भर्खरै :

भेनेजुयलामा आज संविधानसभाको चुनाव

भेनेजुयलामा आज संविधानसभाको चुनाव हुँदैछ । माडुरो सरकारविरोधीहरुले गरेको ४८ घण्टे आमहड्तालबीच त्यहाँ आज चुनाव हुन लागेको हो । राष्ट्रपति निकोलस माडुरोले भेनेजुयलाको राजनीतिक प्रणालीको निम्ति आइतबार हुने चुनावको निकै ठूलो महत्व भएको बताए ।
‘हामी सार्वभौम संवैधानिक अंगको चुनाव गर्दैछौं र यो संवैधानिक अंग सबैभन्दा माथिको अधिकतम राजनीतिक प्राधिकार हो ।’, माडुरोले भने ।
सरकारी टेलिभिजन च्यानलमा बोल्दै उनले विपक्ष खेमाको एउटा गुटले उछालेको द्वन्द्वले संवैधानिक प्रक्रियामा अवरोध पु¥याउन प्रयास गरेको बताए ।
‘यसो गरेर उनीहरु भेनेजुयलाका जनतालाई तर्साउन सकौंला भनी सोचेका छन् । तर उनीहरु गल्ती गरिरहेका छन् ।’, माडुरोको भनाई थियो ।
उनले न्यायले मात्र शान्ति ल्याउन सक्ने र शान्तिले मात्र देशमा मेलमिलाप ल्याउन सक्ने विचार व्यक्त गरे ।
विपक्षी दलसँगको वार्तालाई सरकारले निरन्तरता दिने बताउँदै उनले मतभिन्नता साँघुरो बनाउने यो नै एक मात्र बाटो हुन सक्ने धारणा व्यक्त गरे । उनले सम्बोधनमा प्रतिपक्ष डिमोक्रेटिक युनिटी टेबुलको वार्ता टोलीसँग आफूले छ साता लगातार वार्ता गरेको जानकारी गराए ।
उनले विपक्ष खेमालाई राजनीतिमा फर्कन आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *