राप्त गर्दा पनि कुनै प्राणीको समेत हिंसा नहोस् भनी चिन्ता गर्नुपर्छ  ।
४) मुनि वा भिक्षुले आफ्नो अगाडिको सामानमा कीरा नपरोस् भनी बरोबर हेर विचार गर्नुपर्छ ।
५) दिशा–पिसाब गर्दा समेत कीट–पत·को हिंसा नहोस् भनी विचार गर्नुपर्छ ।
२) असत्य–त्याग व्रत
सत्य हुनुको साथै प्रिय बोल्नुपर्छ, सत्य भए पनि कटु शब्द बोल्नुहुन्न ।
क) नबुझीकन कुरा गर्नुहुन्न ।
ख) रिसाएको र अहंकारको भावावेशमा कुरा गर्नुहुन्न ।
ग) लोभको भावना मनमा आएको बेला बोल्नुहुन्न
घ) डर लागेको बेला बोल्नुहुन्न ।
ङ) ख्याल ख्यालमा समेत झूट बोल्नुहुन्न ।
३) अरुको सामान ग्रहण गर्ने व्रत
क) भिक्षु वा मुनिले घरधनीले स्वीकृति नदिएसम्म घरमा जानुहुन्न ।
ख) गुरुलाई नदेखाई वा अनुमतिविना भिक्षा लिनुहुन्न ।
ग) कुनै घरमा बास बस्नुपरेमा पहिले घरधनीसँग अनुमति लिनुपर्छ र कहाँसम्म जानुहुन्छ र कति समय बस्ने सबै कुरा सोधेरमात्रै बस्नुपर्छ ।
घ) घरपतिको अनुमतिविना घरको बस्ने आसन
(मेच), ओछ्यान वा अन्य वस्तु उपयोग गर्नुहुन्न ।
ङ) कुनै घरमा एक मुनि घरमा बास बसेको छ भने घरधनीसँग अनुमति नलिई अर्को मुनि घरमा बस्नुहुन्न ।
४) ब्रह्मचर्य महाव्रत
क) विपरीत लिंगका व्यक्तिसँग कुराकानी नगर्नु ।
ख) कुनै स्वास्नी मानिसलाई नहेर्नु ।
ग) गृहस्थ जीवनमा हुने स्त्री संसर्ग बारे पनि नसोच्नु ।
घ) धेरै खाना नखानु, मसला र पिरोले ब्रम्हचर्य नास हुने हुँदा त्यस्तो वस्तु नखानु ।
ङ) जैन मुनि वा भिक्षुले कुनै वस्तुसँग पनि आत्मीयता नगाँस्नु, सम्पत्ति जोड्ने इच्छा, रुप रंग, रस, गन्ध, स्पर्श शब्दले पनि कुनै वस्तुलाई आत्मीय नबनाउनु, सबै विषय र वस्तुबाट निर्लिप्त र विरक्त भएर मोक्षको चरम उद्देश्य प्राप्त गरी जीवनसिद्ध गर्नु वा ‘केवली’ बन्नु हो ।
२) गौतम बुद्ध र बौद्ध धर्म
शाक्य गणको जनपदको राजधानी कपिलवस्तु थियो । भौतिकवादी ऋषि कपिलको नामबाट त्यस राजधानीलाई नै कपिलवस्तु नामाकरण भएको बताइन्छ । त्यस शाक्य गणको राजाको नाम शुद्धोधन थियो । उनीएक सम्पन्न राजा थिए । उनको छोराको नाम सिद्धार्थ राखिएको थियो ।
शाक्य गणका राजकुमारहरूलाई त्यसबेला शारीरिक शिक्षाको रुपमा वाण हान्ने, घोडसवारी, कुती आदि व्यायामको तालिम दिइन्थ्यो । सिद्धार्थ ती खेल र व्यायाममा अब्बल थिए । तर त्यसैबेला अध्ययनको एक महत्वपूर्ण विषयवस्तु दर्शनशास्त्र थियो ।
उनको बाल्यकाल सुख–सुविधामा हुर्केको थियो, उनको दरवारमा जाडो, गर्मी र वर्षा ऋतुअनुसारको फरक फरक कोठाको बन्दोबस्त थियो । शुद्धोधनले आफ्नो छोरो सिद्धार्थलाई शाक्य गणको एक प्रतिष्ठित व्यक्तित्वको रुपमा अगाडि बढाउन चाहन्थे ।
सिद्धार्थको विवाह यशोधरा नामकी सुन्दरीसँग भएको थियो र उनको जीवन आनन्द र सुखपूर्वक व्यतित हुँदै थियो । उनको एक छोरो जन्म भयो र बालकको नाम राहुल राखियो ।
राजधानी कपिलवस्तुको अध्ययन भ्रमणको बेला उसले मर्न लागेको एक विरामी देखे । त्यस्तै उनले लौरो टेकी हिंडिरहेकी एक वृद्धलाई देखे । त्यस्तै मसानतिर लगिंदै गरेको एक शव र मलामीहरूलाई देखे । दुःख–कष्टले भरेको त्यस समाजमा सबै पीडालाई आत्मसात गरिरहेका एक शान्त सन्यासीलाई पनि देखेको वर्णन बौद्ध साहित्यमा पाइन्छ । यी घटना र विषयवस्तुलाई प्रतिकको रुपमा लिइएको हुनुपर्छ ।
सिद्धार्थले विरामीको कारण, बुढेसकालको कारण र मृत्युकै कारण र ती स्थितिबाट मुक्तिको विषयमा चिन्तनमनन गर्न थाले । त्यसबेला गम्भीर अध्ययन र चिन्तन मननलाई तपस्या भनिन्थ्यो । घरको सुख–सुविधा, मायाप्रेम र आनन्दको जीवनले जन्म, विरामी, वृद्ध अवस्था र मृत्युको बारे गम्भीर अध्ययन र अनुसन्धान गर्न सम्भव थिएन । यसकारण २९ वर्षको उमेरमा उनी एक रात घर छोडेर सच्चाईको खोज–अनुसन्धानको निम्ति हिंडे । त्यस युगमा सम्पन्न र प्रतिष्ठित परिवारबाट सत्यको खोजीमा जाने परम्परा पनि थियो ।
त्यसबेला सम्पन्न परिवारका युवाहरू, शिक्षित व्यक्तिहरू र प्रतिष्ठित व्यक्तिहरू ईश्वरको अस्तित्व, स्वर्ग र नर्कको अस्तित्व र पूर्वजन्मबारे बौद्धिक छलफल वा शास्त्रार्थबाट सच्चाईमा पुग्न चाहन्थे । तिनीहरू घरबाट टाढा जान्थे । अहिले विश्वविद्यालयमा अध्ययन गर्न जाने जस्तै त्यसबेला दार्शनिक र चिन्तकहरूको कुटी र शिक्षालयमा अध्ययन र चिन्तनमा लाग्थे, जसलाई तपस्या भनिन्थ्यो ।

सिद्धार्थ


सिद्धार्थ उरुबेला जस्ता सुन्दर र अत्यन्त मोहक, प्राकृतिक रुपले शान्त र स्निग्ध ठाउँमा पुगे । तर त्यहाँ पनि उनको ज्ञानको पिपासा शान्त भएन । शास्त्रार्थको निम्ति घुम्दा घुम्दै अन्तमा उनी बोधगयामा भौतिक जीवनको सार बुझे ।
त्यसबेलामा गर्मी मौसममा जंगल, कुटी र विहारजस्ता स्थलहरूमा नै एक चित्तले शास्त्रार्थ र चिन्तन गर्न सकिन्थ्यो । त्यहींबाट उनले जीवन र जगतबारे सच्चाईलाई प्राप्त गरे । त्यसैले बोधगयालाई सिद्धार्थको ज्ञान प्राप्तिको स्थल सम्झियो र त्यसबेलादेखि उनी ‘बुद्ध’ वा विषयवस्तुका पार·त पण्डित जस्तै महात्मा कहलिए ।
जन्म, शरीरको वृद्धि, रोग, बुढ्यौली र मृत्युको कारण दार्शनिक तर्कबाट सावित गर्न चाहन्थे । त्यसबेला अनुभव नै सबभन्दा ठूलो प्रयोगशाला थियो । एकआपसको अनुभव र तर्कको बीचमा मेल नहुँदा थप अध्ययनको खाँचो अनुभव गर्थे । ईश्वर, स्वर्ग–नर्क र पूर्वजन्मबारे छलफल गर्दा सिद्धार्थभन्दा धेरै वर्ष पहिले नै चारवाक सिद्धान्त वा बृहस्पति, कपिल आदि भौतिकवादी दार्शनिकहरू एक टुंगोमा पुगेका थिए । सच्चाई बुझेकाहरू ईश्वर, आत्मा, स्वर्ग र पूर्वजन्मका अस्तित्वलाई असत्य, पूजापाठ र यज्ञबाट जनतालाई मुर्ख बनाउने पाखण्ड सम्झन्थे । अन्ततः भौतिकवादी सिद्धान्त नै सही भएको टुंगोमा उनी पुगे । लोक कल्याणको प्रचारको निम्ति उनी गयाबाट काशी गए, काशीको सारनाथमा उनले एक प्रवचन दिए, त्यहाँ उरुबेलाका पाँच जना निराश तपस्वी साथीहरूसँग भेटघाट भयो । बुद्धको विचारबाट तिनीहरू पनि प्रभावित भए र तिनीहरू पनि बुद्धका शिष्य भए ।
सारनाथबाट बुद्ध फेरि उरुबेला फर्के । त्यसबेला त्यो ठाउँमा एक हजार ब्राह्मण यज्ञको कर्मकाण्डमा लीन थिए । वेद मन्त्रहरूको उच्चारण गर्दै आगोको कुण्डमा अन्न, घीऊ र अन्य वस्तु होम गर्दै थिए । बुद्धले ती ब्राह्मणहरूमध्ये कश्यप नामका ब्राह्मण पुरोहितलाई चित्त बुझाई बौद्ध दर्शनबाट शिक्षित गरे । त्यहाँबाट आफ्ना शिष्यहरूसँग बुद्ध मगधको राजधानी राजगृह पुगे, त्यहाँ बिम्बिसार राज गर्थे । त्यहाँ सारिपुत्र र मोग्गलान दुई जना प्रभावशाली युवा ब्राम्ह्णलाई आफ्ना शिष्य बनाए ।
आफ्नो दर्शनको प्रचार गर्दै बुद्ध मगधलाई केन्द्र बनाई काशी, कौशल र बज्जि जनपदमा पुगे । अवन्ति र अन्य जनपदबाट पनि बुद्धलाई निमन्त्रणा आउँथ्यो, आफू जान नसक्ने ठाउँमा उनले आफ्ना शिष्यहरू पठाउँथे ।
यसरी बुद्ध ४० वर्षसम्म आफ्नो दर्शनको प्रचार गर्न राजगृहबाट कुशीनगर पुगे । लामो यात्राको कारण उनी वैशालीको नजिक वेणुवनमा उनलाई सञ्चो भएन । स्वास्थ्य लाभपछि उनी पुनः वैशालीबाट कुशीनगरको यात्रा गर्दा अस्वस्थताका कारण हिरण्यवती नदीको नजिकै मुकाम बनाए । त्यसबेलासम्म बुद्ध ८० वर्षका ज्येष्ठ थिए । उनको अस्वस्थ्ताको समाचार चारैतिर फैलियो र चारैतिरका सचेत समुदाय र कुलीन व्यक्तिहरू पनि अन्तिम दर्शनको निम्ति हिरण्यवती नदीको किनारमा पुगे । अन्तिम समयमा बुद्धले आफ्ना शिष्यहरूलाई सन्देश दिए –मेरा प्रियजन, हरेक व्यक्ति जन्मन्छ र मर्छ पनि । यो चिन्ताको विषय होइन । बरु तिमीहरू निराश नभई आफ्नो प्रचार कार्यलाई निरन्तरता दिंदै जानु ।’
कुशीनगरकै नजिक बुद्धको महानिर्वाणपछि समाधिको रुपमा उनको ठूलो मूर्ति स्थापित गरियो ।
बुद्ध दर्शनको सार
१) बुद्ध खानै नखाई, शरीरलाई अति कष्ट दिएर ज्ञान प्राप्ति र मोक्षको अतिवाद र अत्यन्त भोगविलासमा लिप्न हुने अल्छी र अति भोगवादलाई अस्वीकार गर्थे ।
२) उचित दृष्टिकोण, उचित प्रतिबद्धता, उचित वचन, उचित कर्म, उचित जीवनपद्धति, उचित प्रयत्न, उचित विचार र उचित चिन्तन । संयम र सदाचारको जीवन जिउनु नै उत्तम जीवन मापन हो ।
३) मानिस जन्मेदेखि नमरेसम्म दुःखै दुःख र कष्ट झेल्नुपर्ने हुन्छ । ती चाहे जुनसुकै वर्ग र समुदायका हुन् । आ–आफ्ना पद र वर्गअनुसार दुःख भोग गर्नुपर्ने हुन्छ । अर्को भाषामा जीवन संघर्षै संघर्षले भरेको हुन्छ । यसकारण माथिको जीवन जिउने आठ उपायमा लागेका मानिस कम दुःखी हुनेछन् ।
४) मानिस जन्मले होइन कामले ब्राह्मण हुने हो, सबै आ–आफ्नो पेशाअनुसार हुन्छ । ब्राह्मण त्यो हो जसलाई कुनै वस्तुमा अपनत्व हुँदैन अर्थात् लोभ, पाप र आशक्तिबाट मुक्त भएको हुन्छ ।
५) बुद्ध वचनअनुसार हिंसा, पशु हिंसा, ईश्वर र मोक्ष प्राप्त गर्न यज्ञ र कर्मकाण्ड, इन्द्र, वरुण, ब्रह्मा, शिव, यमराजा आदिलाई बोलाएर केही परिवर्तन हुनेछैन बरु काम, क्रोध, लोभलालच आदिमा नियन्त्रण गरी लोककल्याणको काममा लाग्नु नै उत्तम छ ।
६) बुद्ध अनेक दार्शनिक जटिलतामा अल्झिरहन इच्छा गर्दैनथे । इमानदारी र सच्चाईको जीवन जिउनेले सुखपूर्वक मृत्युवरण प्राप्त गर्ने छ – जसलाई विनापश्चाताप निर्वाण प्राप्त हुनेछ ।
बौद्ध–संघ (बुद्धम् शरणम् गच्द्धामी, संघम् शरणम् गच्छामी, धर्मं शरणम् गच्छामी)
आफू जन्मेहुर्केको गणराज्यको प्रभाव बुद्धमा प्रशस्त बाँकी थियो । आफ्नो गणराज्यको जीवनपद्धति जस्तै बुद्धले दर्शन वा धर्मको स·ठनलाई विकास गरे । त्यसमा नियम, सदाचार र कार्यशैलीको बन्दोबस्त गरे । भिक्षुहरूको संघ र सभाको बन्दोबस्त गरे अर्थात् त्यसलाई ७ नियममा व्यवस्थित गरे –
१) सबै एक साथ बसेर बैठकहरू गर्दै जानु ।
२) सबै एक भई काम गर्ने र संघको कामलाई पूरा गर्ने ।
३) संघको निर्णयलाई लागू गर्नु, संघले निर्णय नगरेको काम नगर्नु र पहिले बनाएका नियमहरू पालना गर्दै जानु ।
४) समाज, धर्म र संघका ज्येष्ठहरूको र प्रमुखहरूको आदर गर्नु, उहाँहरूको भनाईलाई सुन्नु र ध्यान दिनु ।
५) पछि पछि पनि काम वासना र तृष्णामा नपर्नु ।
६) वनको झुपडीहरूमा बस्नु ।
७) सदा संघमा रहनु र ब्रम्हचर्यमा रहनु ।
संघका नयाँ प्रस्तावको निर्णय गर्ने तरिका पनि छन् –
१) प्रत्येक प्रस्ताव तीनपटक दोहो¥याउनु ।
२) त्यसमाथि छलफल गर्नु ।
३) मतदानबाट निर्णय गर्नु ।
४) बैठक र निर्णयको निम्ति गणपूरक संख्या आवश्यक हुन्छ ।
५) बैठक राख्न २० भिक्षुहरूको उपस्थिति आवश्यक हुन्छ ।
भिक्षु संघले लोक कल्याणको निम्ति व्यक्तिगत जीवनबाट मुक्त र त्यागको भावना एवम् संयमित जीवनलाई कष्टसाध्य लागू गराउँछ । त्यही भावना र अनुशासनले गर्दा मगध साम्राज्यले प्राचीन संघ राज्यलाई ध्वस्त पार्यो भने बौद्ध संघले प्राचीन जनतन्त्र व्यवस्थालाई कायम राख्न सफलता प्राप्त ग¥यो । एक अर्थमा बौद्ध संघ एकप्रकारको मगध राज्यको समानान्तरण शक्ति बन्यो ।
आजीवक सम्प्रदाय
हुने कुरो कसैले रोक्न सक्दैन, नहुने कुरा गर्नै सक्दैन र जो हुने छ भइ आछड्छ । सबै कुरा भाग्यमा लेखेको हुन्छ भन्ने विश्वास मान्ने एकथरि महावीर वर्धमान र गौतम बुद्धको समयमै एक नयाँ सम्प्रदायको रुपमा प्रादुर्भाव भयो – त्यसलाई आजीवक सम्प्रदाय भनिन्थ्यो । महावीरसँग फरक मत राखेर नयाँ बाटो र विचार बनाउने मखलिपुत्त गोसाल थिए । उनले आफ्नो प्रचार कार्यको केन्द्र श्रावस्तीलाई बनाएका थिए । चिसो पानी पिउनु, आफ्नै निम्ति तयार गरेको खानामात्र खानु र स्वास्नी मानिसहरूसँग नबस्नुजस्ता विषयसँग असहमत गोलालको आरामदायी र विलासी जीवनसँग कष्टसाध्य जीवन र तपस्याको महावीर वद्र्धमानको संघसँग मेल हुन सकेन । यसकारण यस अव्यवहारिक सम्प्रदाय समाप्त भयो । आजीवक सम्प्रदायको बारे अशोकको शिलापत्रहरूमा उल्लेख छ ।
धर्म सुधारबारे
ब्राह्मणवादी कर्म–काण्ड, विधि–विधान र अनेक यज्ञ यज्ञादि पशुबली, होम आदिले सम्पत्तिको नास, समाजमा देखिएको भेदभाव र कृषि, शिल्प व्यवसाय र व्यापारको विकासले समाजमा एक प्रकारको नयाँ चिन्तन देखिन थाल्यो ।
ब्राह्मणहरूमध्ये धेरै त्याग, तपस्या (अध्ययन–चिन्तन) र सात्विक (सरल र निरीह) जीवन छोडिसकेका थिए । त्यसकारण जनतामा तिनीहरूमाथि विश्वास घट्दै गयो । घरवार छोडी जनतामा प्रचार कार्य गर्ने जैन धर्म र बौद्ध भिक्षुहरूको कारण जनताले भिक्षुहरूलाई आदरसम्मान गर्न थाले ।
जैन र बौद्ध धर्मको तुलना
१) दुवै धर्मले शारीरिक र बौद्धिक काममा जोड दिन्छ । महावीर वद्र्धमान र बुद्ध दुवैले तपस्यामा जोड दिएका उदाहरण छन् ।
२) दुवै धर्मले वेदहरूको प्रभुत्वलाई अस्वीकार ग¥थ्यो, पशुवलीलाई पनि निन्दा ग¥यो ।(यसकारण दुवै धर्मको अतिवादी ब्राह्मणवादी विचारसँग संघर्ष भयो ।)
जैन र बौद्ध धर्मको बेला फलामको प्रयोगमा वृद्धि भई कृषि अर्थतन्त्रको विकास भइसकेको थियो । दुवै धर्मले पशुलाई आफू समान व्यवहार गर्ने, कृषि कार्य पशुमा निर्भर रहने र राज्यले किसानलाई बीऊ–विजन, पशु र अन्य ज्यावल दिनुपर्छ भनी वकालत गथ्र्यो । त्यसैले सहरको विकास भयो, सहरले बन्द–व्यापारको पनि विकासमा सहयोग गर्यो । पशु अर्थात् गोरु विनाखेत जोत्न गा¥हो हुन्थ्यो र गाईको दुध, गोबर–गौमुत्रले मलको काम दिन्थ्यो ।
३) तर जैन धर्मले खेती–पाती गर्दा कीरा समेत नमार्ने शिक्षा दिन्थ्यो,( सम्भवतः गड्यौलाजस्तो मित्र किराको कारण होला ।)
बुद्ध धर्मले त्यो अहिंसाको कट्टरतामा आफूलाई बाँधेन ।
४) ब्राह्मणवाद गाउँले सभ्यताको प्रतिक भएको हुँदा सहरका व्यापारीलाई वैश्य तल्लो पेशाको भनी हेला गथ्र्यो । जैन र बौद्ध धर्म सहरमा विकास भएको हुँदा तयारी सामानको व्यापार गर्नेलाई प्रधानता दियो तथा समुद्रपारीको व्यापारलाई पनि मान्यता दियो । पश्चिमी भारतको समुद्री किनारमा समुद्री व्यापार हुन्थ्यो, सम्भवतः यसैकारणले जैन धर्मले त्यस ठाउँमा प्रभाव पा¥यो ।
५) अहिंसाको मामिलामा जैन धर्मभन्दा बौद्ध धर्म अति खुकुलो छ । तर तल्लो जातलाई हेला गर्नेबारे ब्राह्मणवादलाई दुवै धर्मले तर्कस·गत ढ·ले निन्दा गथ्र्यो । सम्भवतः महावीर वद्र्धमान र गौतमबुद्ध दुवै क्षेत्रीय परिवारबाट आएको हुँदा ब्राह्मणलाई दोस्रो दर्जामा राखिन्थ्यो । अछुत, तल्लो जात वा दलित जातिलाई, महिला र वेश्यालाई समेत आफ्नो संघमा राख्थे ।
६) तर दुवै धार्मिक केन्द्रले दास–दासी वा मालिकबाट मुक्ति पाइसकेपछि मात्रै आफ्नो संघमा प्रवेश दिन्थ्यो । यसको अर्थ हो – दुवै धर्मले सामाजिक सुधारमा बल दियो तर वर्ग र वर्गभेदलाई गौण सम्झ्यो ।
७) महावीर वर्धमान र गौतम बुद्ध वैश्य र सूद्र जातिमा जन्मिन सक्दैन भन्ने दृष्टिकोण पनि राख्थे । जैन गुरु नीच, स्वार्थी, अधर्म, बद्मास, गरिब, अभाव पीडित परिवार र ब्राह्मण परिवारमा जन्मदैन भन्ने विचार राख्थे ।
८) दुवै धर्मले छुवाछुटको विरोधमा आवश्यक जोड नदिंदा आजसम्म भारत र नेपालमा अस्तृश्यता बाँकी रहनुको कारण आलोचकहरू बताउँछन् ।
९) दुवै धर्मले दास, दासी, कर्मचारी र कामदारहरूलाई राम्रो व्यवहार र पालनपोषण गर्न भनिएकै कारण वा उदारताको कारण तल्लो जाति र तल्लो वर्गको जनता ती धर्ममा बढी छन् ।
गौतम बुद्ध (सिद्धार्थ) को जन्म ईपूर्व ५८६ मा शाक्य क्षेत्रि कूलको एक सानो गणराज्यमा जन्मेका थिए । उनका बुबा शाक्य गणका मुखिया थिए । उनकी आमाको नाम महामाया थियो । उनको विवाह यशोधरासँग भएको थियो ।
२९ वर्षको उमेरमा उनले कपाल खौरेर सन्यासी जीवन बिताउन लागे । उनले कहीं पनि ज्ञान प्राप्त गर्न सकेनन् । मुक्तिको कामना गर्दै उनले सन्यासको बाटो छाडी ध्यान (अध्ययन) को बाटो लिए । गयामा निरंजना (वर्तमान फल्गु) नदीको एक रुखको तल उनले ज्ञान प्राप्त गरे अर्थात् सत्यको एक सूत्रप्राप्त गरे । बनारसको नजिक सारनाथमा उनले पहिलो प्रवचन दिए ।
उनको त्यस प्रवचनले पहिला उनका पुराना ५ जना शिष्यहरू फेरि प्रभावित भई कठोर सन्यास मार्ग छोडे । उनको प्रवचनलाई ‘धर्मचक्र प्रवर्तन’ भनियो र त्यसैलाई बुद्धको वीजकेन्द्र या थेसिस मानिए ।
बुद्ध ४५ वर्षसम्म आफ्नो विचार प्रचारमा लागे । कोशांवीको पश्चिम उनी प्रचारमा गएको देखिन्न । पूर्वमा राजनीति र गया हुँदै गंगाको दक्षिणबाट मिर्जापुरको नजिक दक्षिणगिरीमा पनि यात्रा गरे ।
८० वर्षको उमेरमा उनको जीवनलीलाको अन्त भयो । भनिन्छ – एक विवेकहीन शिष्य चूँदसँग सुँगुरको मासु खाएर उनको मृत्यु भएको थियो ।
ई.पू. छैटौं शताब्दीमा गौतम बुद्धको धर्म प्रचार अरु धर्महरूभन्दा सबभन्दा बढी लोकप्रिय थियो ।
बुद्ध धर्मका ८ वटा बाटा
सम्यक दृष्टि
१) लोभ–मोहको कारण संसार सबैतिर दुःखै–दुःख छ ।
सम्यक संकल्प
२) लोभ पाप र मोहबाट मुक्ति पाएपछि सबैसँग प्रेम र खुशी जाग्नेछ ।
सम्यक वचन
३) साँचो बोल र सबैसँग मैत्रीभाव विकास गर ।
सम्यक कर्म
४) अरुलाई लाभ हुने अहिंसा र सदाचारमा रहनुपर्छ ।
सम्यक जीवन
५) जीवन निर्वाहमा कसैले पनि अपवित्र र भ्रष्ट उपाय प्रयोग नगर ।
सम्यक विचार
६) खराब विचारबाट मुक्ति पाउन सबैले मानसिक अभ्यास गर ।
सम्यक स्मृति
७) मावन शरीर अणुहरूले बनेको हो ।
सम्यक समाधि
८) शारीरिक बन्धन र मानसिक आशक्तिबाट उत्पन्न हुने खराबीहरूबाट टाढा रहनु
बुद्धका यी ८ वटा बाटो वा निर्देशन पालन गर्नेहरू जुनसुकै कुलमा जन्मेको भए पनि अन्तमा निर्वाण प्राप्त गर्नेछ र वा सुख र शान्तिपूर्वक मर्न पाउनेछन् ।
स्रोतः अर्हत त्रैमासिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *