‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
सन् १९४१–१९४५ को महान् देशभक्तिपूर्ण युद्ध
सन् १९४२ मा सोभियत रुसले जर्मन फासीवादसँग ब्यारेन्ट्स सागरदेखि ब्ल्याक ‘कालो’ सागरको ठूलो मोर्चामा त्रूmर हमलाविरुद्ध लड्न परेको थियो । जर्मन सेना सोभियत रुसको भूमि युक्रेन, बेलारुस र बाल्टिक गणतन्त्रहरू डोनबास र अन्य क्षेत्रहरू गुमाउँदै थियो । दक्षिण सिमानाबाट लेनिनग्राडमाथि घेराबन्दी र नाकाबन्दी निर्मम बनिसकेको अवस्था थियो । नाजीसँगको हिंसात्मक प्रतिरोध जारी थियो । लेनिनग्राडमा ९०० दिनको त्यो बहादुरीपूर्ण प्रतिरोध सोभियत इतिहासमा गौरवसाथ उल्लेख गरिन्छ । लेनिनग्राडका निम्ति सोभियत सरकारले आफ्नो सम्पूर्ण क्षमता, स्रोतसाधन प्रयोग गरेको थियो । जमेको लाडोगा तालदेखि लेनिनग्राडसम्मको बाटो (तालको सतह बरफ जमेको) लेनिनग्राडका निम्ति रक्तनली जस्तै बन्यो । त्यो बरफको बाटो नहुँदो हो त लेनिनग्राड नाजीको घेराबन्दीमा ९०० दिन बाँच्न सक्दैनथ्यो । लेनिनग्राडलाई स्वतन्त्र गर्न लडिरहेका लालसेना, सोभियत कमान्डरहरूका निम्ति पानी, खाना, ऊर्जा, स्वास्थ्योपचार, लत्ताकपडा त्यही तालबाट लेनिनग्राड पु¥याइन्थ्यो । लेनिनग्राडको कष्टसाध्य प्रतिकार चल्दैथियो । उता नोभेम्बर १९, १९४२ को असाध्यै कठ्याङ्ग्रिँदो बिहान नाजी सेनाले भोल्गा नदी किनारको घाँसेमैदानमा बमबारी सुरु ग¥यो । बमबारीको भयङ्कर आवाजसँगै स्तालिनग्राड बिउँझियो । त्यहीँबाट स्तालिनग्राड प्रतिरक्षा र प्रतिकारको अर्को शृङ्खला सुरु भयो ।
स्तालिनग्राडको लडाइँ क्षेत्र र महत्वका हिसाबले यसअघिका सम्पूर्ण लडाइँभन्दा संवेदनशील थियो, महत्वपूर्ण थियो । करिब साढे ६ महिना विशाल भोल्गा क्षेत्र रणमैदान बन्यो । करिब २० लाख सोभियत सैन्य टुकडी स्तालिनग्राड रक्षाको मोर्चामा खटाइएका थिए । स्तालिनग्राडको त्यो लडाइँमा नाजीसेनाले १५ लाख सैन्य अफिसर र सेना गुमाए । अझ भनौँ, सोभिय–जर्मन मोर्चामा सहभागी एकचौथाइ सेना गुमाए ।
स्तालिनग्राडमा सोभियत रुसको विजय दोस्रो विश्वयुद्धमा निर्णायक बदलाव ल्याउन निकै महत्वपूर्ण लडाइँ साबित भयो ।
भोल्गा क्षेत्रको लडाइँ, लेनिनग्राडमा जारी सोभियत सेनाको दृढतापूर्ण प्रतिकार एवम् लडाइँ, २५० दिन र रात सेभास्तोपोलमा भएको प्रतिकार लडाइँका कथाहरू पुस्तकले समेटेको छ । पुस्तकमा सन् १९४२ को लडाइँको अध्याय अझ रोमाञ्चक अनुभव हुन्छ । थुप्रै लेखक, कमान्डरहरूको अनुभव यसभित्र छन् ।
पुस्तकभित्र कमान्डर मार्सल एलेक्जान्डर भासिलेभ्स्की (ब्भिहबलमभच ख्बककष्भिखकपथ) को लडाइँ क्षेत्रको अनुभव सङ्ग्रहित छ । उनले आफ्नो सैन्य जीवन पहिलो विश्वयुद्ध कालमै सुरु गरिसकेका थिए । सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपछि उनी लालसेनासँग जोडिए र थुप्रै एकाइहरूको कमान्डमा खटाइए ।
जनरल स्टाफ एकेडेमीबाट शिक्षादीक्षा प्राप्त गरिसकेपछि उनलाई सर्वोच्च कमान्डकै निर्देशनमा अति महत्वपूर्ण र संवेदनशील क्षेत्रको मिसनमा पठाइयो । सन् १९४१–१९४५ को महान् देशभक्तिपूर्ण युद्धकालमा उनी जनरल स्टाफका प्रमुख थिए । उनी पहिलो उपरक्षामन्त्री बने । उनी तेस्रो बेलारुसी मोर्चाको कमान्डर थिए । मार्सल भासिलेभ्स्कीले सुदूर पूर्वी क्षेत्रको जापानी रूटमा पनि सैन्य कमान्डरको भूमिका निर्वाह गरे । युद्धपछि उनी धेरै वर्षका निम्ति रक्षामन्त्रीको जिम्मेवारीमा रहे । उनले आफ्नो युद्धसंस्मरणलाई पुस्तक ‘जीवन–कार्य, ीषभ(धयचप’ को नाम दिएका छन् । पुस्तकमा त्यही पुस्तकको एउटा अंश छापिएको छ, स्तालिनग्राड क्षेत्रको लडाइँको अंश ।
उनी नेता स्तालिनकै निर्देशनमा डोन नदी र भोल्गा नदी किनारमा खटिएका थिए । स्तालिनग्राड रक्षा अहम् र महत्वपूर्ण प्रश्न एवम् चुनौतीका रूपमा खडा थियो । स्तालिनग्राडको भौगोलिक अवस्था र आर्थिक अवस्थाले रणनीतिक निर्णयमा महत्वपूर्ण भूमिका खेल्ने निश्चित थियो । सन् १९४२ नै लालसेनाका निम्ति असाध्यै कष्टकर वर्ष बन्यो । बमबारूदको कर्कस ध्वनि, धुँवाले दिन र रात उस्तैउस्तै लाग्न थालेको थियो । ठूल्ठूला भवनहरू बमले उडाउने क्रम रोकिएको थिएन, बारूदको तापले बाटोको अलकत्रासमेत पग्लिन रोकिएको थिएन । बमको हमलाले तेल जम्मा गरिएको कन्टेनर फुटेर भोल्गा नदीमा पोखियो । नदी पूरै बलिरहेको थियो । ४ महिनासम्म त जर्मन सेनाले सोभियत सेनालाई दिनुसम्मको सास्ती दियो । स्तालिनग्राड कब्जा उनीहरूको अभियानसँग जोडियो । हिटलर सम्बोधन गर्दै थिए –“हामी आँधी बनेर स्तालिनग्राड कब्जा गर्छौँ । उठ र जिततर्फ अगाडि बढ ¤” हिटलरलाई हेक्का थिएन भोल्गा नदीको त्यो किनारमा रुसको महान् देशभक्तिपूर्ण लडाइँ र दोस्रो विश्वयुद्धकै छिनोफानो हुनेछ । जर्मन फासीवाद हार्नेछ ।
सोभियत सेनाले एक सेकेन्डको लागि पनि आफ्नो प्रतिज्ञा, समर्पण र सङ्घर्षलाई विश्राम दिएनन् । सोभियत सेनाको इमानदारी र समर्पणले स्तालिनग्राडले विजयको मुकुट पहिरन सफल भयो । सोभियत सेनाको बहादुरीबाट प्रभावित संरा अमेरिकी राष्ट्रपति रूजवेल्टले सन्देश पठाएका थिए –“सम्पूर्ण संरा अमेरिकी जनताको तर्फबाट स्तालिनग्राड सहरलाई बधाई ¤”
रुसी सेनाको बहादुरी, इच्छाशक्ति, बुद्धिमत्तापूर्ण लडाकु भावनासहित लडेको स्तालिनग्राडको लडाइँ वास्तवमै इतिहासमा अमर रहनेछ । भविष्यका निम्ति उत्साह र ऊर्जाको ठूलो स्रोत बन्ने छ । स्तालिनग्राडमा सोभियत रुसले गाडेको विजयको झन्डाले नाजी हमलाकारीहरूलाई रोक्यो । दोस्रो विश्वयुद्धका नाजी जर्मनविरोधी गठबन्धनलाई पनि विजयतर्फ अघि बढायो ।”
वास्तवमा स्तालिनग्राडमा बुर्जुवाहरू र नाजी सेनाले सोभियत सेनाको सैन्य कौशलको न्यूनाङ्कन गरेको देखियो । नाजी जनरलहरूले आफ्नो हारपछि आफ्नो घमण्डलाई स्वीकारे । स्तालिनग्राडको लडाइँमा नोभेम्बर १९, १९४२ मा सोभियत रुससँग १० लाख ५०० सैन्य टुकडी, १३ हजार ५४१ तोपखाना, ८९४ टैङ्क, १,११५ सैन्य विमान थिए भने नाजीसँग १० लाख ११ हजार ५०० सैन्य फौज, १० हजार २९० तोपखाना, ६७५ टैङ्क र १,२१६ सैन्य विमान थिए । नाजीको तुलनामा सोभियत सेनासँग तोपखाना र टैङ्कबाहेक केही बढी थिएन । यद्यपि, फासीवादी गठबन्धनको हार त्यहीबाट सुरु भयो ।
स्तालिनग्राडको तरङ्ग जर्मनले कब्जा गरिसकेका समाजवादी देशहरूमा पुग्यो । पुनः स्वतन्त्रता आन्दोलनहरू युरोपका समाजवादी देशहरूबाट उठ्न थाल्यो । समाजवादी रुसको प्रभाव बढ्न थाल्यो । फासीवादी जर्मनलाई स्तालिनग्राडले कमजोर र दाँत÷नङ्ग्राविनाको बाघ प्रमाणित ग¥यो ।
तर, रुसका अन्य क्षेत्रहरूको अवस्था रुसको हातमा थिएन । बाल्टिक जनगणतन्त्र, बेलारुस र युक्रेन, मोल्डाभिया, रुसको पश्चिमी र दक्षिणी भेग नाजीहरूले धमाधम कब्जा गर्दैथिए । लेनिनग्राडमा रुसी जनता र सेनामाथिको ज्यादतीले पराकाष्ठा नाघ्दै थियो । मस्कोलाई घेराबन्दीमा राख्न थालिएको अवस्था थियो । यी सबैसबै अप्ठ्याराहरूबीच सोभियत सरकारले एउटा बलियो कार्यनीति बनायो । लडाइँमा पनि आर्थिक विकास नरोक्ने नीति, कारखानाहरूमा उत्पादन सुचारु गर्ने नीति त्यो समयका लागि निकै चुनौतिपूर्ण मान्नुपर्छ । हातहतियार, मेसिनगन, तोपखाना र प्रविधियुक्त युद्ध सामग्रीको उत्पादनलाई चुस्त बनाइयो । सम्पूर्ण मजदुरहरूलाई नथाकी, विचलित नबनिकन आफ्नो कर्ममा जुट्न आह्वान गरियो । किसानहरूलाई युद्ध र बमबारूदको आवाजसँग डराएर घरभित्र नरहन तथा उत्पादनलाई अगाडि बढाउन आह्वान गरियो । उत्पादन क्षेत्रहरूलाई विशेष सुरक्षा प्रदान गरियो ।
स्तालिनग्राडलाई विशेषगरी नेता स्तालिनकै निर्देशनमा हेरियो । उहाँले जनरक्षा कमिसारको हैसियतले आदेश नं. २२७ मा हस्ताक्षर गर्नुभयो । त्यो निर्देशन या आदेश प्रतिकात्मक लडाइँको माथिल्लो दर्जाको आदेश थियो । शत्रुलाई सिध्याउने आदेश । आदेश नं. २२७ युद्धको इतिहासमै सबैभन्दा बलियो दस्तावेज हो† देशभक्तिको बलियो प्रमाण हो† सङ्घर्षको भावनाको उँचो उदाहरण हो भन्दा उपयुक्त हुनेछ । त्यसपछि शत्रु झन् आक्रामक ढङ्गले अगाडि बढ्यो । नाजी सेनाले धमाधम कब्जा गर्ने नीति लियो । बदलाको भावनासहित सहर र गाउँहरू ध्वस्त बनाउन हदैसम्मको बल प्रयोग ग¥यो । महिलाहरूलाई बलात्कार गर्ने, जनताको घरघरमा लूट मच्चाउने, अनाहकमा मान्छे मार्ने, काट्ने, जलाउने जस्ता बर्बरता र ज्यादती देखायो । नाजीसेना राक्षस तथा हिंस्रकका रूपमा प्रस्तुत भयो ।
सिमानामा बस्ने सोभियत सेना र जनताबीच लेनिनग्राड हा¥यो, मस्को हा¥यो, स्तालिनग्राड हार्दै छ भन्ने झूटको प्रचार ग¥यो । भूगोलको विशालताका कारण सञ्चार जटिल बनिरहेको त्यो बेला झूट स्वीकारेर आत्मसमर्पण गर्ने थोरै मानिस पनि नभएका होइनन् तर रुस भूगोलमात्र थिएन । सोभियत रुस मजदुर, किसान, बौद्धिक र व्यापक जनताको देश थियो । भूगोलसँगै जनसङ्ख्या गुमाउँदै गरेको रुसमा आशाको दियो ननिभोस् भनेर नेता, कमान्डरहरूले खुब लडे । आफ्नालाई गुमाउनुपरेको शोकमा कोही बुबा–आमाले आत्महत्या गर्नु युद्धमा हार्नुभन्दा ठूलो मानसिक हार हो भन्ने सोभियत सेनालाई थाहा थियो ।
अग्रमोर्चामा लडिरहेकाहरूलाई हातहतियारको आपूर्ति, आदेश र निर्देशन ठिक समयमा प्राप्त हुनुले धेरै महत्व राख्दछ । सकेसम्म शत्रु परास्त गर्दा जनता र भौतिक सम्पत्ति क्षति नहोस् भन्ने उद्देश्य लालसेनाले राख्यो । लडाइँ मैदानमा अनुशासनको कमी अनुभव हुनेबित्तिकै कमान्डरहरूबाट उपल्लो तहमा जानकारी पठाइन्थ्यो । फलामे अनुशासन, कडा आदेशबीचको तालमेलले गर्दा नै लडाइँले सही मार्ग लिन्छ । स्तालिनग्राडको लडाइँले यही शिक्षा दिन्छ ।
हिटलरले सोभियत सेना नाजी सेनासामु झुकेको गलत प्रचारले सोभियत सेनालाई झन् आक्रोशित बनायो । स्तालिनग्राडको अवस्था नारकीय बनाउन हिटलरले कुनै कसर बाँकी छोडेनन् । पानी, टेलिफोन, ट्रामलाइनहरू र सहरको रेल्वे लाइन नै काटे । त्यतिमात्र होइन, विद्युत्को लाइनसमेत काटियो ।
यस्तो अवस्थामा समेत सोभियत सेनालाई अलिकति पनि हतास हुने छूट थिएन । निराश र विचलित हुने छूट छँदै थिएन । तिनको काँधमा जित र हारको फैसला थियो । ‘समाजवाद या फासीवाद’ कै छिनोफानो गर्ने समय थियो । स्तालिनग्राडको अवस्था कमजोर बनेपछि नेता स्तालिनले पठाउनुभएको सन्दर्भ मार्सल भासिलेभ्स्कीले जोडेका छन् ।
नेता स्तालिन, जुकोभ र भासिलेभ्स्कीको सघन सञ्चार र छलफल, योजना निर्माणले प्रतिफल दिएको कुरा पुस्तकमा छ ।
पत्रकारहरूको आँखाबाट पनि स्तालिनग्राडको लडाइँबारे विश्लेषण गरिएको छ । शान्तिको पक्षमा उभिने पत्रकार इलिया इरेन्वर्ग (क्ष्थिब भ्जचभलदगचन) को आँखाबाट सन् १९४२ को लडाइँलाई हेरौँ ¤ उनले जीवनभर फासीवादविरुद्ध कलम चलाए । सन् १९४२ सेप्टेम्बर २४ मा उनले लेखे –“यतिबेला विश्वको आँखा भोल्गा किनारमा छ । स्तालिनग्राडको भयानक युद्ध र लडाइँमा विश्वको आँखा टक्क अडिएको छ ।” भोल्गाको बारे उनले सुन्दर शब्दहरू व्यक्त गरेका छन् – “भोल्गा दुई विश्वको अग्रमोर्चामा छ । भोल्गा रुसबाट मात्र बग्दैन रुसको मुटु भएर बग्छ । भोल्गा रुसको इतिहासकै सुन्दर पक्ष हो । भोल्गा देशको सम्पत्ति मात्र होइन रुसी जनताले गाउने गीतको भाव समेत हो । भोल्गाले यो युद्ध पनि व्यहोरेको छ ।”
स्तालिनग्राड उनको आँखामा मजदुरहरूको सहर थियो । तिनले युद्धकालीन समयमा पनि आफ्नो काम रोकेनन् । शत्रु तिनका कारखानाहरूमा नपुगून् भनेर सोभियत सेनाले पहरेदारी गर्दै नाजीसेनालाई परास्त गरेका थिए ।
उनले स्तालिनग्राडमा रुसी सभ्यताबारे चर्चा गरेका छन् । रुसलाई एउटा सभ्यताको देशको रूपमा उभ्याएका छन् । हरेक युद्ध सभ्यता, विचारसँगै त्यहाँको अर्थतन्त्रमाथि हमलाको उद्देश्यले हुने गर्दछ । समाजवादी अर्थनीतिले समृद्ध बन्दै गरेको रुसको अर्थतन्त्र कमजोर बनाउने उद्देश्य जर्मन सेनाको पक्कै थियो । त्यसविरुद्ध सोभियत सरकारले युद्धमा पनि उत्पादन गरी एक किसिमको चमत्कार देखायो ।
स्तालिनग्राडको लडाइँलाई एक अग्रमोर्चामा लडेका सेना युरी बोन्दरिभको आँखाबाट पनि हेरिएको छ । उनी युद्धमैदानमा तोपखाना अफिसरका रूपमा थिए । गोर्की साहित्य संस्थाबाट उनले स्नातक गरे । उनले युद्ध र युद्धपछिको जीवनको विषयमा थुप्रै पुस्तकहरू लेखेका छन् । उनी लेनिन पुरस्कारका विजेता पनि हुन् । उनको ‘तातो हिउँ’ (१९६९) ले स्तालिनग्राडकै लडाइँको चर्चा गर्छ । जर्मन सेनाको शक्ति र हातहतियार व्यवस्थापन तथा सोभियत सेनाको तयारीको लेखाजोखा छ । अग्रमोर्चामा रहँदा हातहतियार र ठिक समयमा आदेशको अभावले ल्याउने सम्भावित क्षतिको आकलन गरी उनले गरेको अगुवाइको विषयमा लेखिएको छ । मानिसको जीवनरक्षा, भूमिको रक्षा, मृत्युको मुखबाट फर्कनु जत्तिकै कठिन कार्य थियो । युद्धमा हारजित हुन्छ । हार–जितको मूल्य रगत नै हो । रगतको विकल्पले हार–जितको टुङ्गो हुन सक्दैन । भोल्गा नदीको उत्तर र दक्षिणमा त्यही जितको निम्ति रगत बगेको इतिहास उनले लेखेका छन् । युद्ध मैदानमा लेफ्टिनेन्ट, कमान्डर र सेनाको भूमिकालाई औपन्यासिक स्वरूप दिएका छन् । लेफ्टिनेन्ट बेस्तोनोभ, डोर्जडोभ्स्की, कुज्नेट्सोभ, जोटोभ, कमान्डर मुटुअस्भिली, लरमोन्टोभ जस्ता थुप्रै कमान्डरका विषयमा, उनीहरूका योगदानका विषयमा चर्चा गरिएको छ ।
लेफ्टिनेन्ट गाइडुकले लडाइँ मैदानमा छँदा आफ्नी श्रीमती र छोरालाई सम्झेको कथा मार्मिक छ । सपनामा उनकी श्रीमती छोरालाई भन्दै थिइन् –
“छोरा, सुत !
म एउटा कथा भन्छु
तिम्रा बुबाले कसरी लड्नुभयो
तिमी आनन्दले सुतिरहँदा
तिम्रा बुबा तिम्रो मिठो निद्राको लागि
बैरीसँग लड्दै हुनुहुन्छ
हाम्रो भूमि हामीसँग खोस्न
आएका राक्षसी शत्रुविरुद्ध
लड्दै हुनुहुन्छ
शत्रु हिंसा, हत्या र आक्रमण रोक्दैन
तिम्रा बुबा बहादुर सिपाही हुनुहुन्छ ।
लडाइँमा घाइते हुनुभएको छ
मेरो पहिलो सन्तान
मेरो छोरा
तिमी सुत !
तिम्रा बुबा हाम्रो मिठो
निद्राको निम्ति
रात रातभर जागेर
लडिरहनुभएको छ ।”
लेफ्टिनेन्ट गाइडुक एक प्रतिनिधि सेना हुन् जो घर सम्झन्थे । आफ्नो सन्तान र भविष्यका निम्ति लड्थे । युद्ध भूमिका हरेक सिपाहीका आ–आफ्नै कथा र व्यथा थिए तर तिनले हिम्मत नहारी लडे । सोभियत स्तालिनग्राडको लडाइँको विजय फासीवादमाथिको विजयको लडाइँ थियो । देश र माटोको निम्ति देशभक्त सोभियत जनताको लडाइँ थियो ।
Leave a Reply