ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, ११ साउन ।
आदर्श आजाद माध्यमिक विद्यालय तथा कलेजको आयोजनामा आदर्श आजाद कप फुटसल प्रतियोगिता आज (श्रावण ११ र १२) शुरु भएको छ । कार्यक्रममा स्वागत गर्दै विद्यालयका शिक्षक हरिकृष्ण दनेगुलुले अनुशासन नै विद्यार्थीको गहना भएकोले विद्यार्थीहरुले अनुशासित भई खेल्नेमा विश्वास लिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले खेलले राष्ट्रिय, अन्तराष्ट्रिय जगतमा देशको चिनारी दिने सक्ने बताउनुभयो र खेलाडीहरुलाई शुभकामनासहित अग्रिम बधाई दिनुभयो । कार्यक्रमको उद्घाटन गदै कलेजका प्राचार्य श्री श्रीकृष्ण किसीले खेल स्वास्थ्य, शारीरिक विकास तथा सामाजिक मैत्रीभाव र अन्तराष्ट्रिय भातृत्व विकास गर्न खेल्नुपर्ने बताउनु भयो ।
आदर्श आजाद मा.वि.तथा कलेजमा अध्ययनरत मानविकी,शिक्षाशास्त्र र व्यवस्थापन संकायका विद्यार्थीहरुबीच भएको आजको पहिलो खेलमा मानविकी ११ विरुद्ध शिक्षाशास्त्र १२ ब् ले ६–३ गोलले जित हासिल गरेको छ भने दोस्रो खेलमा मानविकी १२ विरुद्ध शिक्षाशास्त्र १२ द्य ले ८–५ गोलका साथ विजयी हुन सफल भएको छ । यसै गरी सोही दिन सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा शिक्षाशास्त्र १२ ब् ले व्यवस्थापन संकाय १२ लाई शून्यका विरुद्ध ७ गोलले पराजित गरी फाईनल पग्न सफल भएको छ ।
दोस्रो सेमिफाईनल खेल श्रावण १२ गते आदर्श आजाद प्राध्यापक टिम र शिक्षाशास्त्र १२ द्य बीच हुने र सोही दिन फाईनल खेल तथा पुरस्कार वितरण कार्यक्रम ख्वप फुटसल प्रा.लि.लिवाली, भक्तपुरमा विहान ७ः०० सम्पन्न हुने जानकारी आयोजक विद्यालयले दिनुभएको छ ।
Leave a Reply