भर्खरै :

आक्रमणकारी अमेरिकाको इरानमाथि युद्धविराम उल्लङ्घनको आरोप

आक्रमणकारी अमेरिकाको इरानमाथि युद्धविराम उल्लङ्घनको आरोप

तेहरान, १४ जेठ (प्रेस टीभी) । मध्यपूर्व युद्ध सुरू भएको तीन महिनापछि बिहीबार इरानमाथि टोमाहक क्रुज मिसाइलले आक्रमण गरेको संयुक्त राज्य अमेरिकाले इरानमाथि जारी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।
पछिल्लो आरोप अमेरिका र इरानबिच अप्रिल ८ मा युद्धविराम सुरू भएपछिको सबैभन्दा गम्भीर आरोप हो । यसले युद्ध अन्त्यका लागि जारी वार्ता प्रयासलाई नराम्ररी प्रभावित पारेको छ । अमेरिकाको सहयोगी कुवेतले इरानले तनावलाई ‘खतरनाक वृद्धि’ तर्फ धकेलेको आरोप लगाएको छ । इरानमाथिको मिसाइल हमला कुवेतमा रहेको अमेरिकी सैनिक आधारबाट गरेको थियो र इरानले त्यही आधारमा प्रत्याक्रमण गरेको थियो ।
त्यस्तै बिनाअनुमति स्ट्रेट अफ हर्मुज पार गर्न खोज्ने चारवटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आइआरआइबीले बिहीबार जनाएको छ । इरानले युद्ध सुरू भएदेखि अर्थात् फेब्रुअरी २८ देखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ ।
अमेरिकी सेनाले भनेको छ, “आफ्नो समूहले हर्मुज र वरपरका पाँचवटा ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रको भू–नियन्त्रित स्टेसनबाट छैटौँ आक्रमणलाई रोकेको थियो ।
बन्दर अब्बासमा भएको आक्रमणले इरानलाई ‘आक्रमणको स्रोतको रूपमा रहेको अमेरिकी सैन्य हवाई अड्डा’लाई निशाना बनाउन प्रेरित गरेको इरानको रिभोलुसनरी गाड्र्सलाई उद्धृत गर्दै आइआरआइबीले लेखेको छ ।
आईआरजीसीले सैन्य आधार कहाँ छ भनेर स्पष्ट पारेको छैन, तर अमेरिकी सेनालाई आफ्नो भूमिमा शिविर राख्न दिएको कुवेतले आफ्नो हवाई प्रतिरक्षाले आक्रमणको जवाफ दिएको बताएको छ ।
कुबेतको विदेश मन्त्रालयले भने ‘कुवेतको भूमिलाई लक्षित गरी मिसाइल र ड्रोनद्वारा गरिएको आपराधिक आक्रमणको निन्दा गर्दै यसले खाडी क्षेत्रमा खतरनाक द्वन्द्वको वृद्धि गरेको बताएको थियो ।
पहिले आफैले आक्रमण थालेको अमेरिकी सेन्ट्रल कमान्डले इरानी प्रत्याक्रमणलाई ‘युद्धविराम उल्लङ्घन’ भनेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानले ‘आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने’ बताउनुभएको छ ।
अमेरिकी अधिकारीले पत्रकारहरूसँग युद्धविरामको रक्षा गर्ने उद्देश्यले इरानमा कारबाही गरिएको हास्यास्पद तर्क गरेका छन् ।
इरानको आईआरजिसीले बिहीबार थप आक्रमण भएको खण्डमा ‘कडा प्रतिक्रिया’ दिने चेतावनी दिएको छ ।
यस भिडन्तले द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यका साथ भइरहेको वार्ताको अनिश्चिततालाई सङ्केत गरेको छ । यद्यपि, कुनै पनि पक्ष पूर्ण युद्धमा फर्कन उत्सुक देखिएका छैनन् ।
बिहीबारको हमलाअघि इरानको राजधानीमा रहेका २७ वर्षीय सफ्टवेयर डेभलपर आमिरले युद्धविराम र सम्झौताको चर्चाका बाबजुद नयाँ लडाइँको डर सधैँ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई लाग्छ, केही पनि निश्चित छैन । सर्वसाधारणको अहिले दैनिक प्रश्न के हुने गरेको छ भने के आज राति मिसाइल आक्रमण हुनेछ ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *