नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
महावीर वर्धमान
– प्रधान
१) महावीर वर्धमान र जैन धर्म
प्राचीन भारतमा आर्यहरूको विभिन्न शाखाहरूले इश्वरको विविध रुपका देवी–देवताहरू मान्न थाले र ईश्वरलाई एक सर्वोच्च शक्तिको रुपमा मान्न थाले । यज्ञले देवी देवताहरूको पूजाको रुप लियो र कर्मकाण्डहरू र अन्धविश्वासले झन् झन् जरा गाड्न थाल्यो । याज्ञिकहरू विविध कर्मकाण्डले स्वर्ग प्राप्त हुने र मोक्ष प्राप्त हुनेमा विश्वास गर्न लागे ।
१) ई.पू. ७०० वर्ष पहिले नै उत्तर भारतमा फलामका ज्यावलको प्रयोग हुन थालियो । कृषिमा फलामको प्रयोगको र आवश्यक वर्षाको कारण वर्षको तीन वालीसम्म भित्र्याउन थाले । ज·ल फडानी गरेर खेती हुन थालियो र उत्पादनको वृद्धि हुन थाल्यो । उत्पादनको वृद्धि र किसानहरूको जीवनस्तर उठ्नासाथ सहरहरूको विकास भयो, सहरहरूको विकासले कला–कौसल र व्यापारको विकास भयो । सडक र यातायातको विकासले समाजमा श्रम विभाजन भयो, त्यसले समाजमा विविध पेशागत समुदायको विकास भयो । मुद्राको प्रचलनमा विकास भयो ।
समाजमा भौतिक परिवर्तनले पुराना यज्ञ–यज्ञादी र कर्मकाण्डबारे आलोचनात्मक, दृष्टिकोणको पनि प्रादुर्भाव भयो । ई.पू. छैटौं शताब्दीमा भौतिकवादी दर्शन वा लोकायत (वृहस्पति त्यसका प्रधान प्रवर्तक) वा चार्वाक दर्शनको प्रचार हुन थालियो । ईश्वरको कुनै अस्तित्व छैन भनेको हुनाले त्यस दर्शनलाई ‘न र अस्ति’ भनिएको हुनाले ‘नास्तिक’ भनियो । चार्वाक दर्शनले इश्वर, स्वर्ग र नर्क र पूर्वजन्मलाई ईश्वर मान्नेहरूले स्वीकारेनन् । यसको प्रभाव जैन दर्शन र बौद्ध दर्शनमा देखा प¥यो ।
विहारको मुजफरपुर जिल्लाको बसाढ भन्ने क्षेत्रमा २६०० वर्ष पहिले लिच्छवि गणतन्त्रको राजधानी वैशाली थियो ।
त्यस गणतन्त्रका अध्यक्ष चेटक थिए र त्रिशाला नामकी एक छोरी थिइन् । वैशालीकै नजिक कुण्डाग्राममा एक क्षेत्रीय कुमारसँग उनको विवाह भयो । उक्त क्षेत्रीय कुमारको नाम सिद्धार्थ थियो ।
राजकुमार सिद्धार्थकी रात्री त्रिशालाको कोखबाट एक बालकको जन्म भयो – उनको नाम वद्र्धमान राखियो । अध्ययन, खेलकूल आदिमा उनी अगाडि थिए । उनी सबैसँग मिलिजुली बस्थे । बुद्ध भन्दा उनी ३० वर्षले जेठो मानिन्छ ।
गणतन्त्रमा देखा परेको अन्तरविरोधलाई निराकरण गर्न मानिसमा भएको लोभ–पापलाई हटाउन उनी आफ्नो ज्ञान वृद्धितिर लागे । उनी गरिबहरूको एकाकार भए । उनले हिंसा र लोभ–लालचबाट समाजलाई मुक्ति दिलाउन गाउँ गाउँ र जिल्ला–जिल्लामा गएर प्रचार गर्न थाले । उनी नै पछि महावीर वद्र्धमानको रुपमा चिनिए ।
उनको प्रचार अभियान विहार, उत्तर प्रदेश, वीरगञ्ज र सिन्धुसम्म पुग्यो ७२ वर्षको उमेरमा उनको देहान्त भयो ।
प्राचीन समयमा भारतको उत्तरी विहारमा धेरै गणराज्यहरू थिए । महावीर वर्धमान जातृक गणमा जन्मेका र बुद्ध शाक्य गणमा जन्मेका थिए । मगध साम्राज्यले पछि ती गणतन्त्रहरूलाई समाप्त पा¥यो । राजनीतिक र सैनिक रुपले ती गणराज्यहरू पराजित भए ।
तर मगध साम्राज्य धार्मिक क्षेत्रमा वृज्जि संघ र शाक्य गण र वृज्जि संघमा भिक्षुहरूको अगाडि झुक्यो । त्यसबेला मगध राजगद्दीको निम्ति सैन्य नेताहरूमाझ तँछाडमछाड भइरहेको बेला राजपुत्र कर्कट जस्तै आफ्नो पिता वा जनक समान मान्न तयार भए । त्यसैबेला भिक्षुहरू समाज शान्ति, प्रेम र सेवाबाट एक नयाँ किसिमको चातुरन्त स्थापना गर्न चाहन्थे ।
भारतमा आर्य जातिका विविध हाँगाविंगाले विविध प्रदेशमा आ–आफ्नो जनपद स्थापित गरेका थिए । सुरुमा सबै आर्यले एक ईश्वरलाई सर्वोच्च शक्तिको रुपमा मान्थे । पछि प्रकृतिलाई विविध शक्तिको रुपमा धेरै देवीदेवताको रुपमा मान्न लागे । तिनीहरू यज्ञलाई मुख्य पूजाको रुपमा मानथे । स्वर्गलाई प्राप्त गर्न र मोक्ष प्राप्त गर्न एकमात्र उपाय यज्ञलाई मान्न थाले । त्यस विचारको विरोध पनि त्यसबेला भएको थियो ।
शूरसेन देशको सातवतहरू भागवत–सम्प्रदाय महाभारतकालमै प्रचलित थियो, तिनीहरू यज्ञलाई महत्व दिंदैनथे । बासुदेव कृष्ण पनि त्यस मतका आचार्य थिए । आर्यहरूमा विचार स्वतन्त्रताको प्रवृत्ति थियो र याज्ञिक अनुष्ठानहरूको विरोधमा प्रचार चर्किंदै गयो र इशापूर्व छैटौं शताब्दीमा उत्तरी विहारका गणराज्यहरूमा यज्ञप्रधान वैदिक धर्मको विरोधमा आन्दोलनसँगै नयाँ धर्म सुरु भयो । ती धर्म याज्ञिक अनुष्ठान, वर्णभेद आदि विकृतिको विरोध थिए ।
विभिन्न जातिहरूसँगको संसर्गबाट आर्य रक्तशुद्धताको विषय पनि उठ्यो । आर्य र दास वा शुद्रको भेद वैदिक युगदेखि नै थियो । विस्तारै आर्यहरूमा पनि वर्ण या जातिभेद विकास भयो । याज्ञिक अनुष्ठानको विशेषताको कारण ब्राह्मणहरू अरु साधारण जातिभन्दा माथि ‘आर्यविशः’ भए ।
त्यस्तै क्षेत्रीयहरू पनि निरन्तर युद्धको कारण क्षेत्रीय सैनिकहरू पनि अन्य आर्यहरूभन्दा माथिका सम्झना थाले ।
उत्तर विहारमा ज्ञातृक गणका पूर्वजहरूका पनि महावीर वर्धमानको जैन धर्मका अनेक तीर्थङ्कर आचार्य थिए । तिनीहरू यज्ञिक कर्मकाण्ड मान्दैनथे ।
जैन धर्मको महावीर वर्धमानभन्दा अघिका अन्तिम तीर्थङ्कर राजा ऋषम थिए । उनी जुम्बूद्वीपमा प्रथम चक्रवर्ती सम्राट थिए । वृद्धावस्थामा आफ्नो छोरो भरतलाई राज्य सुम्पेर आफू तीर्थङ्कर भए ।
तीर्थङ्कर पाश्र्व
तीर्थङ्कर पाश्र्व महावीर वर्धमान भन्दा २५० वर्ष पहिलेका थिए । उनी बनारसका राजा अश्वसेनका छोरा थिए । सुरुमा उनको लालनपालन सामान्य थियो । कुरास्थल देशकी राजकुमारी प्रभावतीसँग युवाअवस्थामा उनको विवाह भएको थियो । ३० वर्षको उमेरमा राजा पाश्र्वनाथलाई वैराग भावना जाग्यो र राजपात छोडेर तपस्या गर्न गए । ८३ दिनपछि पाश्र्वनाथलाई ज्ञान प्राप्त भयो र पहिले आफ्ना माता र पत्नीलाई त्यस धर्मबाट दीक्षित गरे । ७० वर्षसम्म आफ्नो धर्मको प्रचारमा लागेर १०० वर्षको उमेरमा उनले एक पर्वतको टुप्पोमा मोक्ष प्राप्त गरे । त्यस ठाउँको नाम आज पनि पाश्र्वनाथ पर्वत भनी चिनिन्छ ।
पाश्र्वले जैन भिक्षुहरूलाई ४ नियम बताएका थिए – पहिलो– जीवित प्राणीलाई हिंसा नगर्नु, दुई– सधैं सत्य बोल्नु, तीन– चोरी नगर्नु र चार– कुनै सम्पत्ति नजोड्नु । तर भिक्षुहरूलाई लुगा लगाउन भने छुट थियो । महावीर वर्धमानले ती चार नियममा ‘ब्रम्हचर्य व्रत’ पनि जोडे । महावीरले भिक्षुहरूलाई कुनै वस्त्र नलाउने नियम पनि बनाए ।
महावीर वर्धमान
बल्जिराज्य संघमा ज्ञातृक गण रहन्थ्यो । ज्ञातृक गणको प्रमुख राजाको नाम सिद्धार्थ थियो । सिद्धार्थको विवाह वैशाली राजकुमारी त्रिशालासँग भयो । त्रिशाला लिच्छवी राजकुमारी थिइन् । उनी लिच्छवीहरूका राजा चेटककी बहिनी थिइन् । ज्ञातृक राजा सिद्धार्थ र लिच्छवि कुमारी त्रिशालाबाट तीन सन्तान जन्मे । तिनीहरूमध्ये एउटा छोरी र दुई छोरा थिए । सानो छोरोको नाम वर्धमान राखियो । पछि उनको नाममा महावीर जोडियो । वर्धमान, वीर, महावीर, जिन, अर्हत, भगवत आदि विशेषण उनको नाममा जोडियो ।
एक समृद्ध क्षेत्रीय सरदारको छोरोको रुपमा जन्मेका वर्धमानको लालनपालन राजकुमारहरूको जस्तै थियो । तर बज्जि राज्य संघमा वंशानुक्रमअनुसार राजा हुँदैनथ्यो र क्षेत्रीय घरानाका ठूल्ठूला सरदारहरूको प्रभाव गणराज्यमा हुन्थ्यो र ‘राजा’ एक प्रकारको पदवीको रुपमा मात्रै लिइन्थ्यो । सिद्धार्थ पनि त्यस्तै ‘राजा’ थिए र वर्धमानलाई सानैदेखि शिक्षा–दीक्षा दिइयो । उनी विद्या र शिल्पमा कुशल देखिए । ठीक उमेरमा उनको विवाह यशोदा नाउँकी कन्यासँग भयो । उनीबाट एक छोरी जन्मिइन्, उनको नाम ‘जमालि’ थियो । उनको विवाह एक क्षेत्रीसँग भयो र उनी पछि वर्धमानको प्रधान शिष्यमध्ये एक भए ।
महावीर वर्धमानको सुरुको जीवन सामान्य थियो । उनी सजिलो र सुखी जीवनभन्दा ‘परिणाममुखी’ (श्रेयष्कर) जीवन चाहन्थे । सुरुमा उनी पाश्र्वनाथबाट प्रतिपादित जैन धर्मको अनुयायी भइ केश मुण्डन गरी १३ वर्षसम्म अध्ययन (तपस्या) गरी ‘पूर्ण सत्य ज्ञान’ अर्थात् ‘केबलिन’ प्राप्त गरे । संसारको सुख–दुःख अरु वस्तुबाट निर्लिप्त सबैलाई खाली ‘केवलरुप’ को दृष्टिले मात्रै ग्रहण गर्ने आचरण गर्नेलाई ‘केवलिन्’ को स्थिति मान्थे । त्यसपछि उनको सत्य ज्ञानको व्यापक प्रचार सुरु भयो र उनको सम्प्रदायलाई ‘निथ्र्रन्थ’ भनियो । जसको अर्थ हो –‘बन्धनहरूबाट मुक्त’ । उनका शिष्यहरूलाई ‘नर्थन्थ’ वा ‘निगन्थ’ जैन पनि भनिए । वर्धमानलाई केवलिन् पद प्राप्त गरेपछि वीर, महावीर, अर्हत आदि सम्मानजनक शब्दहरूबाट सम्बोधित व्यक्तित्वको शिष्यलाई ‘जिन’ वा ‘जैन’ भनियो ।
महावीरका एक शिष्य गौतम इन्द्रभूति थिए र उनले पनि ‘केवलिन्’ प्राप्त गरे । महावीरको प्रचारको शैली एक ठाउँलाई केन्द्र बनाएर प्रचार गर्नुभन्दा शिष्यहरूसँग एक ठाउँबाट अर्को ठाउँमा सन्देश पु¥याउनु हो ।
सबभन्दा पहिले उनले आफ्नो जाति, ज्ञातृक क्षत्रीहरूको माझमा आफ्नो शिक्षा प्रचार गरे तथा धेरै अनुयायी बनाए । पछि लिच्छवी र विदेश राज्यहरूमा पनि प्रचार कार्य गरे तथा मगधको राजधानी राजगृहमा पनि गए । त्यहाँ त्यसबेला प्रसिद्ध सम्राट श्रेणिकले राज्य गर्थे । सम्राट श्रेणिक महावीरको उपदेशबाट प्रभावित भएर उनलाई भव्य स्वागत गरे ।
महावीर ७२ वर्षको उमेरमा राजगृह नजिक पावा नगरमा उसले प्राण त्याग गरे । त्यो ठाउँ जैन अनुयायीहरूको ठूलो तीर्थस्थल बन्यो । आज पनि त्यो ठाउँ विहारको शरिफ स्टेशनभन्दा ६ माइल टाढा पोखरपुर नाउँबाट चर्चित छ ।
जैन धर्मको नियम र शिक्षा
भिक्षु र गृहस्थहरूलाई फरक शिक्षा र नियम प्रतिवाद गरियो । गृहस्थहरूको निम्ति निम्न पाँच नियम बताइएको छ –
पाँच नियम ः
क) मन, वचन, शरीर र कर्मले हिंसा नगर्नु ।
ख) सधैं सत्य बोल्नु ।
ग) अरुको सम्पत्तिमाथि लोभ नगर्नु, त्यसै राखिएको कुनै वस्तुलाई पनि मालिकले नदिएसम्म नलिनु ।
घ) मन, वचन र कार्यले अरुको स्त्रीमाथि पापसमेत नचिताउनु ।
ङ) आवश्यक नभएसम्म बढी धन जम्मा गर्नु ।
तीन शिक्षा
क) धेरै टाढा–टाढा नजानु ।
ख) आफूलाई नचाहिने विषयमा हात नहाल्नु ।
ग) आवश्यकताभन्दा बढी नखानु र धेरै उपयोग नगर्नु ।
अन्य चार निर्देशन ः
क) निश्चित स्थान र सीमाभित्र व्यवहार गर्नु ।
ख) बिहान, दिउँसो र सन्ध्याकालमा सांसारिक गतिविधिबाट मुक्त भएर शुद्ध भावबाट आत्मालाई शुद्ध गर्नु ।
ग) प्रत्येक अष्टमी र चतुदर्शीको दिन घरको कामबाट निवृत्त भई ‘मुनि’ वा भिक्षुहरूले जस्तै केही समय व्रत बस्नु ।
घ) अतिथिहरूको स्वागत र सत्कार गर्नु ।
भिक्षुहरूको निम्ति पाँच नियम
साधारण गृहस्थीहरूले कडा नियम पालन गर्न नसक्ने र समाज चल्न गा¥हो हुने भएकोले मुनि वा भिक्षुहरूको नियम कठोर देखिन्छ ।
पाँच महाव्रत –
१) अहिंसा व्रत– हिंडडुल गर्दा समेत कुनै प्राणी या किट–पतंगको हिंसा नहोस् भनी ध्यान दिनुपर्छ ।
२) बोली वचन सदा मधुर र नरम हुनुपर्छ । कडा बोलीकै कारण बोलीको हिंसा हुनसक्छ
३) भोजन प्राप्त गर्दा पनि कुनै प्राणीको समेत हिंसा नहोस् भनी चिन्ता गर्नुपर्छ ।
४) मुनि वा भिक्षुले आफ्नो अगाडिको सामानमा कीरा नपरोस् भनी बरोबर हेर विचार गर्नुपर्छ ।
५) दिशा–पिसाब गर्दा समेत कीट–पत·को हिंसा नहोस् भनी विचार गर्नुपर्छ ।
२) असत्य–त्याग व्रत
सत्य हुनुको साथै प्रिय बोल्नुपर्छ, सत्य भए पनि कटु शब्द बोल्नुहुन्न ।
क) नबुझीकन कुरा गर्नुहुन्न ।
ख) रिसाएको र अहंकारको भावावेशमा कुरा गर्नुहुन्न ।
ग) लोभको भावना मनमा आएको बेला बोल्नुहुन्न
घ) डर लागेको बेला बोल्नुहुन्न ।
ङ) ख्याल ख्यालमा समेत झूट बोल्नुहुन्न ।
३) अरुको सामान ग्रहण गर्ने व्रत
क) भिक्षु वा मुनिले घरधनीले स्वीकृति नदिएसम्म घरमा जानुहुन्न ।
ख) गुरुलाई नदेखाई वा अनुमतिविना भिक्षा लिनुहुन्न ।
ग) कुनै घरमा बास बस्नुपरेमा पहिले घरधनीसँग अनुमति लिनुपर्छ र कहाँसम्म जानुहुन्छ र कति समय बस्ने सबै कुरा सोधेरमात्रै बस्नुपर्छ ।
घ) घरपतिको अनुमतिविना घरको बस्ने आसन
(मेच), ओछ्यान वा अन्य वस्तु उपयोग गर्नुहुन्न ।
ङ) कुनै घरमा एक मुनि घरमा बास बसेको छ भने घरधनीसँग अनुमति नलिई अर्को मुनि घरमा बस्नुहुन्न ।
४) ब्रह्मचर्य महाव्रत
क) विपरीत लिंगका व्यक्तिसँग कुराकानी नगर्नु ।
ख) कुनै स्वास्नी मानिसलाई नहेर्नु ।
ग) गृहस्थ जीवनमा हुने स्त्री संसर्ग बारे पनि नसोच्नु ।
घ) धेरै खाना नखानु, मसला र पिरोले ब्रम्हचर्य नास हुने हुँदा त्यस्तो वस्तु नखानु ।
ङ) जैन मुनि वा भिक्षुले कुनै वस्तुसँग पनि आत्मीयता नगाँस्नु, सम्पत्ति जोड्ने इच्छा, रुप रंग, रस, गन्ध, स्पर्श शब्दले पनि कुनै वस्तुलाई आत्मीय नबनाउनु, सबै विषय र वस्तुबाट निर्लिप्त र विरक्त भएर मोक्षको चरम उद्देश्य प्राप्त गरी जीवनसिद्ध गर्नु वा ‘केवली’ बन्नु हो ।
२) गौतम बुद्ध र बौद्ध धर्म
शाक्य गणको जनपदको राजधानी कपिलवस्तु थियो । भौतिकवादी ऋषि कपिलको नामबाट त्यस राजधानीलाई नै कपिलवस्तु नामाकरण भएको बताइन्छ । त्यस शाक्य गणको राजाको नाम शुद्धोधन थियो । उनीएक सम्पन्न राजा थिए । उनको छोराको नाम सिद्धार्थ राखिएको थियो ।
शाक्य गणका राजकुमारहरूलाई त्यसबेला शारीरिक शिक्षाको रुपमा वाण हान्ने, घोडसवारी, कुती आदि व्यायामको तालिम दिइन्थ्यो । सिद्धार्थ ती खेल र व्यायाममा अब्बल थिए । तर त्यसैबेला अध्ययनको एक महत्वपूर्ण विषयवस्तु दर्शनशास्त्र थियो ।
उनको बाल्यकाल सुख–सुविधामा हुर्केको थियो, उनको दरवारमा जाडो, गर्मी र वर्षा ऋतुअनुसारको फरक फरक कोठाको बन्दोबस्त थियो । शुद्धोधनले आफ्नो छोरो सिद्धार्थलाई शाक्य गणको एक प्रतिष्ठित व्यक्तित्वको रुपमा अगाडि बढाउन चाहन्थे ।
सिद्धार्थको विवाह यशोधरा नामकी सुन्दरीसँग भएको थियो र उनको जीवन आनन्द र सुखपूर्वक व्यतित हुँदै थियो । उनको एक छोरो जन्म भयो र बालकको नाम राहुल राखियो ।
राजधानी कपिलवस्तुको अध्ययन भ्रमणको बेला उसले मर्न लागेको एक विरामी देखे । त्यस्तै उनले लौरो टेकी हिंडिरहेकी एक वृद्धलाई देखे । त्यस्तै मसानतिर लगिंदै गरेको एक शव र मलामीहरूलाई देखे । दुःख–कष्टले भरेको त्यस समाजमा सबै पीडालाई आत्मसात गरिरहेका एक शान्त सन्यासीलाई पनि देखेको वर्णन बौद्ध साहित्यमा पाइन्छ । यी घटना र विषयवस्तुलाई प्रतिकको रुपमा लिइएको हुनुपर्छ ।
सिद्धार्थले विरामीको कारण, बुढेसकालको कारण र मृत्युकै कारण र ती स्थितिबाट मुक्तिको विषयमा चिन्तनमनन गर्न थाले । त्यसबेला गम्भीर अध्ययन र चिन्तन मननलाई तपस्या भनिन्थ्यो । घरको सुख–सुविधा, मायाप्रेम र आनन्दको जीवनले जन्म, विरामी, वृद्ध अवस्था र मृत्युको बारे गम्भीर अध्ययन र अनुसन्धान गर्न सम्भव थिएन । यसकारण २९ वर्षको उमेरमा उनी एक रात घर छोडेर सच्चाईको खोज–अनुसन्धानको निम्ति हिंडे । त्यस युगमा सम्पन्न र प्रतिष्ठित परिवारबाट सत्यको खोजीमा जाने परम्परा पनि थियो ।
त्यसबेला सम्पन्न परिवारका युवाहरू, शिक्षित व्यक्तिहरू र प्रतिष्ठित व्यक्तिहरू ईश्वरको अस्तित्व, स्वर्ग र नर्कको अस्तित्व र पूर्वजन्मबारे बौद्धिक छलफल वा शास्त्रार्थबाट सच्चाईमा पुग्न चाहन्थे । तिनीहरू घरबाट टाढा जान्थे । अहिले विश्वविद्यालयमा अध्ययन गर्न जाने जस्तै त्यसबेला दार्शनिक र चिन्तकहरूको कुटी र शिक्षालयमा अध्ययन र चिन्तनमा लाग्थे, जसलाई तपस्या भनिन्थ्यो ।

सिद्धार्थ
Leave a Reply