भर्खरै :

असल नागरिक सदा सम्मानित हुने

सूर्यविनायक, १७ असार । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्न नेक्रामसङ्घ, सूर्यविनायक नगर समितिले बिहीबार एक कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले समाज र देशको सेवामा समर्पित हुने असल नागरिक सम्मानित हुने धारणा राख्नुभयो । शोभा प्रधानप्रतिको श्रद्धाञ्जलीले समाजमा राम्रो काम गर्न मानिसलाई उत्साहित गर्ने भन्दै समाजमा क्यान्सर, मुटुरोगलगायत नसर्ने रोगहरू बढेकोले खानपान, आनीबानी तथा शारीरिक व्यायाममा ध्यान दिनुपर्ने विचार राख्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले शोभा प्रधानले क्यान्सरसम्बन्धी चेतना विकास र रोगको रोकथामको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।
नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले शोभा प्रधान महिला हकहितको निम्ति मात्र नभई शिक्षक आन्दोलनमा पनि सक्रिय हुनुहुन्थ्यो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष मीना मास्केको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य महेन्द्र बखुन्छेँ, पार्टी वडा नं ८ एकाइ समितिका अध्यक्ष श्याम सुवाल, नेक्रामसङ्घकी गीता ख्याजू, नजरमाया बातीलगायतले बोल्नुभएको थियो ।
यसैगरी बिहीबारै दधिकोटमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैया सुवाल, पार्टी नगर अध्यक्ष सूर्यभक्त त्वाती, नगर समिति सचिव महेन्द्र बखुन्छेँ, नेक्रामसङ्घ भक्तपुर जिल्ला सदस्य गंगा वैद्य, ज्ञानमाया राजथला, नेक्रामसङ्घ नगर समितिकी मनशोभा त्वातीलगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.