भर्खरै :

‘अमेरिकी मार्का’ को युद्ध इन्जिनको नयाँ प्रमाण फेला

अमेरिकी सर्भेक्षण वेबसाइट ‘इन्टरसेप्ट’ ले हालै एक समाचार चुहाएको छ । सन् २०१७ देखि २०२० सम्म अमेरिकाले ‘१२७ इ’ परियोजनामार्फत विश्वमा कम्तीमा २३ पटक गरी प्रोक्सी (छद्म) युद्ध गरेको छ जसमध्ये कम्तीमा १४ पटक मध्य पूर्व तथा एसिया–प्रशान्तमा भएका थिए । सन् २०२० मा मात्र कम्तीमा १४ वटा परियोजनाहरू सक्रिय छन् । यदि त्यो साँचो हो भने अमेरिकाले लामो समयदेखि विश्वभर प्रोक्सी युद्धहरू गरिरहेको यो अर्को प्रमाण हो । जसबाट अमेरिका विश्वमा अराजकताको सबैभन्दा ठूलो स्रोत हो भन्ने थप प्रमाणित हुन्छ ।
अमेरिकाले यसलाई गोप्यरूपमा राखिरहे तापनि अमेरिकाले संसारभर प्रोक्सी युद्धहरू सुरु गर्ने गरेको कुरा अन्तर्राष्ट्रिय समुदायको लागि सर्वविदितै हो । प्रोक्सी युद्ध भनेको द्वन्द्वमा प्रत्यक्ष संलग्नता हुनबाट जोगिनका लागि कुनै ठूलो वा सानो मुलुकले सुरु गरेको वा प्रोक्सीले सुरु गरेको युद्धको समर्थन गरेको युद्ध हो । यसो गर्नुको उद्देश्य सबभन्दा कम जोखिममा अधिकतम फाइदा उठाउनु हो । दोस्रो विश्वयुद्धको अन्त्य र शीतयुद्धको सुरुवातसँगै प्रोक्सी युद्ध बिस्तारै बिस्तारै विश्वव्यापी द्वन्द्वको मुख्य रूप बनेका छन् ।
सन् १९५५ को सुरुमा, तत्कालीन राष्ट्रपति आइसेनहोवरले यसरी घोषणा गरेका थिए । प्रोक्सी युद्ध ‘विश्वमा सबैभन्दा सस्तो बीमा’ हो । ‘इन्टरसेप्ट’ वेबसाइटले यस पटक चुहाएको अवस्था अमेरिकाले विगत केही दशकहरूमा गरेको कुकर्मको सानो भागमात्र हो । मध्यपूर्वदेखि पूर्वी युरोप अनि ल्याटिन अमेरिकासम्म, विश्वका लगभग हरेक अराजकताको पछाडि अमेरिका रहेको देखिन्छ । अमेरिकाले विशेषगरी ‘रङ्गीन क्रान्ति’ मा आफ्नो क्षेत्रीय प्रोक्सी हुर्काउन निकै चासो देखाइरहेको छ र प्रोक्सी युद्ध सुरु गर्ने बानी परेको छ ।
जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवस हो । विगत २४० वर्षमा अमेरिकाले युद्धमा संलग्न नभएको समय २० वर्षभन्दा कम थियो । भर्खरै मिडियाद्वारा चुहिएको ‘१२७ ई’ परियोजनालाई समेट्ने हो भने, ‘अमेरिकी मार्का’ को युद्ध इन्जिन एक क्षणको लागि पनि अड्न सकेको छैन । अमेरिकाले यसो गर्नुको प्रेरक शक्ति आर्थिक स्रोत र प्रभुत्वको खोजी हो । यसको परिणाम ‘प्रोक्सी’ र लक्षित देश दुवै द्वन्द्वमा परिरहेका साथै निर्दोष मानिसहरूको ज्यान गुमाउँछन् र सम्बद्ध क्षेत्रको स्थिति झन् दयनीय बन्दै गएको छ ।
“लडाइँबाट ल्याइने झटका एक किसिमको लत हो, शक्तिशाली र घातक हुन्छ । किनभने युद्ध एक किसिमको लागुपदार्थ नै हो ।’ ओस्कर पुरस्कार विजेता चलचित्र ‘द हर्ट लकर’ को लाइनहरूले यसरी व्याख्या गरेका छन् युद्ध, जुनसुकै रूपको भए तापनि घातक हुन्छ । आँखामा पैसा र वर्चस्वमात्र भएका ती अमेरिकी राजनीतिज्ञहरूले अन्ततः ‘युद्धको कुलत’ का कारणले ठूलो मूल्य तिर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *