भर्खरै :

एमाले र माओवादी केन्द्र–दुवै दक्षिणपन्थी हलगोरु

एमाले र माओवादी–केन्द्रका अध्यक्षहरू केपी ओली र प्रचण्डको बीचमा ‘को दक्षिणपन्थी’ भन्ने जुवारी चल्यो । (कान्तिपुर– १६ साउन २०७४)
नेपाली जनता भूकम्पले थिलथिलो भएको बेला छिमेकी र मित्र भनिने मोदी सरकारले नाकाबन्दी लगाएर मित्रको उल्टो काम गरेकै बेला माओवादी–केन्द्रले भारतीय एकाधिकार पूँजी ‘परस्त’ नेपाली कांग्रेसलाई समर्थन ग¥यो र त्यसको सिलसिला चालु छ । सम्भवतः यस अर्थमा ओलीले देश र जनतालाई अकल्पनीय दुःख–कष्ट दिने भारतीय एकाधिकार पूँजीका सहयोगी प्रचण्डलाई ‘नामको वामपन्थी, कामको दक्षिणपन्थी’ भन्नुमा आश्चर्य मान्नुपर्दैन ।

पार्टीभित्र गुण्डा, हत्यारा, अपराधी, ठेकेदार, घर–जग्गा, व्यापारी र कर्मचारीतन्त्र, जमिनदार र पूँजीपति वर्गको बाहुल्यता तथा निर्वाचन शैलीले दुवै पूँजीवादी र दक्षिणपन्थी समेत सावित हुन्छ ।

प्रजातान्त्रिक आन्दोलनको बेला सामन्तवादविरोधी संघर्षमा तटस्थ बस्नु वा सामन्तवादको समर्थन गर्नु निश्चय पनि ‘दक्षिणपन्थी’ हुन्छ भने क्रान्ति र समाजवादको नाममा प्रजातान्त्रिक आन्दोलनकै विरोध गर्नु ‘वामपन्थी’ अवसरवाद हुनेछ । भारतले नेपालविरुद्ध नाकाबन्दी गर्नु शत्रुकै व्यवहार हो र दक्षिण एसियाका देशहरूमाथि अनेक असमान सन्धी र धम्की दिएर आफ्नै सुरक्षा छातामुनि राख्न खोज्नु वा सिक्किमलाई जस्तै भुटानलाई पनि निल्न खोज्नु ‘विस्तारवाद’ नै हो । साम्राज्यवाद र विस्तारवाद प्रतिक्रियावादी रुपहरू नै हुन् । यसकारण भारतीय विस्तारवादका समर्थकहरू सबै प्रतिक्रियावादको सहयोगी बन्नु ‘दक्षिणपन्थी’ नै हो, लुगाको रंग के हो र मुखले जे भनिए पनि व्यवहार उल्टै भएको प्रष्ट हुन्छ ।
प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भने –‘एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी दक्षिणपन्थी संशोधनवादी धारलाई मलजल गरेर प्रतिगमनतिर लैजान षड्यन्त्रमा सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागि रहेका छन् ।’
ओलीप्रतिको प्रचण्डको भनाईको सार हो – एमाले खस बडा राष्ट्र अहंकारवादको जगमा खडा भएको क्रान्ति विरोधी पूँजीवादी, सामन्तवादी र भारतीय विस्तारवादी शक्तिकै सहयोगी हो ।
प्रचण्डको भनाईलाई यसरी अथ्र्याएमा माओवादी– केन्द्रलाई समेत यही आरोप एमालेबाट फर्काउने निश्चय छ । नेतृत्व तहमा उच्च जातीय प्रभाव रहनु, राप्रपा र मधेसवादीहरूसँग राम्रो समझदारीमा रहनु आदि दक्षिणपन्थ र भारतीय विस्तारवादकै सहयोग ठहर्नेछ ।
धार्मिक कट्टरता राष्ट्रवाद र जातिवादले मुसोलिनी र हिटलरको फासीवाद र नाजीवादमा पु¥याउनेछ । कम्युनिष्टहरू सर्वहारा अन्तराष्ट्रवादी हुनछन् – राष्ट्रवादी होइन । देशभक्त हुन्छन् तर एकाधिकार पूँजी, अन्धराष्ट्रवाद र संकीर्ण राष्ट्रवादी हुँदैनन् ।
१५ साउन २०७४ को कान्तिपुरमा ‘एमाले राष्ट्रियताको पहरेदार हो’ भन्ने भनाईबाट प्रचण्डको ‘राष्ट्रवाद’ सँग सामञ्जस्य राख्छ । माओवादी–केन्द्र र एमालेले बारम्बार सरकारको नेतृत्व ग¥यो तर उत्पादनका साधनहरू सामाजिकीकरण गर्ने, ‘योग्यताअनुसारको काम, कामअनुसारको ज्याला’ र व्यक्तित्व विकासमा समान अवसरबारे केही काम नगरेकोमात्रै होइन नेपाली कांग्रेसकै पिछलग्गु बन्यो । पार्टीभित्र गुण्डा, हत्यारा, अपराधी, ठेकेदार, घर–जग्गा, व्यापारी र कर्मचारीतन्त्र, जमिनदार र पूँजीपति वर्गको बाहुल्यता तथा निर्वाचन शैलीले दुवै पूँजीवादी र दक्षिणपन्थी समेत सावित हुन्छ ।
-श्रमिक साप्ताहिक, १७ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *