‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
भारतको एउटा सहर दिल्लीको मात्रै जनसङ्ख्या झन्डै नेपालको जति नै रहेछ–लगभग तीन करोड । त्यहाँ सन् २०१० नोभेम्बरमा स्थापित आम आदमी पार्टीले जम्मा ७० सिटको विधान सभामा झन्डै सबैजसो सिट दुईदुई पटक जितेर बहुमतको सरकार बनाउने अवसर पायो । अहिले, भारतको अर्को राज्य पञ्जाबमा पनि उक्त जनमुखी पार्टीले दुईतिहाइ सिट जितेछ ¤ यो विजयपश्चात् दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले, पञ्जाबका १२२ पूर्व मन्त्री र नेताहरूले सुरक्षाको नाममा दुरूपयोग गरिरहेका सुरक्षाकर्मी फिर्ता गराएको समाचार छ । परिवर्तन भनेको यस्तोलाई भन्नुपर्छ ।
यहाँ हाम्रोमा चाहिँ नेतागणलाई दिइने सुरक्षाकर्मी बढी भए भन्ने कुरासम्म बेलाबखत चलेको हो । तर, अहिले पनि करिब सातहजार सुरक्षाकर्मीलाई नेताको घरेलु काममा राखेको बताइन्छ । एकजना नेताको सुरक्षाका लागि दर्जनौँ सुरक्षाकर्मी परिचालन गर्ने गरिएको छ । त्यसलाई अनावश्यक र चाकरी प्रथाको निरन्तरता मान्न सकिन्छ ।
अरविन्द केजरीवालको जनमुखी क्रियाकलापबाट के स्पष्ट हुन्छ भने, एउटा पार्टी मात्रै असल भइदिँदा पनि जनताको जीववशैलीमा धेरै परिवर्तन हुने रहेछ ¤ मन, वचन र कर्ममा एकरूपता देखिने अरविन्द केजरीवालको जनमुखी योजनाका र सोको कार्यान्वयनका कारण दिल्ली र पञ्जाबका जनताले सुख पाएका छन् । छिमेकी देशमा भएको त्यस्तो प्रेरणदायी कुरा सुनेर कम से कम हामी नेपालीले आनन्दानुभूतिसम्म गर्न पाएका छौं ।
नेपालमा जसरी, कसरी जनताबाट कर उठाएर आफू मोजमज्जा गर्न सकिन्छ भन्ने ‘नेता भावना’का सट्टा, कसरी जनतालाई सुविधा दिन सकिन्छ भन्ने ‘केजरीवाल भावना’ नभएको भए, दिल्लीका जनताले, महिलाहरूलाई निःशुल्क बस सेवा, २०० युनिटसम्म बिजुली निःशुल्क, मासिक २० हजार लिटर पानी निःशुल्क, सडक दुर्घटना र आगलागी पीडितहरूको उपचार खर्च निःशुल्क, नयाँ खानेपानी तथा ढल जडानको कार्य निःशुल्क,गरीब बालबालिकाका लागि विद्यालय शिक्षा निःशुल्कजस्ता सुविधा पाउने कुरै थिएन ।
यता हाम्रो देशको अवस्था सम्झ्यो भने घोर निराशा लागेर आउँछ, अति नै आक्रोश जागेर आउँछ अनि सा¥है नै वैराग पनि लागेर आउँछ । यहाँ त क्रान्ति, विकास र लोकतन्त्रका गफ दिने सबै सत्ताधारी दलजति दलाल देखिएका छन् । शीर्षस्थ नेताहरू स्वार्थ पूरा नहुँदासम्म दोषादोषमा रमाउँछन् । स्वार्थ मिल्नासाथ खोसाखोस गरेर खान्छन् । दल फेरीफेरी खान्छन् । र पनि, कहिल्यै पनि अघाउँदैनन् ।
भनिन्छ ,एउटा साधारण मस्तिष्कले एकदिनमा ५० हजार विचार उत्पन्न गर्न सक्छ । त्यसमा ७० प्रतिशत विचार नकारात्मक हुन्छन् । अपवादस्वरूप एकहातका औँलामा गन्न सकिने अन्य नेताबाहेक, हाम्रा सत्ताधारी दलका नेताका मनमा त सयका सय नै नकारात्मक विचार उत्पन्न हुँदो रहेछ ¤ नत्र यहाँ संविधानतः व्यवस्था भएका भएका अनावश्यक नेता र तिनलाई दिइने सुविधा बढ्ता भयो भन्ने कुरा आउनुपथ्र्यो । काम गर्नुभन्दा भाषण गर्ने र उद्घाटनमा रमाउने आफ्नो बानी सम्झेर लाज लाग्नुपथ्र्यो । भ्रष्टाचार, ठेकेदारी र सेटिङमा निर्लिप्त प्रवृत्तिप्रति पश्चात्ताप गरी तिनलाई सुधार्नुपथ्र्यो । हाल, यी कुराहरूको आस गर्नु भनेको असम्भव कल्पना भएको छ ।
यहाँ समृद्ध नेपाल, सुखी नेपाली’ को नारा खूब दोहो¥याइयो । जनताबाट थुप्रो कर उठाएर जनताका लागि उपलब्ध गराइएको सानातिना सुविधालाई केके न दिइएको जस्तो गरिंदै त ।
जनतालाई राहत दिने र देश विकास गर्ने नाममा, नयाँ नयाँ देशमा श्रम सम्झौता गरेर युवावर्गलाई विदेश पठाउने योजना बनाइएको छ । व्यापार घाटा र जनताको थाप्लामाथि थपिएको ऋणको अङ्क झन्झन् बढिरहेको छ । खासमा भन्ने हो भने–मागेरै देश बनाउने, भ्रष्टाचार गरेरै ठूलो मान्छे हुने, जे पायो त्यही भनेरै दिन काट्ने र पैसा खर्च गरेकै भरमा चुनाव जित्ने योजनामा रमाइआएका छन् हाम्रा कथित् सत्ताधारी नेताहरू ।
विगत चारपाँच वर्षको अवधिमा यहाँ नयाँ नयाँ ठेकेदार, दलाल र भ्रष्टाचारीहरू जन्मिएका छन् । आउँदै गरेको स्थानीय चुनाव पनि तिनैको बलमा जित्ने रणनीति भइरहेको छ । लाग्छ–यो देशभरि खन्चुवा नेता र तिनका अबुझ तथा हनुमान कार्यकर्तामात्र छरिएर बसेका छन् । बाँकी, नेताका भाषण सुनेर ट्वाँ पर्ने, ताली बजाउन लगाएको बेलामा बजाउने श्रमजीवी सिधासादा मतदाता छन् । अहिलेका लागि ती दुवै थरी जनतालाई बुझाउन, जगाउन र तिनमा तत्काल चेतनाको आँधीबेहेरी ल्याउन सक्ने हो भने यहाँ पनि परिवर्तन सम्भव छ । त्यसैले यो समयलाई, सत्ताधारी दललाई पाखा लाउने, चुनावी खर्च घटाउने, प्रदेश सरकार खारेज गर्ने, भ्रष्टाचारीको भण्डाफोर गरी तिनलाई सार्वजनिक बहिष्कार गर्ने, एमसीसी लागू हुन नदिनेजस्ता केही एजेन्डाहरूलाई राष्ट्रव्यापी गराउने सुनौलो अवसरका रूपमा सदुपयोग गर्न अत्यावश्यक ठानिएको छ ।
Leave a Reply