नेपालीहरू भारतविरोधी होइनन् – ५
- कार्तिक १५, २०८३
मानववाहक अन्तरिक्ष यानको फिर्ती क्याबिन सुरक्षितरूपमा पृथ्वीमा अवतरण भएको छ । अन्तरिक्षमा ६ महिना बसेका तीनजना चिनियाँ अन्तरिक्ष यात्रीले सफलताका साथ आफ्नो काम पूरा गरेका छन् । यसपटक उनीहरूले धेरै अन्तरिक्ष कार्य पूरा गरेका छन् । अन्तरिक्ष यात्रीहरूले दुईपटक स्पेस क्याप्सुलबाट निस्केर अन्तरिक्ष यात्रा गरेका छन् । यसबाट अन्तरिक्ष यात्रीको जीवन प्रत्याभूति, स्टेसनमा सामग्रीको पुनः प्रयोग, सामग्रीको आपूर्तिलगायत केन्द्रीय प्रविधि प्रमाणित गरिएको छ । यसले भविष्यमा लीगमा अन्तरिक्ष यानको निर्माण गर्न, अन्तरिक्ष स्टेसन र यान जोड्न, अन्तरिक्ष स्टेसन र मानवविहीन अन्तरिक्ष यान जोड्नका लागि अनुभव सङ्कलन गरेको छ । उनीहरूले दुई पटक ‘अन्तरिक्ष कक्षा’ दिएर शिक्षा र सांस्कृतिक प्रसार कार्यक्रमहरू गरेका छन् । यसले चिनियाँ विद्यार्थीहरूको मनमा अन्तरिक्षको अन्वेषण गर्ने बीउ रोपेको छ ।
शनचौ १३ नम्बर अन्तरिक्षयानको काम सफलतापूर्व सम्पन्न भएको छ । चिनियाँ अन्तरिक्ष स्पेस स्टेसन परियोजना चाँडै निर्माण चरणमा प्रवेश हुनेछ । प्राप्त सूचनानुसार, चीनले थप अन्तरिक्षयानलाई अन्तरिक्ष स्पेस स्टेसनमा पठाउनेछ । यसबाट अन्तरिक्ष स्पेस स्टेसनको तौल १०० टन पुग्ने छ । यसअघि विश्वसामु चीनको अन्तरिक्ष स्पेस स्टेसन खुला र समावेशी हुने धारणा चीनले धेरैपटक व्यक्त गरेको छ । चाइना अन्तरिक्ष विज्ञान तथा प्रविधि कम्पनीको पाँचौँ एकेडेमीअन्तर्गत अन्तरिक्ष स्पेस स्टेसन प्रणालीका उपप्रमुख डिजाइनर पाइ लिनहौले पत्रकारसँगको अन्तर्वार्तामा भन्नुभएको थियो, “अन्तरिक्ष स्पेस स्टेसनलाई मानव जाति सबैका लागि राष्ट्रिय स्तरको अन्तरिक्ष प्रयोग मञ्चको रूपमा निर्माण गर्ने नै चीनको लक्ष्य हो । चिनियाँ स्पेस स्टेसन सम्पूर्ण मानव जातिको लागि अन्तरिक्ष अन्वेषण गर्ने एक महत्वपूर्ण स्टेसन बन्ने विश्वास छ । अन्तरिक्ष प्रविधिप्रति चीनको अन्वेषण र विकासले मानव अन्तरिक्ष विज्ञानको प्रगतिलाई अघि बढाउने आशा गरिएको छ ।
Leave a Reply