भर्खरै :

विद्युतीय  मतगणना थालौँ

गएको ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचनको मतदान सम्पन्न भयो । त्यति धेरै ठाउँमा मतदान हुँदा पनि गोलमाल भने थोरै ठाउँमा मात्र भयो । नयाँ घटनाको सकारात्मक विश्लेषण गर्दा त्यति धेरै मतदाता सचेत भएको भन्नैपर्छ । मुख्य घटना आम मतदाता जिम्मेदार भएको देखापर्छ । तर, नेपाललाई विकासको उचाइमा पु¥याउने जिम्मेवारी लिएका सानादेखि ठूलासम्मका पार्टीका नेताहरू विज्ञानमा कच्चा भएका कारण उकालो परिरहेको छ । मतदानसम्मका काम जनताले गर्ने हो ग¥यो । त्यसपछिको काम हो मतगणनाको । त्यहीँ आएर गाँठो प¥यो । मतगणनाको काम र मतदानको काममा यथासम्भव बढी काम विद्युतीय माध्यमबाट गरिनुपर्नेमा त्यो पद्धतिप्रति हाम्रा नेताहरूको विश्वास भएन । फलस्वरूप उही हातेगणना छ । जुग बिजुलीको अधिकाधिक प्रयोगको आयो । तर, हाम्रो राजनीतिक नेतृत्व भने हातेगणनाबाट कत्ति पनि माथि उठ्न सकेन । परिणामस्वरूप भर्खरै सम्पन्न गाउँ एवं नगरस्तरीय निर्वाचनको मतगणना कति समयमा सम्पन्न हुन्छ अनुमान गर्नै नसकिने भएको छ । राजनीतिक पार्टीहरू र तिनका नेताजन नै विज्ञान–प्रविधि र नयाँ नयाँ आविष्कारप्रति विश्वस्त हुँदैनन् । तब विकासमा कहिले फड्को मार्ने हो निश्चित भएन । विद्युतीय मतदान तथा विद्युतीय मतगणना फेल हुने आशङ्का जे जे छ नेपाली अन्वेषक महावीर पुनसँग बसेर टुङ्गोमा पुग्नुप¥यो ।
विद्युतीय गणना जरूरी
यो हाते मतगणना अमान्य घोषणा हुनुप¥यो । भन्नेलाई यो पद्धतिप्रति सहमति नभए पनि सुन्नेलाई भने लाजै लाग्छ । यस्ता कैयाँै कुरा संसारमा आविष्कार भएका छन् जो क्रमशः स्वीकृत पनि भएका छन् । तर, यो विद्युतीय गणना किन निर्विवाद भएन र विवादास्पद भयो । सोको गम्भीर एवं विश्वस्त अध्ययन नै अपर्याप्त भएर पनि हो कि ? यसतर्फ पनि सरोकारवालाहरूको चासो हुनुप¥यो । मलाई सम्झना भएसम्म एमालेको महाधिवेशनमा नेतृत्व चयन हुँदा भने हाते मतगणना नै भयो । ती दुवै प्रमुख पार्टी सञ्चालन भइरहेका छन् । मान्यता भनेको एक प्रकारले अनौठो तत्व रहेछ । कहिले त्यही प्रविधि एवं पद्धति मान्य हुन्छ कहिले मान्य हुँदैन । विज्ञान भनेको सधैँ मान्य हुने विषय हो र हुनुपर्छ । अन्यथा विज्ञान र कथामा के कसरी अन्तर आयो र । विज्ञान कथा हुन सक्छ तथा कथा विज्ञान नहुन सक्छ । तसर्थ, विज्ञान र कथा केलाउने विधि एवं प्रक्रिया फरक हुन्छ । आजको प्रसङ्ग हो हालै सम्पन्न स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रक्रिया फरक हुन्छ । त्यसमा पनि मतगणनाको माध्यम हातेगणना विद्युतीय गणना । हातेगणनाकै पक्षमा उभिने हो भने व्यापक समीक्षा हुनुपर्छ ।
यो यथास्थितिको द्योतक !
निर्वाचन निर्वाचनका लागि मात्र होइन । वास्तवमा निर्वाचन प्रशासनमा जनताको सहभागिताको लागि हो । जनताले आफूले आफ्नो लागि आफै शासन गर्ने पद्धतिलाई प्रजातन्त्र भन्ने गरिन्छ । अब त प्रजातन्त्र शब्दले मात्र नपुगी लोकतन्त्र, जनतन्त्र र गणतन्त्रसम्म पुगिसक्यो संसार । अझ गणतन्त्रले मात्र पनि पर्याप्त नभएर जनगणतन्त्रमा पुगिसक्यो । यो बेग अझै थामिएको छैन । गणतन्त्रको अगाडि के के थपिने हुन् भविष्यवाणी सहज छैन । वास्तवमा काम गरिखाने जनताले आफ्नो शासन आफै गर्ने पद्धति नै सबैभन्दा असल एवं लोकप्रिय शासन हो भन्ने मान्यता स्थापित भएको छ विश्वमा । सम्पूर्ण उत्पादनका साधनहरूमा जनताको पूर्ण नियन्त्रण तथा उत्पादित सम्पूर्ण वस्तुहरूमा जनताको स्वामित्व कायम हुनुलाई प्रजातन्त्र, जनतन्त्र, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्रजस्ता नामले सम्बोधन गरिन्छ । तर, ती हरेक शब्दको आ–आफ्नै परिभाषा गरी व्यवहार गरियो । तब पनि पर्याप्त भएन र प्रजातन्त्रबाट लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, जनगणतन्त्रजस्ता शब्द प्रयोग गरिए । तैपनि पर्याप्त भएको मानिएको छैन । अब के के हुने हो यो विश्वमा ? अब आज हामी नेपाली कहाँ छौँ भन्दा विद्युतीय मतदान र विद्युतीय यातायातमा जान सकेका छैनौँ । उही हातेयुगमा लम्पसार परेका छौँ । यो अवस्था भनेको प्रगतिशील अवस्था त होइन, होइन, गतिशील अवस्था पनि होइन । गतिशील अवस्थामा कम्तीमा गति त हुन्छ । यो गति नै नभएको हाते मतगणना केको द्योतक मानिन्छ होला ? तर म भने यो यथास्थितिको सन्देश हो भन्ने मान्छु ।
भागेर हुँदैन सम्भव भए थालौँ
राजनीतिक दलका नेताहरू ? तपाईंले त युगको नेतृत्व गर्नु परेन र ? विज्ञानबाट पलायन प्रगतिको सूचक कदापि होइन । हो ¤ विज्ञानमा एकैपल्ट सिङ्गो सूर्य वा चन्द्रमा उदाएजस्तो हँुदैन । । प्रयोग ग¥यो, परिष्करण ग¥यो फेरि प्रयोग ग¥यो फेरि परिष्करण ग¥यो । यसो गर्दा गर्दै यथार्थमा रूपान्तरण हुँदै जान्छ । मैले बुझेको विज्ञान त्यही हो । तर कुनै पनि नयाँ आविष्कार एकैपल्ट वा पहिलोपल्ट नै सर्वाङ्गपूर्ण भन्ने ठान्नु वैज्ञानिक दृष्टि हुँदैन । होला विद्युतीय गणनामा त्रुटि । तर, प्रयोग नै गरिएन त्रुटि छ भनेर भने त्यो त कहिल्यै परिपूर्ण हुनैसक्दैन । मेरो विचारमा विज्ञान भनेपछि प्रयोग पुनः प्रयोग र फेरि पनि प्रयोग नै हो । यदि आफूले भनेजस्तो परिणाम आएन भने प्रयोग नै नगर्ने हो कुन उत्पादन वा प्राप्ति पूर्ण होला र ? आज विज्ञान र प्रविधिमा जे जति सफलता प्राप्त भएका छन् ती सबै एक वा दुईपल्टमात्र प्रयोग गरेर नभएका हुनसक्छन् । कति आविष्कार त निष्फल पनि भएका छन् । विज्ञान भनेकै त्यही हो मेरो विचारमा । यसर्थ, विद्युतीय मतगणना प्रयोग हुनुप¥यो । त्रुटि छ भने सच्याउनुप¥यो । अन्यथा आजको युगमा विज्ञान प्रविधि एवं नयाँ आविष्कार प्रयोगबाट भागेर हुँदैन । सबै दल र उम्मेदवारहरू ठाउँ–ठाउँमा जम्मा होऊ र सम्भव छ भने विद्युतीय गणना थालौँ । यही नै प्रगति होला भागेर हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *