‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
वारविक विश्वविद्यालयका राजनीतिक अर्थशास्त्रका सेवा निवृत्त प्राध्यापक रोबर्ट स्किडेल्सीको ‘रुसमाथिको थप प्रतिबन्धमा पुनः विचार गरौँ’ शीर्षकमा ‘प्रोजेक्ट सिन्डिकेट’ बाट प्रकाशित लेखमा भनिएको छ, “दुःखद सत्य यो हो कि पश्चिमा मुलुकले रुससँग युद्ध गर्ने धम्कीबाहेक अन्य उपायबाट युक्रेनलाई मद्दत गर्न सक्दैनन् । तर, यसलाई स्वीकार्नु भनेको प्रतिबन्धात्मक नीतिको औचित्यमाथि नै प्रश्न उठाउनु हो ।” (नयाँ पत्रिका–७ चैत, २०७८)
पश्चिम (बेलायत, संरा अमेरिका आदि) ले युक्रेनको लडाइँमा रुसमाथि लगाएको आर्थिक नाकाबन्दीबारे पूर्वप्राध्यापक रोबर्ट स्किडेल्सीले सन् २००७ को बेलायतको माथिल्लो सदन (हाउस अफ् लर्डस्) को एक प्रतिवेदनको निष्कर्ष प्रस्तुत गर्दै रुसमाथिको आर्थिक प्रतिबन्धमाथि असहमति जनाउँदै लेखेका छन्, “अन्य नीतिलाई छाडेर प्रयोग गरिने आर्थिक प्रतिबन्धले मुख्य नीति परिवर्तन गर्ने लक्ष्यलाई सफल गराउने सम्भावना कम हुन्छ ।”
दक्षिण अफ्रिकामा लगाइएको प्रतिबन्ध जातीय भेदभाव (अपार्थाइड) को विरोधमा भएको हुँदा विश्वले साथ दियो । तर, रुसमाथि लगाइएको प्रतिबन्ध टर्की, भारत र चीनले समर्थन नगरेको हुँदा असफल हुनुको साथै उल्टै रुसले तेल र ग्यासको आपूर्ति बन्द गराउन सक्ने हुनाले पूरा युरोपमा असर पर्नेछ ।
रोबर्ट स्किडेल्सीको दृष्टिमा रुसलाई नाकाबन्दी लगाउनुका निम्न उद्देश्य हुनुपर्छ–
(क) रुसका सम्भ्रान्त वर्गले बेलायत र संरा अमेरिका एवम् अन्य पश्चिमेली देशहरूका बैङ्कमा राखेको अर्बाैँ र खर्बाैँ रकममाथि प्रतिबन्ध लगाएपछि त्यस वर्गले पुटिनलाई अपदस्थ गर्नेछ वा युद्ध अन्त्य गर्न दबाब दिनेछ ।
(ख) आर्थिक प्रतिबन्ध लगाउने शक्ति नै युद्धको कारक बन्नेछ । (वास्तवमा सत्य त्यही हो– संरा अमेरिका, बेलायत र नेटोका केही देशहरूले नै युक्रेनलाई रुसविरोधी गतिविधि गर्न सन् २०१४ भन्दा अघिदेखि नै उक्साइरहेका थिए ।)
(ग) धम्की र युद्ध असफल भएमा प्रतिबन्धको नीतिमाथि नै औचित्यको प्रश्न उठ्नेछ ।
(घ) अधिकांश व्यापार आपराधिक हुन्छ र यसले भ्रष्ट एवम् दमनकारी सरकारलाई फाइदा पु¥याउँछ । (लेखकको यस भनाइ समाजवादी देशबारे होइन भन्ने बुझिन्छ ।)
सम्भवतः संरा अमेरिका र नेटोका कारण सोभियत सङ्घका सिद्धान्तच्युत नेताहरूले अमेरिकी धम्की एवम् चिप्लो घसाइ तथा आणविक युद्धबाट तर्सेर पश्चिमसामु आत्म–समर्पण गरे । संरा अमेरिका र नेटोले सोभियत सङ्घमा सेना घटाउन, आणविक हात–हतियार नष्ट गर्न एवम् नयाँ–नयाँ हतियारको उत्पादन कम गर्न लगाए । उनीहरूले पारदर्शी (‘ग्लासनोष्ट’) तथा ‘पुनः संरचना’ (पेरोस्ट्रोइका) को नाममा पार्टी, सरकार, सेना, प्रशासन तथा विज्ञान र प्रविधिको क्षेत्रका प्रस्ताव समेत स्वीकार गराउँदै अन्तमा सोभियत सङ्घलाई १५ टुक्रामा विभाजित गराई समाजवादी समाजमा पुँजीवादको पुनः स्थापना गराए । त्यस्तै, सजिलै नेटोको विस्तारलाई रुसी महासङ्घले अस्वीकार गरेमा ‘धम्की र युद्ध’ को नीति समेत लागु गर्न नेटोको सैन्य तालिम, जीवाणु युद्धको निम्ति अमेरिकी प्रयोगशालाहरू युक्रेनमा केन्द्रित गर्नुका साथै अनेक आणविक हात–हतियार भण्डारण गरेको अहिले संसारको अगाडि खुला भयो ।
(ङ) धम्की र युद्ध गरेरै रुसमा नेटो विस्तार गर्ने निश्चयकै कारण संरा अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई ‘युद्ध अपराधी’ घोषणा गरे ।
राष्ट्रपति बाइडेनको ‘युद्ध अपराधी’ घोषणा ‘उनको मनको कुरा’ मात्र भएको तथा अमेरिकी सरकारको निर्णय होइन भनी सच्याउन खोजिएको छ । यो सरासर झूट र अमेरिकी प्रशासनको संसारमा त्रास फैलाएर रुसमाथि अन्तर्राष्ट्रिय दबाब बढाउने कुटिल चालमात्र हो ।
राष्ट्रपति पुटिनलाई ‘युद्ध अपराधी’ भन्नुको अर्थ संरा अमेरिका र नेटोले बाहिर चर्चा भएअनुसार रुसले आत्मसमर्पण नगरे ‘तेस्रो विश्वयुद्ध’ हुनेछ भन्दा पनि अमेरिकाले विश्वयुद्ध गर्ने घोषणा गरेको सम्झँदा अत्युक्ति हुनेछैन ।
रोबर्ट स्किडेल्सीको आर्थिक प्रतिबन्धको उद्देश्य रुसी सम्भ्रान्त वर्गबाट रुसमा नेतृत्व बदल्न लगाउन खोजेको सङ्केतले प्रस्ट छ, रुसी महासङ्घलाई पनि पुनः विभाजनको योजना प्रस्तुत गरेर युराल पर्वतको पूर्वी भागलाई नेटोले भागबन्डा गर्ने योजना देखिन्छ ।
सोभियत सङ्घमा स्तालिनपछिका नेता किरोभको हत्याकाण्डमा पनि पश्चिमी देशको हात थियो । स्तालिनको मृत्युपछि पनि छानबिनबाट पूर्व गृहमन्त्री र अन्य पदाधिकारीहरूलाई समेत मुद्दा चलाइएको थियो । यसरी पश्चिमले रुसमाथि प्रत्यक्ष र अप्रत्यक्ष हमला गर्न नछोडेको इतिहासले छर्लङ्ग पार्छ ।
सन् २०१९ देखि नै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले लुहान्स्क र डोनेत्स्क गणतन्त्रमा दमनचक्र चलाएकोबारे पश्चिमी प्रचारमाध्यम पूर्णरूपले मौन रहे । केही दिन पहिलेसम्म रुसको क्षेप्यास्त्रले क्षति भएका भवनहरूमात्र देखाइँदै थियो । तर, हिजो र अस्ति युक्रेनको जेलेन्स्कीको सरकारले गरेको बमबारी भनी एक रुसी सैनिक अफिसरले टीभीमा बताउँदै थिए । यसरी पश्चिमी सञ्चारमाध्यमले युक्रेन घटनाका अनेकौँ सत्यकथालाई लुकाएको साबित हुँदै छ ।
पुटिनलाई ‘युद्ध अपराधी’ घोषणाले इतिहासका केही तथ्य अगाडि आउँछन्, हिटलर र मुसोलिनीलाई आफ्नै मानिसले मारेको हल्ला गरिएको थियो । जापानी प्रधानमन्त्रीलाई अमेरिकी सैनिकले उनकै घरको बैठकमा मारेका थिए । इराकी राष्ट्रपति सद्दाम हुसेनलाई अमेरिकी कठपुतली इराकी सरकारको अदालतले फाँसीको सजाय दिएको थियो । लिवियाली राष्ट्रपति गद्दाफीलाई पनि जनताको नाममा अमेरिकी गुप्तचर विभागकै मानिसहरूले मारेको समाचारमाध्यमले दिएकै थिए ।
हिजोदेखि पुटिनकै अङ्गरक्षकहरूले राष्ट्रपति पुटिनको हत्या गर्न खोजेको भनी पक्राउ गरेको हल्ला पनि चलाइँदै छ ।
दुई – तीन दिनदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संरा अमेरिका र रुस दुवैसँग आणविक शक्ति हुँदा तेस्रो विश्वयुद्ध हुने भन्दै रुसले अणुअस्त्रको परीक्षण गरेका तस्बिरहरू देखाउँदै थियो । यसको अर्थ पुटिनले अणुबम प्रयोग गर्ने प्रचार गर्नु हो ।
दोस्रो विश्वयुद्धमा जापानले हिन्द–चीनका तेल क्षेत्र कब्जा गरेपछि सन् १९४१ अगस्तमा अमेरिकाले तेल र ग्यास निर्यातमा प्रतिबन्ध लगायो ।
“जापानले पर्ल हार्बरमा आक्रमण गरेर त्यसको जवाफ दियो”, रोबर्ट स्किडेल्सी लेख्छन् । तर, उनले त्यसपछि मात्र अमेरिकाले हिरोसिमा र नागासाकीमा अणुबम खसालेको सङ्केत गरे ।
हिजोआज पश्चिमी सञ्चारमाध्यमले अणुअस्त्र प्रयोग गरेमा रुस संसारबाट एक्लिने र बदनाम हुने आदि प्रचार अभियान सुरु गर्नुको दुई अर्थ देखिन्छ– एक, रुसले अणुअस्त्र प्रयोग गरेमा रुस एक्लिने र निन्दित हुने । दुई, संरा अमेरिकाले हिरोसिमा र नागासाकीमा अणुअस्त्र खसाले पनि अमेरिका एक्लिएन किनभने उसले न्यायको लडाइँ लडेको हो र लड्दै छ भनी देखाउने । यसको अर्थ संरा अमेरिकालाई युक्रेनलाई निहँु बनाएर रुसमाथि अणुअस्त्र प्रयोग गर्न बाध्य नपार्न रुसको नेतृत्व, पुटिनलाई हटाएर रुसलाई अमेरिका र नेटोको हातमा सुम्पनुपर्छ भन्ने हो ।
Leave a Reply