रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भेनेजुयाली राष्ट्रपति निकोलस माडुरोसित चिलीका राष्ट्रपति गाब्रियल बोरिक र कोलम्बियाका राष्ट्रपतीय उम्मेदवार गुस्ताभो पेट्रोको आरोप प्रत्यारोपले हामीलाई दुईटा कुरा विश्लेषण गर्न अनुमति दिन्छ पहिलो, ल्याटिन अमेरिकी वामपन्थीहरूको आन्तरिक अवस्था र दोस्रो, ती सरकारहरूबीचको भावी सम्बन्ध ।
पूर्व ब्राजिलियाली राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र पेरुका वर्तमान वामपन्थी राष्ट्रपति पेड्रो कास्टियोलाई यस छलफलमा जोड्नु सान्दर्भिक नै हुनेछ । तिनीहरू सबैले आफूलाई काराकस (भेनेजुयाली सरकार) बाट टाढा राख्ने उद्देश्य स्पष्ट प्रदर्शन गरेका छन् र त्यस क्षेत्रको राजनीतिलाई तथाकथित ‘भेनेजुयलाकरण’ हुनबाट जोगाइरहेका छन् ।
ती प्रगतिशील नेताहरूले भेनेजुयाली शासनमा ‘प्रजातन्त्रको ¥हास’ को आरोप लगाउँदै निन्दा गरेका छन् । यसैबीच भेनेजुयाली सरकारले ती ल्याटिन अमेरिकी वामपन्थीहरूमाथि अमेरिकी साम्राज्यवादी नीति र भेनेजुयलाविरुद्धको अमेरिकी नाकाबन्दीमा बलियो अडान लिन नसकेको भन्दै रोष प्रकट गरेका छन् । ल्याटिन अमेरिकी वामपन्थीहरूले अमेरिकी नाकाबन्दीको उल्लेख गर्नसमेत बिर्सिसकेका छन् । ती वामपन्थीहरू यो स्थानमा पुग्नु कुनै संयोगको कुरा होइन । भेनेजुयला ल्याटिन अमेरिकाका वामपन्थीहरूमाझ बहसको विषय बनेको छ भने दक्षिणपन्थी खेमाले भेनेजुयलाले ल्याएका कुनै पनि प्रगतिशील सूत्र वा प्रस्तावहरूमाथि हमला गर्न छोडेको छैन । विशेष गरी भेनेजुयलामा बोलिभारियाली समाजवादी क्रान्तिको प्रक्रिया अगाडि बढेपछि भेनेजुयाली आप्रवासीहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेका देशहरू भेनेजुयला सरकारको विरोध र हमलामा अगाडि छन् ।
व्यापारिक मिडिया र पुँजीवादी संस्थापनका हर्ताकर्ताहरूले यस क्षेत्रका वामपन्थी नेताहरूलाई भेनेजुयाली राष्ट्रपति माडुरोसित जोडेर ‘अपराधी’ को रूपमा दुष्प्रचार गर्ने गरेका छन् । त्यसको जवाफमा भेनेजुयाली सरकारले निकै व्यावहारिकरूपमा र सप्रमाण आरोपहरूको खण्डन गर्ने गरेको छ तर पुँजीवादीहरूले भेनेजुयाली सरकारमाथि सम्भव भएसम्मको हमला गर्न छोडेका छैनन् ।
यथार्थ भन्ने हो भने यस्ता तर्कहरू असफल हतियार साबित भइसकेका छन् जब मेक्सिको, अर्जेन्टिना, पेरु, होन्डुरस, चिली लगायतका देशमा निर्वाचन प्रक्रियाहरू अप्रभावकारी बनिसकेका छन् । यी सबै देशमा राष्ट्रपतिमा विजयी हुने उम्मेदवारहरूलाई वैचारिकरूपमा काराकससित सम्बन्ध रहेकाको रूपमा मूलधारका सञ्चारमाध्यमहरूले जोड्ने गरेका छन् । तर, मतदाताहरूलाई सहजै भड्काउन नसकिने प्रमाणित भएको छ ।
यद्यपि, निर्वाचन प्रक्रिया टुङ्गिसकेको छ र चिलीका बोरिकले माडुरो सरकारको निरन्तर विरोध गरिरहेका छन् । भेनेजुयलामा अगाडि बढेको वार्ता प्रक्रियालाई समर्थन दिनु त कता हो कता, उनी अहिले ती दक्षिणपन्थी भीडमा सामेल भएका छन् जसले माडुरोमाथि मानव अधिकार हनन गरेको आरोप लगाउने गर्छन् र संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयुक्त तथा चिलीका पूर्वराष्ट्रपति मिशेल ब्याच्लेटसित मोर्चाबन्दी गरिरहेका छन् । अहिले त्यो प्रसङ्गलाई सम्झनु प्रासङ्गिक हुनेछ कि जब चिलीका तत्कालीन राष्ट्रपति सेवास्टियन पिनेराले अमेरिकी प्रायोजनमा स्वयम्लाई सडकबाट भेनेजुयलाको राष्ट्रपति घोषणा गरेका ह्वान ग्वाइडोलाई समर्थन गरेका थिए, बोरिकले त्यसमा आफ्नो आधिकारिक धारणासमेत राखेका थिएनन् ।
निकोलस माडुरोले आफ्नो तर्फबाट कुनै पनि नाम उल्लेख नगरिकन सही नै भनेका छन् ः “भेनेजुयलाको सफल र विजयी मोडेल, हाम्रो ऐतिहासिक विरासत, मेरो कार्यालय र बोलिभारियाली क्रान्तिमाथि हमला गर्न एक कायर वामपन्थी देखापरेका छन् ।”
यी प्रसङ्गहरूले निश्चित हदसम्म ल्याटिन अमेरिकी वामपन्थीहरूको आन्तरिक स्थितिबारे स्पष्ट पार्छ भने ती सरकारहरूबीचको सम्बन्धले कस्तो आकार लिनेछ त्यसको अग्रिम झलक पनि देखाएको छ ।
नयाँ राजनीतिक चक्र र भेनेजुयाली चुनौती
ल्याटिन अमेरिकाले आज अनुभव गरिरहेको नयाँ प्रगतिशीलहरूको चक्र यो सहशताब्दीको सुरुआतमा भएकोसित मेल खाँदैन । यस नयाँ युगमा वामपन्थी राजनीतिज्ञहरू पहिलो चरणको निर्वाचनमा हारिसकेर (बहुमत नआएर दोस्रो स्थानमा सीमित भइसकेर) पनि सत्तामा पुग्ने कोसिस गरिरहेका छन्, जस्तो हामीले ब्राजिल, अर्जेन्टिना र चिलीमा देख्यौँ । दोस्रो चरणको निर्वाचनमा जित्नका लागि ती देशका वामपन्थी उम्मेदवारहरूले सैद्धान्तिकरूपमा विरोधी रहेका दल र दक्षिणपन्थी समूहहरूसित समेत गठबन्धन र सम्झौता गरेका थिए ।
चिली र पेरुमा तिनीहरू सत्तामा पुग्न पनि सफल रहे तर ती प्रगतिशील सरकारहरूले विपक्षीहरूको पकड रहेको संसद्, आक्रामक व्यापारिक मिडिया र आर्थिक क्षेत्रको सामना गर्नु परिरहेको छ । यी सबै कुराको अतिरिक्त न्याय प्रक्रियाको नाममा ती देशका प्रगतिशील व्यक्तित्वहरूलाई तारो बनाइएको छ । परिणामस्वरूप यस क्षेत्रका वामपन्थी राजनीतिज्ञहरूले मध्यमार्गी बन्ने बाटो रोज्न थालेका छन्, सत्तामा जान गठबन्धन बनाउन र अस्तित्वमा रहन राजनीतिक व्यावहारिकता अपनाउन थालेका छन् ।
क्रान्तिकारी अनुभवहरूले पहिलो चक्रका राजनीतिक प्रक्रियाहरू बाँचिरहेका छन् । उदाहरणका लागि भेनेजुयला र निकारागुआले अन्तिम दमसम्म क्रान्तिकारी भावना कायम राख्न सकेका छन् । तिनीहरूको रणनीति राजनीतिलाई न्यायिकीकरण गर्नु र संरा अमेरिकी सरकारविरुद्ध आफ्नो अडानलाई क्रान्तिकारीकरण गर्नु रहेको छ । परिणामस्वरूप तिनीहरूले उच्च तहको वित्तीय र सैनिक नाकाबन्दी सामना गर्न परिरहेको छ । तिनीहरूलाई एक्ल्याउने कोसिस भइरहेको छ र ‘दुष्टहरूको मण्डली’ मा राखिएको छ । नयाँ वामपन्थीहरू यस परिणामबाट बच्ने कोसिस गरिरहेका छन् । परिणाम के होला र तिनीहरूलाई कहाँ पु¥याउला त्यो भने हेर्नै बाँकी छ ।
आजको ल्याटिन अमेरिकी प्रगतिशील खेमामा दुईटा धार रहेका छन् । नयाँ वामपन्थीहरूको विचारधारात्मक र राजनीतिक विकास पहिलेका बाँकी रहेका वामपन्थी शक्तिहरूसित मिलिरहेको छैन । यस्तो हुन सक्छ र ? भन्ने प्रश्न उठ्ला । यस्तो भइसकेको छ । विभिन्न देशका वामपन्थी शक्तिहरूबीच सैद्धान्तिक भिडन्तहरू रहे तापनि भविष्यमा तिनीहरू रणनीतिकरूपमा एकै ठाउँमा आउने सम्भावनालाई भने नकार्न सकिन्न । मेक्सिकोमा नेता आन्ड्रेज म्यानुयल लोपेज ओब्राडरको पुनः विजय र ब्राजिलमा लुलाको सम्भावित विजयले दुई वामपन्थी धारबीचको मतभिन्नता कम गर्न तथा निम्नतम साझा नीति तय गरेर अगाडि बढ्न सघाउनेछ । ती दुवै नेतासित यस क्षेत्रको वैचारिक धारहरूबारे पर्याप्त जानकारी छ र तिनले साझा रणनीतिमा पुग्न संयोजनको भूमिका खेल्न सक्छन् ।
लोपेज ओब्राडरले एउटा अनपेक्षित कोशेढुङ्गा त पहिल्यै राखिसकेका छन्, उनी गत वर्ष मेक्सिको सीटीमा भएको ल्याटिन अमेरिकी क्यारिबियाली राज्य समुदाय –सेलाकको छैटौँ शिखर सम्मेलनमा माडुरो र अरू दक्षिणपन्थी राष्ट्रपतिहरूको बीचमा बसेर संयोजनकारी भूमिका सफलरूपमा निर्वाह गरेका थिए ।
आफ्नो पुनः विजयको लागि चलिरहेको निर्वाचन अभियानको क्रममा लुलाले ‘बोल्सोनारो माडुरोभन्दा धेरै खराब छन्’ भनेका थिए । त्यस अभिव्यक्तिमार्फत लुलाले आफूलाई भेनेजुयाली नेता र बोलिभारियाली क्रान्तिबाट टाढा रहेको देखाउन खोजेको अनुमान लगाउन गा¥हो छैन । तरैपनि, लुला र माडुरोबीच त्यस्तो कुनैखाले तनाव देखिँदैन । ब्राजिलमा पूर्वराष्ट्रपति लुला पुनः सत्तामा फर्किन सफल भएमा ब्राजिलले भेनेजुयलालाई विभिन्न प्रकारको राजनीतिक र आर्थिक सहयोग गर्नेमा कुनै शङ्का छैन । २०१८ मा जब लुला जेलमा थिए, उनले भेनेजुयलामाथि अमेरिकी हस्तक्षेप र हमलाको विरोध गर्दै माडुरो नेतृत्वको भेनेजुयाली सरकारप्रति समर्थन जाहेर गरेका थिए ।
निष्कर्षमा, ल्याटिन अमेरिकाका वामपन्थीहरूबीचको यो द्वन्द्व सार्वजनिक राजनीतिक अभिव्यक्तिको द्वन्द्वमात्र हो र यदि बलियो नेतृत्व भएमा र यस क्षेत्रको हितहरूको रक्षालाई प्राथमिकतामा राखिएमा तिनीहरूमा भएका सकारात्मक प्रवृत्तिले तिनीहरूलाई एउटै मोर्चामा पु¥याउनेछ ।
तनाव रहिरहने छ कि उडेर जाने छ ?
भेनेजुयलाका नेता माडुरोले अरू नेताहरूले कडाखाले आलोचना गर्दा पनि प्रत्यक्षरूपमा जवाफ फर्काउने र जवाफी हमला गर्ने गरेका छैनन् । उनी अरू देशका वामपन्थी नेताहरू जब शासन सत्तामा पुग्नेछन्, शासन सत्ताको स्थिरताको लागि चाल्नैपर्ने कदमका बारेमा बुझ्नेछन् र प्रगतिशीलरूपमा फर्केर भेनेजुयलाप्रतिको राजनीतिक दृष्टिकोणमा परिवर्तन ल्याउनेछन् भन्ने आशामा छन् । यी सम्भावित प्रगतिशील सरकारहरूकै उपस्थितिका कारण भेनेजुयलामाथि अमेरिकी आक्रमणको परिदृश्य वा काराकसमाथिको बढ्दो दबाब हट्दै गएको छ ।
माडुरोको ‘कायर वामपन्थी’ भन्ने टिप्पणी आफूमाथिको प्रहारको रूपमा लिन पुगेका कोलम्बियाली वामपन्थी राजनीतिज्ञ गुस्ताभो पेट्रोले आफूलाई त्यसले काराकसबाट झन् पर पु¥याएको अभिव्यक्ति दिए पनि भेनेजुयलासित बिस्तारै सम्बन्ध सामान्यीकरण गर्ने नीति घोषणा गर्न पनि चुकेनन् । माडुरोको टिप्पणीमाथि आक्रोश व्यक्त गर्दै पेट्रोले भने ः “म माडुरोलाई यसखाले अपमान बन्द गर्न सुझाव दिन्छु । कायर भनेका ती हुन् जसले प्रजातन्त्रलाई स्वीकार गर्न सक्दैनन् ।”
पेट्रोको माडुरोसितको द्वन्द्व रहे तापनि मे २९, २०२२ मा हुन गइरहेको निर्वाचनमा आफू कोलम्बियाको राष्ट्रपति निर्वाचित भएमा दुई देशबीचको सम्बन्ध पुनःस्थापना गर्ने र सम्बन्ध सामान्यीकरण गर्ने पनि बताए । त्यस्तो भएमा त्यो संरा अमेरिकी हस्तक्षेपकारी नीतिमाथि ठूलो मुक्का हुनेछ । वर्तमान कोलम्बियाली राष्ट्रपति इभान ड्युकको सरकारले भेनेजुयलासितको सबैखाले सम्बन्ध तोडेका छन् ।
पेरुका राष्ट्रपति पेड्रो कास्टियोले पनि त्यही नीति अवलम्बन गरेका छन् । पेरुकोे आन्तरिक राजनीतिक सङ्कटसित जुझिरहेका भए पनि कास्टियोले माडुरो सरकारलाई मान्यता दिए र अमेरिकी राज्य सङ्गठन– ओएएसभित्रको शक्तिशाली लिमा समूहलाई ऐतिहासिक पराजयमा पु¥याउने कदम लिमाकै सरकारले चाल्यो । लिमा समूह त्यही हो जसले विगत पाँच वर्षसम्म भेनेजुयला सरकार र बोलिभारियाली क्रान्तिमाथि हमला गर्न संयोजकको काम ग¥यो ।
यी सबै क्षेत्रीय नेताहरूले क्युवा र भेनेजुयलामाथि वासिङ्टनको क्रुर आर्थिक नाकाबन्दीमाथि प्रश्न उठाएका छन् । यो सथ्य हो कि तिनीहरूले आफ्नो अगाडि रहेका स्रोताका आधारमा आफ्ना भाषणहरूमा परिवर्तन गर्ने गरेका छन् । तरैपनि तिनीहरू भेनेजुयलाको माडुरो सरकारसित स्थिर सम्बन्ध बनाउन प्रतिबद्ध छन् । माडुरो सरकार आफै पनि देशको राजनीतिक स्थिरताका लागि अमूल्य राजनीतिक पुनर्संरचना गर्न प्रतिबद्ध छ ।
(ओसियल अलि लोपेज एक भेनेजुयाली अनुसन्धानकर्ता हुन् । उनले ल्याटिन अमेरिकाको राजनीतिका बारेमा कैयौँ पुस्तक र मल्टिमिडिया कार्य प्रकाशित गरेका छन् । उनले कैयौँ युरोपेली र ल्याटिन अमेरिकी सञ्चारमाध्यमका लागि भेनेजुयलाको समाजको विश्लेषण गरेका छन् । उनी वैकल्पिक टेलिभिजन स्टेसन ‘अभिला टीभी’का सहसंस्थापक तथा लुइस ब्रिट्टो गार्सिया साहित्य पुरस्कार विजेता पनि हुन् ।)
प्रस्तुति : प्रकाश
Leave a Reply