विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले २०८२ भदौ १२ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले दिएको अधिकार प्रयोग गर्दै आमसर्वसाधारण र नवयुवा (जेनजी) हरू समेतले व्यापक प्रयोग गरिरहेको सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि पारदर्शिता तथा सुशासनको माग राखी २०८२ भदौ २३ गते काठमाडौँको माइतिघरमा प्रदर्शन सुरु गरेको देखिन्छ । सो विरोध प्रदर्शनको निम्ति ‘हामी नेपाल’ संस्थाका सुधन गुरूङ, अङ्कित मल्ल, खेमराज साउद, सबल गौतम र पुरूषोत्तम यादवसमेतको टोलीले संयुक्त निवेदन जिल्ला प्रशासन कार्यालय काठमाडाँैमा दर्ता गरी प्रमुख जिल्ला अधिकारीलाई प्रदर्शन शान्तिपूर्ण हुने विश्वास दिलाएको देखिन्छ ।
उक्त आन्दोलनमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारविरूद्ध सुशासन कायमजस्ता माग राख्ने नवयुवा (जेनजी) हरूको मात्रै संलग्नता थियो कि गलत मनसाय राखेर आन्दोलन हाइज्याक गर्ने उद्देश्यका साथ आएका गलत तत्वहरूको पनि संलग्नता थियो ? जेनजी प्रदर्शनका आह्वानकर्तासमेतका केही व्यक्तिले Wake up Nepal नामक टिकटक अकाउन्टबाट २०८२ भदौ २३ गतेभन्दा पहिले नै “Anything could happen in tomorrow’s protest, so be ready with a Molotov cocktail…..” भन्दै ७ सेप्टेम्बर २०२५ मा नै मोलोटोभ ककटेल (पेट्रोल बम) बनाएर आउनको लागि आह्वान गरेको, संसद् भवन, सिंहदरबारलगायत सार्वजनिक संरचना जलाइएको वा विध्वंस गरिएको एआई निर्मित फोटो÷भिडियोहरू सो प्रदर्शनपूर्व नै सामाजिक सञ्जालमा साझा भएको तथ्य र परिस्थितिको विश्लेषण गर्दा २०८२ भदौ २३ गतेको विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्ने भन्ने एउटा समूह र अनलाइनमा विध्वंसात्मक बनाउने भन्ने अर्कोसमेत २ समूहले तयारी गरिरहेको सञ्चार माध्यम र छलफल बयानको क्रममा खुल्न र पुष्टि हुन आएको देखिन्छ ।
नेपाल प्रहरीको नक्कली (फेक) फेसबुक पेज बनाइ सो पेजमार्फत जेनजी समूहलाई “प्रदर्शनमा विद्यार्थी पोशाकमा आए नेपाल प्रहरीले बल प्रयोग गर्न नसक्ने हुनाले सबैजना विद्यालय पोशाकमा आउनू” भनी आह्वान गरेको देखिन्छ ।
२०८२ साल भदौ २३ गते लगभग ९ बजेतिर जेनजीका अगुवा भनिने आह्वानकर्ताहरू रक्षा बम, जस्मिन ओझालगायतका समूह पुगेपछि ‘हामी नेपाल’ का सुधन गुरुङले टेन्ट, स्वयम्सेवकहरूको व्यवस्था, ३ वटा एम्बुलेन्स र माइकिङ व्यवस्था गरेको देखेर रक्षा बम, जस्मिन ओझालगायतका समूहहरूले सुधन गुरुङसँग केही समय विवाद गरी सुधन गुरुङलाई प्रदर्शनबाट फर्कनसमेत आग्रह गरेको देखिन्छ । माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी जम्मा भएका प्रदर्शनकारी नयाँ बानेश्वरतर्फ प्रहरीको ब्यारिकेड तोड्र्र्दै किन र कसको नेतृत्वमा गए ? शान्तिपूर्ण प्रदर्शन सुरु हुनुअगावै प्रदर्शन स्थलमा प्राथमिक उपचारको लागि टेन्ट, स्वास्थ्य स्वयम्सेवकहरू, ३ वटा एम्बुलेन्सको व्यवस्था किन गर्नुप¥यो ? जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको अनुमति लिने निवेदकहरूले स्पष्ट ठोस जवाफ दिन सकेको पाइएन ।
प्रहरीको ब्यारिकेड तोडेर बानेश्वर हँुदै संसद् भवनतर्फ अगाडि बढेपछि प्रदर्शन उत्तेजक र हिंसात्मक भएको, गलत तत्वको घुसपैठ भएको भन्ने मिसिल संलग्न सुरक्षाफौजका पदाधिकारीहरूको बयानबाट देखिन्छ । गलत तत्वको घुसपैठ भएको भन्ने थाहा पाएका आयोजकहरूले त्यस्तो घुसपैठ रोक्नको लागि के कस्तो प्रयास वा कृयाकलाप गरे ? भन्ने पनि कहीँ कतैबाट खुल्दैन ।
