नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
दक्षिणी एसियामा भारतको विस्तारवादी नीतिले भुक्तभोगी नेपालीहरू आफै जानकार छन् । नारायणी नदी नेपालमै छ, तर नेपाली कांग्रेसको सरकारले गण्डक सम्झौता गरेर नेपाली भूमिलाई सुख्खा पा¥यो । सम्झौताअनुसार ८५० क्युसेक पानी नेपाललाई दिए पनि रौतहतबाहेक पर्सा र बारा जिल्लालाई पानी पुग्दैन । नेपालको पानी, नहर नेपालमा तर ‘गण्डकको साँचो भारतसँग’ छ । (नेपाल साप्ताहिक– २२ साउन २०७४) ‘पानी बाँडफाँट सम्झौता पालन नहुँदा नेपाली किसान मर्कामा ¤’
वर्षायामको स्थिति यस्तो छ भने हिउँदमा के होला ? के नेपालका नहरहरूका सबै पानी भारतले लिने उद्देश्यले नै नेपाली युवाहरूलाई विदेश पठाउने योजना कतै भारतीयषड्यन्त्र त होइन ? एकातिर खेती गर्ने युवा किसानहरू नै नभएपछि बाँझो जग्गालाई पानी चाहिन्न, भारतले सबै पानी पाउने भयो । अर्कोतिर, विदेशबाट युवाहरूले पठाउने ज्याला वा रेमिट्यान्स भारतले पाउने भयो । हिजो भारतीय रुपैयाँ र नेपाली रुपैयाँ चल्थ्यो, अब नेपालसँग डलर नै लिन्छ । १५ साउन २०७४ को कान्तिपुरले लेख्यो –‘गण्डक नहर, भारतद्वारा सम्झौता उल्लंघन’, भारतले नेपालतर्फ ८५० क्युसेक पानी पठाउनुपर्नेमा मुश्किलले ५६० क्युसेकमात्र पठाइरहेको छ ।
छिमेकी देश बंगलादेशलाई पनि भारतले सम्झौताअनुसार पानी पठाउने गर्दैन । श्रीलड्ढालाई पनि २५ वर्षसम्म जातीय सशस्त्र संघर्ष गर्न दियो, अहिले पनि एक तिहाई पेट्रोलियम पदार्थ भारतसँग लिनैपर्ने बाध्यतामा फसाउन खोज्दैछ । साथै भारत र श्रीलड्ढाको बीचको टापूहरूमा भारतले पुल बनाउन चाहन्छ, यसको निम्ति श्रीलड्ढालाई भारतीय विस्तारवादले दबाब दिंदैछ ।
बंगलादेश नेपालबाट हरियो साग, फलफूल, काठ, ढुंगा आदि सामान किन्न चाहन्छ र नेपाललाई पाइपलाइनमै ग्यास दिन तयार छ । तर भारतले निर्वाध बाटो दिन चाहँदैन । त्यस्तै पाकिस्तानमाथि गोली हानाहानको स्थिति छ र काश्मिरमा सँधै काश्मिरी जनता र भारतीय सेना र प्रहरीबीच ढुंगा हानाहान र हत्याहिंसा हुँदैछ । भुटान एक सार्वभौम देश हो, तर भारतले भुटानलाई आफ्नै मातहत राख्न चाहन्छ, चीनसँग बाटो जोडेर भुटान व्यापारमार्फत आफ्नो समृद्धि चाहन्छ, भारत भने चीन र भुटानको बीचमा बाटो बनाउने दिन चाहँदैन ।
यसरी भारतले सिक्किमलाई जस्तै भुटानलाई भारतमा मिलाउन चाहन्छ । हिजो सिक्किमका नेताहरूलाई फकाएर आपसमा लडाएर संसदको बहुमतले भारतमा मिलाउन दियो, अब भुटानमा ‘फुट गर र राज गर’ भन्ने नीतिअनुसार भारतले भुटानी जनतामाझ अनेक जालसाझी गर्दैछ ।
सिक्किम र भुटानमा भारतीय सिपाहींहरूले नेपाली मूलका जात–जातिहरूलाई चीनविरोधी प्रचार गर्दै चीनमाथि हमला गर्न सैनिकहरूलाई तालिम दिंदै गरेको भारतीय टिभीहरूले दिंदैछन् ।
संरा अमेरिकाले एसियाका दुई ठूला देश भारत र चीनलाई झगडाको बीऊ छर्दैछ । अमेरिकी साम्राज्यवादले भारतसँग एक आणविक सम्झौता ग¥यो, हात–हतियार बेच्यो, अमेरिकासँग संयुक्त युद्धअभ्यासहरू ग¥यो, तथा भारतको विशाखापटनममा अमेरिकी जलसेनाको अड्डा बनायो र अमेरिकी जलसेनाले हिन्द महासागरमा गस्ती गर्दैछ । छोटोमा भारतको नरेन्द्र मोदी सरकार अमेरिकी साम्राज्यवादको कठपुतली बन्दैछ । यो राम्रो लक्षण होइन । १९६२ मा संरा अमेरिकाकै निर्देशनमा दलाई लामा भारतमा ल्याइयो र भारत–चीन सम्बन्धमा तिक्तता निम्त्यायो ।
Leave a Reply