भर्खरै :

तालिबानी सोचको एक ‘फटाहा’ नेता

‘जस्तो गुरू उस्तै चेला’ भनेजस्तै ओलीका आउरेबाउरेको नसा–नसामा पनि घृणा र झूट भरिएको छ । हुन त ‘उठी उठी मुत्नेको छोरोले घुमी घुमी मुत्छ’ भन्ने लोकोक्ति नै छ । स्थानीय चुनावको मुखमा ७६ जिल्लाकै जनताको विश्वासमा टिकेको भक्तपुर नगरपालिकाबाट सञ्चालित विभिन्न ‘ख्वप शैक्षिक संस्थाहरू’ माथि गोयबल्सका परचक्री सन्तानहरूले अनापसनाप आरोप लगाई भ्रामक हल्ला फैलाएका छन् ।
ठूलाठूला व्यापारीले पर्ती जग्गा मिचेर चलाएको कलेजमा दलाली भाग खान पाएपछि गरिब जनताका छोराछारी पढ्ने कलेजमाथि एकजना व्यक्तिले गिद्देदृष्टि लगाएको रहेछ । तिनै व्यापारीहरूले आफ्नो निजी कलेजमा विद्यार्थी सङ्ख्या बढाउन यी व्यक्तिलाई सार्वजनिक कलेजबारे भ्रम छर्न लगाएको कुरा कसैबाट लुकेको छैन । यही कारण सो ‘फटाहा’ ख्वप कलेजमाथि विषवमन गर्दै छ । तालिबानले अफगानिस्तानमा धर्मको आडमा महिलालाई पढ्नबाट वञ्चित गरेको छ भने शैक्षिक माफियाको दानापानीमा बाँच्ने एकजना भक्तपुरका ‘फटाहा’ नेताले गरिबलाई पढ्नबाट वञ्चित गर्ने प्रयास गरिरहेको छ । यस्ता ‘फटाहा’ ले ख्वपलाई जोडेर नेपाल मजदुर किसान पार्टीमाथि आक्षेप लगाउनु भनेको गुह्यकीराले मौरीलाई गन्हायो भनेझैँ हो ।
यो बेसरम मान्छेलाई अरूले पढेको मनपर्दैन । त्यही भएर यसले अरूले पढेकोमा डाहा गरेर यसरी गन्हाउने बान्ता गरेको हो । यसको वरिपरि बस्ने अन्धभक्तहरूले होमा हो गर्दै ताली पड्काए । समाजका प्रतिष्ठित व्यक्तिहरूसमेत यस्ता ‘फटाहा’ को पछि लागेको देख्दा दुःख लाग्छ । यो दलाली मानसिकताको उपज हो । गलत हल्ला फैलाउन यसका आउरेबाउरे अग्रसर छन् । यो आरोप गैरराजनीतिक सोचको उपज हो । यो स्वस्थ राजनीतिको लागि चिन्ताको विषय हो ।
ख्वप शैक्षिक संस्थाका प्राध्यापकहरू अयोग्य रहेको र बलियो सरकार आयो भने ख्वप शैक्षिक संस्थानका विद्यार्थीहरूको प्रमाणपत्र खारेज हुनेजस्ता भ्रामक हल्ला फैलाउने कुचेष्टा ग¥यो, ‘फटाहा’ ले । यदि इमानदार र बलियो सरकार आयो भने विभिन्न भूमाफियासँग मिलेर खोला नाला मिचेर, सार्वजनिक जग्गा हडप्दै प्लटिङ गरेर दलाली भाग खाएको सबै फिर्ता गर्दै तिमीलाई जेलमा कोच्नेछ । राम्ररी बुझ्नु पृथ्वी गोलमात्र हैन घुम्छ पनि ।
एमालेका नेताहरूले शिक्षामाथि गरेको यस्तो अभद्र मजाक यो पहिलो होइन । एमालेभित्रका थुप्रै नेताहरूको यस्तो प्रतिक्रिया बारम्बार आउने गरेको छ । यी ‘फटाहा’ को कथित ‘बा’ ले एकपटक एकजना पूर्वप्रधानमन्त्रीलाई शिक्षाको मजाक उडाउँदै भनेका थिए, “कसैले नगरेको पीएचडी गरेको डाक्टर, डाक्टर….. ।” आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको आलोचना गर्नु स्वाभाविक हो । तर, शिक्षासँग जोडेर यसरी गिज्याउनु भनेको मनको एक कुनामा ओलीलाई आफूले नपढेको र अरूले पढेकोमा कुण्ठा भएको प्रस्ट हुन्छ । राष्ट्रपति, भूपू प्रधानमन्त्री र भूपू अर्थमन्त्रीजस्ता उच्च पदमा आसीन थुप्रै एमाले नेताहरू शैक्षिक योग्यता कम भएकोले पनि एमाले नेताहरूबाट शिक्षामाथि बारम्बार उपहास भएको पाइन्छ । तर, विडम्बना ¤ एमालेमा थुप्रै मानिसहरू उच्च शिक्षा हासिल गरेका भए पनि यस्ता उटपट्याङ प्रतिक्रियामाथि कसैले आलोचना गरेको पाइँदैन । सायद लाभका पद पाउने आशाले पनि चुप लागेर बसेको हुनसक्छ ।
यस्ता शिक्षाका माफियाको दलाली भाग खान पल्केका ‘फटाहा’ ले गरिबका बच्चाबच्चीले पाउने सर्वसुलभ शिक्षाविरूद्ध बोलेकोमा दुःख लागेकै छ । तर, त्योभन्दा पनि ठूलो दुःखद कुरा भनेको यस्ता झूट बोले पनि एक शब्द नबोल्ने विद्वान व्यक्तित्वबाट भएको छ । तर गर्ने के ? हाम्रा कति बुद्धिजीवीहरूमा ‘जता शक्ति उतै पल्की’ खाने बानी छ ।
यो ‘फटाहा’ को दिमागमा यति धेरै बिकार जमेको रहेछ, जति उल्टी गर्दा पनि सकिँदैन, आएको आयै गर्छ – साउनमा मूल फुटेजस्तै । यस्तो भ्रम फैलाउनुभन्दा पनि आफ्नै गाउँ–ठाउँमा गएर योभन्दा राम्रो कलेज खोल्नु, योभन्दा राम्रो अस्पताल खोल्नु नि ¤ नैतिक मर्यादा नभएको ‘धन र नाम’ तासको घरजस्तै हो । मैले धेरै धन कमाएँ, मैले राजनीतिमा ठूलो पहुँच बनाएँ जस्ता दुईदिन नटिक्ने अभिमानमा नरमाऊ ।
सबै कुरा नराम्रो त के हुन्छ र संसारमा ? गोमन सर्प पनि हेर्दा कति सफा, सुन्दर, बान्की परेको र चिटिक्क हुन्छ । उसको हिँडाइ हेरौँ त, बक्ररेखामा सलल कति राम्ररी घस्रिन्छ ¤ त्यसो भनेर त्यसलाई भजन गाएर घरमा पाल्न सकिन्छ र ? घरमा लुट्न आएको चोरले घरमा पालेको कुकुरलाई मिठाइ खुवायो भन्दैमा चोरलाई पशुप्रेमी मान्ने हो भने भन्नु केही छैन । होइन भने यस्ता ‘फटाहा’ को नाटकसँग सधैँभरि होसियार हुनुपर्छ । अति भो यस्तो भ्रम ¤
‘इमानदारिता’ हाम्रो समाजबाट लोप हुँदै गएको आजको अवस्था हो । मानिसहरूले आफूले नचाहेका कुराहरू पनि निरन्तर भनिरहेका छन् र आफूलाई असहनीय लाग्ने मानिसहरूप्रति सहनशील छन् । आउन सक्ने सम्भावित घाटाजनक परिणामको कारणले सत्य बोल्न अत्यन्तै गा¥हो हुने हुँदा निरन्तर झूट बोल्ने र मानव जातिबीच थप अविश्वास फैलाउने व्यक्तिलाई छान्न हामीलाई बाध्य पारेको त होइन ? हामी सर्वसाधारण जनताले पनि सोच्नुपर्ने भएको छ । वास्तवमा ‘इमानदारीता’ हामीमा हुनसक्ने सबैभन्दा महत्वपूर्ण र शक्तिशाली गुणहरूमध्ये एक हो । सत्य बोल्दा अप्ठेरो भए तापनि समाजसँग, आफ्ना साथीहरूसँग र आफैसँग इमानदार हुनुपर्छ ।
अज्ञानता र असत्य फैलाएर सत्यको उज्यालोलाई अँध्यारो बनाउने झूटको महलमा सत्य र इमानदारिताको ज्योति बन्न किन हिच्किचाहट ? नेपाल मजदुर किसान पार्टी नेपालको इतिहासमा उत्कृष्ट राजनीतिक पार्टी बनेर देशलाई बाटो देखाइरहेको छ । आफ्नो काँधमा सबैतिरबाट आउने आलोचनाको भारी बोकेर पनि इमानदार भइरहन सफल भएको छ । यस्ता राजनीतिक पार्टीलाई हामीले साथ किन नदिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *