यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपाल कानुन आयोगले सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरे पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अगाडि सारेपछि यसले नयाँ तरङ्ग सिर्जना गरेको छ । सामाजिक सञ्जालदेखि चियापसलमा समेत यसबारे बहस भइरहेको छ । पक्ष विपक्षमा आ–आफ्ना तर्कहरू प्रस्तुत भइरहेका छन् । कथित महिला अधिकारवादीहरूले भने यसलाई महिला अधिकार हननको रूपमा चर्को ढङ्गले अगाडि ल्याइराखेका छन् । उनीहरूले सामाजिक समस्या समाधान र सामाजिक न्यायमा भन्दा महिलाको सम्पत्तिमाथिको अधिकारलाई नै बढी जोड दिइरहेका छन् ।
कानुन संशोधनको प्रस्ताव एउटा विशिष्ट परिस्थितिहरूबाट सिर्जित समस्याको रूपमा अगाडि ल्याइएको हो । सम्बन्ध विच्छेदको क्रममा विवाह गरेर एक महिनामात्र लोग्नेसँग बसेको महिलाले पनि पतिबाट अंश पाउँछन् । पछिल्लो समय वैदेशिक रोजगारमा गएका पतिका श्रीमतीले श्रीमान्ले कमाएको सम्पत्ति हिनामिना गरेर हिँडेका घटनाहरू बाहिरिन थाल्यो । सम्पत्ति लिएर महिलाले अर्को विवाह गरेपछि स्वतः सम्बन्ध विच्छेद मानिने कानुन छ । सम्बन्ध विच्छेद भइसकेको पत्नीसँग आफ्नो सम्पत्ति माग्ने ठाउँ छैन । सम्पति लिएर छोराछोरीसमेत छोडेर जाने कतिपय महिलाहरूका कारण श्रीमान् र छोराछोरीहरू सडकमा माग्ने अवस्थामा पुगेको देखिरहेका छौँ । कतिपय अवस्थामा विवाह गर्दै र सम्पत्ति सङ्कलन गरेको सत्य बाहिर आएका छन् । यस्तो अवस्थामा अर्को ठाउँमा बिहे गरेर गएपछि पहिलो लोग्नेबाट ल्याएको सम्पत्ति छोराछोरीलाई छोडेर जाने वा पूर्व लोग्नेलाई फिर्ता गर्नुपर्ने प्रस्ताव आएको हो । महिलाले पछि विवाह नै गरेनन् वा एकल भएर बसेमा सम्पत्ति फिर्ता गर्नु नपर्ने व्यवस्था त छँदै छ । त्यस्तै महिलाले माइतीबाट पाएको पैतृक सम्पति वा अरू निजी सम्पति लोग्नेलाई दिनुपर्ने होइन । अर्को विवाह गरेपछि नयाँ श्रीमान्को सम्पत्तिमा अधिकार सिर्जनामा कुनै अवरोध हुने पनि होइन । पूर्व पतिबाट पनि सम्पत्ति लिने र हाल भएको श्रीमान्को सम्पत्तिमा पनि हक जमाउने यो दोहोरो र तेहोरो सम्पतिको अधिकार उत्पन्न हुनसक्छ । महिलाले नयाँ बिहे गरेर गएको घरमा सम्पत्तिको अधिकार बलियो बनाउने हो । महिला पूर्वपतिको अंशले बलियो हुने होइन । यो महिला अधिकार हो कि सम्पत्तिको लोभ ? भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्छ ।
महिला सुरक्षाको दृष्टिले पनि पूर्व श्रीमानको सम्पत्ति त्याग्नु उपयुक्त हुन्छ । सम्बन्ध विच्छेद भएकी महिला भन्नेबित्तिकै योसँग सम्पत्ति छ भन्ने प्रलोभनमा द्रव्यपिशाच व्यक्ति नजिकिने हुनसक्छ । सम्पत्तिकै लागि उसले बिहे गर्ने र सम्पतिकै लागि अपराधसमेत गर्नसक्छ । सम्पत्ति सकिएपछि पुरूष फेरि अर्को सम्पत्ति भएकी सम्बन्ध विच्छेद भएकी महिला खोज्दै हिँड्ने सम्भावना रहन्छ । यसले समाजमा अपराध बढाउँदै लैजान्छ । यसरी महिलाहरू झन् हिंसामा पर्ने सम्भावना हुन्छ ।
Leave a Reply