अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
हेटौँडा, १८ जेठ । बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल बुधबार प्रारम्भ भयो । छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले विगतका चार वटा नीति तथा कार्यक्रम र वर्तमान गठबन्धन सरकारको नीति तथा कार्यक्रममा तात्विक भिन्नता नभएको प्रस्ट पार्नुभयो ।
“यो नीति तथा कार्यक्रममा ‘अर्जुन दृष्टि’ को अभाव छ । विगतकै सिलसिलाजस्तै मात्र छ । त्यसो हुनुको कारण बहुसङ्ख्यक जनताको पक्षमा होइन पुँजीपति वर्गको पक्षमा काम गर्ने पुँजीवादी दलहरूकै सरकारको निरन्तरता पाउन हो । सैद्धान्तिक हिसाबले प्रदेशका शासकहरू एउटै हुन् भन्ने यसले प्रस्ट पार्छ”, प्रदेश सांसद गोसाईले भन्नुभयो ।
उहाँले विश्वमा समाजवादको लहर फैलिरहेको तर त्यसलाई रोक्न नक्कली समाजवादीहरू तयार पारिएको बताउनुभयो ।
“वास्तविक समाजवादीहरूले वर्गीय विभेदको अन्त्य, शोषणको पूर्ण उन्मूलन, उत्पादनका मुख्य–मुख्य साधनको सामाजिकीकरण तथा वैज्ञानिक समाजवादको पक्ष लिन्छन् । समाजवाद पुँजीपति वर्गले किस्तीमा राखेर प्रदान गर्ने सस्तो वस्तु होइन”, उहाँले भन्नुभयो ।
प्रदेश सांसद गोसाईंले वैशाख ३० को स्थानीय तहको निर्वाचनले देश दुईदलीय तानाशाही व्यवस्थातर्फ उन्मुख भएको प्रस्ट सङ्केत दिएको विचार व्यक्त गर्नुभयो ।
नेमकिपा त्यसको विरूद्ध पच्चीस वर्षदेखि सङ्घर्षरत रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले रूग्न उद्योग सञ्चालन, रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्ने योजना कुरामा सीमित नहोस् भन्नुभयो ।
बाग्मती प्रदेश सरकारको सैद्धान्तिक तथा वैचारिक जग अत्यन्त कमजोर भएको प्रस्ट पार्दै सांसद गोसाईले त्यस्तो सरकारको नीति तथा कार्यक्रम कमजोर तथा खोक्रो हुनुमा आश्चर्य मान्न नमिल्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “हरेक नीति तथा कार्यक्रम फूलबुट्टाले सजाएर ल्याइन्छ । तर व्यवहारमा कार्यान्वयन नै हुँदैन । उपलब्धि शून्यतामा हराउँछ ।”
सांसद गोसाईले चुनाव नजिक आइसकेकोले मतदातालाई प्रभावित पार्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको खुलस्त पार्नुभयो । सजावटतिर ध्यान दिनुभन्दा जनताका वास्तविक समस्या समाधानतिर ध्यान केन्द्रित गर्न उहाँले सुझाव दिनुभयो ।
नीति तथा कार्यक्रममाथि बिहीबार पनि छलफल जारी रहनेछ । बिहीबार बिहान ८ बजे बैठक बस्नेछ । बिहीबार नै मुख्यमन्त्री राजेन्द्र पाण्डले जवाफ दिने कार्यक्रम छ ।
Leave a Reply