भर्खरै :

देश र जनताको सेवा गर्ने योग्य विद्यार्थीको तयारी

भक्तपुर, २९ चैत । ख्वप कलेज अफ इन्जिनियरिङ र ख्वप इन्जिनियरिङ्ग कलेजको आयोजनामा शिक्षक र कर्मचारीहरूबीच मङ्गलबार शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजमा विकृति आइरहेको हुँदा शिक्षक तथा कर्मचारीले देश र समाजको बारेमा सोच्न आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका उत्कृष्ट नगरपालिका छनोट हुनुमा जनताको साथ र सहयोग भएको उल्लेख गर्दै नगरपालिकाअन्तर्गत ७ वटा शैक्षिक संस्था, ख्वप अस्पताल, घरदैलो नर्सिङ्ग सेवा, सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माण, स्थानीय पाठ्यक्रमको निर्माण आदि कार्य भइरहेको बताउनुभयो ।
कोभिड–१९ सङ्क्रमणको जटिल समयमा पनि अक्सिजन प्लान्ट जडान गर्न जनताबाट हृदयदेखि नै साथ र सहयोग पाएको चर्चा गर्दै उहाँले सम्पदा पुनःनिर्माणमा स्थानीय जनताकै उपभोक्ता समितिमार्फत कार्य भइरहेको बताउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउन तथा सांस्कृतिक नगर बनाउन आवश्यक सुझाव उपलब्ध गराउन पनि उहाँले अनुरोध गर्नुभयो ।
ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य ई. सुजन माकले कलेज स्थापनाको उद्देश्य पूरा गर्न गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षासँगसँगै देश र जनताको सेवा गर्नसक्ने योग्य विद्यार्थी तयारीमा लागिरहेको बताउनुभयो । उहाँले आगामी वर्ष भूकम्प तथा विपद् व्यवस्थापनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने र आउँदो वैशाख ९ गते त्चभलमक ष्ल ब्चअजष्तभअतगचभ विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य ई. सुनिल दुवालले यस वर्ष कलेजमा नयाँ विद्यार्थी भर्नाको लागि अहिलेसम्मकै बढी आवेदन परेको चर्चा गर्दै कलेजका विद्यार्थी रमण श्रेष्ठ इन्जिनियरिङ्ग विधामा विश्वविद्यालयमा सर्वोत्कृष्ट भएको बताउनुभयो । कलेजले शिक्षक तथा विद्यार्थीहरूले गर्ने अनुसन्धान कार्यलाई प्रोत्साहन गरी आगामी वर्ष एजम् गर्ने प्राध्यापकको सङ्ख्या अझ बढ्ने विश्वास व्यक्त गर्दै ख्वप मोडेलको बारेमा छलफल आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा कलेजका उपप्राचार्यद्वय ई. रवीन्द्र फोँजु, ई. रत्नशोभा प्रजापति, प्राडा राजुभाइ त्यात, डा. चन्द्रकिरण कवां, डा. मन्जिप शाक्य, आ. लिवास फैजु, ई. योगेश बज्राचार्य, ई. रमेश बाला, ई. विकास चवाल, आ. रिजिना बज्राचार्य, ई. राकेश ग्वाछा, ई. दिनेश गोठे, नवराज बुढाथोकी, भेषबहादुर थापा, अमित प्रजापति, सिद्धिराम सुवाल, सञ्जय मानन्धर, काजीबहादुर पञ्च, राजन जती, जसतारा कोजुलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *