भर्खरै :

भारतसँग खुला सीमाको हानि

काठमाडौँ, १४ चैत । भारतसँग खुला सीमा भएर नेपालको हात्तीसमेत तस्करी भइरहेको र पर्साको पकाहामैनपुर गाउँपालिका–५, पोखरियाबाट दुई ओटा घरपालुवा हात्ती र माउतेसहित प्रहरी पक्राउमा प¥यो । एउटा हात्ती उमेरअनुसार १ देखि ३ करोड रुपियाँसम्म भारतमा बिक्री हुने गर्छ । (अन्नपूर्ण दैनिक, २०७८ चैत १४)
धरान खानेपानी आयोजनाको ठेकेदार कम्पनीले १ अर्ब ७१ करोड रुपियाँ भुक्तानी लगे पनि आयोजनाको निर्माण सम्पन्न गरेन । ३५ दिनदेखि घरमा पानी नआएको जनताको गुनासो छ । धरानका जनप्रतिनिधि, खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीको मिलेमतोमा आयोजनामा चरम भ्रष्टाचार भएको हो । (उही)
शासक दलका नेताहरू पालैपालो प्रम र मन्त्री बन्छन् तर अनियमितता उस्तैमात्र होइन झन्झन् बढिरहेको छ ।
के चाँगुको घटना साँचो हो ?
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७८ मंसिर २६ गते चाँगुनारायण नगरपालिका भक्तपुरको सडक निर्माण र अन्य ठूला योजनाहरूको दस्तावेज तथा अन्य खरिद र भुक्तानीमा अनियमितता भएको बिल–भर्पाई कब्जा गरेको समाचार राससमा प्रकाशित भएको थियो ।
अख्तियारका अधिकृत ऋषिराम भट्टराईको नेतृत्वमा भएको सो छानबिनमा के भयो ? अहिलेसम्म सार्वजनिक भएको छैन । अख्तियारबाट छानबिन सुरू हुने भएपछि चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र एमालेको माधव पक्ष त्यागेर ओली पक्षमा गएको चर्चा उहिल्यै चलेको थियो । चाँगुनारायण नगरपालिकामा ८१ स्थानमा बिनाअनुमति निजी प्लटिङ भइरहेको र यसमा प्रति प्लटिङको ४ आना जग्गा कमिसन लेनदेन भइरहेको पनि चाँगुभरि व्याप्त छ ।
खानेपानीको मुहान सुक्ने गरी नगरकोट बागेश्वरीको भङ्गेरी डाँडाको सार्वजनिक वन मासेर खेलमैदान निर्माण र चाँगुनारायण मन्दिर भएको डाँडा नै भासिने गरी पोखरेल टोल नजिक खेलमैदान निर्माणकै नाममा बालुवा उत्खननमा पनि करोडौँ रुपियाँ घोटाला भएको समाचार पनि थियो । यसका अपराधीहरूलाई कारबाही नभएकोमा स्थानीय जनताको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *