तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १५ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो बस्तीभित्र परम्परागत शैलीमा निजी घर तथा भवन निर्माण गर्ने नगरवासीहरूलाई प्रोत्साहनस्वरुप घरको मोहडामा प्रयोग हुने काठ, इँटा तथा झिँगटीको मूल्याङ्कन गरी सोको ३५ प्रतिशत बराबरको अनुदान मङ्गलबार वितरण गरियो ।
भक्तपुर नगरपालिकाको काठ, इँटा र झिँगटी खरिदसम्बन्धी कार्यविधि २०७५ अनुसार उक्त अनुदान सम्बन्धित नगरवासीहरूलाई वितरण गरिएको हो ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले भक्तपुरलाई सुन्दर र सफा बनाएर बाह्य र आन्तरिक पर्यटकहरूको निम्ति घुम्ने र हेर्नलायकको गन्तव्यस्थल तथा अध्ययन गर्ने स्थलको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुरको सम्पदा नेपालको मात्र होइन विश्वकै सम्पदा भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले के गर्दा बढ्ता देश र जनताको हित हुन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
शरीरलाई स्वस्थ बनाउन मान्छेले समय – समयमा स्वास्थ्य परीक्षण गराएझैँ घरहरू पनि बेलाबखत मर्मत सम्भार गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सकेसम्म स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी घर निर्माण गर्दा भरपर्दाे, बलियो, सस्तो र सुरक्षित हुने बताउनुभयो ।
पुराना घर निर्माण गर्दाको कला, सीप र प्रविधिबारे नयाँ पुस्तालाई पनि सुसूचित पार्न या पुरानो प्रविधि अनन्तसम्म कायम राख्न कोर्सबुक बनाउन सके देशकै निम्ति फाइदा हुने अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
आफूले आफैलाई नचिनेर दुःख पाइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले विकासको नाउँमा भिख माग्ने प्रवृत्ति ठीक नभएको बताउनुभयो ।
समाज र जनतालाई बिगार्ने काम सह्य नहुने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “हरेक काम गर्दा स्थानीय प्रबुद्धसँग परामर्श लिनुपर्छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका सभापति सुनिल प्रजापतिले अनुदान सहयोग कार्यविधिभित्र रहेर पुरानो बस्तीभित्र मापदण्डअनुसार घर निर्माण गर्ने घर धनीले अनुदान पाउने विचार व्यक्त गर्नुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल, कला र संस्कृतिको सहर, ज्ञान विज्ञानको केन्द्र, सफा – सुन्दर सहर बनाउने योजनाअनुसार भनपाले कार्य गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “समाजवादी विचारबाट प्रभावित भएर जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम भइरहेको छ ।”
कार्यविधि कानुन पारित भएपछि मात्रै अनुदान सहयोग पाउने विचार व्यक्त गर्दै उहाँले यो सहयोग नयाँ बस्तीभित्र लागु भएको छैन भन्नुभयो । अनुदान लिइसकेपछि अनियमितता गरे सो रकम क्षतिपूर्तिसहित फिर्ता लिने हुँदा मापदण्ड नमिच्न पनि उहाँले आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गासाईले मौलिक शैलीको आवास गृह बनाउनेतर्फ सबैको एकमन र एकचित्तका साथ अघि बढे त्यो नयाँ पुस्ताको निम्ति प्रेरणाको स्रोत हुनेछ भन्नुभयो ।
भक्तपुरको सौन्दर्यकरण विस्तारमा सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले मौलिक शैली सम्पदा जोगाउन जनप्रतिनिधिहरूसँगै नगरवासीहरूको पनि उत्तिकै सहयोग आवश्यक छ भन्नुभयो ।
“पराम्परागत मौलिक सम्पदाभित्र ज्ञान, प्रविधि, विज्ञानमात्र होइन उन्नत जीवन पनि जोडिएको हुँदा त्यसको संरक्षण गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।
दरबार हेरचाह अड्डा तथा स्मारक संरक्षणका कार्यालय प्रमुख अरुणा नकर्मीले मौलिक शैलीका परम्परागत घर तथा भवनहरू कालान्तरमा सम्पदा हुने उल्लेख गर्दै पुराना प्रविधिहरू हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
मौलिक सम्पदा तथा सामग्रीलाई पुनर्जीवित बनाउन समय – समयमा मर्मत सम्भार गरिरहनुपर्नेमा जोड दिँदै उहाँले पुराना सामग्रीहरू फेरि उपयोग गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
हाम्रो आफ्नै स्रोत र सामग्री प्रयोग हुँदा वातावरण अनुकूलमात्र होइन धेरै उपयोगी र फाइदा हुने प्रस्ट पार्दै उहाँले भन्नुभयो, “हाम्रो प्रविधि गलत होइन, समयमा बुद्धि नपु¥याउँदा घरहरू भत्केका र बिग्रेका हुन् ।”
मौलिक कायम राखेर सम्पदा संरक्षण गर्ने काममा भनपा नै अगाडि रहेको पनि उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति भन्ने नारालाई सार्थक बनाउन नपा निरन्तर लागिरहेको विचार व्यक्त गर्नुभयो ।
व्यवस्थित नगरको परिकल्पना पूरा गर्न मापदण्डभित्र रहेर नगरवासीले मौलिक शैलीमा घर निर्माण गरे नगर सुन्दर र सभ्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “मानव निर्मित संरचना र प्राकृतिक प्रकोपबाट हुने क्षति जोगाउन मापदण्डको पालना गर्न जरुरी छ ।” भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले अनुदान सहयोगको आवश्यकताबारे चर्चा गर्दै भक्तपुर नगरको मौलिक स्वरूपलाई जीवन्तता बनाइराख्नु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्दै यहाँका सम्पूर्ण घरहरू भूकम्प प्रतिरोधी र मौलिक शैलीको बनाउने सोचले नपाले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा मौलिक शैलीमा घर बनाउने २६ जना घरधनीलाई ७९ लाख ८५ हजार ९२५ रुपैयाँ आथिक अनुदान सहयोग वितरण गरिएको थियो ।
Leave a Reply