भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, १८ जेठ । नेपाल मजदुर किसान पार्टी, काठमाडौँ महानगर समितिले मङ्गलबार धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना ग¥यो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले पुँजीवादी निर्वाचनमा कम्युनिस्ट पार्टीलाई सजिलै जित्न नदिने विचार राख्नुभयो ।
उहाँले कुनै पनि पुँजीवादी पार्टीले नेमकिपालाई सजिलै सङ्गठन गर्न नदिने भन्दै शोषक वर्गले किसान तथा मजदुरको सङ्गठनलाई दबाउन खोज्नु पनि आश्चर्य होइन भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य गोसाईले नेमकिपाले अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादविरुद्धको सङ्घर्ष गर्दै आएको भन्दै जनता राजनीतिक तथा वर्गीयरूपमा सचेत तथा सङ्गठित नभएसम्म आमूल परिवर्तन सम्भव नभएको तर्क गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेमकिपाले सबै शासक दलहरूविरुद्ध सैद्धान्तिक सङ्घर्ष गरिरहेको भन्दै शासक पार्टीहरूले साम, दाम, दण्ड र भेदको नीति अपनाएर निर्वाचन जितेको धारणा राख्नुभयो । शासक पार्टीहरूले असैद्धान्तिक गठबन्धन गरेर निर्वाचन जितेको तर्क उहाँले गर्नुभयो ।
नेमकिपा, काठमाडौँ महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजेन्द्र रजक, राजबहादुर महर्जन, कुलनारायण डंगोल, बिन्दु कर्माचार्य, नीता कपाल, मन्दिरा डंगोल, राम महर्जन वडा नं १६ र राम महर्जन वडा नं २६ ले आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply