नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
सं.रा.अमेरिकाले प्रजग कोरियाको स्थापना भएदेखि नैउसलाई नष्ट गर्न खोजेको हो । सं.रा.अमेरिकाले प्रजग कोरियाको स्थापना भएदेखि नैउसलाई नष्ट गर्न खोजेको हो । दोस्रो विश्वयुद्धको अन्त्यतिर कोरियाली जनगणतन्त्रका राष्ट्रपतिको रुपमा जनसमितिहरूद्वारा योे उन ह्युङ निर्वाचित भए । दक्षिणमा यी जनसमितिहरूलाई अमेरिकी शक्तिको सैन्य उर्दीद्वारा भंग गरियो । ह्युङले जनसमितिहरूलाई कोरियाली गणतन्त्र (ROK) ले विस्थापित गरे । उत्तरमा जनसमितिहरूलाई भंग गर्नुको साटो कोरियाली मजदुर पार्टीद्वारा सहकार्य गरी प्रजातान्त्रिक जनगणतन्त्रको कोरिया (DPRK) को स्थापना गरियो । १९५० मा फासिवादी तानाशाह सिंगमन रिको आडमा सं.रा. अमेरिकी साम्राज्यवादले कोरियामाथि धावा बोल्यो । साम्यवादसंग लड्ने नाममा उसले उत्तरी इलाकाहरूमा पसेर गाउँका गाउँ नष्ट ग¥यो । कुख्यात बोडो आमसंहारजस्ता घटनाहरू धेरैपटक दोहो¥याइरह्यो । लगत्तै कोरियाली जनसेना प्रत्याक्रमणमा ओल्र्यो । र दक्षिणबाट भागेर आएका कोरियाली समूहहरूसंग मिलेर युद्ध शुरु भएको मात्र ६ दिनमा लगभग पूरै कोरियालाई मुक्त ग¥यो । हान पुललाई ध्वस्त पारी जनतालाई सिउल शहरमै बन्द गरेर सिंगमन री बुसनतिर भाग्यो । जापानमा अड्डा जमाएको सं.रा. अमेरिकी सेनाले जापान विजयको ‘उपहार’को रुपमा कोरियालाई हेरेको थियो । त्यसैअनुरुप फासिवादी सिंगमन रिको सत्तालाई सघाउन एवं प्रजग कोरियालाई नष्ट गर्न बुसन जानका लागि अमेरिकी सेनालाई राष्ट्रपति ट्रुमेनको आदेश आयो ।
संसारका प्रगतिशील जनताको सहयोगमा कोरियाली जनसेनाले सं.रा. अमेरिकी साम्राज्यवादीहरूलाई धुलो चटाए । अमेरिकी सेनालाई पहिलो पराजय थमाए र उसको गौरवलाई यसरी घाइते पारिदिए कि उत्तर कोरियालाई ‘मुक्त’ गर्ने लक्ष्यमा हार खाएपछि अमेरिकी सेनाले कहिल्यै त्यसलाई फिर्ता लिन सकेन । युद्धविराममा हस्ताक्षर भयो । तर कुनै औपचारिक शान्ति सम्झौता भएन । दक्षिण कोरियाली सेनाको कमाण्ड अमेरिकालाई सुम्पनेगरी अमेरिका र कोरियाली गणतन्त्रबीच सैन्य सम्झौता भयो । जुन अद्यापी कायम छ ।साम्यवादलाई ‘रोक्छौँ’ भनेर दाबी गरेको तर त्यसो गर्न नसकेकाले कोरिया युद्धमा लडेका सेनालाई अमेरिकामा हार्दिकतापूर्वक स्वागत गरिने छैन भन्ने ट्रुमेन र अन्य अमेरिकी राजनीतिज्ञलाई थाहा थियो । त्यसैले अमेरिकामा कोरिया युद्ध ‘विस्मृत युद्ध’ भयो भने प्रजग कोरियामा ‘पितृभूमि मुक्ति युद्ध’ ।सोभियत संघको विघटनपछि अमेरिका र दक्षिण कोरियाले प्रजग कोरियालाई उत्तेजित पार्ने खालका गतिविधीहरू बढाइरहेका छन् ।१९९० को दशकको शुरुदेखि नै सं.रा. अमेरिकी साम्राज्यवादीहरूले ‘इतिहासको अन्त्य’ र ‘समाजवादको पतन’ को मिथक प्रचार गरिरहेका छन् । तीस वर्षदेखि बुर्जुवा उदारवाद नै सरकारको अन्तिम रुप भएको ढोल पिटिरहेछन् । प्रजग कोरिया र क्युवाबीचको सम्बन्ध भने बलियो हुँदै गयो । यी दुई मुलुकले एकअर्काप्रति एवं समाजवादी बाटोप्रति प्रतिबद्ध रहने धेरै सम्झौतामा हस्ताक्षार गरे ।सोभियत संघको पतनपछि किम जोङ इलले धेरै समाजवादीहरूसंग भेटेर तथा समाजवादप्रतिको आफ्नोे आस्थाले अभिपे्ररित गरेर उनीहरूको निष्ठालाई सुदृढ पारे । प्रजग कोरियाको अवश्यम्भावी पतनको साम्राज्यवादी बकबकका बावजुद कठीन अग्निपरीक्षाहरू सामना गर्दै किम जोङ इलको नेतृत्वमा प्रजग कोरिया अडिग रह्यो । प्रजग कोरियाली आणविक कार्यक्रम साम्राज्यवादको बढ्दो हस्तक्षेपकारी स्वार्थको प्रतिक्रिया हो ।
१९६० र १९७० को दशकमा सं.रा. अमेरिकाले आफ्ना दक्षिण कोरियाली आधारक्षेत्रमा आणविक हतियारहरू राखेर कोरियाली प्रायद्वीपको आणविकीकरणको आरम्भ गरेको हो । त्यसको प्रतिक्रियामा प्रजग कोरियाले प्रायःद्वीपलाई आणविकीकरणमुक्त गर्नुपर्र्ने माग राख्यो । १९६० एवं १९७० को दशकभरि उसले आम¥यालीहरूमार्फत यो माग अघि बढाइरह्यो । नब्बेको दशकमा सोभियत संघको अन्त्यपछि सं.रा. अमेरिकाको साम्राज्यवादी आक्रमण र कब्जालाई एउटा बलियो छेकबारले मात्र रोक्न सकिने देखियो । जस्तो आक्रमण र कब्जा उनीहरूले युगोस्लाभिया, अल्बानिया र इराकमा गरेका थिए । यस्तो हुनबाट देशलाई जोगाउनका लागि किम इल सुङले रक्षात्मक आणविक हतियार निर्माण आयोजना शुरु गरे ।राष्ट्रपति किम इल सुङको कार्यक्रमले किम जोङ इलको शासनमा गति लियो । एउटा अनुशासित र आधुनिक सेनालाई कोरियाको शान्तिको सुरक्षार्थ हुर्काएर किम जोङ इलले युगोस्लाभियाली युद्धजस्तो त्रासद अवस्था आउनबाट प्रायःद्वीपलाई जोगाए । किम जोङ इलले आफ्नोे जीवन एवं नेतृत्वकालभर युद्धलाई पन्छाइरहे ।कोरियाली मजदुर पार्टीको सातौँ महाधिवेशनमा किम जोङ उनले भने, “एउटा जिम्मेवार आणविक हतियारसम्पन्न राज्यका रुपमा हाम्रो सार्वभौमसत्तामाथि कुनै हिंस्रक शक्तिले अतिक्रमण नगरुञ्जेल हाम्रो गणतन्त्रले आणविक हतियारको प्रयोग गर्नेछैन ।” उनले आत्मसुरक्षात्मक शक्ति निर्माण गर्ने प्रजग कोरियाको अठोट अटल रहेकोमा जोड दिए ।
प्रजग कोरियाले दक्षिण कोरिया, जापान वा सं.रा. अमेरिकालाई धम्काएको छैन । बरु आत्मरक्षा गर्ने चेतावनी दिएको छ । यसैलाई नियोजित रुपमा साम्राज्यवादी संचारले धम्कीको रुपमा दुष्प्रचार गरिरहेको छ । प्रजग कोरिया ‘रहस्यमय’ छैन । एउटा औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर हुनुपर्छ । विद्यमान सैन्य सम्झौतालाई खारेज गर्नुपर्छ । अमेरिकी सेना दक्षिण कोरिया छोड – यो नै पुनःएकीकरणको एक मात्र मार्ग हो । अमेरिकी साम्राज्यवादले कहिल्यै पनि आर्थिक एवं सैन्य डरधम्कीको भरमा कोरियालाई झुकाउन सक्ने छैन । प्रजग कोरियामा सैन्य हस्तक्षेप गर्ने ट्रम्पको स्वार्थ नया“ होइन, बरु यो स्वार्थलाई दशकौं अघिदेखि हुर्काइएको होे । राष्ट्रपति ट्रम्पको यो नौटङ्की आफ्नै एवं विश्व शक्ति अमेरिकाको कमजोरी छोप्ने दारुण यत्न हो भन्नेमा हामी विश्वास गछौँ । इतिहासमा यसअघि कहिल्यै पनि अमेरिकी साम्राज्यले यति निरीह तालले सम्झौता गरेको थिएन । बुसको कार्यकालमा सं.रा. अमेरिकी साम्राज्यले ल्याटिन अमेरिकामा आफ्नो पकड गुमायो, कहिल्यै फिर्ता नपाउनेगरी । राष्ट्रपति ओबामा सम्बन्ध सामान्यकरण गर्नुपर्ने ५० वर्ष पुरानोे क्युवाली जनताकोमागलाई स्वीकार्न बाध्य भए । त्यो पनि अमेरिकी धम्की र आतंकवादले हावा खाएको स्वीकारोक्तीसहित । आज प्रजग कोरिया सबैभन्दा स्थिर छ । कोरियाली जनसेना पहिलेभन्दा शक्तिशाली छ । यता आन्दोलन र जनपरिचालनहरू खेपिरहेका इतिहासमै सबैभन्दा बदनाम अमेरिकी नेता छन् । आर्थिक र राजनीतिक एकताका लागि चुनौती बनिरहेको उनको फासीवादी शासन छ । यस्तोबेला राष्ट्रपति ट्रम्पले कोरियामा ‘लडाकू समूह’ पठाएको भनी संचार माध्यममा ठूलो तमासा बनाए ।यत्ति हो, उक्त लडाकू समूह कहिल्यै आएन । वास्तवमा त्यो कोरियाबाट ‘अन्तै’ मोडियो ।समग्र अवस्थालाई एउटा उपयुक्त बिम्ब – बलप्रदर्शनको अर्थ हो, घातक कायरता र निरीहताको ढाकछोप ।युद्धको धम्कीमय वर्तमान राजनीतिक उथलपुथलको आरम्भमै राष्ट्रिय सुरक्षाबाट स्टीभ बेन्ननलाई हटाउनुले उनीजस्ता युद्धपिपासुहरूले विश्वास गुमाएका हुन कि भन्ने हामीलाई लागेको थियो । साथै सं.रा. अमेरिकी प्रशासन वर्षौँदेखि अपनाइँदै आएको उहीँ पुरानो नीतिमा फर्केको हो कि भन्ने लागेको थियो । जेहोस, प्रजग कोरिया कब्जा गर्ने ट्रम्पको मनसाय फासीवादको सैन्य चरित्रका साथै, परिणामहरूबारे उनको अदुरदर्शिताका कारण जन्मिएको हुनुपर्छ । तैपनि, हामीले भन्नैपर्छ राष्ट्रपति ट्रम्प र उनको फासीवादी टोलीले आगोसित खेल्दैछन् ।
कोरिया युद्धलाई शान्तिपूर्ण रुपमा टुंगाउनुपर्छ भन्ने मागसहित संसारभर सडकमा ओर्लिएका हाम्रा साथी एवं मित्र संगठनको सल्लाहलाई उनले मनन गर्नैपर्छ । अन्यथा, उनले कोरियाली जनताको फलामे मनोबललाई नाप्न नसकेको ठहरिन्छ जसले आफ्नो देशलाई हडप्न खोज्ने हिजोको अमेरिकी दुष्प्रयासलाई अहिले पनि भुलेका छ्रैनन् ।स्रोतसाधनको लुटपाट र भण्डारण गर्ने साम्राज्यवादी सिलसिला।दुर्लभ खनिज पदार्थको दोहनका लागि पूर्व र पश्चिमले अफ्रिकामा साम्राज्यवादी गतिविधीहरू जसरी बढाइरहेका छन्, त्यस्तै अवस्थामा आफूलाई पाएको छ प्रजग कोरियाले । केही पूँजीवादी विश्लेषकहरूले यसलाई “अफ्रिकाका लागि नयाँ लुछाचुँडी” भनेका छन् । हामी माक्र्सवादीहरूलाई थाहा छ, यो त खालि अफ्रिकाका दुर्लभ खनिजका लागि नवऔपनिवेशिक शोषणलाई चर्काउने नयाँ खेलो हो । हालसालैको एक रिपोर्टले भन्छ, अति कम प्राकृतिक स्रोत मात्र प्रयोग गरेको प्रजग कोरियामा सबैले खोजिरहेका दुर्लभ खनिजहरू हुन सक्ने देखिएको छ । प्रजग कोरियाली भूमिमा चीनको भन्दा ६ गुणा बढी दुर्लभ खनिज हुनसक्छ । पहिले तेल, मसला र सुनका लागि युद्धहरू लडिएजस्तै, नयाँ युद्ध प्रविधिको विकासका लागि आवश्यक पर्ने नयाँ स्रोतहरूका लागि हुने देखिन्छ । तेलको मामिलामा जस्तो हामी अर्को नरसंहारकारी युद्धको पक्षमा उभिनेछैनौँ ताकि केही पूँजीपतिहरूले यो नयाँ उपभोग मूल्यको स्वामित्वमा एकाधिकार कायम गरुन् । प्रजग कोरियामाथिको आक्रमणले कोरियाली प्रायःद्वीप, जापानी टापुहरू र सं.रा. अमेरिकाका आमजनतालाई खतरामा पार्नेछ ।सं.रा.अमेरिकी साम्राज्यवादले प्रजग कोरियामाथि आक्रमण गर्ने दुस्साहस गर्छ भने कोरियाली जनसेनाले आफूसंग भएका सबै रक्षात्मक एवं आक्रामक उपायद्वारा प्रतिकार गर्नेछ । त्यसपछि अमेरिकी सेना कोरियामा टिक्नसक्ने कुनै संभावना देखिन्न । त्यहाँ अमेरिकी सिपाहीलाई तिनका कमाण्डरहरूले सिधै भन्नेगर्छन्, “उत्तरले आक्रमण ग¥यो भने तिमीहरू गुजुल्टिएर भाग्नेछौ ।”
आमजनताले झन् ठूलो मूल्य चुकाउनुपर्नेछ, कोरियामा मात्र होइन जापान, अमेरिका र अन्य देशमा पनि । दशकौँसम्म जमिनको अतिठूलो हिस्सा निर्जन हुनेछ । सैन्य वा आर्थिक रुपमा नै प्रजग कोरियासंगको द्वन्द्वमा सं.रा.अमेरिकालाई जोग्गिने ठाउँ नै नरहने देखिन्छ । प्रजग कोरियामाथिको आक्रमणले चीनसितको सम्बन्ध बिग्रनेछ र आणविक युद्ध शुरु हुनसक्छ ।प्रजग कोरियामाथिको आक्रमणलाई चीनले कदापी सहनेछैन । नत विश्वका बहुमत प्रगतिशील जनताले नै सहनेछन् । जस्तै, प्रजग कोरियाका ल्याटिन अमेरिकी मित्र देशहरू क्युवा, बोलिभिया र भेनेजुयला वा अफ्रिकाका पूर्वउपनिवेश देशहरू । समग्र विश्वविरुद्ध युद्धको जोखिम मोल्नका निम्ति १९५० को दशकमा हारेपछि घाइते भएको सं.रा.अमेरिकी सेनाको गौरवलाई कारण बनाउनु कुतर्क गर्नु हो । जुन युद्धमा संसारका अरु सबै जनताहरूसंगै सं.रा. अमेरिका पनि ध्वस्त हुनसक्छ । कोरियामा सं.रा. अमेरिकाले मच्चाइरहेको युद्धमय वितण्डाको विरोध गर्नु मानवताको कर्तव्य हो । हाम्रो पार्टीले २०१६ को सभामा अघि सारेका मागप्रतिको प्रतिबद्धतालाई पुनः जोड दिन्छ ः
– हामी तत्काल एवं निःसर्त रुपमा विदेशबाट सेनालाई फिर्ता गर्नुपर्ने, समुद्रपारका सबै अमेरिकी सैन्य शिविरहरू बन्द गर्नुपर्ने, सार्वभौम देशका सेनालाई अमेरिकी खटनमा राख्ने सबै सैन्य सम्झौताहरूलाई खारेज गर्नुपर्ने माग गर्दछौँ ।
– हामी फिलिपिन्स, कोलम्बिया, यहुदीवादी इजरायलका सरकारहरू तथा अन्य साम्राज्यवादी एवं पूँजीवादी दमनका शिविरलाई दिइने सैन्य एवं वित्तीय सहयोगलाई तत्काल रोक्नुपर्ने माग गर्दछौँ ।
– हामी प्रजग कोरियासित तत्काल शान्ति सम्झौता गर्नुपर्ने, अमेरिकी नाकाबन्दी अन्त्य गर्नुपर्ने, कोरियाली प्रायःद्वीपको दक्षिणी भागमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, संयुक्त सैन्य अभ्यास गरेर सताउन बन्द गर्नुपर्ने र सबै सैन्य सम्झौताहरू खारेज गर्नुपर्ने माग गर्दछौँ । विश्वका प्रगतिशील जनताको मागलाई गुञ्जाउन र युद्धतिर लम्किरहेकाहरूलाई रोक्ने उद्धेश्यसहित ट्रम्प प्रशासन, लकहीड मार्टिन र बोइङजस्ता युद्ध उत्पादकहरू, दक्षिण कोरियाली बुख्याचाहरूका दुतावास एवं अमेरिकी र जापानी साम्राज्यवादीहरूका कार्यालयसामू युद्धविरोधी प्रदर्शन तथा गतिविधीहरू केन्द्रित गर्न हाम्रो पार्टी सम्पूर्ण कार्यकर्ता साथी, कामदार जनता, युवा एवं वयोवृद्धहरूलाईआह्वान गर्दछ ।
कोरियाबाट हात झिक !
शिक्षा र रोजगारीमा लगानी गर !
युद्धमा होइन १अहिल्यै शान्ति सम्झौतामा हस्ताक्षर गर !
अप्रिल २७, २०१७
स्रोत ः द रेड फिनिक्स
अनुवादः परियार
Leave a Reply