सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
(संयुक्त राज्य अमेरिकी साम्राज्यवादले विश्वका तत्कालीन नेताहरूलाई आणविक युद्ध हुने धम्की दियो । त्यसले रुसका विभिन्न जात–जाति एवम् भाषाभाषी जनतालाई ‘मुक्त’ हुन भड्कायो । कम्युनिस्ट सिद्धान्तबाट च्यूत भएका तत्कालीन रुसी नेताहरूले शान्तिपूर्ण मेलमिलाप तथा शान्तिपूर्ण प्रतिस्पर्धाका कुरा गरे† विश्वलाई नै आणविक निःशस्त्रीकरण गर्ने झूटो कुरा गरेर देशलाई विखण्डन गरे । रुसमा पनि समाजवादको ठाउँमा पुँजीवादी व्यवस्था पुनः स्थापना गरियो ।
परिणामस्वरूप पूर्वी जर्मनी, पोल्यान्ड, चेकोस्लोभाकिया, हङ्गेरी, रोमानिया, बुल्गेरिया, युगोस्लाविया, अल्वानियामा समेत पुँजीवादको पुनः स्थापना भयो ।
सोभियत सङ्घको विघटनपछि पश्चिमी भागको रुसी राज्यहरू इस्टोनिया, लातभिया, लिथुआनिया, बेलारुस, युक्रेन र मोल्डाभिया पछि अलग राज्य भए । संरा अमेरिकाको नेतृत्वमा नाटोका देशहरू मिलेर युक्रेनलाई प्रतिक्रियावादी गढ बनाई त्यहाँ गृहयुद्ध मच्चाउँदै रुसमाथि आक्रमण गर्ने योजना बनाएको संसारले आज थाहा पाउँदै छ ।
संरा अमेरिका र नाटो देशहरू मिलेर सोभियत सङ्घकै अन्य जातीय राज्यहरू जर्जिया, अजरबैजान, आर्मेनिया, तुर्कमेनिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान, किर्गिस्तान र कजाकस्तानका जनतालाई पनि प्रजातन्त्र र मानव अधिकारको नाममा आपसमा भिडाउँदै मस्को अर्थात् रुसी महासङ्घमाथि हमला गर्ने उद्देश्य राखेको देखिँदै छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई ‘युद्ध अपराधी’ को घोषणा गर्नु ख्यालठट्टा होइन बरु युद्धको घोषणा हो ।
यसकारण, अमेरिकाको युद्धकामी अहङ्कारले नयाँनयाँ युद्ध हुने सम्भावनाअनुसार हाम्रा पाठकहरूलाई जर्जिया, अजरबैजान र आर्मेनियाबारे जानकारी दिँदै छौँ । –सं)
जर्जिया (Georgia)
जर्जिया सोभियत सङ्घको काला सागरको पूर्वी र क्यास्पियन सागरको पश्चिमको एक सोभियत जनतन्त्र वा प्रान्त थियो । नेपाली तथा हिन्दीमा काला सागरलाई ‘कृष्ण सागर’ र क्यास्पियन सागरलाई ‘कश्यप सागर’ पनि भनिन्छ । सन् १९९१ मा सोभियत सङ्घको विघटन भएपछि जर्जिया स्वतन्त्र राज्यको रूपमा स्थापना भयो । उत्तरमा रुसी सङ्घ, दक्षिणमा टर्की, आर्मेनिया र पूर्वमा अजरबैजान छ ।
जर्जियाको क्षेत्रफल ६९ हजार ७०० वर्ग किलोमिटरमा फैलिएको छ र त्यसको जनसङ्ख्या ५१ लाख २६ हजार छ । सोभियतकालको तथ्याङ्कमा जर्जियाको क्षेत्रफल ७० हजार वर्ग किलोमिटर र जनसङ्ख्या ४० लाख थियो ।
जर्जियाको राजधानी तिबिलिसी हो । गोरी (Gori) भन्ने नगर जोसेफ स्तालिनको जन्मभूमि हो ।
भौगोलिक रूपले जर्जिया सोभियत सङ्घको सबभन्दा दक्षिणको ककेशियाली पर्वतमालाको भाग थियो । यसको पश्चिममा कृष्ण सागर र दक्षिणमा टर्की देश पर्दछ । यहाँ जर्जियाली जस्तै अन्य जातजातिहरूको राजधानी ‘सुखुमी’ र अजरिया जनतन्त्रको राजधानीको नाम ‘वतूमी’ थियो । गुर्जी जातिले आफ्नो स्वायत्त जनतन्त्रलाई ‘गुर्जीस्तान’ पनि भन्थे ।
यहाँको भूमि समतल नभई विविधतायुक्त हुँदा यहाँको हावापानी पनि भिन्न–भिन्न छ । कृष्ण सागरको किनारतिर वा पश्चिममा चिसो र माथिल्लो भागमा सुख्खा हावापानी छ । दक्षिण मोहडाले पहाडी भाग घामले डढेको सुख्खा हुन्छ भने उत्तरी भेगमा वनजङ्गल हुन्छ ।
सम्भवतः ‘लवेदा–सुरुवाल’ को पोशाक प्राचिनकालमा यहीँबाट सुरु भएको थियो । सोभियतकालसम्म यहाँका मानिस भेडाको छालाको टोपी र काँधमा गलबन्दी जस्तो ‘लबादा वा वश्लिक’ ओढ्ने गर्थे । भारतमा आज पनि ज्येष्ठ मानिसहरू गम्छाजस्तै पट्याइएको ओढ्ने काँधमा राख्ने गर्छन् ।
भूमध्येसागरीय जलवायुको कारण यहाँ सुन्तला, कागती, जुनार, अङ्गुर जस्ता फलफुल लटरम्म फलेको हुन्थ्यो । गहुँ र पशुपालनले यहाँका मानिसले मासु र दूधबाट बन्ने खाद्यान्न, बट्टाको सुख्खा फलफुल र रक्सी उत्पादनको विकास गरेका थिए ।
स्थानीय भाषामा गुर्जी (जर्जिया) जनताले इतिहासमा रोमन, अरबी, मङ्गोल, इरानी र तुर्कीको आक्रमणको विरोधमा सङ्घर्ष गरेर भूमि र संस्कृतिलाई सुरक्षित राखेका थिए । तिनीहरूले आफ्नै कला र साहित्य विकास गरेका थिए । ती आफ्नो भाषाका कविता लेख्थे । तिनीहरू नयाँ जागरणका कविहरू थिए । धेरै कविमध्ये एक जना महान् कविको नाम हो – शोता रुस्ताबेली । उनी युरोपेली पुनः जागरण (रिनासाँ) भन्दा पहिलेका एक मानवतावादी कवि थिए । झन्डै २०० वर्ष पहिले यस क्षेत्रका जनता रुसको जार शासकहरूसँग एक भएका थिए ।
सन् १९१७ को अक्टुबर क्रान्तिको बेला यहाँका जनतासँग काठको हलो मात्र थियो । सोभियत सङ्घले यहाँका जनतालाई नयाँनयाँ यन्त्रको प्रयोगमार्फत कृषिको ज्ञान दियो । त्यसले जर्जियालाई कृषि क्षेत्रमा वैज्ञानिक रूपान्तरण ग¥यो । उत्पादन अत्याधिक वृद्धि हुँदै थियो ।
जर्जियामा कृषि–उद्योगबाहेक म्याग्नेसाइट (अवरख), कोइलाको खनिज उद्योग, रासायनिक उद्योग, कच्चा फलामबाट इस्पात बनाउने तथा मोटर–ट्रक आदिको उद्योग पनि थियो । ठाउँ–ठाउँमा जल–विद्युत्का सप्तवर्षीय धेरै योजना पनि बने । प्राकृतिक ग्यासबाट बिजुली उत्पादन गरेर उद्योगको विकास गरियो । डिजेल इन्जिन बन्यो । जुत्ता, कपडा र अन्य जटिल किसिमका वस्तु उत्पादन गर्ने उद्योगको केन्द्र पनि राजधानी तिबिलिसीमा थियो ।
राजधानी तिबिलिसी १५०० वर्ष पुरानो नगर हो । यो एक समतल मैदानमा अवस्थित छ र यसको बीचमा एक नदी बहन्छ । यहाँ पुराना मन्दिर र भवनहरू पनि छन् । तिबिलिसी संसारको सबभन्दा पुरानो नगर भए पनि आधुनिक नगरका भवनहरूले जर्जियालाई झिलिमिली बनाएको थियो ।
जर्जियाको विज्ञान एकेडेमीले भौगोलिक अध्ययन गरी योजना निर्माणमा सघाउँथ्यो । हजारौँ विद्यार्थी ती वैज्ञानिक शिक्षालयहरूमा पढ्छन् र देशको सेवा गर्छन् । तिबिलिसीमा एक अत्यन्त सुन्दर र भव्य नाचघर पनि छ ।
अजरबैजान (Azerbaijan)
क्यास्पियन सागर वा कश्यप सागरकै पश्चिम किनारामा रहेको अजरबैजानको क्षेत्रफल ८७ हजार वर्ग माइल छ भने सन् १९७० तिर ६७ लाख मात्रै जनसङ्ख्या बताइएको थियो । सन् २०१५ को अर्को तथ्याङ्कअनुसार अजरबैजानको जनसङ्ख्या ८७ लाख २५ हजार थियो ।
अजरबैजानको चर्चाको एउटा मुख्य कारण १०० – १५० वर्षअघि पत्ता लागेको तेलको खानी थियो । क्यास्पियाली सागरको जहाँतहीँ र बाकुको क्षेत्रमा तेलको ठूलो भण्डार भेट्टाइएको थियो । तेलको अर्थ पेट्रोल र मट्टीतेल पनि हो ।
बोल्शेविक नेता स्तालिनको गतिविधिको सुरुको मुख्य केन्द्र बाकुमा तेल सँगसँगै त्यसलाई सफा गर्ने मेसिन, रासायनिक पदार्थ मासु र वायरलेस सेट एवम् अन्य कारखाना व्यवसायका केन्द्र थिए । बन्दगाहबाट देश र विदेशका जहाजबाट सामान झिक्ने, ओसार्ने ठूलो मेसिन (क्रेन) आदि देखिन्थ्यो ।
बाकु सँगसँगै अन्य नगरहरूको पनि विकास हुँदै गयो । कपडा बुन्ने उद्योगको कारण अर्काे एक महत्र्वपूर्ण सहर किरोवोबादको पनि विकास हुँदै गयो ।
कृषि क्षेत्रमा अजरबैजानले कपास, पशुपालन र भेडाको ऊन र ऊनी सामान उत्पादनमा पनि उन्नति गरेको थियो । सोभियत सङ्घमा सप्तवर्षीय योजना लागुपछि अजरबैजानमा पनि सूर्ती र ऊनी कपडा कारखाना, मेसिन, रासायनिक वस्तु, ग्यास र तेलको उद्योग दुगुना बढेको थियो ।
अराक्स नदीबाट सिँचाइको बन्दोवस्त भएको कारण समतल भूमिमा धान, कपास, अँगुर र लामालामा घाँसको खेती भयो । पशुपालन र पशुधनबाट हुने मासु र दूधले बनेका खाद्य सामाग्री उत्पादनबाट त्यस क्षेत्रलाई ठूलो आर्थिक टेवा पुग्थ्यो ।
अजरबैजानको अर्को महत्र्वपूर्ण प्रसिद्धिको कारण त्यहाँका नदीहरूबाट निकालिएको जलविद्युत् हो । सन् १९१७ को समाजवादी क्रान्तिपछि पुँजीवादी व्यवस्थाका एक बेलायती बुद्धिजीवी एच. जी. वेल्सको रुस जस्तो ‘पीछडिएको’ देशले कसरी समाजवाद स्थापना गर्न सकिन्छ भन्ने प्रश्नमा लेनिनले उत्तर दिनुभएको थियो– “देशको पूर्ण विद्युतीकरणले समाजवादको स्थापना हुन्छ ।”
त्यस उत्तरको सार कुरा नबुझेका पुँजीवादी विद्वान एच.जी. वेल्सले एक पत्रकारको उत्तरमा भनेका थिए – “लेनिन क्रेमलिनका सपना देख्ने व्यक्ति (स्वप्न द्रस्टा) हुन् ।”
तर, पहाड र पठारका नदी–नालालाई कुलो र नहर बनाउँदै, ठाउँ–ठाउँमा सिँचाइको व्यवस्था गर्दै, जलविद्युत् निकाल्दै देशको औद्योगिक उत्पादन बढाउने सफलता प्राप्त भयो । साथै, नयाँनयाँ हस्तकला उद्योगधन्दाको विकासमा ठूलो सहयोग पु¥यायो । जनताको घर र विद्यालय, कोठा र भान्साघरमा समेत बिजुली पु¥याएर जन–जिविकालाई समेत ठूलो सहयोग पु¥यायो एवम् नयाँनयाँ सुन्दर सहर निर्माणमा दिन दुगुणा रात चौगुणा विकास भयो ।
राजधानी बाकु सोभियत सङ्घको सबभन्दा छिटो विकास भएको एक मुख्य सहर थियो । क्रान्तिभन्दा पहिले त्यहाँका ९७ प्रतिशत जनता निरक्षर थिए भने समाजवादको स्थापनापछि निरक्षरता समाप्त गरियो । शिक्षा, संस्कृति, विज्ञान र प्रविधिमा अगाडि बढ्यो† विज्ञान एकेडेमी–प्रतिष्ठानहरू स्थापना भए । छात्र–छात्राहरूको सङ्ख्याको वृद्धिमा त्यसबेला बेलायत र फ्रान्सभन्दा अजरबैजान अगाडि बढ्यो ।
पहिले बुर्का वा घुम्टोमा बस्ने महिलाहरू स्वतन्त्ररूपमा विज्ञान–प्रविधितिर लागे† ती वैज्ञानिक, इन्जिनियर, अर्थशास्त्री र व्यवस्थापक बने ।
बाकु हरियालीले भरिएको एक सुन्दर सहर थियो । १२ लाख जनसङ्ख्याको नगरसँगै एक लाख र ४ लाख जनसङ्ख्याका उपनगरहरू पनि विकास भए । बाकु आफूमात्रै विकसित भएन बरु आफ्ना नजिकका बस्ती, गाउँ र जिल्लामा पनि तेल, जल–विद्युत् र निर्माण उद्योगधन्दा क्षेत्रको विकास भयोे । सोभियत सङ्घका एक कम्युनिस्ट नेता तथा समाजवादका निर्माता स्तालिनले नेतृत्व गर्नुभएको मजदुर आन्दोलनको एक मुख्य क्षेत्र नै बाकु थियो । बाकु मजदुर आन्दोलनको केन्द्र भएको हुँदा विकास कार्यमा पनि त्यसले छिटो प्रगति ग¥यो ।
अजरबैजानले कृषि र उद्योग, अङ्गुर र फलफुल उत्पादनमा विकास ग¥यो । सुकेको फलफुल र रक्सीको उत्पादन एवम् व्यापारमा समेत प्रगति ग¥यो । त्यसले तेल, ग्यास, विद्युत् सामाग्री, ऊन र कपडा उद्योगमा पनि यथोचित प्रगति ग¥यो ।
आर्मेनिया (Armenia)
ककेसियाको पर्वत शृङ्खलाको मध्यमा आर्मेनिया अवस्थित छ । आर्मेनियाको पूर्वतिर अजरबैजान र पश्चिममा टर्की अवस्थित छ । यसको दक्षिण सीमा इरान र टर्कीसँग जोडिएको छ र उत्तरमा जर्जिया छ ।
आर्मेनियाले इतिहासमा आसिरियाई, रोमन, अरब, मङ्गोल, इरानी र टर्केलीहरूसँग सङ्घर्ष ग¥यो । त्यसरी आर्मेनियाले आफ्नो स्वाधीनता जोगाएको थियो । त्यसैबेला पनि आर्मेनियालीहरूका पर्खाल लगाइएका नगरहरूलाई आक्रमणकारीहरूले ध्वस्त बनाइदिन्थे । यसको आफ्नै कला, संस्कृति, साहित्य र सङ्गीत थियो । सोभियत सङ्घको सबभन्दा पुरानो सभ्यता भएका प्रदेशमध्ये आर्मिनिया एक थियो ।
सोभियत सङ्घले पञ्चवर्षीय योजना लागु गरेपछि आर्मेनियाले उद्योगधन्दामा ठूलो प्रगति ग¥यो । ट्रान्सफर्म, कपडा उद्योग, घडी, जेनेरेटर, जल–विद्युुत्का आवश्यक कल–पुर्जा आदि यहाँका औद्योगिक उत्पादन हुन् भने टीनको भाँडोमा बन्द खाद्यवस्तुहरू र ग्यासबाट पनि चल्ने अनेक मेसिनरी सामान समेत त्यहाँ उत्पादन हुन्थ्यो ।
अलावेर्दी सहरमा ककेसियाली पहाडी शृङ्खलाको एकमात्र तामाको उद्योग छ । यरेवान आर्मेनियाको राजधानी हो र यो एक औद्योगिक केन्द्र पनि हो । कपास र मासुको उद्योगबाहेक अन्य यान्त्रिक सामानको उत्पादमा यो अगाडि छ । यस राजधानीको पुराना सहरमा साँघुरा गल्लीहरू थिए भने नयाँ यरेवान आधुनिक भवनहरूले भव्य छ ।
पहाडी क्षेत्रमा भेडा–बाख्रा पालन बढी हुन्छ । यहाँको एक उँचो पहाडी ठाउँमा तारामण्डलको अध्ययन गर्ने प्लानेटोरियम अर्थात् नक्षेत्रशाला स्थापित थियो ।
यस्तो पहाडी क्षेत्रमा पनि रातो गुलाबी चट्टानको भिन्नभिन्न आकारको शृङ्गार र उपहारका वस्तुहरू निर्माण गर्ने उद्योग छ । त्यस केन्द्रको नाम हो – आर्तिक सहर ।
सोभियत सङ्घको बेला आर्मेनियामा प्रतिव्यक्ति जलविद्युत्को उत्पादन फ्रान्समा भन्दा बढी थियो । नदी र तालहरूबाट जलविद्युत् उत्पादन र खेतीबारीको लागि नहरको बन्दोवस्तले कपास र अङ्गुर ठूलो मात्रामा उत्पादन हुन्थ्यो ।
उचाइको कारण जाडोमा अति जाडो हुन्छ र महादेशीय जलवायुको कारण गर्मीमा धेरै गर्मी हुने ठाउँ हो ।
विभिन्न रङ्गका ढुङ्गाहरूको धनी आर्मेनियामा प्रतिक्रान्तिपछि कामको सिलसिलामा यहाँका धेरै मानिस विदेश गएको बताइन्छ ।
यसको क्षेत्रफल २९ हजार ८०० वर्ग किलोमिटर छ भने जनसङ्ख्या ३ लाख ३३ हजार छ ।
जौ, गहुँ र कोदो यहाँको महत्र्वपूर्ण उब्जनी हो ।
Leave a Reply