यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
गोली चल्नु, हताहति हुनु र मान्छे मर्नु अमेरिकामा महत्वपूर्ण समाचारहरूमा पर्दैनन् । पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा दैनिक ३२१ वटा हतियारमार्फत हिंसात्मक घटनाहरू हुन्छन् । त्यसमध्ये १११ जना मारिन्छन् र २१० जना अङ्गभङ्ग हुन्छन् । त्यसैले पनि होला कहिलेकाहीँ कामबाट फर्कँदा श्रीमतीले “आज फलानो ठाउँमा गोली चलेर यति मान्छे मरेछन् नि !” भन्दा पनि त्यति वास्ता लाग्दैन । किनभने, गोली चल्नु र मान्छे मर्नु यहाँ सामान्य हो । बरु, केही समयसम्म यस्तो हताहतिका समाचार नआउँदा पो अचम्म मान्नुपर्ने अवस्था हुन्छ ।
गत मङ्गलबार मे २४ को दिन एउटा समाचार यसरी फैलियो कि जसलाई नजरअन्दाज गर्न कुनै हालतमा सकिएन । टेक्सास राज्यको दक्षिणी भेगमा पर्ने सहर ‘एभाल्ड’ स्थित एक आधारभूत विद्यालयमा १८ वर्षीय एक किशोरले गोली चलाई १९ जना अबोध बालबालिका र २ जना शिक्षिकाको हत्या गरे र प्रहरीको कारबाहीमा बन्दुकधारीको पनि घटनास्थलमै ज्यान गयो ।
१८ वर्षीय बन्दुकधारी साल्भाडोर रामोशले घटना घटाउनुअघि आफ्नो इन्स्टाग्राममा आफूले घटना घटाउन लागेको सङ्केत गर्ने खालको खबर पोष्ट गरेको भनिएको छ । त्यही सहरको माध्यमिक विद्यालय जाने रामोशले स्कूलका साथीहरूबाट गरिबी तथा स्पष्ट बोल्न नसक्ने क्षमताका आधारमा जिस्काइने गरेको र त्यही कारणले विद्यालय जान मन नगर्ने गरेको र त्यही विषयमा आफ्नो हजुरआमासँग मतमुताब हुने गरेको समाचारमा जनाइएको छ ।
हताहतिका घटना घटाउने व्यक्तिहरू १८–२१ वर्ष उमेर समूहका र कुनै न कुनै रूपले विद्यालय र समाजमा अपहेलित वा पछाडि पारिएका व्यक्तिहरू देखिन्छन् । त्यसैले यस्ता घटनाहरू हुन नदिन समाजमा पिछडिएको वर्गलाई रोजगारमा जोड्ने, स्वास्थ्य सेवा सर्वसुलभ बनाई मानसिक स्वास्थ्य परामर्शलाई सबैको पहुँचमा पु¥याउने र हतियारले सबैभन्दा शक्तिशाली अस्त्रले यसले संसार जित्न सकिन्छ भन्ने मानसिकताको अन्त्य गर्नु जरुरी छ । हतियार त साधनमात्र हो, परिवर्तन गर्नुपर्ने साध्य हो । हालको यो विध्वंसकारी घटनापछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले युक्रेनमा खर्च गर्नुको साटो अमेरिकी बालबालिकालाई सुरक्षित पार्न लगानी गर्नुपर्ने बताएका छन् ।
आफ्नो आमासँगको सम्बन्ध राम्रो नभएका कारण हजुरआमासँग बस्दै आएका रामोशले विद्यालयमा हमला गर्नुअघि आफ्नै हजुरआमालाई गोली हानी घाइते बनाएर नजिकैको प्राथमिक विद्यालयमा गई कक्षा ४ मा अध्ययनरत बालबालिका र त्यही कक्षा कोठामा रहेका दुई शिक्षिकाहरूलाई गोली हानी हत्या गरे । एक शिक्षिका ‘एल्भा भोरालेस’ जसका ४ सन्तान र श्रीमान् थिए उनका श्रीमान्को पनि भोलिपल्ट हृदयघात भई निधन भयो । २ महिने गर्मी बिदा हुन २ दिनमात्र बाँकी रहेको र शैक्षिक सत्रको अन्त्यमा गरिने Class Party मा रमाइरहेका बालबालिका जो अबोध थिए सदाका लागि बिदा भए ।
सन् २०१२ मा कनेट्कट राज्यको एक प्राथमिक विद्यालयमा र २०१८ मा फ्लोरिडाको एक माध्यमिक विद्यालयमा भएको नरसंहारपछिको यो ठूलो नरसंहार मानिएको छ । यो घटनासँगै फेरि अमेरिकाको बन्दुक नीतिको विषयमा चर्चा परिचर्चा हुन थालेको छ । संसारकै शक्तिशाली भनिएको देशमा स्कूल गएका बालबालिका असुरक्षित भएकोमा आलोचना पनि गरिएको छ ।
यहाँ मदिरा वा सुर्ति चुरोटभन्दा हतियार किन्न सजिलो छ । मदिरा किन्नुप¥यो भने २१ वर्ष उमेर पुगेको प्रमाणसहित निश्चित दिन र समयमा निश्चित ठाउँबाट मात्र किन्न पाइन्छ जबकि बन्दुक किन १८ वर्ष उमेर पुगेपछि सजिलै बजारबाट किन्न सकिन्छ । यो घटनाको बन्दुकधारीले मे १६ मा आफ्नो १८ औँ जन्म दिन मनाएको र मे १७ र २१ मा गरी दुई फरक पसलबाट २ वटा AR–15 राइफल किनेको बताइएको छ । यहाँको दुईवटै राजनीतिक दलहरूले हरेक चुनावमा बन्दुक नीतिको कुरा उठाइरहेका हुन्छन् तर पनि यो अमेरिकी खुला बन्दुक नीतिका कारण दिनहुँ यस्ता घटनाहरू घटिरहेका छन् । बन्दुक किन्नुअघि स्वास्थ्य अवस्थाको चेक, व्यक्तिगत इतिहास (Background) जाँच गर्नुपर्ने जस्ता कुरा एक वर्गले उठाउँछ भने अर्काे वर्ग अमेरिकी नागरिकहरू स्वतन्त्र रहेको र वयस्क भएपछि हतियार राख्न पाउन नैसर्गिक अधिकार हुनुपर्ने बताउँछ । अमेरिकामा रहेको व्याप्त गरिबी, अशिक्षा, पारिवारिक बेमेल र त्यसका कारणले हुने मानसिक स्वास्थ्य समस्याको समाधानको उपाय नखोजी यो समस्याको समाधान हुने देखिँदैन ।
जब–जब विद्यालयहरूमा यस्ता घटना घट्छन् यहाँ शिक्षक तथा विद्यालयका कर्मचारीहरूलाई हतियारयुक्त (armed) बनाउनुपर्ने कुराहरू जबरजस्तरूपमा उठ्छन् । तर, आफूलाई संसारकै शक्तिशाली मान्ने देश र त्यही शक्तिशाली देशका शक्तिशाली नागरिक सम्झिने व्यक्तिहरूको हातमा बन्दुक थमाउँदा समस्या सुल्झिनुको सट्टा झन् बल्झिन सक्ने तर्क पनि प्रस्तुत नहुने होइन ।
सामान्यतः यस्ता हताहतिका घटना घटाउने व्यक्तिहरू १८–२१ वर्ष उमेर समूहका र कुनै न कुनै रूपले विद्यालय र समाजमा अपहेलित वा पछाडि पारिएका व्यक्तिहरू देखिन्छन् । त्यसैले यस्ता घटनाहरू हुन नदिन समाजमा पिछडिएको वर्गलाई रोजगारमा जोड्ने, स्वास्थ्य सेवा सर्वसुलभ बनाई मानसिक स्वास्थ्य परामर्शलाई सबैको पहुँचमा पु¥याउने र हतियारले सबैभन्दा शक्तिशाली अस्त्रले यसले संसार जित्न सकिन्छ भन्ने मानसिकताको अन्त्य गर्नु जरुरी छ । हतियार त साधनमात्र हो, परिवर्तन गर्नुपर्ने साध्य हो । हालको यो विध्वंसकारी घटनापछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले युक्रेनमा खर्च गर्नुको साटो अमेरिकी बालबालिकालाई सुरक्षित पार्न लगानी गर्नुपर्ने बताएका छन् ।
(लेखक हाल अमेरिकामा बस्नुहुन्छ ।)
Leave a Reply