युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
पेइचिङ, २७ मार्च (ग्लोबल टाइम्स) । चीनको मन्त्रिमण्डल सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका छिमेकी देशहरू पाकिस्तान, अफगानिस्तान, भारत र नेपालको भ्रमण गर्नुभयो । केही मानिसहरू वाङको भ्रमणलाई रुस–युक्रेन लडाइँको बीच ‘आफू कूटनीतिकरूपमा एक्लो परिने भय’को कारण भएको बताएका छन् । रुस–युक्रेन सङ्कटको सन्दर्भमा दक्षिण एसियाली देशहरूसहित अधिकांश चीनका छिमेकीहरूले चीनकै जस्तै मिल्दोजुल्दो मत व्यक्त गरेका छन् । यसले चीन र उसका छिमेकी देशहरूले संसारका केही प्रमुख मुद्दामा साझा मत बनाउन सक्छन् भन्ने प्रमाणित गरेको छ ।
तथापि, वाङको भ्रमणको आयाम भने युक्रेन सङ्कटको आयाममा मात्र सीमित छैन । यसले मुख्यतः चीनको छिमेकी कूटनीति प्रवद्र्धन गर्नुका साथै विशेषतः भारत र नेपालसँगका केही क्षेत्रीय मुद्दा समाधान गर्नमा लक्षित थियो । चीनले अझै पनि छिमेकी देशलाई ठूलो महत्व दिने गरेको र भविष्यमा पनि छिमेक कूटनीतिमा पेइचिङको मुख्य ध्यान केन्द्रित हुनुपर्ने देखाएको छ ।
संरा अमेरिकाले चीनका छिमेकी देशहरूसँगै संसारभर द्वन्द्व उछालिरहेको छ । ती लडाइँमा वाशिङ्टनले मुख्यतः पेइचिङलाई निशाना बनाएको छ । उदाहरणको लागि दक्षिण एसियाली क्षेत्रमा संरा अमेरिकाले चीनविरोधी सङ्गठनमा भारतलाई तान्ने प्रयास गरिरहेको छ भने नेपाललाई सहस्राब्दी चुनौती परियोजना (एमसीसी) मा लोभ्याउन खोजिरहेको छ । एमसीसी चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड (बीआरआई) विरूद्ध संरा अमेरिकाले अघि सारेको पूर्वाधार सहायता कार्यक्रम हो ।
तर, संरा अमेरिकाको नयाँ विश्व रणनीतिमा दक्षिण एसियाको त्यत्ति ठूलो उल्लेखनीय स्थान छैन । विगतमा आफूले ध्यान दिननसक्दा चीनले सो क्षेत्रलाई ‘आफ्नो प्रभावमा पार्ने’ अवसर छोपिसकेको वाशिङ्टनको बुझाइ छ । अहिले संरा अमेरिकाले चीनमाथि ध्यान केन्द्रित गरिरहेको हुँदा दक्षिण एसियाली देशहरूको महत्व पनि बढेको छ । संरा अमेरिकाले धेरै स्रोत खर्च नै नगरी चीनका केही छिमेकीहरूलाई फकाउन सफल पनि भएको छ । त्यसले वाशिङ्टनलाई उत्साहित बनाएको छ । उसलाई चीनमाथि नियन्त्रण जमाउन सकिने विश्वास बढेको छ ।
त्यही भएर संरा अमेरिकाले उसको बुझाइमा चीनको ‘प्रभाव क्षेत्र’ लाई छिन्नभिन्न बनाउन थप स्रोत परिचालन गर्नुका साथै थप सक्रिय पनि बनेको छ ।
चीनलाई शीतयुद्धकालको अर्को सोभियत सङ्घ बन्नु छैन । यस्तो कुरा चीनको नीतिमै उल्लेख छैन । तथापि, संरा अमेरिकाले चीनलाई त्यही आँखाले हेरिरहेको छ । चीनले संसारको कुनै ठाउँमा केही काम गर्न खोज्यो भने संरा अमेरिका हतारहतार त्यो यज्ञमा फोहोर गर्न आइपुगिहाल्छ । चीनको कूटनीतिको निम्ति यो नै अहिलेको नयाँ चुनौती हो ।
चीनका सबै छिमेकी देशहरूसँग सहकार्यका केही अपेक्षा छन् । ती सबै अपेक्षा उनीहरूका लाभमा आधारित छन् । त्यसकारण, संरा अमेरिका र चीनबीचको प्रतिस्पर्धामा चीनका अधिकांश छिमेकी चीन र संरा अमेरिकाबीचको द्वन्द्वमा आफू फस्न चाहेका छैनन् । यी दुई ठूला शक्तिशाली देशहरू आपसमा लड्दा दुवैबाट लाभ लिन सकिने ती देशहरूको सोचाइ छ ।
चीनको छिमेक कूटनीतिलाई थप सक्रिय बनाइनुपर्छ । अर्को शब्दमा भन्दा चीनले एउटा जिम्मेवार देशको भूमिका खेल्न जारी राख्नुपर्छ । क्षेत्रीय सहकार्य थप विस्तार गर्नुपर्छ । अरू देशहरूसँग सहकार्य घनिभूत बनाउनुपर्छ । अनि छिमेकी देशहरूलाई सहकार्यबाट दिगो लाभको अनुभूति गराउनुपर्छ । त्यसको ठीक उल्टो संरा अमेरिकासँग अन्य देशले गरेको सम्झौताले सीमित लाभ र बढी समस्या निम्तिएको प्रस्ट देख्नेछन् ।
चीनको तीव्र उदय र विकास भइरहेको बेला चीनले कस्तो खालको विदेश नीति लिन्छ भन्ने कुराले ठूलो महत्व राख्छ । विश्व महाशक्तिको रूपमा चीनले धेरैभन्दा धेरै जिम्मेवारी बहन गरिरहेको छ । यो दृष्टिकोणबाट चीनले अरू देश र अन्तर्राष्ट्रिय समुदायसँग अन्तरसंवादमा ध्यान दिनुपर्छ । चीनले अहिलेसम्म यही गर्दै आएको छ । यस्तो खालको सहकार्यबाट चीनले आफ्नो विकासमात्र गरेको छैन, बरू अरू देशमा पनि विकासको अवसर सिर्जना गरेको छ । चीनले जे गरिरहेको छ, त्यो न्यायपूर्ण छ र चीन आफ्नै र छिमेकी देशहरूको हितमा छ ।
Leave a Reply