युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
भक्तपुर, १३ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा भक्तपुर ब्याडमिन्टन सङ्घको आयोजनामा भएको राष्ट्रव्यापी प्रथम ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले खेलकुद मित्रता, स्वास्थ्य, अनुशासन र सार्वभौमिकताको लागि हुनुपर्ने आवश्यकता औँल्याउँदै १८ वर्ष माथिका सबै युवाहरूलाई सैनिक तालिमको व्यवस्था गर्नु खेलकुदअन्तर्गत नै हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले सबै विद्यालय र कलेजमा खेलकुदको व्यवस्था गर्नु जरूरी छ । खेलकुदबारे शैक्षिक पाठ्यक्रममा राख्नुपर्दछ ।”
जसरी खेलाडी र टीमले आफू जित्न खेलकुदको नियममा बसेर खेल कौशल प्रदर्शन गर्छन् । त्यसरी नै सरकारहरूले देश र जनताको हितमा काम गर्नु जरूरी छ, नेपालमा सरकारहरूले यसरी काम गरिरहेका छैनन्, सचिव सुवालले बताउनुभयो ।
शिक्षा–स्वास्थ्य निःशुल्क, स्वदेशमै रोजगारी, अत्यावश्यक वस्तु र सेवाको उत्पादन र वितरणको जिम्मा लिने सरकारको औचित्य पुष्टि हुने धारणा उहाँले राख्नुभयो ।
शासक दलहरूले पारित गरेको एमसीसी सम्झौता पान्डोराको बाकस हो । पान्डोराको बाकस खुल्नासाथ दुःख–पीडा, हत्या–हिंसा, युद्ध, अभाव निस्केको थियो । एमसीसी सम्झौताले यस्तै परिणाम दिनेछ । त्यसैले नेमकिपाले विरोध गरेको हो, सांसद सुवालले बताउनुभयो ।
रूसले युक्रेनमा असैन्यीकरण चाहेको हो, युद्ध होइन । देउवा सरकारले युक्रेनको बारे रूसविरूद्ध संरा सङ्घमा मत दिएको असंलग्न सिद्धान्त र पञ्चशीलको सिद्धान्तविपरीत हो, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले खेलाडीहरूले खेलमा पदक हासिल गर्नुको साथै देश र विदेशको स्थितिबारे जानकारी राख्नु जरूरी रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष राजेन्द्र प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, ब्याडमिन्टनका केन्द्रीय अध्यक्ष राजाराम जोशी र भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply