भर्खरै :

विश्व, चीन, चीन र अमेरिकाबीचको सम्बन्धबारे अमेरिकाको दृष्टिकोणमा गम्भीर विचलनः वाङ यी

पेइचिङ, २८ मे । हालै अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनले नीतिबारे चर्चा गर्दै चीनले अन्तर्राष्ट्रिय सम्बन्धबारे ‘सबैभन्दा गम्भीर दीर्घकालीन चुनौती’ ल्याएको, अमेरिकाले आफ्नो लागि लगानी बढाउने, गठबन्धनसँग एकता गर्ने, चीनसँग प्रतिस्पर्धा गर्ने कुरा गरे । मे २८ तारिख पत्रकारले यो अन्तर्राष्ट्रिय परिस्थिति र चीन र अमेरिकाबीचको सम्बन्धमा के प्रभाव पर्नेछ भनी प्रश्न सोधेका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनसम्बन्धी नीतिबारेको भाषणबाट अमेरिकाको विश्व दृष्टिकोण, अमेरिकाको चीन दृष्टिकोण, चीन र अमेरिकाबीचको सम्बन्धबारे अमेरिकाको दृष्टिकोणमा गम्भीर विचलन भएको कुरा प्रमाण पेश गरिएको बताउनुभएको छ ।
वाङ यीले अन्तर्राष्ट्रिय समाजको अत्यावश्यक कार्य भनेको मानव स्वास्थ्यको संरक्षण गर्नु, विश्व अर्थतन्त्रको पुनरुत्थानलाई बढाउनु, विश्वको शान्तिको संरक्षण गर्नु हो भन्दै विभिन्न पक्षले संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तको अक्षरशःपालना गर्नुपर्ने कुरा बताउनुभयो ।
वाङ यीले १ अर्ब ४० करोड जना चिनियाँले आधुनिकीकरणतर्फ लम्केको कुरा मानवको ठूलो प्रगति भएको र विश्वको त्रास र चुनौती नभएको कुरामा जोड दिनुभयो ।
वाङले चीन र अमेरिकाबीचको सम्बन्ध महत्वपूर्ण चौबाटो रहँदैआएको, अमेरिकाले सही छनौट गर्नुपर्ने, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, सहकार्य र साझा विजयी गरी तीन वटा सिद्धान्त राम्रोसँग पालना गर्नुपर्ने कुरा बताउनुभयो ।
अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनले जर्ज वाशिङटन विश्वविद्यालयमा चीनसम्बन्धी नीतिबारे भाषण गर्दै ‘लगानी, गठबन्धन, प्रतिस्पर्धा’ को केन्द्रमा रहेको चीनसम्बन्धी नीतिको नयाँ टेवा प्रस्तुत गरेका थिए । उक्त नयाँ टेवा पहिलेको ‘प्रतिस्पर्धा, सहकार्य, प्रतिद्वन्दिता’ को भनाइको तुलनामा अलि परिवर्तनजस्तै देखिएको तर वास्तविक विषयमा परिवर्तन भएको छैन ।
सन् २०२१ मार्चमा ब्लिन्केनले पद सम्हालेपछि गरेको पहिलो कूटनीतिक नीतिसम्बन्धी भाषणमा ‘प्रतिस्पर्धा, सहकार्य, प्रतिद्वन्द्विता’ भन्ने चीनसम्बन्धी नीति प्रस्तुत गरेका थिए ।
ब्लिन्केनले भाषण गर्दै अमेरिकी परराष्ट्र मन्त्रालयले एक ‘चिनियाँ टोली’ को स्थापना गर्ने घोषणा गरेका थिए । केही दिनअघि अमेरिकी राष्ट्रपति बाइडेनले एसियाको भ्रमणका दौरान तथाकथित ‘एसिया प्रशान्त रणनीति’ प्रस्तुत गरेका थिए । यसबाट हेर्दा अमेरिकाले चीनलाई अवरोध गर्ने उद्देश्य भएको प्रस्टै छ ।
हालै अमेरिकामा स्वदेशी अन्तरविरोध धेरै छ । ग्यालपले मे २५ तारिख सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, गोलीकाण्डका मुद्दा, मुद्रास्फीति, सामग्री अभाव, पेट्रोलियम मूल्यवृद्धिको असरमा तथ्याङ्क ग्रहण गर्ने १६ प्रतिशत व्यक्तिहरू अमेरिकाको वर्तमान अवस्थाप्रति सन्तुष्ट छन् तर ८३ प्रतिशत अमेरिकीहरूले अमेरिका ‘ट्रयाक’ बाट बाहिर गएको ठहर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *