नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
भुटान र भारतको सिक्किम सीमासँग जोडिएको दोक्लाम सन् १८९० को बृटिश–भारत र चीनको सन्धिअनुसार चीनको भूभाग हो । यो भारतका सरकारहरूले पनि स्वीकार गरेका हुन् । चीनले आफ्नो भूभाग दोक्लाममा सडक निर्माण गर्दा सिक्किम भएर भारतीय सेना चिनियाँ भूमि डोक्लाम पस्यो र चीनको सडक निर्माण कार्य रोक्यो । चिनियाँ भूमि दोक्लाममा चीन र भारतको सेना आमनेसामने (स्टाण्ड अफ) अवस्थामा रहेको डेढ महिना भयो । पञ्चशीलको सिद्धान्तविपरीत भारतीय सेना चीनको डोक्लाम पसेकै कारण अहिले चीन–भारत तनावको स्थितिमा छ । भारतले भुटानको संरक्षणको लागि चिनियाँ भूमिमा सेना पुगेको दाबी गरेको छ तर यो सत्य होइन । भारतले चीनको भूभागमा पसेर चीनको सडक निर्माण कार्य किन र कसको आडमा रोक्यो ? यो प्रश्न उठिरहेको छ ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रको स्थितिमा छ भने सन् २०२१ मा विश्वको पहिलो अर्थतन्त्रमा पुग्नेछ । सन् २०४९ अर्थात् चिनियाँ क्रान्तिको १०० वर्षमा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा दुई गुणा पुग्नेछ । चीनका राष्ट्रपति सी जिनपिङ्गले एसिया, युरोप र अफ्रिका जोड्ने ‘बेल्ट एण्ड रोड’ नयाँ सिल्क रोड निर्माणको बृहद् परियोजना सार्वजनिक गर्नुभएपछि अमेरिकी साम्राज्यवाद तिर्मिराएको छ ।
भारतले अमेरिकी साम्राज्यवादबाट थप सहयोग पाउन संयुक्त युद्ध अभ्यास गर्ने, हातहतियार खरिद गर्ने, विसाखापटनमा अमेरिकी सेना राख्ने सम्झौता ग¥यो । अमेरिकी साम्राज्यवादकै सहयोगमा सन् १९५९ देखि चीनको तिब्बतबाट भागेका दलाई लामालाई भारतले आश्रय दिंदैछ । भारतले सन् १९७५ मा सिक्किम कब्जा ग¥यो । अब भारत भुटान कब्जा गर्दैछ । तराई–मधेस अलग गरी नेपाल कब्जा गर्ने पनि भारतको तयारी रहेको धेरै समय अघि सार्वजनिक भइसकेको छ । सन् १९४९ को भारत र भुटानको शान्ति तथा मैत्री सन्धिमा भुटानको विदेश सम्बन्ध र सुरक्षा भारतको निर्देशनमा हुने उल्लेख थियो । तर भुटानले सन् २००७ मा भारतसँग गरेको सन्धिमा भुटानको विदेश सम्बन्ध र सुरक्षा भारतको निर्देशनमा हुने भन्ने बुँदा हटाइसकेको छ । चीनले आफ्नो भूमिमा बनाएको सडक निर्माणलाई निहँु बनाएर भुटानलाई स्वतन्त्र हुन नदिन भारत चिनियाँ भूमिमा पुगेको हो । अमेरिकी साम्राज्यवाद चीन–भारतबीच तनाव बढाएर एसियामा तेस्रो विश्व युद्ध थोप्न खोज्दैछ । भारतीय सेना चिनियाँ भूमिबाट अविलम्ब फिर्ता हुनुपर्दछ । भारतीय सेना चिनियाँ भूमिबाट फिर्ता नभएसम्म कुनै वार्ता नहुने चिनियाँ अडान उचित छ । चीन–भारत युद्ध भए नेपालले भारतको पक्ष लिनुपर्ने एक नेपाली परराष्ट्रविद्को भनाइ सार्वजनिक भएको छ । यो भनाइ पञ्चशीलको सिद्धान्तविपरीत भएको हुँदा निन्दनीय छ । अमेरिकी साम्राज्यवादकै उक्साहटमा सन् १९६२ मा चीनसँग भएको सीमा युद्धमा भारतको हार भएको थियो । दक्षिण एसियामा छाडा साँढे बन्ने सपना त्याग्न र सबै छिमेकी र दक्षिण एसियाली देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्न भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
(२०७४ साउन १५ गत संसदको विशेष समयमा राख्नुभएको मन्तव्यको सार)
Leave a Reply