अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १८ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ ८ वडा एकाइ समितिको आयोजनामा भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र ८ वडाका वडाध्यक्ष कृष्णप्रसाद कोजू तथा वडा सदस्यहरूको सम्मानमा मङ्गलबार बधाईज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नेमकिपालाई अत्यधिक मतले विजयी गराएकोमा सम्पूर्ण मतदातामा धन्यवादज्ञापन गर्नुभयो ।
गरिब जनताको स्वास्थ्य सेवाको निम्ति ख्वप अस्पताल सञ्चालनमा ल्याएको उल्लेख गर्दै प्रमुख प्रजापतिले जनप्रतिनिधि जनताको समस्या सम्बोधन गर्न निर्वाचनबाट निर्वाचित भएको हुँदा आफूहरू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
भक्तपुर नपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजबाट देशको लागि आवश्यक दक्ष र योग्य इन्जिनियरिङ उत्पादन भइरहेको चर्चा गर्दै उहाँले जनताको साथ र सहयोगकै कारण भक्तपुर देशकै नमुना नगरको रूपमा विकास गर्न सफल भएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर देशको नमुना नगरको रूपमा स्थापित हुनुमा यहाँका नगरवासी जनताको धेरै भूमिका रहेको प्रकाश पार्दै ख्वप मोडलको परिचय गौरवको विषय बनेको बताउनुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले स्थानीय जनताको भावना र सल्लाहअनुरूप नै वडाका गतिविधि सञ्चालन हुने प्रतिबद्धता जनाउनुभयो ।
नेक्रामहिला सङ्घ जगाती एकाइ समितिका अध्यक्ष पूर्णलक्ष्मी ग्वाछाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नवनिर्वाचित वडा सदस्य कृष्णलाल किसी, पूर्ववडा सदस्य शिवप्रसाद बाला र नेक्रामहिला जगाती एकाइ समितिका सदस्य अनिता सिजख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply