भर्खरै :

जापानले आणविक फोहोर पानीको उत्सर्जन योजनाको अन्त्य गर्नुपर्छ

टोक्यो, १२ अप्रिल (सीआरआई) । गत वर्षको अप्रिल १३ का दिन जापान सरकारले फुकुशिमा आणविक ऊर्जा संयन्त्रको फोहोर पानी समुद्रमा उत्सर्जन गर्न निर्णय गरेको थियो । हाल टोकियो इलेक्ट्रिक पावर कम्पनीले अन्तर्राष्ट्रिय जगतको आलोचना र १ लाख ८० हजार जापानी सर्वसाधारणको संयुक्त विरोधको बेवास्ता गरेर यसै अप्रिलमा उपसामुद्रिक बहिर्गमनको निर्माण गर्ने योजना बनाएको छ । जापानी मिडियाले दिएको जानकारीअनुसार, जमिन कार्यकम पूरा भएर सम्बन्धित कार्य तयारी चलिरहेको छ । सन् २०२३ वसन्तमा आणविक फोहोर पानी उत्सर्जन गर्ने अनुमान गरिएको छ ।
फुकुशिमा आणविक ऊर्जा संयन्त्र आवर्लमा उच्चस्तरीय आणविक घटना थियो । त्यसको आणविक फोहोर पानीमा प्रशस्त रेडियोन्यूक्लाइड भएकाले सामान्य सञ्चालनमा उत्सर्जन गरिएको पानीको गुणस्तरभन्दा पूर्ण रूपमा फरक छ । त्यसका साथै समुद्रमा आणविक फोहोर पानीको उत्सर्जनको यसअघि कुनै नमुना थिएन । त्यससँग ठूलो अज्ञात खतरा छ ।
जापानी मिडिया योमिउरी शिम्बुनको पछिल्लो जनमत तथ्याङ्कअनुसार, ५०प्रतिशतभन्दा बढी जापानीहरूले उक्त समुद्रमा आणविक फोहोर पानीको उत्सर्जन योजनाको विरोध गर्नुका साथै सम्बन्धित व्यवसायका गन्यमान्य व्यक्तिहरूले पनि सक्दो प्रयास गरेर विरोध गरिरहेका छन् । जापानी माछा उद्योग महासङ्घका प्रमुखले ५ तारिख सरकारसमक्ष दृढताका साथ विरोध गर्ने धारणा दोहो¥याएका थिए । तर जापान सरकारले यी विरोधी आवाजबारे कुनै प्रतिक्रिया दिएको छैन ।
त्यसको कारणबारे विश्लेषण गर्दा एकातिर जापानले अर्थतन्त्रको तर्फबाट प्रत्यक्षरूपमा आणविक फोहोर पानीको उत्सर्जन गरेमा लागत घटाउनुका साथै दीर्घकालीन प्राविधिक अनुसन्धानको समस्या पनि हटाउने विचार गरेको छ । अर्कातिर अमेरिकाले स्वदेशी नाफाबाट जापानको उक्त निर्णयलाई सार्वजनिक रूपमा समर्थन दिएको छ ।
सक्दो प्रयास नगरी, सम्बन्धित सूचना पूर्णरूपमा सार्वजनिक नगरेको र वरिपरिका देशहरू तथा अन्तर्राष्ट्रिय संस्थासँग पूर्णरूपमा सल्लाह नगरेको अवस्थामा जापानको उक्त निर्णय अत्यन्त गैरजिम्मेवार हो ।
पृथ्वी मानवजातिको साझा घरपरिवार हो । सन्तानका लागि जापानले तुरून्तै रूपमा आणविक फोहोर पानीको उत्सर्जन योजना अन्त्य गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *