सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
म्याड्रिडमा साम्राज्यवादी नेटो सैन्य गठबन्धनको वार्षिक शिखर सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय द्वन्द्वमा हावा हम्काउने कार्यमा नेटोको प्रतिबद्धता सम्मेलनमा स्पष्ट देखियो । प्रमुख पुँजीवादी शक्ति राष्ट्रहरूले विश्वलाई शीतयुद्धकालीन होडबाजीमा धकेलेका छन् ।
शिखर सम्मेलनको तयारीमा नेटो समस्याहरूले नयाँ ‘रणनीतिक अवधारणा’ नामक दस्तावेज तयार गरे । गठबन्धन अघि बढेरै छोड्ने लक्ष्य तय भएको दस्तावेजमा उल्लेख छ । ‘रणनीतिक अवधारणा’ को प्रमुख तारो रूस छ । रूसलाई नेटोको निम्ति ‘सबैभन्दा उल्लेखनीय र प्रत्यक्ष खतरा’ भनिएको छ । महासचिव येन स्तोल्टनबर्गले रूससँगको युद्धमा युक्रेनी सेनालाई अझ बढी सहयोग गर्ने वचन दिएका छन् ।
तर, ‘रणनीतिक अवधारणा’ मा नयाँ देश पनि थपिएको उल्लेख्य छ । नेटोको आधिकारिक शत्रु सूचीमा चीन थपिएको छ ।
दस्तावेजमा चीनलाई ‘व्यवस्थाजन्य चुनौती’ करार गरिएको छ । वर्षौँदेखि व्यवहारमा नेटोले चीनप्रति आक्रामक रवैया अपनाउँदै आए पनि यो घोषणा उल्लेख्य पराकाष्ठा हो । सारमा नेटो सदस्यहरूले आफ्नो दबदबा रहेको विश्व व्यवस्थाको आयुका निम्ति चीन खतरा बनेको सार्वजनिक घोषणा गर्दै छन् । विश्वको राजनीतिक दृश्यावली जरैबाट फेर्ने उद्देश्यले चीनले रूससँगको ‘मित्रतामा सीमा नराखेको’ देखिन्छ । यस्तो भएमा पेन्टागन र वालस्ट्रिटको सर्वोच्च शासनको दिन सकिनेछ । यो कुरा नेटोलाई स्वीकार्य छैन ।
बेलायतजस्ता धेरै नेटो देशहरूले ताइवानमा पठाउने सैन्य जहाजहरू थप बढाउन आह्वान गरेका छन् । जब कि कानुनतः ताइवान चीनको अभिन्न अङ्ग हो । सन् १९४९ मा चिनियाँ गृहयुद्धमा पराजित तानाशाह च्याङ काइ–सेकले कब्जा गरेयता संरा अमेरिका ताइवानको प्रमुख सैन्य र राजनीतिक टेको बन्दै आएको छ ।
नेटोले प्रतिरक्षात्मक गठबन्धन भएको स्वाङ पार्छ । एउटा सदस्य देशमाथि हमला भएमा सबै सदस्यले जवाफ फर्काउने दाबी गर्छ । तर, नेटोको आफ्नै दस्तावेजले तिनीहरूको महत्वाकाङ्क्षा उत्तर एटलान्टिक क्षेत्रमा मात्र सीमित नरहेको देखाउँछ । नेटो वास्तवमा साम्राज्यवादी दबदबा रहेको विश्व व्यवस्था ज्यूँकात्यूँ राख्ने साधन हो । यस व्यवस्थालाई चुनौती दिन खोज्ने जुनसुकै देशमाथि नेटोले नसोचेको हिंसा प्रयोग गर्ने धाकधक्कु देखाउँछ ।
मङ्गलबार राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत झाङ जुनले गहिरो चासो व्यक्त गर्नुभयो । उहाँले नेटोले “पाठ सिक्नुपर्ने र विश्वव्यापी गुटबाजी चर्काउन वा नयाँ शीतयुद्ध भड्काउन युक्रेन सङ्कटलाई निहुँ बनाउन नहुने” बताउनुभयो । साथै उहाँले “एसिया–प्रशान्तमा मनगढन्ते शत्रुहरू नखोज्न वा द्वन्द्व र विभाजन नजन्माउन” नेटोसँग अनुरोध गर्नुभयो ।
नेटोको ‘रणनीतिक अवधारणा’ प्रजातन्त्र, शान्ति र स्वतन्त्रताको आवरणपछाडि लुकेको छ । तर, शिखर सम्मेलनताका र त्यसअघिका नेटोका गतिविधिहरू चीन र रूससँग नयाँ शीतयुद्धको मोर्चा खोल्न लक्षित छन् । नेटो देशहरू र तिनका रणनीतिक उद्देश्यहरूले विश्वलाई विनाशकारी युद्धतिर धकेल्ने निश्चित छ । तिनले आफ्नो सेनाले विगतमा गरेका आर्थिक, सामाजिक र वातावरणीय विनाश बेवास्ता गर्दै आएका छन् । अर्को शीतयुद्धको थालनीसँगै विश्वभरि कामदार वर्ग चेपुवामा परेको छ । साम्राज्यवादी उन्मादको अन्त्यमा नै उसको कल्याण छ ।
Leave a Reply