विश्व शान्तिको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो
- जेष्ठ १४, २०८३
यसै हप्ता २६ वर्षअघि, इजरायल दक्षिण लेबनानमा १८ वर्षदेखिको कब्जा अन्त्य गर्न बाध्य भएको थियो । त्यसबेलादेखि धेरै परिवर्तन भइसकेको छ, तैपनि लेबनान र इजरायल अझै त्यही नीतिमा अडिग छन् । जसले उनीहरूलाई आजको युद्धमा तान्यो । यो युद्ध जसले इरानलाई पनि घेरेको छ, संयुक्त राज्य अमेरिकालाई तानेको छ र अब विश्वव्यापी अर्थतन्त्रलाई नै खतरामा पारेको छ ।
मध्यपूर्व र विश्वभरि गुञ्जिरहेको केन्द्रीय मुद्दा ‘प्यालेस्टिन’ बनेको छ । इजरायलले १९७० को दशकमा, हिजबुल्लाह गठन हुनुभन्दा वर्षौं अघि, लेबनानमा प्यालेस्टिन–समर्थक सेनामाथि आक्रमण गरेको थियोे र त्यसबेलादेखि यो स्थानीय द्वन्द्व फराकिंदै गएको छ । १९८२ पछि इरानले हिजबुल्लाहलाई दिएको समर्थनले गर्दा लेबनान† इरान र इजरायलबिचको युद्धभूमिमा परिणत भयो । आज संयुक्त राज्य अमेरिका इजरायलको साथमा लडिरहेको बेला, त्यो मोर्चा क्षेत्रीय युद्धमा परिणत भएको छ । यसको मुटुमा हिजबुल्लाह उभिएको छ, जुन इजरायली–अमेरिकी प्रभुत्वको विरोध गर्ने इरानद्वारा समर्थित ‘प्रतिरोधको अक्ष’ (Axis of Resistance) को केन्द्रीय स्तम्भ हो ।
यस क्षेत्रीय र विश्वव्यापी रूपरेखामा लेबनान एउटा छेउको दृश्य (Sideshow) जस्तो लाग्न सक्छ । तर, यो अझ बढी छानबिनको योग्य छ किनकि यो झिल्कोले ७८ वर्षको इजरायल–लेबनान–प्यालेस्टिन द्वन्द्वलाई आजको क्षेत्रीय युद्धमा विस्तार गर्याे र अझै पनि गर्दै छ ।
सन् २००० देखि लेबनानमा धेरै परिवर्तन भएको छ । उन्नत मिसाइल, ड्रोन र राडार प्रविधिले अब शक्ति सन्तुलनलाई आकार दिएको छ; सबैभन्दा माथि त इरान र हिजबुल्लाहको अमेरिकी–इजरायली हवाई प्रतिरक्षाबाट बच्ने क्षमतामा वृद्धि भएको छ । लेबनानको अर्थतन्त्र ध्वस्त भएको छ, त्यहाँका मानिसहरूलाई बारम्बार आफ्नो घरबाट धपाइएका छन् अनि इजरायलले दक्षिणी भेगका सहर र गाउँहरूलाई ध्वस्त पारेको छ । सन् २००६ मा बेरुतको दाहियेहमा बनाइएको र पछि गाजामा लागू गरिएको सहरी विनाशको सिद्धान्तलाई उजागर गर्दै छ । हिजबुल्लाहलाई ठुलो चोट लागेको थियो तर दुब्लिएको थप चुस्त शक्ति भएर पुनर्जन्म लिएको छ, जसले लेबनानलाई आफ्नो वशमा राख्ने वा यसभित्र अर्को स्थायी सुरक्षा क्षेत्र बनाउने इजरायलको अभियानलाई फेरि एक पटक विफल पारेको छ ।
क्षेत्रीय तस्वीर पनि परिवर्तन भएको छ । इरानसँग हिज्बुल्लाहको सम्बन्धको रूपमा सिरियाको भूमिका ध्वस्त भएको छ र अमेरिका–इजरायली आक्रमणबाट इरान आफैलाई केही क्षति पुगेको छ । तैपनि, तेहरान युद्ध अन्त्य गर्ने कुनै पनि क्षेत्रीय सम्झौतामा लेबनानलाई समेटिएको हेर्न दृढ देखिन्छ । संयुक्त राज्य अमेरिकाले खुलेआम इजरायलको पक्ष लिएको छ, लेबनानी राष्ट्रपति जोसेफ आउन् र प्रधानमन्त्री नवाफ सलामलाई हिज्बुल्लाहलाई ‘निःशस्त्र’ गर्न र इजरायलमाथिको विद्यमान खतरा हटाउन दबाब दिएको छ, नत्र लेबनानभरि गाजा शैलीको थप विनाशको सामना गर्नुपर्ला भनी धम्क्याउँदै छ । चीन, साउदी अरेबिया, टुर्कीए, पाकिस्तान र रूसलगायत अन्य शक्तिहरूले इरानविरूद्धको युद्ध अन्त्य गर्न, शान्ति र लेबनानी सार्वभौमसत्ता पुनस्र्थापित गर्न विभिन्न तरिकाले दबाब दिएका छन् ।
यस राजनीतिक आँधीबेहरीको बिचमा, लेबनानमा सन् २००० अघिको युगका धेरै अवस्थाहरू अझै कायम छन् । इजरायललाई एकमात्र प्रभावकारी प्रतिरोध प्रदान गर्ने सशस्त्र आन्दोलनको रूपमा हिज्बुल्लाहको भूमिकामा लिएर जनसङ्ख्या विभाजित छ । सरकार राजनीतिक वा सैन्य रूपमा काम गर्न असमर्थ देखिन्छ; आर्थिक अभाव, घरेलु सहमति वा सैन्य प्रभावका कारण । कहिलेकाहीँ लेबनान, इजरायली वा अमेरिकी दबाबमा झुक्छ : पहिले नै सीमान्तकृत प्यालेस्टिनी शिविरहरूलाई ‘निःशस्त्रीकरण’ गराउँछ, वा अमेरिकाको इजरायल–समर्थक पूर्वाग्रहको आडमा वाशिङगटनमा इजरायली अधिकारीहरूलाई भेट्छ ।
वासिङटनले लेबनानको पुनर्निर्माणका लागि प्रदान गर्ने आर्थिक सहयोगलाई बेरुतले कति अमेरिकी–इजरायली सर्तहरूको पालना गर्छ भनेर जोडेको छ । पछिल्ला दुई युद्धविरामको इजरायली उल्लङ्घनलाई बेवास्ता गर्ने अमेरिकाको तयारीमा इजरायल समर्थक पक्षपात (Pro-Israeli bias) स्पष्ट छ र कुनै पनि लेबनानीमाथि आक्रमण गर्ने इजरायलको अधिकारलाई औपचारिक रूपमा समर्थन गर्दै वासिङटनले खतरा मान्दछ जबकि इजरायलबाट धम्की दिइएका लेबनानीहरूलाई भने सोही अधिकारबाट वञ्चित गर्दछ ।
लेबनानी सरकारले असन्तुष्ट, अत्यन्तै गरिब जनसङ्ख्याको दबाब पनि महसुस गरेको छ, जो निरन्तर इजरायली आक्रमणबाट आक्रोशित छ । इजरायलले २०२६ मा मात्र ३,००० भन्दा बढी लेबनानी मारेको छ, १२ लाखलाई जबरजस्ती आफ्नो घरबाट विस्थापित गरेको छ र दर्जनौँ गाउँ र साना सहरहरू ध्वस्त पारेको छ । अमेरिकी दबाब प्रयोग गर्दै इजरायली आक्रमण रोक्न र बेरुतलाई आफ्नो सबै भूमिमा सार्वभौम नियन्त्रण पुनःस्थापित गर्ने हेतुले लेबनानले इजरायलसँगको वार्तालाई आफ्नो सैन्य बेफाइदालाई कम गर्ने प्रयासको रूपमा ओचित्य दिन्छ ।
यी पुरानो र नयाँ गतिशीलतामाथि एउटा ऐतिहासिक वास्तविकता तैरिँदै छ : इरान र हिजबुल्लाहले विदेशका सहयोगीहरूको समर्थनमा विनाशकारी इजरायली–अमेरिकी आक्रमणलाई अवशोषित गरे र दुई पटक आफूभन्दा धेरै शक्तिशाली, आणविक–हतियारधारी विरोधीहरूलाई युद्धविराम स्वीकार गर्न र नयाँ वार्ता गर्न बाध्य पारे† पहिलो अप्रिलको सुरुमा इरानको लागि र केही दिनपछि लेबनानको लागि । लेबनानी युद्धविरामले अब अमेरिका–इरानको व्यापक सम्झौतामा समावेश हुने भएको छ । दुबै युद्धविरामले यस क्षेत्रमा भएको अमेरिकी–इजरायली स्थिति कमजोर भएको छ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गहिरो राजनीतिक प्रहार पाएका छन् भने इरान, हिजबुल्लाह र यिनका सहयोगीहरूका लागि नयाँ कूटनीतिक लाभको सङ्केत गरेको देखिन्छ ।
यी सबैबाट हामीले के पाठ सिक्न सक्छौँ ? सायद त्यो सैन्य शक्ति, जतिसुकै क्रुर वा नरसंहारी किन नहोस्, मध्यपूर्वभरिको वास्तविकतालाई सधैँ निर्देशित गर्न सक्दैन । यदि वर्तमान प्रवृत्ति कायम रह्यो भने, बफर र ‘सुरक्षा’ क्षेत्रहरू, नयाँ इजरायली बस्तीहरू, स्थानीय इजरायल समर्थक सहयोगीहरू, सैन्य चौकीहरू, निरन्तर हवाई हमलाहरू, सम्पूर्ण अमेरिकी समर्थित इजरायली युद्धनीति (Playbook), सबै अतीतका कुरा हुनेछन् ।
लेबनानमा नयाँ कूटनीतिक सन्तुलन कसरी देखा पर्छ भनेर हेर्न बाँकी छ । तर इरान र हिजबुल्लाह, आफ्नो ‘अस्तित्व’ को लडाइँबाट बचेर अब स्थायी युद्धविरामको लागि दबाब दिइरहेका छन् भने इजरायली स्थितिलाई कमजोर बनाउन र लेबनानको आन्तरिक गतिशीलतालाई पुनः आकार दिन मद्दत गर्न सक्छन् । आदर्श रूपमा यसले हिजबुल्लाह, बेरुत सरकार र सबै लेबनानीहरूलाई एक पटक र सधैंका लागि, पारस्परिक रूपमा लाभदायक सम्बन्धहरूको लागि गम्भीर दीर्घकालीन दृष्टिकोणमा समाधान गर्न प्रेरित गर्न सक्छ† त्यो इजरायलसँग जसले लेबनानी सार्वभौमसत्ताको पूर्ण सम्मान गरोस् ।
यदि त्यसो भयो भने यसले सबै पक्षहरूलाई ७८ वर्षदेखि बेवास्ता गरिएको र स्थायी युद्धलाई बढावा दिने केन्द्रीय मुद्दा ‘प्यालेस्टिनी अधिकार’ लाई निष्पक्ष रूपमा समाधान गर्न दबाब दिनेछ । वैध रक्षा रणनीतिका साथै परिपक्व र निर्णायक कूटनीतिले मात्र वर्तमान प्रवृत्तिले इच्छित परिणामतर्फ डो¥याउने छ कि छैन भनेर निर्धारण गर्नेछ ।
(लेखक अमेरिकन युनिभर्सिटी अफ बेरुत, वरिष्ठ सार्वजनिक नीति अध्येता हुन् ।)
प्रस्तुति : सुतेज
Leave a Reply