भर्खरै :

चिनियाँ भूमिमा भारतीय सशस्त्र बलको प्रवेशले आक्रोशित छन् सन् १९६२ को लडाईका युद्धवीरहरु

सन् १९६२ को चीन–भारत युद्धमा चिनियाँ सेना देख्ना साथ भागाभाग गरिरहेका भारतीय सिपाहींहरु
-ह्वाङ जिङजिङ
चिनियाँ भूमिमा भारतीय सशस्त्र बलको घुसपैठले आजभन्दा ५५ वर्षअघि भएको चीन–भारत सिमाना लडाईमा लडेका धेरै चिनियाँ युद्धवीरहरुलाई आक्रोशित बनाएको छ । उनीहरुले आवश्यक परे आफ्ना सन्तानहरुलाई लडाईको मोर्चामा खटाउन आफू तयार रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
‘चिनियाँ भूमिमा भारतीय घुसपैठ र त्यहाँबाट उनीहरु फिर्ता जान तयार नहुनुले हामीबीच एकप्रकारको आक्रोशको उभार उठेको छ । हामी पहिला पुगेको ठाउँमा हाम्रो सेनाका टुकडी पुगेको खबरले हामीलाई निकै उत्साहित बनाएको छ ।’, शान्सी प्रान्तको सन् १९६२ को सिमाना युद्धका वीरहरुको संगठनका निर्देशक छेन छुगेनले ग्लोबल टाइम्सलाई भने ।
‘यदि आवश्यक परे हामी हाम्रा छोरा–नातिलाई युद्धमोर्चामा पठाउन तयार छौं’,सियानका ७३ वर्षका युद्धवीरले भने । उनी युद्धको समयमा युद्धकविमान प्रतिरोधी टुकडीका सिपाही थिए ।

नाथुला नाकामा तैनाथ चिनियाँ सेना


मध्य जुनमा भारतीय सशस्त्र सेनाले चीन–भारत सिमानाको सिक्किम खण्ड नाघेर दक्षिणपश्चिम चीनको तिब्बती स्वशासित क्षेत्रको यादोङ काउन्टीअन्तर्गत दोक्लाममा चलिरहेको बाटो निर्माण कार्य रोक्ने प्रयास गरे । बेइजिङले बारम्बार यो विषयमा विरोध जनाउँदा पनि नयाँ दिल्लीले आफ्नो सेना परिचालन रोकेन । बरु चिनियाँ सेनाको आमनेसामने हुन खोजिरह्यो ।
‘हालसालै हाम्रा पुराना सहपाठी कमरेडहरुले मलाई धेरै टेलिफोन कलहरु गर्नुभयो । हामी सबैजना सिमानाको तनावको विषयमा ज्यादै सजग छौं ।‘, छेनले भने । ‘हामी सेना हौं । यदि कुटनीतिले काम गरेन भने हामी बल प्रयोगको समर्थन गर्नेछौं ।’
‘हामीले दशकौं अघि नै उनीहरुको सबभन्दा राम्रो मानिएको सैनिक टोलीलाई ध्वस्त बनाएका थियौं । आज पनि हामी त्यो गर्न सामथ्र्य राख्छौं ।’, ७७ वर्षका हान स्युरनले भने । उनी चीन–भारत लडाईको समयमा रसायनिक प्रतिरोध कम्पनीका जवान थिए । उनले त्यो युद्धबारे एउटा वृत्तचित्र उपन्यास लेखेका छन् । ‘वार अन द रुफ अफ द वल्र्ड‘ नामको सो उपन्यास सन् १९९५ मा प्रकाशित भएको थियो ।
छेनका अनुसार यो वर्ष चीन–भारत लडाईको ५५ औं वार्षिकीको अवसरमा विभिन्न कार्यक्रम गर्ने तयारी युद्धवीरहरुले गरिरहेका छन् । विगतमा उनीहरु सबै जनाले साधारण जीवनयापन गरिरहेका थिए । यो वर्ष भने उनीहरु भिन्न रुपमा प्रस्तुत हुन चाहन्छन् ।
मौनता तोड्दै
चीन र भारतबीचको भूमि विवाद सन् १९१४ मा शुरु भएको थियो । त्यत्तिबेला बेलायती भारत र तिब्बतका केही मुठ्ठिभर प्रतिनिधिहरुले एकपक्षीय रुपमा अवैध सिमला सन्धिमा हस्ताक्षर गरे र मेकमाहोन रेखालाई स्वीकार गरे । त्यो रेखालाई कुनै पनि चिनियाँ सरकारले कहिल्यै स्वीकार गरेन । सन् १९४७ मा भारत स्वतन्त्र भयो र सन् १९५० मा चीनसँग कुटनीतिक सम्बन्ध स्थापना भयो ।तर भारतले मेकमाहोन रेखालाई आफ्नो सिमानाको रुपमा दाबी गर्न छोडेन ।
‘भारतले सीमावर्ती क्षेत्रमा सैनिक गतिविधि बढाए पछि र बलपूर्वक भूमि मिच्न खोजे पछि प्रतिरोधमा सन् १९६२ को अक्टोबर २० मा चीनले प्रत्याक्रमण ग¥यो ।’, सन् १९६२ को चीन–भारत सिमाना लडाईको विषयमा समाचार लेख्ने गरेका अष्ट्रेलियाली पत्रकार नेभिल्ले माक्सवेलले लेखेका छन् ।
शुरुमा संरा अमेरिका र सोभियत संघको आडभरोसा प्राप्त आफ्नो सेना चिनियाँ सेनासामू अपराजेय हुनेमा भारतका तात्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु पूर्णतः विश्वस्त थिए । तर चिनियाँ जनमुक्ति सेनाले एकै महिनामा भारतीय सेनाका सबै आक्रमण निस्तेज बनाएर सेनालाई ध्वस्त बनायो ।
‘हामी मेकमाहोन रेखा नाघेर भित्र समथर भूमिसम्म पुग्यौं । जस्तै तावाङ शहरसम्म हामी पुगेका थियौं । तावाङ शहर वास्तविक सिमाना रेखा नजिक पर्दछ । शत्रुहरु सबै दिशाबाट भागाभाग भएका थिए‘, युद्धमा स्वास्थ्यकर्मीको रुपमा सहभागी बनेका ७६ वर्षका ऐ होङल्याङले एक अन्तर्वार्तामा ग्लोबल टाइम्सलाई भने ।
तर आश्चर्यको कुरा, बेइजिङले सन् १९६२ नोभेम्बर २१ मा एकपक्षीय रुपमा युद्धविरामको घोषणा ग¥यो । अनि आफ्नो सेनालाई वास्तविक सिमानाभन्दा २० किलोमिटर पछाडि फर्कन आदेश ग¥यो ।
छेनले सैनिक विज्ञान प्रकाशन गृहले प्रकाशित गरेको सन् १९६२ को युद्धसम्बन्धि आन्तरिक पुस्तकमा आधारित भएर उपलब्ध गराएको तथ्याङ्कअनुसार त्यत्तिबेलाको युद्धमा ४ हजार ८ सय ८५ जना भारतीय सिपाहीं मारिएका थिए भने युद्धमा ३ हजार ९ सय ६८ जना भारतीय सिपाहींहरुलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएका थिए । चिनियाँ पक्षबाट ७ सय २२ जना सिपाहीं मारिएका थिए भने कोही पनि गिरफ्तारीमा परेको थिएन ।
तर चीनले प्राप्त गरेको विजयबारे निकै कममात्र आधिकारिक दस्तावेज वा भिडियो भेटिन्छन् । ‘विशेषतः सन् १९७६ यताबाट सुधार भएको दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई प्रभावित पार्न सक्ने भएकाले ती दस्तावेज र श्रव्यदृश्यलाई त्यत्ति सम्हालेर राखिएको पनि छैन ।’, चिनियाँ साइबरस्पेस रणनीति प्रतिष्ठानका अनुसन्धाता फाङ झेनचुनले बताए ।
‘धेरै वर्षसम्म चीन सरकारका वक्तव्यहरुमा त्यो युद्धबारे कहींकतै पनि उल्लेख गरिएन । कुनै अधिकारिक प्रतिवेदन वा पाठ्यपुस्तकमा त्यस युद्धको बारेमा उल्लेखसम्म गरिएन । चिनियाँ सरकारले त्यो युद्धको कुनै सार्वजनिक स्मृति समारोह नै आयोजना गरेन ।’, फाङले आफ्नो एक लेखमा उल्लेख गरे ।
त्यो युद्धका वीरहरु आफू लडेको लडाईको विषयमा नयाँ पुस्तालाई जानकारीसम्म पनि नभएकोमा दुःख महसुस गर्छन् ।
‘एक पटक मैले सन् १९६२ को आफू युद्धवीर भएको भनेर केही भर्खरका युवा सरकारी कर्मचारीहरुबीच परिचय दिंदा उनीहरु आश्चयचकित परे । उनीहरुले आफूलाई बुद्धकालीन दस्तावेजहरु खोज्न भारतमा गएको चिनियाँ भिक्षुबाहेक चीन र भारतबीच लडाईको विषयमा थाहा नभएको सुनाएका थिए ।’, छेनले भने ।
‘तर अहिले भारतीय पक्ष आफै युद्ध उछाल्दैछ । त्यसकारण अब मौनता तोडेर खुला रुपमा त्यत्तिबेलाको युद्ध स्मरण गर्ने समय आएको छ ।’, फाङले भने ।
फाङले चीनले सरकारी तबरबाटै चीन–भारत सिमाना युद्धको सम्झना गर्नुपर्दछ । ‘सम्झनाले घृणाको बीजारोपण गर्दैन बरु कसरी दिगो छिमेकी सम्बन्ध विकास गर्ने भन्ने दृष्टिकोणको विकास गराउँछ ।’, उनले भने ।
गएको जुन ३० मा भारतका रक्षामन्त्री अरुण जेट्ली आजको भारत सन् १९६२ को भारत नभएको बताए ।
युद्धको सम्झना
युद्धवीर संगठनका सल्लाहकार हानले द ग्लोबल टाइम्सलाई आफूले चीन र भारतबीचको लडाईमा आधारित टेलिश्रृंखला बनाउन चालिस भागलाई पुग्ने पटकथा लेखिसकेको जानकारी दिए । ‘हाड छुने जाडो, स्वास फेर्न गाह«ो हुने अक्सिजनको कमी र खान–बस्न केही बन्दोबस्त नभएको अवस्था सामना गरेर पनि हामीले भारतीय सेनामाथि विजय हासिल ग¥यौं । त्यो देशभक्ति, नायकत्व र बलिदानभाव नयाँ पुस्तामा हस्तान्तरण हुन आवश्यक छ ।’, हानले थपे ।
छेनले आफ्नो टोली ५५ औं डिभिजन सन् १९५९ को तिब्बत विद्रोह दबाउन सबभन्दा अग्रमोर्चामा काम गरेको डिभिजन भएको बताए । छिङहाई तालनजिकै भिरालो खेतमा कोदो रोप्दै गरेको सन् १९६२ अक्टोबरको एक दिन उनीहरुलाई आकस्मिक फोन कल आयोे । छिङलगायत सबै जना तत्काल आफ्नो शिविरमा फर्के । शिविर छिनिङ शहर वरपर थियो । त्यही रात नै उनीहरु तिब्बती युद्धमोर्चामा खटिन रवाना भए । उनीहरुले आफ्नो लागि मनग्य खाना र हतियार आफूसँगै लगेका थिए ।  हिउँको चिसोबाट जोगिन र न्यायो बनाउन उनीहरु हरेक दुई घण्टामा ट्रकबाट ओर्लन्थे र बीस मिनेट जति दौड्ने गर्थे । तिब्बतका हरेक जसो काम गर्न सक्ने उमेरका युवालाई बाटो बनाउने काममा परिचालन गरिएको थियो । तथापि राम्रो अवस्थामा नभएको गाडी र खत्तम अवस्थामा रहेको बाटोका कारण उनीहरुलाई सिमाना क्षेत्रमा पुग्न आधा महिना लागेको छेनले सम्झे ।

सन् १९६२ मा आफ्नो सेनालाई रसद पानी लाँदै गरेका चिनियाँ ट्रकहरु


धेरै पटक उनीहरुले तोप काँधमा बोकेर हिउँले टम्म भरिएका अग्ला–अग्ला पहाडहरु छिचोल्दै हिड्नु परेको थियो ।
‘भारतीय फौजलाई घेरा लगाउने क्रममा मेरो कम्पनीका दुई जना साथीहरुले अक्सिजनको कमीका कारण श्वास फेर्न गाह«ो भएर ज्यान गुमाउनु परेको थियो ।’ ऐले सम्झे ।
भारतीय फौजले प्रयोग गरेका हतियार आफूले बोकेको हतियारभन्दा अब्बल भएको उनको अनुभव छ । ‘हामीले प्रयोग गरेका अधिकांश हतियार कोरिया युद्ध र अझ मुक्ति युद्धका समेत थिए । भारतीय फौजले बोकेका हतियार सबै बेलायती र सोभियत संघले दिएका हतियार थिए ।’, ऐले भने ।
‘उदाहरणको लागि हामीले हातैले चलाउनुपर्ने राइफल प्रयोग ग¥यौं । तर भारतीय फौजको राइफल अर्धस्वचालित वा स्वचालित थिए ।  हामीसँग भएका तोप हामी काँधमा बोक्ने गथ्र्यौं तर उनीहरु तोप जिपमा बोक्थे । उनीहरुका सैनिक अधिकारीसँग स्लिपिङ व्याग थिए, जवानहरुसँग ऊनी सिरक थियो भने हामीसँग मात्र फाटेका कपडाहरु थिए । उनीहरु क्यानमा भण्डारण गरिएको मासु र तरकारी खान्थे भने हामीले भुटेको गहँुको पीठो खायौं ।’, उनले सम्झना गरे ।
तथापि भारतले नराम्रो हार बेर्होनुप¥यो । ‘हामी सबै भर्खरका युवा थियौं । धेरैजसो भारतीय सिपाहींहरु अर्धवैशे थिए । हामीमा आफ्नो देशको रक्षा गर्ने बलियो इच्छाशक्ति थियो र अन्तिम समयसम्म एक जना मात्र बाँकी भए पनि युद्धभूमि छोड्ने पक्षमा थिएनौं । तर उनीहरु सबै भाडाका सिपाहीं थिए र जतिबेला पनि युद्धभूमि छोडेर भाग्न सक्थे ।’ ऐको भनाई ।
केन्द्रको आदेश सम्मान गर्दै उनीहरुले बन्दी बनाएका भारतीय फौजलाई सम्मानपूर्वक व्यवहार गरे । ‘हामीले सबभन्दा पहिले उनीहरु का आवश्यकता पूरा गर्न प्रयास ग¥यौं । जस्तै खाना र चुरोट समेत । हामीलाई अपुग भए पनि उनीहरुका आवश्यकता पूरा गर्ने काममा ध्यान दियौं । उनीहरुको लागि विशेष सद्भाव कार्यक्रम समेतको आयोजना गरिएको थियो ।’, हानले भने ।
सबै बन्दीहरु, कब्जामा लिइएका हातहतियार र गाडी सफा र चिटिक्क पारी भारतलाई फिर्ता गरियो । युद्धवीरहरुका अनुसार बिग्रेका हातहतियार र गाडी त चिनियाँहरु आफैले बनाएर र इन्धन भरेर फिर्ता गरेका थिए ।
विजय वा पराजय
तर भारतीय राजनीतिक नेताहरुले चिनियाँ सद्भाव बुझ्न सकेनन् र आजपर्यन्त चीनले गरेको युद्धविरामलाई ‘अपमानपूर्वक’ हेर्ने गर्छन् ।
गएको जुन महिनाको शुरुमा भारतीय सेनाध्यक्ष जनरल विपिन रावतले भारत पाकिस्तान, चीन र आफ्नै घरेलु अतिवादीविरुद्ध साढे दुई मोर्चामा लडाई लड्न तयार भएको बताए ।
तिब्बतमा चिनियाँ यातायात बन्दोबस्त र चीनको सैनिक शक्ति दुवैमा धेरै ठूलो सुधार भइसकेको हुनाले आत्मरक्षाको लागि अर्को सिमाना युद्ध गर्न चीन निर्भयी हुनेमा युद्धवीरहरु पूर्णतः विश्वस्त छन् ।
तर धेरै चिनियाँहरु सन् १९६२ को युद्धमा आफ्नो नियन्त्रणमा आइसकेको भूमिबाट पछाडि फर्केर चीनले जितेको युद्धको फाइदा समेत उठाउन नसकेको भन्दै गुनासो पोख्ने गरेका छन् ।

दोक्लाम क्षेत्रको नक्सा


‘चिनियाँ सेना फर्किसके पछि भारतीय फौज अघि बढ्यो । उनीहरुले मेकमाहोन रेखाको दक्षिणतिरको विवादस्पद भूमिमात्र कब्जा गरेनन्, बरु उत्तरतिरका अरु चिनियाँ भूमिसमेत कब्जा गरे ।’, सैनिक इतिहासका लेखक जिन हुईले आफ्नो पुस्तक ‘द चार्म अफ तिब्बतस् मेदोङ’(१९९५) मा लेखेका छन् ।
सन् १९८७ को फेब्रुअरीमा भारतीय अधिकारीहरुले तथाकथित अरुणाञ्चल प्रदेश स्थापनाको घोषणा गरे र दक्षिण तिब्बतको झण्डै ६० हजार वर्ग किलोमिटर चिनियाँ भूमि आफ्नो नियन्त्रणमा घोषणा गरे ।
हानका अनुसार त्यत्तिबेला धेरै चिनियाँ सिपाहीं फर्कन तयार भएका थिएनन् । ‘अधिकारीहरुले चरण–चरणमा वैचारिक प्रशिक्षण दिनुपरेको थियो । अन्ततः अध्यक्ष माओको सम्बोधन सुनिसके पछि मात्र हामी फर्कन तयार भयौं । माओेले भन्नुभएको थियो,‘हामीले जे चाहेका थियौं त्यो हामीेले हासिल ग¥यौं र उनीहरुलाई वार्ताको टेबुलमा बस्न बाध्य पारिसकेका छौं ।’
छेन र ऐ दुवै जनाले लामो समय युद्ध चलेको भए त्यहाँ उपलब्ध अपुग्दो खाना र बन्दोबस्तीका सामग्रीले धान्न मुस्किल हुने बताए ।
तथापि एक महिना लामो सिमाना युद्ध चीनले चालेको हमला थियो भन्ने भारतीय आमभनाईलाई चुनौती दिंदै माक्सवेलले युद्धभूमिबाट फर्केर चीनले पश्चिमा देशहरुको विश्वास जित्न सफल भएको बताए । त्यसले चीनले भन्दै आएको ‘शान्तिपूर्ण उदय’ लाई व्यवहारमा प्रमाणित गरेको थियो ।
तात्कालीन संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिङ्गर र राष्ट्रपति रिचार्ड निक्सन दुवैले माक्सवेलको ‘इण्डियाज चाइना वार’ नामको पुस्तक पढेका थिए । त्यो पुस्तकमा कसरी बेइजिङलाई भारतले युद्धमा आउन ललकारेको थियो भन्ने कुरा प्रष्ट उल्लेख हुनुका साथै ‘आक्रामक चीन’ भन्ने चिन्तनलाई चुनौती दिइएको छ । निक्सन र केसिङ्गरले चीन भ्रमण गर्नुअघि र चीनसँग सम्बन्ध बिस्तार गर्नुअघि त्यो पुस्तक पढेको माक्सवेलले सन् २०१४ मा साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित आफ्नो अन्तर्वार्तामा खोलेका थिए ।
सन् २०१२ मा ऐ र अरु धेरै जना युद्धवीरहरुले सन् १९६२ को युद्धसम्बन्धि विभिन्न दस्तावेज र संस्मरणहरु सङ्कलन गर्ने कामको थालनी गरे । ती सबै सामग्री संग्रह गरी पुस्तक निकाल्ने उनीहरुको योजना बन्यो । गएको अप्रिलमा ‘फाइट एट स्नो समिट’ नामको पुस्तक तयार भयो । उनले सो पुस्तक प्रकाशित हुने आशा गरेका छन् । ‘युवाहरुले त्यो इतिहास नभुलोस् भन्ने मेरो चाहना छ । अनि त्यत्तिबेलाको साहस र कष्टकर संघर्षलाई उनीहरुले अझै अगाडि बढाओस् भन्ने चाहन्छु ।’ ऐले भने ।  माक्सवेल सन् १९६२ को लडाईले संसारलाई नै पाठ सिकाएको बताउँछन् ।
‘चीन द्वन्द्वविरोधी हो र शान्तिपूर्ण समाधानको लागि सकेको सबै प्रयास गर्दछ । तर हामीलाई भित्तैमा पु¥याएको सह्य छैन । जब आधारभूत सुरक्षाको कुरा नै उठ्छ भने हामी प्रतिकारमा उत्र्न ढिला गर्दैनौं । यदि चीनका सामू लड्ने वा आत्मसमर्पण गर्ने विकल्प हुन्छ भने हामी लड्न नै तयार हुनेछौं ।’ उनले ग्लोबल टाइम्सलाई भने ।
अनुवादः नीरज
http://www.globaltimes.cn/content/1058178.shtml

Leave a Reply

Your email address will not be published. Required fields are marked *