विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
–विवेक
नेपाल मजदुर किसान पार्टी स्थापना भएको ४२ वर्ष पूरा हुँदैछ । आगामी माघ १० गते पार्टी ४३ वर्षमा प्रवेश गर्नेछ । २०३१ साल माघ १० गते नेमकिपाको विधिवत स्थापना भएको हो । पार्टी स्थापना दिवस पार्टी साहित्यहरूको अध्ययन, अन्तरक्रिया, नेपालको वामपन्थी आन्दोलनमा नेमकिपाको भूमिका विषयमा प्रवचन, अन्तरक्रिया गर्नुका साथै जुलुस, सभा, सांस्कृतिक, खेलकुद आदि कार्यक्रमहरू गरी मनाउन पार्टी कार्यकर्ताहरू सक्रियतापूर्वक लाग्दैछन् । यतिबेला पार्टीका जिल्ला समितिहरू, जनवर्गीय र पेशागत संठनहरू आ–आफ्ना कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न लागिरहेका छन् ।
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अँगाल्दै जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने दीर्घकालीन उद्देश्यले नेपाल मजदुर किसान पार्टी स्थापना भएको हो । पार्टी आफ्नो आजुमा पुग्न युवा, विद्यार्थी, मजदुर, किसान, कर्मचारी, बुद्धिजीवी, व्यापारीलगायतलाई सचेत र संगठित गर्दै शोषित पीडित जनताको पक्षमा चरणबद्ध आन्दोलनहरू गर्दै अगाडि बढ्दै छ ।
पूँजीवादी राज्यसत्तालाई बलपूर्वक विस्थापित गरी समाजवादी व्यवस्था स्थापना माक्र्सवादको सार हो । व्यापक जनता सचेत र संगठित नभएसम्म समाजवादी क्रान्तिको सफलता सम्भव हुँदैन । नेपालको वामपन्थी आन्दोलनको इतिहासमा कतिपय पार्टीहरू छिटो क्रान्तिको नाउँमा वामपन्थी अवसरवादमा फसे भने कतिपय पार्टीहरू संसदबाटै समाजवाद स्थापना गर्न सकिन्छ भन्दै संशोधनवादी विचार बोकेर दक्षिणपन्थी अवसरवादीको चरित्र ग्रहण गर्न पुगे । नेपाल मजदुर किसान पार्टीले वामपन्थी र दक्षिणपन्थी अवसरवादको विरुद्ध सैद्धान्तिक सङ्घर्ष गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा समाजवादको झण्डालाई उँचो राख्दै आएको छ ।
समाजवादी क्रान्तिको वातावरण तयार गर्न सामन्तवादी र पूँजीवादी व्यवस्थाका विभिन्न निकायहरूमा गएर काम गर्नु आवश्यकमात्र होइन, अनिवार्य थियो । जहाँ जहाँ जनता छन्, कम्युनिष्टहरू त्यहाँ त्यहाँ गएर काम गर्नुपर्छ । जनताबाट अलग्ग भएको पार्टीले कुनै पनि निर्णायक सङ्घर्ष चलाउन सक्दैन । यही उद्देश्यले नेपाल मजदुर किसान पार्टीले प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर जनताको सेवा गर्ने नीति लिएको हो । प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर सुख, सुविधा र व्यक्तिगत फाइदा लिन होइन बरु समाजवादी क्रान्तिको निम्ति सहयोग गर्न हो । एमाले, माओवादी, मालेजस्ता पार्टीहरू पूँजीवादी सरकारमा गएर समाजवाद स्थापना गर्ने जनतामा भ्रम फैलाउँदै छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका गलत विचारको खण्डन गर्दै नेपाल मजदुर किसान पार्टी कुनै पनि डर, धम्कीको अगाडि नझुकी, पद र पैसाको प्रलोभनमा नपरी निरन्तर प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै अविचलित सङ्घर्ष गर्दै आएको छ । चार दशकभन्दा लामो यस कालखण्डमा नेमकिपाले निरन्तर जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्दै नेपालको वामपन्थी इतिहासमा छुट्टै पहिचान कायम गरेको छ ।
राजनीतिलाई विनालगानी अकुत पैसा कमाउने माध्यम बनाउने ‘राजनीतिक व्यापारीहरू’ पनि राजनीतिमा देखिए । त्यस्ता केही गलत मानिसहरूको प्रवेशले राजनीतिमा धेरै विकृतिहरू देखा परे । देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै राजनीति हो भन्ने भावनाका साथ नेमकिपा जनताबीच क्रियाशील छ । पूँजीवादी पार्टीहरूभन्दा नेमकिपा सिद्धान्त र व्यवहारमा नितान्त भिन्न छ । नेमकिपा जे बोल्छ त्यो गर्छ जे गर्दैन त्यो बोल्दैन भन्ने जनतामा विश्वास दिन सफल भएको छ । स्वार्थी, अवसरवादी र व्यक्तिगत फाइदाको निम्ति पार्टीलाई भ¥याङमात्रै बनाउन खोज्नेहरूलाई पार्टीले दूधमा परेको झिगाझै एक एक गरी फाल्दै पार्टीलाई वैचारिक रुपमा स्वच्छ र शुद्धता कायम गर्दै आएको छ । समय समयमा हुने शुद्धिकरण कार्यक्रमले पनि यसलाई मद्दत पु¥याएको छ ।
आफूलाई कम्युनिष्टको मूलधार दाबी गर्ने एमाले र माओवादीले कम्युनिष्ट विचारलाई पाइला–पाइला गर्दै त्याग्दै गए । ती पार्टीहरूले सरकारमा गएपछि पूँजीवादी सरकारकै कामलाई निरन्तरता दिए । पद, पैसा र भागबण्डामा तिनीहरू ‘कुकुरझगडा’ गर्न थाले । ती पार्टीहरूले जनताको मतको अपमान गरे र जनतालाई विश्वासघात गरे । सत्ताको निम्ति जस्तोसुकै प्रतिक्रियावादीहरूसित घाँटी जोड्न पनि ती पार्टीहरू पछि परेनन् र हदैसम्मको राजनैतिक अनैतिकता प्रदर्शन गरे । यसतो जटील परिस्थितिबीच नेपाल मजदुर किसान पार्टीले समाजवादको झण्डालाई उँचो राखेको छ ।
शासक राजनैतिक दलहरू सत्ताको निम्ति भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवादविरुद्ध लम्पसार पर्दै नेपालको स्वतन्त्रता, स्वाधिनता र भूअखण्डतामाथि गम्भीर असर पार्ने देशघाती सन्धि सम्झौताहरू गर्न पछि परेनन् । नेपाल मजदुर किसान पार्टीले शासकहरूले आफ्नो निहीत स्वार्थको लागि नेपाल र नेपाली जनतालाई दीर्घकालीन असर पर्ने सन् १९५० को सन्धि, कोशी, गण्डक, महाकाली सन्धि र माथिल्लो कर्णालीजस्ता देशघाती सन्धि सम्झौताहरूको निरन्तर विरोध गर्दै आयो । शासक दलहरूले नेपालको अपार जलसम्पदा एक एक गर्दै भारतको हातमा सुम्पे । नेपाल मजदुर किसान पार्टीले सबैखाले देशविरोधी कामहरूको जनताबीच उदाङ्ग्याउँदै गयो ।
आफूलाई कम्युनिष्टको मूलधार दाबी गर्ने एमाले र माओवादीले कम्युनिष्ट विचारलाई पाइला–पाइला गर्दै त्याग्दै गए । ती पार्टीहरूले सरकारमा गएपछि पूँजीवादी सरकारकै कामलाई निरन्तरता दिए । पद, पैसा र भागबण्डामा तिनीहरू ‘कुकुरझगडा’ गर्न थाले । ती पार्टीहरूले जनताको मतको अपमान गरे र जनतालाई विश्वासघात गरे । सत्ताको निम्ति जस्तोसुकै प्रतिक्रियावादीहरूसित घाँटी जोड्न पनि ती पार्टीहरू पछि परेनन् र हदैसम्मको राजनैतिक अनैतिकता प्रदर्शन गरे । यसतो जटील परिस्थितिबीच नेपाल मजदुर किसान पार्टीले समाजवादको झण्डालाई उँचो राखेको छ ।
नेपाल मजदुर किसान पार्टीले कुनै पनि सरकारलाई निःशर्त समर्थन गरेन । देश र जनताको हितमा काम गर्ने शर्तमा मात्रै नेमकिपाले कुनै पनि सरकारलाई समर्थन गर्ने गरेको छ । मन्त्री, राजदूत, उपकुलपति, कर्मचारी, शिक्षक भागबण्डामा नेमकिपा कहिल्यै फसेन । नेपाल मजदुर किसान पार्टीले देशलाई अगाडि बढाउनको लागि योग्य व्यक्तिलाई उपयुक्त स्थानमा नियुक्त गर्नुपर्ने पक्षमा निरन्तर जोड दिंदै आएको छ ।
२०३६, २०४२ र २०४६ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको र प्रतिगमनविरोधी आन्दोलनलाई निष्कर्षमा पु¥याउनमा पनि नेपाल मजदुर किसान पार्टीको उत्तिकै योगदान छ । नेपालमा गणतन्त्रको कुरा उठेकै बेला नेमकिपाले पूँजीवादी गणतन्त्रले व्यापक जनताको हित नगर्ने भन्दै समाजवादी गणतन्त्रबारे जनतालाई सचेत पार्ने काम ग¥यो ।
संविधान सभामा नेपाल मजदुर किसान पार्टीले देश र जनताको हितमा समाजवादउन्मुख संविधान निर्माण गर्न जोड दियो । उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण गर्ने, शिक्षा, स्वास्थ्य उपचार निःशुल्क, रोजगारीको सुनिश्चितता, विदेशमा सम्पत्ति राख्न नपाइने, जमिन जोत्ने सिद्धान्तको आधारमा क्रान्तिकारी भूमिसुधारजस्ता विषयलाई नयाँ संविधानमा समावेश गर्न निरन्तर जोड दियो । ६२ प्रतिशत कम्युनिष्टहरूको प्रतिनिधित्व भएको भनिएको उक्त संविधानसभामा व्यापक कामदार जनताका हितका ती प्रावधानहरू लागू गराउन अन्य ‘कम्युनिष्ट’ पार्टीहरू तयार भएनन् । संविधानसभाको सबभन्दा ठूलो दल माओवादीले जात–जाति, भाषा–भाषीको आधारमा प्रदेशहरू निर्माण गर्नुपर्ने र आत्मनिर्णयको अधिकारजस्ता साम्प्रदायिक विषयमा जोड दियो । यो नेपाललाई कमजोर बनाइ आफ्नो स्वार्थ सिद्ध गर्न चाहने भारतीय विस्तारवादको निर्देशनमा आएको भन्ने प्रस्ट थियो । वर्गीय प्रश्नलाई ओझेलमा पारी जाति, भाषा, क्षेत्रजस्ता साम्प्रदायिक कुराको नेमकिपाले हाकाहाकी विरोध ग¥यो ।
भारतले आफ्नो अनुकूल संविधान बन्ने सम्भावना नदेखेपछि बाबुराम भटराईबाट संविधानसभाको विघटन गर्न लगाइयो । नेपालको राजनैतिक इतिहासमा त्यो कालो दिन साबित भयो । देशलाई अस्थिरतामा पु¥याउन भारतको स्वार्थको निम्ति गरेको त्यो माओवादीको जघन्य अपराध थियो । नेमकिपाले जनप्रतिनिधि संस्था विघटन गरी देशलाई जनप्रतिनिधिबिहीन बनाइएकोमा सशक्त विरोध गरेको थियो ।
दोस्रो संविधानसभामा पनि भारतले आफ्नो अनुकूल संविधान निर्माण गर्न निकै कोशिश ग¥यो । त्यो सफल नभएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दूत पठाएर रोक्ने कोशिश गरे । त्यो पनि सम्भव नभएपछि अहिले संविधान कार्यान्वयन रोक्ने प्रयासमा छ । त्यसको लागि मधेसी मोर्चालाई अघि सारिएको छ । भाषा, नागरिकता, राष्ट्रिय सभामा जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व र प्रदेश सिमाड्ढन कुनै पनि विषय नेपाल र नेपालीको हितमा छैन । यद्यपि सरकारमा बसेका माओवादी र नेकालगायतका दलहरू भने मधेसी दलहरूको माग पूरा गर्ने नाममा भारतले चाहे बमोजिम संशोधन गर्न खोजिरहेका छन् । नेपाल मजदुर किसान पार्टी कुनै पनि हालतमा भारतको त्यो कदमलाई असफल पार्ने पक्षमा छ । संविधान संशोधन विरुद्ध नेमकिपासहित नौ दल आन्दोलनरत छन् ।
अहिलेको आन्दोलन संविधान संशोधनको विषयमा मात्रै सीमित नभई देश रहने वा नरहने भन्ने विषयसँग सम्बन्धित छ । त्यसैले अहिलेको सङ्घर्ष देशको स्वाधीनता, सार्वभौमिकता रक्षा गर्ने पक्षधरहरू र सत्ताको लागि देश विदेशीको हातमा सुम्पन तयार हुने विदेशी दलालहरूबीचको सङ्घर्ष हो । नेमकिपाले देशभक्तहरूको पक्षमा निरन्तर वकालत गर्दैछ र गर्दै जानेछ । नयाँ पुस्ताका युवाहरू देशको स्वाधीनता र सार्वभौमिकता रक्षाको आन्दोलनमा निरन्तर अगाडि बढ्दै जानेछन् ।
२०७३।१०।३
Leave a Reply