यस्तो कार्य योजनावद्ध तरिकाले, पूर्वयोजनाबमोजिम वा योजनाबिना नै आकस्मिक भएको भए पनि जुनसुकै अवस्थामा आयोजकहरू मूख्य जिम्मेवार हुनुपर्छ । प्रदर्शन गर्न भनी अनुमति लिने आयोजकहरूले यस्तो परिस्थितिको जवाफदेहिता लिनुपर्ने हुन्छ । प्रदर्शन हिंसात्मक भई भएको धनजनको क्षतिको जवाफदेहिता र जिम्मेवारी आयोजकको पनि रहन्छ । अर्कोतर्फ शान्तिपूर्ण प्रदर्शनका लागि भनी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका ‘हामी नेपाल’ का सुधन गुरुङलगायतले किन माइतीघर मण्डलामा प्राथमिक उपचारको लागि टेन्ट, ३ वटा एम्बुलेन्स तथा स्वास्थ्य स्वयम्सेवकसमेतको व्यवस्था गरेको हो ? भन्नेतर्फ आयोजकले ठोस जवाफ दिन नसकेको अवस्था छ भने सुरक्षा निकायले पनि यस्तो परिस्थितिको सूक्ष्म विश्लेषण गरी सोहीअनुसारको तयारी गर्न नसकेको पाइन्छ ।
भदौ २३ गते बिहान १०ः३० बजे अन्दाजी ३०००/३२०० जनाको सङ्ख्यामा प्रमुख जिल्ला अधिकारीले प्रदान गरेको अनुमतिको परिधिभित्र सुरू गरिएको ¥याली केही समयभित्र नै सो परिधि र क्षेत्र नाघी बबरमहल, बिजुली बजार पुल हुँदै नयाँबानेश्वरस्थित एभरेस्ट होटल अगाडि आइपुगेको थियो । तत्पश्चात् प्रदर्शनकारीहरूको सङ्ख्या बढेर २०/२५ हजार भएको, सोही समयमा त्इद्य लेखिएको कालो टिसर्ट लगाएका र हात तथा शरीरमा त्इद्य ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपहरूले भिडलाई अगाडि बढ्न उत्तेजित बनाएको देखिन्छ ।
एभरेस्ट होटल अगाडि अन्दाजी २०/२५ हजार प्रदर्शनकारी जम्मा भइसकेपछि करिब १२ बजेको समयतिर ‘हामी नेपाल’ संस्थाका सुधन गुरुङले भिडको नेतृत्व गरेको देखिन्छ । गुरुङले नेतृत्व लिएपश्चात् आक्रोशित प्रदर्शनकारीहरूले सुरक्षा व्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भई प्रदर्शन हुलदङ्गामा परिणत भएको देखिन्छ । तत्पश्चात् मात्रै सुरक्षाकर्मीबाट अश्रुग्यास र पानीका फोहोरा प्रयोग गरेको पाइयो । अश्रुग्यासका कारण आक्रोशित भिडले द्यक्ष्ऋऋ १. नं. गेट अगाडि ढ्ङ्गामुढा तथा एपीएफ वाटर क्यानन तोडफोड गरेर वाटर क्याननको छतमासमेत चढेको देखिन्छ । यो बेला सुरक्षा निकायलगायत जेनजी अगुवाहरूले आक्रोशित भिडलाई सम्झाइबुझाई गरी फर्कन र अवाञ्छित गतिविधि रोक्न आग्रह गरेको देखिन्छ ।
मध्याह्नतिर प्रमुख जिल्ला अधिकारीले बल प्रयोग गर्ने आदेश दिएको र कफ्र्यु आदेश जारी गरेको देखियो । शान्तिपूर्ण विरोध भनेका प्रदर्शनकारीहरू किन कसरी हिंसात्मक हुन पुगे ? भनी विश्लेषण गर्दा उक्त स्थानमा त्इद्य लेखिएको कालो टिसर्ट लगाएका र हात तथा शरीरमा त्इद्य ट्याटु खोपेका १५/२० जना बाइकर ग्रुपको भूमिका रहेको देखियो । विध्वंसात्मक कार्य गर्ने गराउने समूहले नवयुवा (जेनजी) को शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी विद्यार्थीलाई ढाल बनाए । उनीहरूले सुरक्षाकर्मीहरूमाथि ढुङ्गामुढा गर्दै संसद् भवनमा आक्रमण र आगजनीसमेत गरी धनजनको क्षति पु¥याएको स्पष्ट हुन आयो । त्यस्तै एम्बुलेन्स र राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन गर्न गएको सवारी साधनमा पनि तोडफोड तथा आगजनी गरी कर्मचारीहरूलाई कुटपिट र दुव्र्यवहारसमेत गरको पाइयो ।
Leave a Reply